चिनियाँ विदेशमन्त्री वाङले आज दिउँसो औपचारिक भेटवार्ता सुरु गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 26, 2022
wangyi

नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले आज दिउँसो औपचारिक वार्ता सुरु गर्ने भएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा खड्काबीच शनिबार दिउँसो ३ः३० देखि ३ः४५ बजेसम्म सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा वान टु वान भेटवार्ता हुनेछ ।त्यसपछि साँझ ५:१५ देखि ५:३० सम्म नेपाल र चीनबीच कम्तीमा १० वटा एमओयूमा हस्ताक्षर हुनेछ ।

केरुङ–काठमाडौं रेलमार्ग, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे–केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन तथा परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनमा विकसित घाँस निकासी र भरतपुर अस्पताललाई चिनियाँ सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।

प्रतिनिधिमण्डलस्तरीय वार्तामा परराष्ट्र, अर्थ, गृह, पर्यटन, ऊर्जा, भौतिक योजना, कृषि, उद्योग, भूमि सुधार र स्वास्थ्य मन्त्रालयका सचिव सहभागी हुनेछन् । बैठकमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी पनि सहभागी हुनेछन् ।

प्रधानमन्त्रीसँग बालुवाटारमा भेटघाट
परराष्ट्रमन्त्री खड्कासँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र समझदारीपत्रमा हस्ताक्षरपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम तय भएको छ ।उनले प्रधानमन्त्री देउवासँग साँझ ५ः४५ देखि ६ः१५ बजेसम्म शिष्टाचार भेट गर्नेछन् ।

प्रधानमन्त्री देउवाको उपस्थितिमा तत्कालै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न घोषणा गरिनेछ । पोखरा विमानस्थल चिनियाँ सहयोगमा निर्माण भएको हो ।

परराष्ट्रमन्त्री खड्काले शनिबार साँझ ७ः३० बजे होटल द्वारिकाजमा रात्रिभोज आयोजना गर्नेछन् ।

आइतबार
चिनियाँ विदेशमन्त्रीले आइतबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् ।

स्रोतका अनुसार चिनियाँ विदेशमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिहान ११ः१० बजेदेखि ११ः४० हयात होटलमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले प्रचण्डलाई होटल हायातमा ११ः४५ देखि १२ः१५ बजे भेट्ने कार्यक्रम छ ।

तीन दिनको नेपाल बसाइपछि चिनियाँ विदेशमन्त्री आइतबार दिउँसो ३ बजे बेइजिङ जाने कार्यक्रम छ ।

विदेशी स्रोतका अनुसार विदेशमन्त्री वाङको नेतृत्वमा रहेको २५ सदस्यीय प्रतिनिधिमण्डलमा दुई चिनियाँ सहायक मन्त्री र उच्च सरकारी अधिकारीहरु रहेका छन् । उच्चस्तरीय बैठकमा नेपालका लागि चिनियाँ राजदूतको पनि सहभागिता रहने छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५