बलात्कार आरोपी सन्दिप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सन्दिपमाथी अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेकोमा काठमाडौं जिल्ला अदालतले ५ दिनको अनुमति दिएको हो।
यसअघि पनि आश्विन २० गतेबाट गणना हुने गरेर ७ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान अगाडि बढाइएको थियो । अनुसन्धानको क्रममा उनलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान समेत लिएको छ ।
लामिछाने विरुद्द १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा भदौ २१ गते काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्