नौबिसे–मलेखु सडकखण्ड रातिको समयमा बन्द हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • September 19, 2023
road

धादिङ- पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि असोज २० गते सम्मको लागि रातिको समयमा बन्द हुने भएको छ ।

नौबिसे–मलेखु सडकखण्ड विस्तारको लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको सरोकारवालाहरुको बैठकले नौबिसे–मलेखु सडकखण्डको खयरघारी र पोखरे खोला अन्तर्गत सडक चौडा गर्न रातिको ११ बजेदेखि बिहान ३ बजेसम्म उक्त सडक खण्ड बन्द रहने जनाएको छ।

सोमबार बसेको सरोकारवालाको बैठकले रातिको समयमा एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सार्वजनिक र निजी सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार काठमाडौँबाट जाने सवारीसाधन थाक्रे गाउँपालिका १ एक्लेफांटमा रोकिनेछ भने मुग्लिनतर्फबाट आउने सवारीसाधन गजुरी गाउँपालिका ५ घाटबेसी पुलमा रोकिनेछ।

dhading road close
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५