नेपाली सेनाको कामु प्रधानसेनापतिमा अशोकराज सिग्देल

काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल सकिने लाग्दा वरिष्ठ रथी अशोकराज सिग्देललाई कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा सकिंदैछ । कार्यकाल सकिन एक महिनाअघि विदा बस्ने सैनिक परम्परा रहिआएकोले सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

बुलिश ट्रेण्डमा नेपालको सेयर मार्केट

काठमाडौं – विगत केही महिना यता निरन्तर उकालो चढ्दै गरेको नेपालको सेयर मार्केटमा बुधबार तीन वर्ष यताकै उच्च कारोबार भएको छ।

साताको चौंथो कारोबारको दिन, बुधबार कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सेयर बजारको परिसूचक नेप्से ६४.२५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७६०.९० अंकमा कायम भएको छ ।
कुल ३३२ स्क्रिप्सको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँमा खरिद बिक्री भएको छ।

नेप्सेमा १९१ कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको छ भने ७ को स्थिर रहेको छ । बुधबार १४ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धी हुँदा लगभग सबै क्षेत्रका सूचक बढेका छन् । बैंकिङ १, विकास बैंक ३.२, फाइनान्स ८, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा ब्यापार समूह २.७ प्रतिशतले बढेको छ ।

सामूहिक राजीनामाको आह्वान गर्दै गजुरेलले त्यागे माओवादीको उपमहासचिव पद

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टी नेतृत्वबाट भएका ६ वटा गल्ती भएको र पार्टी बिग्रनुमा आफू पनि दोषी रहेको स्वीकार गरी प्रायश्चित गर्दै पदबाट राजीनामा दिएका छन्।

गजुरेलले दिएको राजीनामापत्रमा उनले अन्य पदाधिकारीहरु सबैलाई पनि सामूहिक राजीनामा दिन आह्वान गर्दै, पार्टीमा देखापरेका समस्या समाधानका लागि बृहत् छलफल नगर्ने हो भने गम्भीर दुर्घटनामा पर्ने चेतावनी समेत दिएका छन्।

राजिनामा पत्रमा उनले अन्य पदाधिकारीहरुलाई सम्बोधन गर्दै लेखेका छन् “पदाधिकारी कमरेडहरू सामूहिक राजीनामा दिन तयार हुनुहुन्न भने म आफ्नो भागमा पर्ने गल्तीको नैतिक जिम्मेवारी लिँदै स्थायी समितिमा विस्तृत कुरा राख्न पाउने अपेक्षासहित उपमहासचिव पदबाट अध्यक्षसमक्ष राजीनामा पेस गर्ने अनुमति चाहन्छु। “

राष्ट्रिय सभा निर्वाचनमा अध्यक्ष प्रचण्डका भाइ नारायण दाहाललाई अध्यक्ष बनाइएकोप्रति उनले गम्भीर असन्तुष्टि जनाउंदै, राष्ट्रिय सभा अध्यक्ष चयन प्रक्रियामा अपनाइएको तरिकाले पदाधिकारीहरूको नैतिक धरातल धुजाधुजा भएको र मार्क्सवादको नीति, विचार र विधिबाट पार्टी च्यूत भएको पनि उनले बताएका छन्।

आठौँ महाधिवेशनमा ४६ जनाको स्थायी समिति निर्माण गर्दा जम्मा १५ जना मात्र पदाधिकारी हुनुपर्नेमा २१ जना बनाएर विधि र पद्धति मात्र नभई विधानकै उल्लंघन भएको आरोप लगाएका गजुरेलले यसअघि प्रचण्ड प्रधानमन्त्री छँदा प्रधानमन्त्रीको सल्लाहकार पदबाट पनि राजीनामा दिएका थिए।

यता, माओवादी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले भने गजुरेलले राजीनामा दिएको नभई आफ्ना सुझावहरू लिखित रूपमा राखेको दाबी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री साेडारीले शुक्रबार विश्वासको मत लिने

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बैठक व्यवस्थापन पनि गरिदिन आग्रह गरेका छन् ।

केन्द्रमा काँग्रेस एमालेको नयाँ सरकार बनेलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनि अल्पमतमा परेका थिए। संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा उनले संसद छल्दै आएपछि प्रमुख प्रतिपक्षदलहरुले सुदुरपस्चिममा सरकार हराएको भन्दै केहि दिन अघि मोबाइलको टर्च बालेर दिउँसै सरकारको खोजि भनेर सांकेतिक रुपमा विरोध जनाएका थिए।

सुदुरपस्चिममा सोडारीलाई माओवादी केन्द्रका १० जना, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिकाे रञ्जिता पक्षका एक जना गरेर १५ जनाकाे मात्र समर्थन रहेको छ भने कांग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ६, राप्रपा र स्वतन्त्र १/१ गरेर ३७ जना उनको विपक्षमा रहेका छन्।

अल्पमतमा परेका साेडारीले चालू वर्षको बजेट पारित गराउन नसक्दा सुदूरपश्चिममा बजेट शून्यताको स्थिति छ ।

आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं – जनतासित सम्बन्धको कडी टुटेकोले, जनताको सुखदुख बुझ्न र उनीहरुको कुरा सन्नुका लागि एकपटक देशव्‍यापी अभियानमा निस्कने बताएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र एक्लै लड्ने बताएका छन्।

केन्द्रीय मूख्यालय पेरिसडाडाँमा शुक्रबारदेखि बसेको पदाधिकारी बैठकमा, “सरकारबाट हट्नुपर्ने परिस्थतिले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर मिलेको भन्दै २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रचण्डले बताएका छन्।

यसअघि चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्तहरु जनतामा लैजान अप्ठ्यारो परेको भन्दै, आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्ने र त्यसैरी एक्लै चुनाव लड्दा मात्रै आफ्नो विचारहरु, राजनीतिक कार्यदिशाहरु र दृष्टिकोणहरु जनतामा सोझै पुग्न सक्ने उनले बताएका छन्।

बैठकले वामपन्थी सहकार्य र एकताको पहलकदमी पनि नछोड्ने निर्णय गरेको र देशभक्त र अग्रगामीहरुको संयुक्त मोर्चा बनाएर कम्युनिष्ट पार्टीको पुनर्गठनका निम्ति निरन्तर अगाडी बढ्ने निर्णय गरेको बताइएको छ।

यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ’ भन्दै सरकारको विषयमा चिन्ता नगर्न आग्रह गरेका छन् ।

मंगलबार सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको भन्दै सरकारको विषयमा चिन्ता नगरी काम गर्न आग्रह गरेका छन्।

‘यो सरकार मेरो नेतृत्वमा २ वर्ष चल्ने हो, २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुन्न’, भन्दै त्यसपछिको सरकारको नेतृत्व काँग्रेस सभापति देउवाले गर्ने बताएका छन्।

वामपन्थी एकताको प्रहसन अब नदोहोरिने : महासचिव पोखरेल

दांग: नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थी एकताको प्रहसन अब नदोहोरिने बताएका छन्।

प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले वामपन्थी एकताको प्रहसन अब नदोहोरिने र वामपन्थीहरूको बीचको एकता अब एकादेशको कथा भइसकेको बताएका छन्।

साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएकोले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक भएको समेत उनले बताएका छन्

दुई प्रमुख दल मिलेर अगाडि बढ्दा मानिसहरूमा प्रश्न उब्जिए पनि स्थायित्व र विकासका लागि बलियो राजनीतिक शक्ति र स्थिरता आवश्यक रहेको उनले बताएका छन् ।

प्रध्यापकहरूले लगाइदिए सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा ताला

महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयमा प्रध्यापकहरूले ताला लगाइदिएका छन्।

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले कार्यरत शिक्षण सहायक पदका शिक्षकलाई विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी गर्नका लागि विज्ञापन आह्वान गरेको तर आन्तरिक प्रतियोगितामा केन्द्रीय क्याम्पसलाई छुटाएको भन्दै विश्वविद्यालयका छवटा प्राध्यापक संघहरूले सेवा आयोगमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

केन्द्रीय क्याम्पसमा विश्वविद्यालयमा स्थापनाकालदेखिनै कार्यरत शिक्षकलाई सेवा आयोगले छुटाएको र विश्वविद्यालय सभाबाट पारित भइ कार्यकारी परिषद्ले निर्णय गरेर सेवा आयोगलाई सिफारिस गर्दा पनि एकै प्रकृतिका निर्णयमा समेत विभेद गरिएको भन्दै ताला लगाएको सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय क्याम्पसका सभापति किशोर बोहराले बताएका छन्।

