सुन तस्करी प्रकरणमा ५० जना प्रतिवादी :३०२ किलो सुन तस्करी गरेको निष्कर्ष

  • नेपाल राष्ट्रिय दैनिक
  • २७ भाद्र २०८०, बुधबार १२:००
sarkari okil karyalaya2022 01 06 04 25 52

काठमाडौँ- सीआईबीले सुन तस्करीबारे अनुसन्धान गरेको प्रतिवेदन आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाउँदैछ ।सुन तस्करी अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनु अघि आयोजित पत्रकार सम्मेलनमा सीआईबीले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको र ब्रेक शुमा लुकाएर ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।ब्रेक शुको तौल यकिन गरेर ३०२.६२ किलो थप सुन तस्करी गरि ल्याएको सीआईबीको निष्कर्ष रहेको छ।

सुन प्रकरणका ५० जना प्रतिवादीमध्ये हालसम्म ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीले जनाएको छ। पक्राउ परेकामध्ये २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेशी र ४ नेपाली छन्। सुन प्रकरणमा सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो माग गरी अनुसन्धानको प्रतिवेदन तयार गरेको छ।

सीआईबीले आरोपीविरुद्ध सङ्गठित अपराध,सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गतलगायत कसुरमा मुद्दा चलाउन राय दिएको छ।यसअघि ब्रेक शुसहितको एक सय ५५ किलो भनिएको सुन गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेको थियो।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५