संघीय संसदको बार्षिक अधिवेशन आजबाट सुरु हुँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • May 17, 2022
FederalParliamentSept12 20190913172012 1 e1639840565278

संघीय संसदको वार्षिक अधिवेशन आजदेखि सुरु हुँदैछ । अपराह्न ४ बजे बस्ने बैठकमा पाँचवटा सम्भावित एजेण्डाबारे छलफल हुनेछ ।

सभामुख अग्नि सापकोटाले महाधिवेशन र मन्त्रिपरिषद् गठनबारे राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने र प्रतिनिधिसभाको नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्य मनोनीत गर्ने दुईवटा अध्यादेश पेस गर्ने कार्यतालिका छ ।

कार्यतालिका अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले फौजदारी कसुर र फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई परिमार्जन गर्न र यौन हिंसाविरुद्धका केही ऐनलाई परिमार्जन गर्न अध्यादेश २०७८ पेश गर्ने
कार्यतालिका रहेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि (कर प्रस्ताव बाहेक) विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।संघीय संसद् सचिवालयले बजेटका सिद्धान्त र प्राथमिकताहरू (कर प्रस्ताव बाहेक) छलफल गर्ने कार्यक्रम छ ।आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा असार २९ गते पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५