काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी अब एक्लै चुनाव लड्ने र कसैको बैसाखी नटेक्ने बताएका छन् ।
दाङमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले अरु दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट पनि आलोचना भएको र त्यसको समीक्षा गरेर एक्लै चुनाव लड्ने निर्णय गरेको बताएका छन् ।सहकार्य हुँदै पार्टी एकीकरण गर्दा पनि असफल भएको भन्दै अब ०८४ सम्म एमालेसँग सहकार्य गर्ने कुनै सम्भावना नै नरहेको समेत उनले बताएका छन् ।
देशलाई सुशासन दिन माओवादीले बहुमत ल्याउनु पर्ने र माओवादी ०६४ कै अवस्थामा फर्किन लागेको भन्दै उनले अब माओवादीलाई बहुमत दिनुपर्ने पनि उनले बताएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्