सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी :राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित

  • नेपाल राष्ट्रिय दैनिक
  • September 8, 2022
sandeep lamichhane rape accused

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

पक्राउ पुर्जी जारी भएपछी प्रहरीले नेपाल क्रिकेट संघ (क्यान)मार्फत लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको र त्यसपछि पनि लामिछाने नआए इन्टरपोल वा अरू माध्यमबाट उनलाई नेपाल झिकाइने प्रहरीले जनाएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको छ ।

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी भए लगत्तै बसेको क्यानको बैठकले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको हो ।

क्यानले जारी गरेको विज्ञप्तिमा, लामिछाने विरुद्ध जबरजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निजउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएकोले, क्यानको कार्यसम्पादन समितिको निर्णय अनुसार उनलाई निलम्बन गरिएको जनाएको छ।

sandip lamichhane can
https://nepalrastriyadainik.com/%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f%e0%a4%b0-%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%aa-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%9b%e0%a4%be%e0%a4%a8%e0%a5%87/
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५