यसअघि पनि विश्वविद्यालय सेवा आयोगको कार्यालयमा आंगिक क्याम्पसमा प्राध्यापकदेखि कर्मचारीको समायोजनाको माग गर्दै ताला लगाइएको थियो ।
अदालतसम्म पुगेको उक्त समायोजनको मुद्दामा अदालतको फैसलाले विज्ञापन खोल्ने बाटो खुलेपछि सेवा आयोगले आन्तरिक विज्ञापन खोले पनि केन्द्रीय क्याम्पस छुटाएको भन्दै प्राध्यापक संघहरूले विरोध जनाएका हुन् ।तस्विर: अन्नपूर्ण

एकैपटक २१ सचिवको सरुवा : १८ देशको लागि राजदूत सिफारिस

काठमाडौँ — राजनीतिक समीकरणमा आएको परिवर्तन सँगै दलहरुले आफ्नो अनुकुल संवैधानिक निकायहरुमा आफ्ना मान्छे नियुक्ति गर्ने परिपाटी नेपाली राजनीतिमा पुन: दोहोरिएको छ। कांग्रेस–एमालेको गठबन्धनमा सरकार परिवर्तन भएसँगै एकैपटक २१ जना सचिवको सरुवा गरिएको छ ।

मन्त्रिपरिषद बैठकले सरुवा गरेको सचिवहरुको नामावली यसप्रकार रहेको छ।

sachib
raajdoot 1

त्यसैगरी, सरकारले नयाँ सत्ता समीकरण अनुसार १८ देशको लागि राजदूत समेत सिफारिस गरेको छ। यधपी,औपचारिक रूपमा राजदूत नियुक्तिका लागि गरेको सिफारिस सार्वजनिक गरिएको छैन। काँग्रेस एमाले गठबन्धनको नयाँ सत्ता समीकरणबाट बनेको नयाँ सरकारले माओवादी र एकीकृत समाजवादीको कोटाबाट नियुक्त भएका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकले गरेका ११ निर्णयहरू

काठमाडौं : सरकारले मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु :

mantriparishad nirnaya

सुदूरपश्चिम प्रदेशमा टर्च बालेर सरकार खोज्दै प्रतिपक्ष

कैलाली – सुदूरपश्चिम प्रदेशमा सरकार संसदमा उपस्थित नभएको (साङ्केतिक रुपमा सरकार हराएको ) भन्दै प्रतिपक्ष दलहरूले मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।

संसद छल्ने सरकारको विरोधमा धनगढीस्थित प्रदेश सभा भवनको मूल प्रवेश द्वारमा नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरेका हुन्।

‘विपद्को बेला राहत उद्धारमा सरकार देखिएन। जनताको मुद्दा उठान गर्ने थलो संसदमा पनि सरकार भेटिएन,’ त्यसैले दिउँसै टर्च बालेर सरकार खोज्नु पर्ने अवस्था आएको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताएका छन्।

आज २ बजेको लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि आज बैठक नै नबसी स्थगित भएको छ ।

२० असारमा एमालेले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा परेको तर,मुख्यमन्त्री सोडारीले अहिलेसम्म पनि विश्वासको मत लिने मिति निर्धारण नगरेको भन्दै मुख्यमन्त्री दीर्घ सोडारीलाई नैतिकताको आधारमा राजीनामा दिन समेत प्रतिपक्षले माग गरेको छ।

नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग

काठमाडौं : हवाई सुरक्षामा गम्भीर कमजोर गरेको भन्दै नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग गरिएको छ।

उनको कार्यकालमा पटक – पटक हवाई दुर्घटना भएको भन्दै यसअघी पनि उनले राजिनामा दिनुपर्ने भन्दै संसदीय समितिमा आवाज उठेको थियो। सोही, विषयमा पुन: प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले प्राधिकरणका महानिर्देशक अधिकारीको राजीनामा माग गरेका हुन्।

अधिकारी प्राधिकरणको महानिर्देशक बनेपछि ७ वटा हवाई दुर्घटना भएको र त्यसमा ११८ बढी मानिसले ज्यान गुमाएको भन्दै नैतिक प्रश्न उठिसकेकाले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए महानिर्देशक अधिकारीलाई सरकारले अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग समेत उनले गरेका छन्। समिति बैठकमा अधिकांश सांसदहरूले समेत क्यान नेतृत्वको क्षमता र कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

दुर्घटनापछि बनेका आयोगका रिपोर्टहरूले पनि पाइलट,हवाई जहाज र मर्मतका नाममा दोषी देखाउने तर , प्राधिकरणलाई सँधै चोख्याउने गरेको भन्दै, हवाई दुर्घटनामा प्राधिकरणको जिम्मेवारी हुन्छ कि हुँदैन ? , हवाई दुर्घटनामा प्राधिकरणको कहिले दोष हुँदैन ? प्राधिकरणले कहिले जिम्मेवारी लिनुपर्देन? भनेर प्रश्न समेत गरेका छन्।

सन् १९६२ देखि हालसम्म नेपालमा ७२ वटा हवाई दुर्घटना भएको र त्यसमा ९३५ जनाले ज्यान गुमाएको उनको भनाइ छ। गत बुधबार मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन्।

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता गर्न दिए निवेदन

काठमाडौँ – नैतिक चरित्रमा व्यापक प्रश्न उठेका निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता गर्न निवेदन दिएका छन्।

आज पनि बिहान ११ बजे बोलाइएको संसदीय सुनवाइ समितिको बैठक स्थगित भएपछी बैठक साँझ ५ बजे बोलाइएको छ । ५ बजेसम्म कृष्णमानले आफ्नो नाम फिर्ता नलिए सुनुवाइ समितिले अनुमोदन नगर्ने निर्णय गरिसकेको र आफ्नो नाम संसदीय समितिबाट अस्वीकृत भएपछि उनको चरित्रमाथि उठेको प्रश्न वैधानिक हुने भएकाले प्रधानले आफ्नो नाम फिर्ता लिने निर्णय गरेको बुझिएको छ।

यसअघी , प्रधानविरुद्ध संसदीय समितिमा एक महिलाले उजुरी दिएकी थिइन्।प्रधान विरुद्ध उजुरी दिने उजुरीकर्ताले प्रधानले आफूलाई यौन दुर्व्यवहार गरेको बताएपछी समितिले अनुमोदनको मिति अनिश्चित कालका लागि स्थगित गरेको थियो ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन आयुक्तमा प्रस्ताव गरेको कृष्णमान प्रधानविरुद्ध उजुरी परेपछि संसदीय सुनुवाई समितिमा उनको नियुक्तिलाई लिएर दलहरु पटक- पटक आन्तरिक छलफलमा जुटेका थिए।

गत असार २ गते संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको पत्र परिषदले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो ।

प्रावधान अनुसार ,असार ४ गतेबाट ४५ दिनभित्र संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय गरिसक्नुपर्ने व्यवस्था रहेको छ। अन्यथा, स्वतः नियुक्त हुने कानुनी व्यवस्था रहेको छ ।यस अनुसार १७ गतेसम्म प्रधानको अनुमोदन हुने वा नहुने संसदीय सुनुवाई समितिले निर्णय गरिसक्नुपर्छ ।

जेष्ठ सदस्यको हैसियतमा सुनुवाई समितिको सभापतित्व राप्रपाका सांसद पशुपति शमशेर जबराले गर्दै आएका छन् । सुनुवाइ समितमा कांग्रेसबाट श्यामकुमार घिमिरे, आनन्दप्रसाद ढुँगाना, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

एमालेबाट महेश कुमार बर्तौला, सुनिता बराल, ईश्वरी घर्ती र लिलानाथ श्रेष्ठ छन् । माओवादी केन्द्रबाट जगप्रसाद शर्मा र जनार्दन शर्मा सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल छन् । जनता समाजवादी पार्टी, नेपालबाट प्रकाश अधिकारी रहेका छन् ।

सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन गृहमन्त्रीलाई निर्देशन

काठमाडौं – सहकारी संस्थाहरुको बचत रकम दुरुपयोगको अनुसन्धान गर्न गठित संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगायतसँगको छलफलमा ,समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो ।

समितिले देशबाहिर रहेकाको नाम समेत गृहमन्त्रीलाई उपलब्ध गराइसकेको बताइएको छ ।समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने निर्णय गरेको छ ।

समितिको सोमबार बसेको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिंदै, सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसी, सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरो लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।

शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

टीआरसी विधेयकमा जुटेन सहमति : बिहीबार अर्को बैठक बस्ने

काठमाडौं – संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ।

गृहमन्त्री लेखकको कार्यकक्षमा भएको उक्त बैठकमा नेपाली कांग्रेसबाट रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला,माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा , कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्याधिवक्ता रमेश बडाल लगायतको सहभागिता रहेको थियो।

अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर कार्यदलको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।‘मूल ऐन,विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको र त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरुलाई पनि एकीकृत गर्ने कुरा भएको बर्तौलाले बताएका छन्।

