नेत्रविक्रम चन्द (विप्लव) पार्टीबाट निष्काशित

  • नेपाल राष्ट्रिय दैनिक
  • May 4, 2022
Netra Bikram Chand.biplav

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महासचिव पदबाट नेत्रविक्रम चन्दलाई हटाइएको छ ।असन्तुष्ट पार्टी नेता हेमन्तप्रकाश ओली र धर्मेन्द्र बाँस्तोलासहितको राष्ट्रिय भेलाले चन्दलाई पदबाट हटाउने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय समितिको निर्णयविपरीत स्थानीय निर्वाचनमा सहभागी भई एमसीसी समर्थक एमाले र कांग्रेससँग गठबन्धन बनाएको भन्दै चन्दलाई महासचिव पदबाट हटाइएको समूहका नेता गुणराज लोहनीले बताउनुभएको छ।

राष्ट्रिय भेलाले केन्द्रीय संयोजकमा धर्मेन्द्र बाँस्तोलालाई नियुक्त गरेको छ भने खड्गबहादुर विश्वकर्मालाई पार्टी प्रवक्ता पदबाट हटाइएको छ ।

केही दिनअघि चन्दले पार्टीको निर्वाचनमा भाग लिने निर्णय विपरीत अभिव्यक्ति दिएको भन्दै धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओलीलाई पार्टीको जिम्मेवारीबाट हटाएका थिए ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५