नेपाल राष्ट्र बैंकले काठमाडौंको नवनिर्मित चोभार सुख्खा बन्दरगाहमा ढुवानी हुने आयातित सामानको लेटर अफ क्रेडिट (एलसी) खाता खोल्न बैंक तथा वित्तीय संस्थालाई अनुमति दिएको छ ।
नेपाल राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशन जारी गर्दै छिट्टै सञ्चालनमा आउन लागेको सुक्खा बन्दरगाहमा पैठारीका सामान ढुवानी गर्न चाहने आयातकर्तालाई सम्बन्धित कागजात लिन अनुमति दिएको छ । साथै केन्द्रीय बैंकले मेची, विराटनगर, वीरगन्ज, सिर्सिया सुख्खा बन्दरगाह र भैरहवा भन्सार नाकाका नेपाल–भारत सीमाका लागि एलसी खाता खोलिसके पनि व्यापारीलाई नयाँ सुख्खा बन्दरगाहमा आयात गन्तव्यमा जान अनुमति दिएको छ । नवनिर्मित पूर्वाधारले व्यापारीहरूलाई भन्सारसम्बन्धी झन्झट कम गर्ने अपेक्षा गरिएको छ।
रु २ अर्ब १८ करोडको लागतमा निर्माण भएको उक्त पूर्वाधारमा एकै पटक करिब ५ सय कन्टेनर अट्न सक्नेछन् । नेपाल इन्टरमोडल यातायात विकास बोर्डले हालका लागि चोभारमा नवनिर्मित सुख्खा बन्दरगाह सञ्चालन गर्ने भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्