अब नेपालमा बनेका सवारी दर्ता तथा नामसारी हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • April 27, 2023
yatri e bike

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधन गरि नेपालमा नै बनेका तथा नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गरेको छ।
यातायात व्यवस्था विभागले एक सुचना जारि गर्दै कार्यविधि निर्देशिकामा संसोधन गरिएको र अब उपरान्त नेपालमा नै बनेका तथा नेपालमा उत्पादित सवारी साधन दर्ता गर्न सकिने व्यवस्था गरिएको जानकारी गराएको हो।

संसोधित यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा, नेपालमै बनेका नयाँ सवारीसाधनको दर्ता, लिलामी दर्ता, नामसारी लगायतका व्यवस्था समेटिएको छ ।

कार्यविधि निर्देशिकामा , ‘यस निर्देशिकामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भएता पनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायत प्रयोजनका लागि त्यस्ता सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्नेछैन’ भनि उल्लेख गरिएको छ।

त्यसैगरी निर्देशिकाको दोस्रो बुँदामा, नेपालमा जडान हुने वा उत्पादन हुने सवारीसाधनको दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायत कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानुनबमोजिम अन्तःशुल्क सम्बन्धी प्रावधान आकर्षिक हुने सवारीको हकमा अन्तःशुल्क निकासी फारम समेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ, भनि उल्लेख गरिएको छ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा गरेको यो संसोधन पश्चात भने,नेपालमा बनेका सवारीसाधन दर्ता, नामसारी, पुनः दर्ता, लिलामी दर्ता लगायत कार्यका लागि मार्ग सहज बनेको छ।

yatayat made in nepal
https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%bf%e0%a4%a4-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8/
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५