अफताव आलमलाई थुनामै राख्न सर्वोच्चको आदेश

  • नेपाल राष्ट्रिय दैनिक
  • २३ बैशाख २०७९, शुक्रबार १५:१५
Mohammad Aftab Alam Rautahat bomb blast 20191021075140

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा अन्तिम फैसला नहुँदा सम्म उनलाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको छ।

जिल्ला अदालत र उच्च अदालतको आदेशलाई सदर गर्दै सर्वोच्चले उक्त फैसला सुनाएको हो। यसअघि जिल्ला अदालत रौतहट र उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा आज भएको सुनुवाइमा सर्वोच्चले आलमलाई थुनामुक्त गर्न नमिल्ने बताएको हो।

आलमलाई बम बिस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दामा ३२ वर्ष कैद सजाय माग गरिएको छ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५