दलहरुका बीचमा नमिलेका चारवटा विषयमा सहमति जुटाउने जिम्मेवारी पाएको कार्यदलका सदस्यहरू हाल आएर एउटा मात्रै विषयमा अड्किएका छन् र त्यो हो, “मानवअधिकारको उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने ?” भन्ने विषय।

नेकपा एमाले, पीडितको स्वतन्त्र सहमति नभए अदालत जान पाउने गरी कानुनमै प्रष्ट लेखेर जानुपर्ने पक्षमा रहेको छ भने,अदालतले नै यसमा विवेक पुर्‍याउने तर्क माओवादी केन्द्रको छ । पीडितको स्वतन्त्र सहमति नभए अदालत जान स्वतः पाउने भएकाले पनि कानुनमा लेखिरहन नपर्ने उसको तर्क छ ।

कानुनमा नलेखिए जान नपाइने हो कि भन्ने सन्देश प्रवाह गर्ने र भविष्यमा जान नपाइने भनेर व्याख्या हुन सक्ने भएकाले स्पष्ट उल्लेख गर्नुपर्ने अडान एमालेले राख्दै आएको छ ।

यी दुवै तर्कलाई सम्बोधन गर्ने भाषा प्रयोग गरेर जाने विषयमा भने सैद्धान्तिक सहमति भएको कार्यदल सदस्यहरु बताउँछन् । तर, के भाषा लेख्ने भनेर कुनै प्रस्ताव प्रस्तुत भएको छैन ।

बाँकी तीनवटा विषय:


“मानवअधिकारको गम्भीर उल्लंघनको परिभाषामा आर्बीट्ररी हत्या लेख्ने”

“सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नहरुलाई प्रचलित कानुनमा भएभन्दा ७५ प्रतिशतसम्म कम सजाय गर्न सक्ने कानुनी व्यवस्था निर्माण गर्ने”

“अयोग्य लडाकु र परिपूरणमा असन्तुष्ट तत्कालीन शाही सेनाका परिवारसमेत सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरुलाई सम्बोधन गर्ने गरी आर्थिक साहायता प्रदान गर्ने ” विषयमा भने कार्यदल सदस्यहरुका बीचमा करिब सहमति जुटेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक लामो समयदेखि प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन छ ।

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्।

नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्।

केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन हुने, प्रदेशमा पनि उही प्रकारको अस्थिरता देखिने र केन्द्रले नै डिक्टेट गर्ने प्रदेश संरचनाको कुनै औचित्य नभएको भन्दै प्रदेश खारेजीलाई संविधान संसोधनको प्रमुख मुद्दा बनाउनुपर्ने बताएका छन्। साथै, सरकारको अस्थिर र स्वार्थि राजनीतिक खेलमा जनमोर्चा सामेल नहुने भन्दै आफ्नो पार्टीले सरकारलाई विश्वाशको मत नदिने समेत बताएका छन्।

प्रधानमन्त्री नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

काठमाडौँ — सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२)बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको भन्दै उनको नियुक्ति विरुद्द परेको रिट निवेदनको टुंगो संवैधानिक परिषदबाट लगाउनुपर्ने भन्दै प्रधानमन्त्री नियुक्ति विवाद संवैधानिक इजलासमा पठाउने आदेश दिइएको छ।

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्ने रिटको टुंगो संवैधानिक इजलासबाट गर्नुपर्ने आदेश गरेको हो ।

नेपालको संविधानको धारा ७६ (२) बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई उपधारा २ अनुसारै प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक दाबी गरी तीनवटा रिट परेका थिए।

न्यायाधीश ढकालको इजलासले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र त्यसविरुद्ध परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको अवस्था रहेको र सोको निरुपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिएको भन्दै उक्त रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश गरिएको हो ।

बागमती प्रदेश र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजिनामा

केन्द्रिय समीकरण परिवर्तन पश्चात अल्पमतमा परेका लुम्बिनी प्रदेश र बागमती प्रदेशका मुख्यमन्त्रीले आज पदबाट राजिनामा दिएका छन्।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनी प्रदेश जोखबहादुर महराले आज पदबाट राजीनामा दिएका हुन् ।

एमालेले समर्थन फिर्ता लिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची रहेपनि विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिएका छन्।

त्यसैगरी, बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासकाे मत लिन प्रयाेजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए , तर माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे बैठकले सरकार बनाउन काँग्रेस र एमाले दुई दलकाे स्पष्ट बहुमत रहेकाले उनलाई राजीनामा दिन सुझाव दिएपछि उनले पनि राजिनामा बुझाएका हुन्। बागमती प्रदेशमा कांग्रेसबाट बहादुर सिं लामा मुख्यमन्त्री बन्दै छन् । सरकार गठनका लागि दाबी पेश गर्न कांग्रेस र एमालेका सांसदकाे हस्ताक्षर संकलन गरिएकाे छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा गरेका संवोधनको पूर्णपाठ

काठमाडौं – प्रधानमन्त्री ओलीलेले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै देउवाले ओली मिहिनेती, अध्ययनशील र अनुभवी भएकाले उनको नेतृत्वको सरकारले मुलुकलाई उन्नतीतर्फ लैजाने बताएका हुन् ।

संविधान संशोधन गर्दा दलहरूबीच संवाद र सहमति गर्ने कुरामा आफूहरू स्पष्ट रहेको,संविधान संशोधन गर्दा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गर्ने र संविधान संसोेधन गर्दा नेपालमा क्रियाशिल सबै राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा काँग्रेस स्पष्ट रहेको पनि उंले बताएका छन्।

देउवाले मुलुकको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन स्थिर सरकार आवश्यक परेको र राजनीतिलाई स्थिरताको बाटोमा उन्मुख गराउन अहिलेको सरकार गठन भएको भन्दै देउवाले त्यो लक्ष्यमा सरकार सफल हुने भन्दै, १७ असारमा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति कांग्रेस दृढ रहने भन्दै एमाले पनि दृढ रहने विश्वास व्यक्त गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा गरेका संवोधनको पूर्णपाठ:

सम्माननीय सभामुख महोदय,

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले आज नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव राख्नुभएको छ । आम नेपाली जनताको अपेक्षा स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारीको सिर्जना, भौतिक संरचनाको शीघ्र निर्माण नै हो । हामीले यस दिशामा प्रगति हासिल गर्नाका साथै आज देखिएको निराशा आशामा बदलिने छ ।

वर्तमान सरकारले यो दिशामा तीव्रताका साथ काम अगाडि बढाउँदै जनतामा आशा र भरोसा जागृत गर्ने छ भन्ने मैले विश्वास लिएको छु । देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी छ । आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ ।

वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने छ, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशिल अर्थतन्त्रका माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्ने छ । यसबाट राजश्वमा थप वृद्धि भइ जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिने छ ।

भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ अग्रसर गराउन आवश्यक छ । संविधान प्रारम्भ भएको आठ वर्ष पुरा भएको छ । यसका सवल तथा दुर्वल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो । संविधान संसोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समाबेशीतालाई थप सुदृढ गरिने छ ।

सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले जनचाहना बमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने नै छ । वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनहरुको निर्माण, लगानीको उचित वातावरण तयार पार्दै आज देखिएको आर्थिक शिथिलतालाई गतिशिल बनाउँदै रोजगारीका थप अवसरहरुको सिर्जना र एउटा चलायमान अर्थतन्त्रको निर्माणमा ठोस योगदान दिने मैले विश्वास लिएको छु ।

सम्माननीय प्रधानमन्त्री अत्यन्त मेहनति, अध्ययनशिल र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रिमण्डलमा रहेका साथीहरु पनि योग्य र सक्षम हुनुहुन्छ । उहाँको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने छ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको वर्तमान सरकार सफल हुने मैले विश्वास लिएको छु । तसर्थ असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिको कार्यान्वयन प्रति नेपाली कांग्रेस दृढ छ, दृढ रहिरहने छ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

साथै नेकपा एमाले पनि यस कुरामा दृढ रहने छ भन्ने कुरामा म पूर्ण रुपले विश्वस्त छु । त्यसैले नेपाली कांग्रेसले सम्माननीय प्रधानमन्त्रीले माग्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्ने छ । साथै अन्य दलहरुलाई सम्माननीय प्र्रधानमन्त्रीज्यूले राख्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्न अपील समेत गर्दछु ।

धन्यवाद !
जय नेपाल !

