श्रावण २८,काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाणित गरे पदमा नबस्ने बताएका।
कांग्रेस संसदीय दलको बैठकमा बोल्दै ,अर्थमन्त्री डा. महतले सुनिल शर्मा प्रति लक्षित गर्दै, पार्टीकै सांसदले आफूमाथि आरोप लगाएको र संसद र सडकबाट आफूमाथि अनावश्यक प्रश्न उठाएर बदनाम गर्न खोजेको बताएका छन्। यदि प्रतिक्रिया दिंदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने तर आफु एउटा संस्कारमा हुर्किएको कारण आफूले त्यसो नगरेको बताएका छन्।
डा. सुनिल शर्माले श्रावण १० गतेको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।डा. महतले सांसद सुनिल शर्मा पक्राउको विषयमा भने आफूलाई जानकारी नभएको बताएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्