निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता सहभागी हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • October 17, 2022
voting

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा देशभरबाट एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता सहभागी हुने निर्वाचन आयोगले जनाएको छ।

मतदाताको अन्तिम नामावली सार्वजनिक गर्दै आयोगले आगामी निर्वाचनमा सहभागी हुने एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य रहेको बताएको छ।

आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ जना मतदाता रहेका छन् भने मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८,वाग्मती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१, लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७, कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाता रहेका छन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फ देशभर १६५ निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश सभातर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, वाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा गरि कुल ३३० निर्वाचन क्षेत्र रहेका छन्।

आगामी निर्वाचनको लागि आयोगले देशभारको १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्रहरु निर्धारण गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५