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै के- के भने ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने क्रममा संसदलाइ सम्बोधन गर्दै राष्ट्रिय संविधान असंशोधनीय विषय नभएको र सहमति जुटाएरै संविधान संशोधन गर्ने बताएका छन् ।

संविधान देश र जनताको हितका लागि साधन हो, साध्य होइन र आवश्यकताले संविधान, कानुनमा संशोधन र परिमार्जन हुन्छ, तर संविधान संसोधनको विषयलाई लिएर आफूले भने अनुसार नहुनासाथ पश्चगमनको पोशाक लगाइदिने अचम्मको प्रवृत्ति देखिएको समेत बताएका छन्।

ओलीले ०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको भन्दै निराशा हटाउन, आशाको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक दिशामा अगाडी लैजान अहिलेको सरकार बनेको बताएका छन्।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले , हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण सेयर बजार भएको र अब सेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुने बताएका छन्। साथै, सरकारले वैदेशिक रोजगारीका कारण अर्थतन्त्रको अवयवहरुमा ल्याएको परिवर्तनबारे अध्ययन गर्ने समेत बताएका छन्।

त्यसैगरी उनले सहकारी पीडित जोसुकै भए पनि कारबाही हुने पनि बताएका छन् ।

साथै प्रधानमन्त्री ओलीले सरकारको ५ बुंदे प्राथमिकता र काँग्रेस एमालेबीच भएको ७ बुंदे सहमति समेत संसदमा सारजनिक गरेका छन्।

सरकारको ५ बुँदे प्राथमिकतामा रहेका कामहरु

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत माग्दै ओलीले संसदलाई सम्बोधन गर्ने क्रममा सरकारका ५ बुँदे प्राथमिकता र काँग्रेस एमालेबीच भएको ७ बुंदे सहमति सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री ओलीले सरकारको पहिलो प्राथमिकतामा वर्षौंदेखि अलपत्र रहेको अथवा पूरा हुन नसकिरहेका परियोजना सम्पन्न गर्नु सरकारको प्राथमिकता रहेको बताउँदै ति परियोजना सम्पन्न गर्न क्षमता अभिवृद्धि, मूल्यांकन, नीतिगत सुधार र रोकिएको भुक्तानी रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले हाल मुलुकले व्यापार घाटा बेहोर्ने नभएर आयात मात्र गर्ने अवस्था रहेकोले अब उत्पादनमा जोड दिने र उत्पादनका विभिन्न क्षेत्रको पहिचान, लगानीको व्यवस्था लगायत कामलाई प्राथमिकता दिन ६ वटा मन्त्रालयबीच समन्वय हुने बताएका छन् ।

देशमा अहिले पनि ६० लाख मानिस गरिबीको रेखामुनि रहेकाले सरकारको अर्को प्राथमिकतामा गरिबी, अभाव र भोकमरीको अन्त्य गरिने र सडकमा रहेका बालबालिकालाई आश्रय दिने अभियान अगाडी बढाउने प्रधानमन्त्रीले बताएका छन् ।

सरकार अभिछिन्न उत्तराधिकारीवाला संस्था भए पनि आवश्यक कार्यक्रम, नीति र बजेटलाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्षको बजेटमा आवश्यक संशोधन गरिने र भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न भ्रष्टाचार गर्नेहरु एकदिन कानुनको कठघरामा आउँछ भन्ने सन्देश जानेगरी काम गर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले सार्वजनिक गरे काँग्रेस एमालेबिचको ७ बुँदे सहमति

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् ।

यस्तो छ काँग्रेस एमालेबीच भएको ७ बुँदे सहमति।

१. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनाीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।

२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।

३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्त्रिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।

४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने ।

५. राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।

६. राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा, समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने ।

७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावना अनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीव्रता दिने ।

प्यालेस्टाइन समर्थक अडानका कारण एडिडासले बेला हदीदलाई विज्ञापनबाट हटायो

इजरायल सरकारले बेला हदीदलाई उनको प्यालेस्टाइन समर्थक अडानका लागि “सेमेटिज्म” को आरोप लगाएपछि जर्मन स्पोर्ट्सवेयर एडिडासले हदिदलाई एडिडासको विज्ञापनबाट हटाएको छ ।

भर्खरै, जर्मन स्पोर्ट्सवेयर एडिडासले रेट्रो-प्रेरित क्लासिक्स लुक्समा एस-एल ७२ पुन: लन्च गरेको छ जसलाई पहिलो पटक १९७२ म्युनिख ओलम्पिकको समयमा प्रदर्शन गरिएको थियो, जहाँ प्यालेस्टिनी ब्ल्याक सेप्टेम्बर समूहले एघार इजरायली खेलाडीहरू र एक जर्मन पुलिस अधिकारीको हत्या गरेको थियो।

हालै पुन: लन्च गरिएको उक्त जुत्ताको विज्ञापनको विषयमा इजरायली विदेश मन्त्रालयले बिहीबार X (पहिले ट्विटर) मा “”अंदाज गर्नुहोस् तिनीहरूको अभियानको अनुहार को हो? बेला हदीद, एक आधा प्यालेस्टिनी मोडेल जसले सेमेटिकवाद फैलाउने र इजरायली र यहूदीहरू विरुद्ध हिंसाको लागि आह्वान गरेको इतिहास छ,”
भनेर लेखेपछि एडिडासले बेलाले गरेको उक्त विज्ञापन परिवर्तन गर्ने जाएको छ।

हदीदका बुबा प्यालेस्टिनी हुन् र उनि नाजारेथमा जन्मेको थिइन् ।गाजामा भैरहेको रक्तपातको अन्त्यको लागि आह्वान गर्दै प्यालेस्टिनी अधिकारका लागि उनले आवाज उठाउँदै आएकी थिइन्। प्यालेस्टिनमा चलिरहेको द्वन्द्वमा ३८००० भन्दा बढी नागरिकको ज्यान गएपछि उनले इजरायली सरकारको चर्को आलोचना समेत गरेकी छन्। सार्वजनिक रूपमा इजरायललाई “नरसंहार” गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल मार्फत पनि प्यालेस्टाइन समर्थित आवाज उठाउँदै आएकी बेलाले प्यालेस्टिनी द्वन्दमा रहेकाहरुको राहतको लागि १ मिलियन डलर सहयोग समेत गरेकी छन्।

बेला हदिदलाई विज्ञापनबाट हटाउने कदमले सोशल मिडियामा धेरैले एडिडासको यो कदम विरुद्द आक्रोश पोखेका छन्।

एडिडासले यसअघि सन् २०२२ मा पनि यहूदीहरूप्रती गरेको टिप्पणीलाई लिएर अमेरिकी र्‍यापर कान्ये वेस्टलाई पनि आफ्नो विज्ञापनबाट हटाएको थियो।

गाजा र यमनमा भएको इजरायली आक्रमणमा दर्जनौं मारिए

गाजा पट्टीमा इजरायलको बमबारी जारी रहँदा दर्जनौं प्यालेस्टाइनीहरू मारिएका छन्, जसमा नुसेइराट शरणार्थी शिविरमा तीनवटा छुट्टाछुट्टै आक्रमणहरूमा १२ जना व्यक्तिहरू मारिएका नागरिक सुरक्षा टोलीले बताएको छ।

यमनमा, बन्दरगाह सहर होडेडाहमा रहेको तेल भण्डारण सुविधा र पावर प्लान्टलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा तीन व्यक्तिको मृत्यु हुनुका साथै ८७ जना घाइते भएका छन् भने,इजरायली आक्रमणले दक्षिणी लेबनानमा पनि धेरै मानिसहरुलाई घाइते बनाएको छ।

गाजामा इजरायलको युद्धमा कम्तिमा ३८,९१९ जनाको मृत्यु भएको छ भने ८९,६२२ जना घाइते भएका छन् ।

मेलोनीलाई ‘बॉडी शेमिङ’ गरेको आरोपमा पत्रकारलाई जरिवाना

मिलानको एक अदालतले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई उनको उचाइको बारेमा अपमान गरेकोमा पत्रकार जिउलिया कोर्टेसले €.५००० ) क्षतिपूर्ति तिर्नु पर्ने फैसला गरेको छ। न्यायाधीशले X (पहिले ट्विटर) मा कोर्टेसको टिप्पणीहरू “अपमानजनक” भएको बताए।

केस अक्टोबर २०२१ को हो, जब कोर्टेसले पृष्ठभूमिमा मुसोलिनीको तस्बिरसहित मेलोनीको खिल्ली उडाएको फोटो पोस्ट गरे। त्यसबेला प्रतिपक्षमा रहेकी मेलोनिले उक्त तस्विरलाई लिएर सामाजिक सञ्जालमै कमेन्टमा पत्रकारसंग बहस समेत गरेकी थिइन् । तर पत्रकारले बहसको क्रममा “तिमी मलाई नतर्साउ , जर्जिया मेलोनी। आखिर,तिमी केवल १.२ मिटर (४ फिट) अग्लो छौ । म तिमीलाई देख्न पनि सक्दिन,” भनेर कमेन्ट समेत गरेकी थिइन्।सोहि विषयलाइ लिएर उनले पत्रकार विरुद्द मुद्दा दायर गरेकी थिइन्।

