रुसमाथि युरोपेली संघको प्रतिबन्धले युरोपलाई नै असर

  • नेपाल राष्ट्रिय दैनिक
  • September 26, 2022
hungarian pm viktor orban

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुसमाथि युरोपेली संघले लगाएको प्रतिबन्धले रुसको सट्टा युरोपलाई नै असर गरेको बताएका छन् । रुसमाथिको प्रतिबन्धले नै युरोपमा उर्जाको मूल्य र उर्जा सङ्कट बढाएको ओर्बनले बताएका छन् ।

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओर्बानले रुसमाथि युरोपेली संघले लगाएको प्रतिबन्धको आलोचना समेत गरेका छन्। इटालीमा भएको निर्वाचनलाई इङ्गित गर्दै, उर्जा सङ्कट र आर्थिक मन्दीकाबीच युरोपमा सरकारहरू असफल भएर टुट्दै गएको उनले बताए ।

युद्ध अझै लम्बिने सम्भावना रहेकाले हरेक परिस्थितिको सामना गर्न सरकार तयार रहनुपर्ने पनि उनले बताएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५