अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसद अवरुद्ध

  • नेपाल राष्ट्रिय दैनिक
  • June 14, 2022
partinidhi sava meeting sansad bhawan

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने विषयमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै सो विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग सहित प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभाको आजको संसद बैठक अवरुद्ध गरेको छ ।

अर्थमन्त्री शर्माले भने,बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित रहेको भन्दै समाचार आएका विषयको खण्डन गर्नुभएको थियो। अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयका सचिव र राजस्व सचिव नेतृत्वका समितिले नै बजेट तर्जुमा गरेको र आफुले पनि प्राप्त जिम्मेवारीअनुसार काम गरेको भन्दै स्पष्टिकरण दिनुभएको थियो।

यता एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने,अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५