न्यायाधीशले मुसोलिनीसंग उनको फोटो राख्नु कानूनको उल्लङ्घन नगरेको निष्कर्ष निकाले पनि , उनको उचाइको विषयमा कोर्टेसको टिप्पणीको सम्बन्धमा भने मेलोनीको पक्षमा फैसला गरेको हो।

मिडिया रिपोर्टका अनुसार इटालीका प्रधानमन्त्रीको उचाई १.५८ देखि १.६३ मिटर रहेको छ ।

अदालतको फैसलापछि X मा टिप्पणी गर्दै, कोर्टेसले लेखेकी छन् “इटालीको सरकारलाई अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको सम्बन्धमा गम्भीर समस्या छ।”

मेलोनीले पत्रकारलाई अदालत लगेको यो पहिलो पटक भने होइन । गत अक्टोबरमा, रोमको एक अदालतले माफिया विरोधी रिपोर्टर र लेखक रोबर्टो साभियानोलाई २०२१ मा एक टिभी कार्यक्रममा उनको कट्टरपन्थी विरोधी आप्रवासी अडानमा दक्षिणपन्थी राजनीतिज्ञको अपमान गरेकोमा समेत अदालतमा मुद्दा दायर गरिएको थियो जसमा ति पत्रकारले € १००० जरिवाना तिरेका थिए।

२०२४ को विश्व प्रेस स्वतन्त्रता सूचकांकमा, रिपोर्टर्स विदाउट बोर्डर्सले इटालीलाई गत वर्षको तुलनामा पाँच अंक तल झार्दै ४६ औं स्थानमा राखेको छ। संगठनले पत्रकार विरुद्ध बढ्दो मुद्दालाई पनि एउटा कारण मानेको छ ।

आज गुरु पुर्णिमा:व्यास जयन्ती

“गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:”

अर्थात्
“गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,
गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।”

गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । त्यसैले आजको दिन शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै गुरुपूर्णिमा मनाइन्छ।

यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ।सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिने गर्छन् ।

गुरुतत्वको त्यहि महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र यूग पछिका यूगहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरुलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई आजको दिन कोटी कोटी नमन गरिने गरिन्छ । गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरुपूर्णिमा ।

व्यास जयन्ती
आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन अष्ट चिरञ्जीवी का एक चिरञ्जीवी, गुरु ब्यासको पनि जन्म दिन पर्दछ । वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए ।पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए । गुरु ब्यास महाभारतका रचयिता मात्र नभई महाभारतकै एक जीवन्त पात्र पनि हुन्, महाभारतका भीष्म र ब्यास नाताले सौतेनी दाजुभाइ हुन् । राजा शान्तनुले सत्यवतीलाई विवाह गर्दछन्, सत्यवतीका पिता माझी हुन्छन्, राजाले ससुरालाई सत्यवतीका तर्फबाट भएका सन्तानलाई सिंहासनमा बसाउने वाचा गर्दछन् र यस अघि नै सान्तनुले पुत्र भीष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भीष्मले आफ्नो पिताको वाचा थाहा पाएर पितालाई वचनमा अडिग रहनका लागि आफू स्वयमले राजकुमार बाट हटेर सिंहासनमा कुनै दाबी नगर्ने घोषणा गरेका हुन् ।

गुरु व्यास सत्यवतीका विवाह अघिका पुत्र हुन्, यिनका पिता पराशर हुन् । पराशर र सत्यवतीको आध्यात्मिक समागमले ब्यासको जन्म भयो, आफ्नी जन्म माताको खोजीका क्रममा ब्यास हस्तिनापुर दरबार सम्म पुग्दछन् । यिनै ब्यासले महाभारतका सकल घटनाक्रमलाई लेखेका हुन् । सबै वेद, श्रीमद भागवत अनि १८ पुराणका सर्जक ब्यासले दत्तात्रयलाई पनि सिकाएको कुरा उल्लेख छ । ब्यास गुरुका पनि गुरु हुन्, आजको दिन अर्थात् यो पूर्णिमा यिनको जन्म अनि यिनले वेदका ज्ञानलाई बाँडेर वेदका प्रकारहरू र नाम छुटाएको पवित्र दिनका रूपमा सम्झना गरिन्छ ।

ओलीमाथि विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने : महामन्त्री शर्मा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन कांग्रेसले साथ दिने, तर उनका विगतमा उठेका मुद्दाका विषयमा भने कांग्रेस मौन नबस्ने बताएका हुन् ।

महामन्त्री शर्माले कांग्रेसका सांसदहरु उभिएर विश्वासको मत दिएका कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा कांग्रेस नलाग्ने बताए ।नेपाललाई एउटा नविन सम्भावनाको बाटोमा लिएर जाँदै गर्दा दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्षीय स्वर पो कमजोर हुन्छन् की भनेर आम बौद्धिक क्षेत्रमा चिन्ता छ । तर कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि काँग्रेसले साथ दिंदै गर्दा, ओलीमाथि विगतमा उठाएका मुद्दामा उत्तिकै खरो भुमिकाका साथ उभिने उनले बताएका छन्।

२४ खर्ब ३३ अर्ब पुग्यो सार्वजनिक ऋण:एक वर्षमा थपियो एक खर्ब ३३ अर्ब

काठमाडौँ- देशको आम्दानीले खर्च धान्न नसक्ने अवस्थामा ऋण लिनु स्वाभाविक भए पनि ऋणको उपयोगिता र त्यसको सदुपयोग वा दुरुपयोग के कसरि भैरहेको छ भनेर गम्भीर रुपमा अध्ययन गर्नुपर्ने आवश्यकता नेपालको विकासको गति र बढ्दै गएको ऋणको अन्तरले  प्रष्ट देखाउँछ । अति विकसित राष्ट्र मानिएको अमेरिकाको पनि २०२४ सम्म आइपुग्दा करिब ३३ ट्रिलियन अमेरिकी डलर बराबरको सार्वजनिक ऋण रहेको छ। यधपी त्यहाँको विकास ऋणको अनुपात भन्दा धेरै तीव्र गतिमा अगाडी रहेको देखिन्छ। तर नेपालमा भने विभिन्न देश र अन्तराष्ट्रिय सँस्थाहरुबाट लिएको ऋणको उचित सदुपयोग र हिसाब किताब नहुँदा ऋणको तुलनामा विकास निकै न्यून देखिन्छ जसले राज्यलाई अनावश्यक ऋणको भार मात्रै थप्दै लगेको देखिन्छ।

अर्थ मन्त्रालयमातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आव ०८०/८१ को अन्त्यसम्ममा मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्ममा नेपाल सरकारको कुल ऋण दायित्व २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँ रहेकोमा गत आव ०८०/८१ मा आन्तरिकतर्फ ५१ अर्ब ८० करोड र ८२ अर्ब नौ करोड विदेशी ऋण गरी कुल एक खर्ब ३३ अर्ब ८८ करोड थपिएर सार्वजनिक ऋणको आकार २४ खर्ब नाघेको छ ।

कुल ऋणमध्ये ५१.४७ प्रतिशत विदेशी ऋणको हिस्सा छ भने आन्तरिक ऋणको हिस्सा ४८.५३ प्रतिशत छ । कार्यालयका अनुसार १२ खर्ब ५२ अर्ब ३३ करोड विदेशी ऋण पुगेको छ,  जसमा एसियाली विकास बैंकको ४ खर्ब ७ अर्ब ४३ करोड ३६ लाख , अन्तराष्ट्रिय विकास संघ (आइडिए ) को ६ खर्ब १२ अर्ब ८० करोड ६७ लाख,अन्तराष्ट्रिय मुद्रा कोषको ६३ अर्ब २७ करोड ८० लाख, युरोपियन लगानी बैंकको १० अर्ब ६३ करोड २० लाख, कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको १० अर्ब ५९ करोड ९५ लाख, अन्तराष्ट्रिय सहयोगको लागि ओपेक कोषको ७ अर्ब १३ करोड ९८ लाख, नर्डिक विकास कोषको १ अर्ब ७७ करोड ५ लाख, एसियाली पूर्वाधार लगानी बैंकको १ अर्ब ६३ करोड ८२ लाख र युरोपियन आर्थिक परिषदको १५ करोड ९६ लाख रुपैयाँ ऋण लिइएको छ ।

त्यसैगरी, वैदेशिक ऋण तर्फ नै जापानको ५० अर्ब ८८ करोड ९५ लाख , भारतको ४० अर्ब ५२ करोड ६१ लाख, चीनको ३३ अर्ब ९६ करोड ५० लाख, कतारको ५ अर्ब १ करोड ३८ लाख, साउदीको ३ अर्ब ७ करोड ५८ लाख, कुवेतको १ अर्ब ८५ करोड २३ लाख , फ्रान्सको १ अर्ब २ करोड ४६ लाख र बेल्जियमको ४९ करोड २६ लाख रुपैयाँ ऋण लिइएको छ ।

