प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।उक्त प्रस्ताव उपर सामान्य छलफल गरि यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै हदम्यादको प्रावधानलाई आवश्यक सुधार गरिने बताइएको छ ।
छलफलको क्रममा हदम्यादको कारण न्यायबाट वञ्चित नहोस् भन्ने विषयमा पनि सरकार गम्भीर भएको बताइएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्