निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • २३ जेष्ठ २०७९, सोमबार १८:३५
nirwachan aayog

निर्वाचन आयोगले असार १ गते देखि मतदाता नामावली संकलन गर्ने भएको छ ।

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ गते देखि सञ्चालन गर्ने जानकारी दिएको छ ।१८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम छुट भएका नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा फोटो सहितको नामावली दर्ता गराउन सकिने आयोगले जनाएको छ।

यसैबीच निर्वाचन आयोगले मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न पनि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५