आन्तरिक ऋणतर्फ सरकारले ११ खर्ब ८० अर्ब ९० करोड ऋण लिएकोमा चार खर्ब तीन अर्ब ६९ करोड ट्रेजरी बिल्समार्फत ,विकास ऋणपत्रमार्फत सात खर्ब ६१ अर्ब ९४ करोड, नागरिक बचतपत्रमार्फत ११ अर्ब १२ करोड, वैदेशिक रोजगार बचतपत्रमार्फत २२ करोड र आइएमएफ बन्डमार्फत तीन अर्ब ९१ करोड ऋण सरकारले लिएको देखिन्छ  ।

गत आर्थिक वर्षमा मात्रै सरकारले चार अर्ब ७३ करोड रुपैयाँ विदेशी र २१ अर्ब आन्तरिक ऋणको साँवा–ब्याजबापत भुक्तानी गरेको छ  ।

प्रधानमन्त्रीको मौखिक निर्देशनको भरमा बक्यौता नतिर्ने उद्योगको विधुत लाइन जोडिँदैन

काठमाडौँ – नेपाल विधुत प्राधिकरणको सञ्चालक समितिको बैठकले प्रधानमन्त्रीको मौखिक निर्देशनका भरमा बक्यौता नतिर्ने उद्योगहरुको विधुत लाइन जोड्न नमिल्ने निष्कर्ष निकालेको छ।

विधुत प्राधिकरणले करीब ८ अर्ब २६ करोड  बक्यौता नतिर्ने ६१ उद्योगको लाइन कटौती गर्ने बताउँदै आएपनि, बक्यौता तिर्न आनाकानी गरेपछि प्राधिकरणले असार २५ र २७ गते रिलाइन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटिदिएको थियो।प्राधिकरणका अनुसार जगदम्बा स्टिलको एक अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, घोराही सिमेन्टको ५१ करोड, अर्घाखाँची सिमेन्टको ४४ करोड ८६ लाख, जगदम्बा सिन्थेटिकको २० करोड र हुलासको १४ करोड रुपैयाँ बक्यौता छ ।

विधुत प्राधिकरणले ति उद्योगको विधुत लाइन काटेपछि, प्रधानमन्त्री केपी शर्मा ओलीले ति उद्योगीलाई सँगै राखेर शुक्रबार ऊर्जामन्त्री, सचिव र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बालुवाटारमा बोलाएर ६ वटा उद्योगको लाइन तत्काल जडान गर्न निर्देशन दिएका थिए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्रीसंगको छलफलका क्रममा आइतबार सञ्चालक समितिको बैठक बसेर निर्यण गरेपछि मात्रै जडान गर्न सकिने बताएका थिए। तर जवाफमा प्रधानमन्त्रीले तत्कालै सञ्चालक समितिको बैठक बसेर निर्णय गर्न निर्देशन दिए।

प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा ऊर्जा मन्त्रालयमा प्रधिकरण सञ्चालक समितिको बैठक बसेको थियो। बैठकमा ऊर्जामन्त्री खड्काले ‘लिखित प्रक्रिया पछि मिलाउने गरी प्रधानमन्त्रीको निर्देशनअनुसार तत्काल लाइन जोडिहालौँ’ भनेर प्रस्ताव राखेका थिए। तर संचालक समितिका अन्य सदस्यहरुले मन्त्रीको प्रस्तावप्रति असहमति जनाउँदै ,बक्यौता नतिर्ने उद्योगको लाइन जोडनको लागि कहीँ न कहीँबाट लिखित निर्देशन आउनुपर्ने रायसहित प्रधानमन्त्रीको मौखिक निर्देशनका भरमा बिजुली जडान गर्न नसकिने निष्कर्ष निकालेको हो।

कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्नुपर्ने : कांग्रेस महामन्त्री

काठमाडौँ- संसदमा विश्वाशको मत लिन लागेका प्रधानमन्त्रीले संसदमा नयाँ सरकार निर्माण लगायतका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सार्वजनिक गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।

४२ औं विपी स्मृति दिवसका सन्दर्भमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले भने ,”हाम्रो सहमतिमा बन्ने प्रधानमन्त्रीले संसदमा भोलि विश्वासको मत लिँदै गर्दा सहमति गरिएको भनिएको ७ बुँदा के-के हो भनेर भोलि पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु र कम्तिमा हामीले गरेको सहमतिको मर्यादा राखौं भन्ने मेरो अभिप्राय हो। “

प्रधानमन्त्रीले सहमतिको बुंदाहरु पढेर सुनाउने कुरामाअ आफु विश्वस्त रहेको कुरा पनि थापाले बताएका छन्। ‘ प्रधानमन्त्री स्वयं आफैँ उक्त सहमतिको एउटा हस्ताक्षरकर्ता भएकाले गर्दा उहाँको त्यो जिम्मेवारी पनि हो,’ उनले भने।

आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने शर्तमा नयाँ गठबन्धन बनेको खुलासा

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने शर्तमा कांग्रेस-एमालेको गठबन्धन बनेको बताएका छन्।

कतारको दोहामा आयोजित प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले राजनीतिक स्थायित्वको लागि कांग्रेस-एमाले सरकार बनेको भन्दै नयाँ गठबन्धनको सहमितिबारे खुलासा गरेका हुन् ।

सम्बोधनकै क्रममा उनले प्रचण्डको चुलबुले बानि र उनको बेइमानिकै कारण सरकार ढलेको समेत बताएका छन्।

यो हप्ताको साप्ताहिक राशिफल

श्रावण ५ देखि साउन ११ गतेसम्म को राशिफल

Mesh rashi

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो साता इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने र शुभ कार्यको योजना बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सिन्दुरे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि कार्य गर्दा सफलता मिल्नेछ ।

brish rashi

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो साताको सुरुका दिनमा रहनेछ । अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला । केही अप्ठ्यारा परिस्थितिको सामना पनि गर्नुपर्ला । मङ्गलवारबाट शुभकार्यको चर्चा चल्नेछ । पुँजी बजारमा लगानीको अवसर आउनाले मन प्रसन्न रहनेछ, तर खानपानमा विचार पुर्याउनु होला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरे राम्रो हुनेछ ।

mithun

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो सप्ताहमा स्वास्थ्यमा सुधार आउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको अवसर मिल्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । यो साताका लागि शुभ अङ्क २,३ र शुभ रङ्ग हरियो वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

karkat

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो साता चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । शुभ कार्यको योजना बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सेयरको कारोबारमा फाइदा पनि बढ्न सक्छ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । खानपान र स्वास्थ्यप्रति सजग रहनु होला । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुने र गरेको कामबाट अधिक सफलता मिल्नेछ ।

images

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ । पुँजी बजारमा लगानीको अवसर आउनाले मन प्रसन्न रहनेछ र पछि फाइदा हुनेछ । साताको मध्यमा मानसिक चिन्ता बढ्नेछ । चोटपटकको भय पनि छ सचेत रहनुहोला । यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

kanya

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी खाल कै समय रहेको छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै स्वास्थ्यप्रति सजगता अपनाउनु होला । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

tula

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता आँटेको र ताकेको कार्य पुरा होला । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पारिवारिक जमघट र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शेयर बजारमा गरेको लगानीले पनि राम्रो प्रतिफल दिनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग खैरो वा गुलाबी रङ्ग हो । शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

brischik

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो साता नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । स्वास्थ्य र शिक्षा राम्रो हुने योग बनेको छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्यारो साथी तथा आफन्तसँग समय बित्नेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

dhanu

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो सप्ताह समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेममा मधुरता छाउला । आँटेको र ताकेको कार्य पुरा होला । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ । स्वास्थ्य प्रति सजग रहनु होला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग आकाशे हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

makar

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो साता आँटेको काममा ढिलासुस्ती हुनसक्छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । स्वास्थ्यमा समस्या हुनसक्छ, त्यसैले सङ्क्रमणबाट आफू पनि बच्ने र अरूलाई पनि बचाउन सहयोग गर्नु होला । बुधवारबाट साथी भाइको भेटघाटले मन प्रसन्न रहला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व दीनदुखी या असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ ।

kumbha

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो सातामा सोचेको आँटेको काममा फाइदा मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति चैं सावधानी अपनाउनुपर्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

min

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । मान प्रतिष्ठामा वृद्धि होला । विज्ञान र प्राविधिक कार्य अघि बढ्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका नयाँ स्रोत बढ्नेछन् । यो साताका लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग रातो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

उपसभामुख विरुद्ध संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी

काठमाडौँ — उपसभामुख इन्दिरा रानामगरले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले संसदाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन् ।

उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ । समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारेमा छलफल गर्नुपर्ने आवश्यक रहेको सभामुख देवराज घिमिरेलाई जानकारी गरेको बताएका छन् ।

उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो । संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो । त्यही कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई आफूसँग लाने प्रक्रिया अघि बढाएकी थिइन् ।

एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल विजयी

काठमाडौं – नेपालले एसीसी महिला एसिया कप अन्तर्गत शुक्रबार भएको उद्घाटन खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ । यो एसीसी महिला एसिया कपमा नेपालको पहिलो जित हो।

श्रीलंकाको डम्बुलामा भएको खेलमा युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर जित हाँसिल गरेको हो । ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौका प्रहार गर्दै बलियो ब्याटिङ प्रदर्शन गर्दै अविजित ७२ रन बनाएर टोलीको आशा जगाइन् । पूजा महतो ७ रन बनाएर नटआउट रहिन् ।

नेपालका लागि सिता रानामगरले ७ रन, कविता कुँवरले २ रन र कप्तान इन्दु बर्माले ६ रन जोडिन् । पूर्व कप्तान रुबिना क्षेत्रीले १० रन बनाएर प्याभिलियन फर्किइन् ।

बलिङतर्फ युएईकी कविशा गोडागले ३ र लावन्या केनीले १ विकेट लिए ।

यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन र कविसा गोडागले २२ रन जोडिन् ।

नेपालका लागि कप्तान इन्दु बर्माले ३ विकेट लिए भने कृतिका मरासिनी र सबनम राईले एक एक विकेट लिए ।

समूह ‘ए’ मा रहेको नेपालले जुलाई २१ मा पाकिस्तान र २३ जुलाईमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशका समस्या समाधान र केही परिवर्तन गर्न नयाँ सरकार बनेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा उनले आफू प्रधानमन्त्री भइसकेकाले पदका लागि मात्रै नफर्केको स्पष्ट पारे ।

‘वर्तमान सरकारको मुख्य लक्ष्य विद्यमान समस्या समाधान र अर्थतन्त्रलाई मजबुत बनाउने हो, म प्रधानमन्त्री बन्न मात्रै आएको होइन, देशका समस्या समाधान गरेर परिवर्तनका लागि काम गर्ने संकल्प लिएर आएको हुँ । निजी क्षेत्रले यो सरकारमा आशा र भरोसा राख्नुपर्छ र मिलेर काम गर्नुपर्छ,’ उनले भने ।

करको दरलाई आँखा चिम्लिएर परिवर्तन गर्न नहुने र गलत नीति अवलम्बन गर्दा निजी क्षेत्रले विरोध गर्न सक्ने धारणा राख्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान राख्न मौद्रिक नीति कठोर हुन नहुनेमा जोड दिएका छन् ।

सो अवसरमा अध्यक्ष राजेशकुमार अग्रवालले सुस्त अर्थतन्त्रलाई उकास्न उच्च प्राथमिकताका साथ काम गर्न सरकारलाई आग्रह गर्दै, सुस्त अर्थतन्त्रलाई मौद्रिक नीतिमार्फत सार्थक बनाउनुपर्ने बताएका छन् ।

बन्द रहेका चिनी मिलहरू संचालन गर्न सरकारलाई निर्देशन

काठमाडौं – संसदीय समितिले बन्द रहेका चिनी उद्योग तत्काल सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको उपसमितिले यस्तो निर्देशन दिएको हो । समितिको बैठकले उखु किसानका समस्या अध्ययन गरी समाधानका लागि ठोस कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।

गत वर्ष उद्योग समितिको उपसमितिले कैलाली, कञ्चनपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका चिनी मिलको अध्ययन मंसिर र फागुन मसान्तमा गरेको थियो । अध्ययनका क्रममा उपसमितिले स्थलगत अनुगमन गरी किसान, चिनी उद्योग व्यवसायी, चिनी मिलका कर्मचारी, सम्बन्धित सरकारी निकाय र सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छलफल गरी प्रतिवेदन तयार गरेको थियो ।

उपसमितिले सरकारलाई ‘उखु किसानका लागि अनुदान परिचालन कार्यविधि, २०७५’ संशोधन गर्न सिफारिस गरेको छ । यसका लागि सम्बन्धित सबै पक्षसँग छलफल र परामर्श गर्न पनि उनले निर्देशन दिएका छन् ।

उपसमितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई उखु उत्पादनको समर्थन मूल्य निर्धारण गर्दा किसानलाई पर्ने लागतका आधारमा चिनीको आधार मूल्य निर्धारण गर्न निर्देशन दिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद र राष्ट्रिय उखु अनुसन्धान कार्यक्रमको संस्थागत क्षमता अभिवृद्धि गर्न सरकारले विशेषगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । साथै उखु किसानलाई मल, विषादी र बीउ समयमै उपलब्ध गराउन संघीय इकाइहरूबीच समन्वय गर्न निर्देशन दिइएको छ ।

निउरोड फुटपाथ विस्तारको विरोधमा स्थानीयको प्रदर्शन

काठमाडौं – काठमाडौं महानगरपालिकाले सुरु गरेको न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काममा स्थानीयले पुनः अवरोध सुरु गरेका छन् । स्थानीयहरु फुटपाथ विस्तारको विरोधमा उत्रिएपछि अहिले उक्त क्षेत्रमा नेपाल प्रहरी र नगरप्रहरीहरुलाई तैनाथ गरिएको छ ।

यसअघी महानगरको फुटपाथ विस्तारको काममा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि, सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । उक्त रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेश संगै महानगरले बुधबार बाट पुन फुटपाथ विस्तारको काम सुरु गरेको थियो। तर स्थानीयले महानगरको फुटपाथ विस्तारको कामको विरोध गर्दै प्रदर्शन गरेका छन् भने, सो क्षेत्रमा सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ।

पुरानै पार्टीको फेर समात्दै अघि बढेको रास्वपा

काठमाडौँ — स्थानिय निर्वाचनमा बालेन,हर्क र हमालहरुको उदय पश्चात “नो नट अगेन” भन्ने नारा दिएर देउवा, ओली बा र नानीका बा – को विरोध गर्दै जनतामा एक खाले आशा जगाएर राजनीतिमा फड्को मार्दै आफुलाई स्थापित गराउन सफल रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टी र तिनका नेताहरु अन्त्यमा आएर हिजो “नो नट अगेन भनेर” जसको बिरोध गरेर राजनीतिमा उदाए आज तिनैको फेरो समातेर अगाडी बढेको देखिन्छ।

प्रतिपक्षमा छँदा होस् या सरकारमा रहँदा ,भुटानी शरणार्थी प्रकरणमा संसदमा चर्को स्वरले राजनीतिक मानव तस्करीको विरोध गर्दै आइरहेको रास्वपाले भुटानी शरणार्थी काण्डकै झल्को दिलाउने गरी , रास्वपा बाट उपसभामुख बनेकी इन्दिरा रानाको अमेरिकी दूतावासलाई लेखेको पत्र विवाद यतिबेला सतहमा देखिएको छ।

परराष्ट्र मन्त्रालयले सांसद र कर्मचारीको भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत गर्नुपर्नेमा अनधिकृत व्यक्तिहरूको नाम राखेर भिसा प्रक्रियाको लागि रास्वपा बाट उपसभामुख बनेकी इन्दिरा रानाले पदको दुरुपयोग गर्दै अमेरिकी दुतावासलाई भिसा प्रक्रियाको लागि लेखेको पत्रको विवाद यतिबेला सतहमा देखिएको छ।

घटना सतहमा आएपछि रास्वपाका नेताहरूले उक्त विषयलाई गम्भीरतापूर्वक लिनुको सट्टा सामान्य विषयलाई ठूलो बनाइएको टिप्पणी गरेका छन् ।

संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) २०७९ को फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा भएको र उक्त कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग कुनै सम्बन्ध नभएका चार पुरुष र एक महिलालाई डेलिगेट्स बनाएर अमेरिका लैजान खोजेको र सो को लागि ति ५ जना बाट रकम लिएको समेत चर्चा चलेको छ। अमेरिका लैजाने भनेर को संग के कतिपैसा लिएको भन्ने नखुले पनि अमेरिका जान नपाएको र पैसा पनि डुबेको गुनासो प्राप्त भए पछि भने ‘लेनदेन मिलेको’ भन्दै रास्वपाले उक्त घटना गुपचुप राखेको आरोप लागेको छ।

उपसभामुख इन्दिरा रानाले आफूसँगै पाँच जना (उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ ) सो कार्यक्रममा जान लागेको भन्दै उनले भिसाको अन्तर्वार्ता छिटो सारिदिन प्रक्रिया मिचेर अमेरिकी दूतावासलाई उपभामुखको लेटरप्याडमा पत्र लेखेकी थिइन् ।

