बेलायती महारानी एलिजावेथको सम्मानमा नेपाल सरकारले तीन दिन शोक मनाउने

  • नेपाल राष्ट्रिय दैनिक
  • २४ भाद्र २०७९, शुक्रबार १९:३०

बेलायती महारानी एलिजावेथको सम्मानमा नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले ,महारानी एलिजावेभको निधनप्रति दु:ख व्यक्त गर्दै नेपाल सरकारले उनको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र देशभरका सरकारी कार्यालयहरू साथै विदेशस्थित नेपाली राजदूतावास र कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो। महारानी एलिजावेथको निधनमा नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ। सरकारले बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति समवेदना प्रकट गरेको छ।

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५