राजस्व विभागद्धारा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न २ जनाविरुद्ध १० करोड रुपैयाँको मुद्दा

  • नेपाल राष्ट्रिय दैनिक
  • १ चैत्र २०७८, मंगलवार १४:४९
rajaswa anusandhan 1170x735 1

क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।

क्रिप्टोकरेन्सीका विभिन्न माध्यमहरू बाइनान्स, एडीभी क्यास, क्वाइन बेस, पाक्सफुल लगायतका एपमार्फत नेपाल सरकारले गैरकानुनी मानेका क्रियाकलाप र कारोबार गरेको आरोपमा मोरङको रतुवामाईका पुस्कर श्रेष्ठ र रतुवामाईकै विनिता लिम्बुविरुद्ध नौ करोड ७४ लाख ६९ हजार नौ सय ८३ रुपैयाँ जरिबाना माग गरेर मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

क्रिप्टोमा लगानी गर्ने क्रममा पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख, एनआईसी एसिया बैंकबाट एक करोड ८२ लाख, राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड ३६ लाख गरी सात करोड ५७ लाख र विनिता लिम्बुले एनआईसी एसियाबाट दुई करोड १६ लाख रुपैयाँ बराबरको अनलाइनमार्फत अवैध रूपमा अमेरिकी डलरको कारोबार गरेको विभागले जनाएको छ ।

सरकारले नेपालमा क्रिप्टोकरेन्सी र कुनै पनि किसिमका डिजिटल मुद्रालाई कानुनी मान्यता दिएको छैन ।

Share :
rabi lamichhane 402x226 1

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५