काठमाडौंबाट धनगढीको लागि उडेको श्री एयरलाइन्सको जहाजको ‘बायाँ इन्जिन’मा समस्या आएपछि उक्त विमानलाई काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ ।
एउटा इन्जिनमा समस्या आएपछि एउटा इन्जिनका भरमा मात्रै उक्त विमानलाई १२ बजेर ८ मिनेटमा काठमाडौं फर्काइएको हो । विमानमा रहेको सबै यात्रु सकुशल रहेको पनि एयरलाइन्सले जानकारी दिएको छ ।
आकस्मिक अवतरण गराइएको जहाजको प्राविधिक जाँच गरिने भएको छ। आकस्मिक अवतरणको कारण इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्सको जहाज आकासमा होल्ड हुन् पुगेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्