स्पेनको राष्ट्रिय फुटबल टोलीले बर्लिनमा भएको प्रतिष्ठित युरोपेली फुटबल प्रतियोगिताको फाइनल खेलमा टिम इङ्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गर्दै २०२४ को युइएफए युरो कपको उपाधि जितेको छ ।
स्पेनका लागि निको विलियम्स (४७औं मिनेट) र मिकेल ओयार्जबालले ८६औं मिनेटमा गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा इंग्ल्याण्डका लागि कोल पाल्मरले गोल गरेका थिए ।
स्पेन अहिले युइएफए यूरो कपको सबैभन्दा धेरै उपाधि जित्ने राष्ट्रिय टोली बन्न पुगेको छ जसले सन् १९६४, २००८, २०१२ र २०२४ मा उपाधि जित्न सफल भएको हो । त्यसपछि जर्मनीले १९७२, १९८० र १९९६ मा युरो कप जितेको थियो। ।
युरो कपको फाइनलमा इंग्ल्याण्डको यो लगातार दोस्रो हार हो । अघिल्लो युरो कप २०२० मा इंग्ल्याण्ड पनि फाइनलमा पुगेको थियो, जहाँ इटालीसँग पेनाल्टी सुटआउटमा (१-१; २-३) पराजित भएको थियो। इंग्ल्यान्डको टोलीले अहिलेसम्म युइएफए युरो कप जित्न सकेको छैन ।
समूह बी मा रहेको स्पेनले क्रोएसियालाई ३–०, इटालीलाई १–० र अल्बानियालाई १–० ले हराउँदै तीनवटै खेल जितेको थियो । प्लेअफ खेलमा टोलीले जर्जिया (४-१), जर्मनी (अतिरिक्त समयमा २-१) र फ्रान्सलाई (२-१) ले पराजित गर्दै विजयी यात्रा जारी राख्यो।
२०२४ को यूरो कप जुन १४ र जुलाई १४ को बीचमा जर्मनीमा खेलिएको थियो। खेलहरू जर्मन शहरहरू बर्लिन, डर्टमन्ड, म्युनिख, कोलोन, स्टटगार्ट, ह्याम्बर्ग, लाइपजिग, फ्रान्कफर्ट, गेल्सेनकिर्चेन र डसेलडोर्फमा आयोजित गरियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्