प्रतिनिधि सभाको उपसभामुख पदको लागि निर्वाचन

  • नेपाल राष्ट्रिय दैनिक
  • July 13, 2022
parliament nepal

parliament house of Nepal

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि झण्डै चार वर्षदेखि रिक्त रहेको संघीय संसद, प्रतिनिधि सभाको उपसभामुख पदको लागि निर्वाचन हुने भएको छ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा, प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले उपसभामुख पदको लागि दिन र समय तोक्ने कार्यसूची समावेश गरिएको छ।
सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने कानुनि प्रावधान अनुसार अब उपसभामुख माओवादी बाहेक अन्य कुनै दल बाट हुनुपर्नेछ। त्यसैगरी, सभामुख र उपसभामुख पद मध्ये कुनै एक पदमा महिला रहनुपर्ने प्रावधान पनि संबिधानले व्यवस्था गरेको छ।

karyasuchi new today
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५