जबरा:रन्जन कोइरालाको मुद्दामा गल्ति स्वीकार

  • नेपाल राष्ट्रिय दैनिक
  • September 4, 2022
cholendra s jbr

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले लिएको निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सकिएको छ।

यस अघि दुई दिनमा मात्र ६ वटा प्रश्न सोधेको समितिले आज जबरालाई एक घन्टामै पाँच वटा प्रश्न सोधेको थियो।

आजको बयानमा जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक र निर्थक भएको र संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रतिशोध साँध्न खोजेको बताएका छन्।

बयानका क्रममा जबराले तत्कालिन डिआइजी रन्जन कोइरालाको मुद्दामा भने गल्ती भएको स्विकार गर्दै त्यसैको आधारमा महाभियोग लगाएको भए क्षमा चाहेको बताएका छन् । यधपी, कसुरदारका नाबालक छोराहरु इजलासमा उपस्थित भएकाले उनीहरुको पालनपोषणका लागि सजाए कम गरिएको स्पष्टीकरण दिएका छन् ।

समितिको अर्को बैठक २६ गते १२:३० बजे बस्नेछ।

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a7-5/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५