गाजामा रहेको प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले इजरायलसँगको सम्झौताको पहिलो चरणमा ३४ बन्धकहरूलाई मुक्त गर्न सहमत भएको छ।
हमासले गाजामा युद्धविराम सम्झौताको पहिलो चरणको ढाँचा अन्तर्गत इजरायली पक्षले प्रदान गरेको सूचीबाट ३४ जना बन्धकहरूलाई मुक्त गर्न सहमत भएको हो।
मुक्त हुनेहरुमा गाजा पट्टीमा बन्धक बनाइएका महिला, बालबालिका र कमजोर स्वास्थ्य भएका व्यक्तिहरू समावेश छन्।हमासले बन्धकहरूलाई रिहा गर्न सहमत भएपनि इजरायलले बन्धकबाट मुक्त गर्न दिएको व्यक्तिहरुको सूची अन्तर्गत ति व्यक्तिहरु जीवित छन् वा छैनन् भनेर निर्धारण गर्न एक हप्ता लाग्ने बताइएको छ।
नोभेम्बर २०२३ को अन्त्यमा, हमासले इजरायलसँग कतार र इजिप्टको मध्यस्थतामा एक हप्तासम्म गरेको युद्धविराममा सम्झौता अनुसार, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले तयार पारेको रिहा गरिने व्यक्तिहरुको सूचीलाई हमासले यसअघि नै अनुमोदन गरिसकेको बताइएको छ।
हालसम्म इजरायलले ११० जना बन्धकहरूलाई मुक्त गर्न सफल भएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्