पैसा दिएको तर अमेरिका जान नपाएको भन्दै सम्बन्धित व्यक्तिहरूले गत वैशाखमा रास्वपाको सम्बंदित निकायमा गुनासो गरेपछि,पार्टी सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, तत्कालीन महामन्त्री मुकुल ढकाल र संगठन विभागका सचिव शंकर श्रेष्ठबीच विभिन्न चरणमा सो विषय बारे छलफल भएको बुझिएको छ ।अमेरिका जान नपाएको र पैसा पनि डुबेको भन्दै पार्टीमा गुनासो आएको तर पछि कुरा मिल्यो र पैसा फिर्ता भयो होला भन्ने सोचेर सो विषयमा चासो नराखेको कुरा रास्वपाका संगठन सचिव शंकर श्रेष्ठले विभिन्न सञ्चार माध्यमसंग गरेको कुराकानीमा बताएका छन्।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि एउटै कार्यक्रममा सहभागी हुन चिनेका मान्छे आएपछि उपसभामुखले अन्तर्वार्ताको समयका लागि पहल गरिदिएको बताएका छन्  । यधपी यस्तो कुरालाई पनि ठूलो राजनीतिक इस्यु बनाएर राजनीतिक स्वार्थ साध्ने काम गरिन्छ भने रास्वपालाई स्वीकार्य नहुने उनले सञ्चार माध्यमसंगको कुराकानीमा बताएका छन्। रास्वपा कार्यालको आन्तरिक छलफलमा उपसभामुख रानाले उक्त हस्ताक्षर आफ्नो नभएको र आफूले कसैलाई सिफारिस नगरेको प्रस्टीकरण दिएपनि उक्त विवाद सतहमा आएपछि विभिन्न सञ्चार माध्यमसंग गरेको कुराकानीमा भने उनले उक्त पत्र लेखेको स्वीकार गरेकी छिन्।

३ वर्षपछी सहायक प्राध्यापकको परीक्षा लिँदै त्रिवि

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ३ वर्ष देखि स्थगित भएको सहायक प्राध्यापक परीक्षा सञ्चालन गर्ने घोषणा गरेको छ ।

त्रिवि सेवा आयोगले बुधबार एक सूचना जारी गर्दै सहायक प्राध्यापक पदका लागि भाद्र ५ गतेबाट परीक्षा सञ्चालन हुने जनाएको छ ।

त्रिवि सेवा आयोगको अनुसार पहिलो चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयको परीक्षा लिइनेछ ।

त्रिवि सेवा आयोगका अनुसार अन्य संस्थान र संकायसँग सम्बन्धित अन्य विषयको परीक्षा तालिका छिट्टै प्रकाशित गरी आयोगको वेवसाइटमा प्रकाशित गरिने छ ।

बागमतीका मुख्यमन्त्री जमकट्टेलले ६ गते आइतबार विश्वासको मत लिने

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आगामी ६ गते आइतबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री जमकट्टेलले मतदानको व्यवस्था गर्न प्रदेश सभा सचिवालयलाई औपचारिक अनुरोध गरेका छन् ।

सत्तारुढ दलका नेताहरुसँगको छलफलपछि ६ गते विश्वासको मत लिने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।

सङ्घीय सरकार परिवर्तनपछि नेकपा एमालेका पाँच मन्त्रीले प्रदेश सरकारबाट राजीनामा दिएपछि प्रदेश सरकारले बहुमत गुमाएको थियो । सभामुख भुवनकुमार पाठकले विश्वासको मतका लागि ६ गते दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाउने घोषणा गरेका छन् ।

माओवादी केन्द्रका नेता जमकट्टेल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्री भएका थिए ।

चीन- वासिङ्टन हतियार नियन्त्रण वार्ता स्थगित

वाशिङटनले ताइवानलाई निरन्तर हतियार बिक्री गरेको प्रतिक्रियास्वरूप चीनले अमेरिकासँगको हतियार नियन्त्रण वार्ता रोकेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

अमेरिका र चीनले नोभेम्बरमा लामो समयदेखि प्रतिक्षित आणविक अप्रसार वार्ताको आयोजना गरे, जुन २०१८ यताको पहिलो बैठक हो। वार्ताले कुनै ठोस नतिजा नदिए पनि यसलाई दुई महाशक्तिबीचको तनाव कम गर्नको लागि महत्वपूर्ण कदमको रूपमा हेरिएको थियो। बेइजिङले एक वर्षअघि तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर वाशिङटनसँगको लगभग सबै सैन्य सञ्चार विच्छेद गरेको थियो।

बुधबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनले अमेरिकासँगको नयाँ चरणको परामर्शबारे छलफल नगर्ने बताए।

“जिम्मेवारी पूर्णतया अमेरिकामा छ,” लिनले भने। “विगतका हप्ताहरू र महिनाहरूमा, चीनको कडा विरोध र बारम्बार विरोधको बाबजुद पनि, अमेरिकाले ताइवानलाई हतियार बेच्न जारी राखेको छ र चीनको मुख्य हित र चीन र अमेरिका बीचको आपसी विश्वासलाई गम्भीर रूपमा कमजोर पार्ने कामहरू गरेको छ।”

यसले हतियार नियन्त्रण परामर्श जारी राख्नको लागि राजनीतिक वातावरणलाई गम्भीर रूपमा सम्झौता गरेको छ, ”उनले भने।

चीनले ताइवानलाई आफ्नो सार्वभौम क्षेत्रको हिस्सा मान्छ, जसलाई ‘एक चीन’ नीति भनिन्छ। अमेरिकाले यो नीतिलाई मान्यता दिन्छ तर समर्थन गर्दैन। बेइजिङले ताइपेईलाई अमेरिकी हतियार बिक्री, ताइवानको स्वतन्त्रताको लागि समर्थनको अभिव्यक्ति र ताइवानलाई सैन्य सहयोगको वाचालाई ‘एक चीन’ नीतिको उल्लङ्घनको रूपमा हेर्छ।

चीनले शान्तिपूर्ण रूपमा ताइवानलाई चिनियाँ मुख्य भूमिसँग पुन: एकीकरण गर्ने र आवश्यक परेमा सैन्य बल प्रयोग गर्ने अधिकार सुरक्षित गर्ने बताएको छ।

लिनले भविष्यमा आणविक वार्तामा फर्किने कुरालाई अस्वीकार गरेनन्। “चीन अन्तर्राष्ट्रिय हतियार नियन्त्रणमा अमेरिकासँग सञ्चार कायम राख्न तयार छ, तर अमेरिकाले चीनको मूल हितलाई सम्मान गर्नुपर्छ र वार्ता र आदानप्रदानका लागि आवश्यक परिस्थितिहरू सिर्जना गर्नुपर्छ,” उनले बुधबारको ब्रीफिंगमा भने।

मध्यपूर्व र युक्रेन द्वन्द्वमा अमेरिका प्रत्यक्ष संलग्न छ – लाभरोभ

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का अध्यक्ष रुसी विदेशमन्त्री सर्गेई लाभरोभले प्यालेस्टाइन मुद्दालगायत मध्यपूर्वमा भएको बैठकमा, इजरायलले पालेस्टाइनमा गरेको आक्रमणलाई अमेरिकी कूटनीतिक ढाकछोपले वाशिङटनलाई मध्यपूर्वको साथै युक्रेन द्वन्द्वमा प्रत्यक्ष संलग्न बनाएको बताएका छन्।

“इजरायलका कार्यहरूका लागि कूटनीतिक ढाकछोप प्रस्ताव गरेर र हतियार र गोलाबारीहरू पठाएर, वाशिंगटन – युक्रेनको अवस्थाको सन्दर्भमा जस्तै यो द्वन्द्वमा पनि प्रत्यक्ष रूपमा संलग्न भएको छ,” उनले भने । साथै अमेरिकाले इसरायललाइ गरेको यो समर्थन समाप्त भएपछि मध्यपूर्वमा भएको रक्तपात बन्द हुने पनि उनले बताएका छन् ।

अमेरिकाले भिटो अधिकारको सहारा लिएर , संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषदको दिगो र व्यापक युद्धविरामको आह्वानलाई अवरुद्ध गर्दै आएको पनि उनले बताएका छन्।

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई नेपालको नयाँ महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको हो ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ताको नियुक्ति गर्ने व्यवस्था रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा समेत बडाल करिब चार महिना महान्यायाधिवक्ता रहेका थिए ।

विधुत आपूर्ति बन्द हुँदा डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार पुन: सञ्चालनमा

काठमाडौं – विधुत आपूर्ति बन्द हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ ।

बुधबार दिउँसो साढे १ बजे विधुत अवरुद्ध हुँदा रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो ।

बुधबार दिउँसो करिब १ः३० बजे बिजुली काटिएर केबलकार बन्द भएपछि चन्द्रागिरि केबलकारमा फसेका यात्रुलाई प्रहरीले भर्याङ्ग र डोरीको सहायताले उद्दार गरेको थियो।

५४ अंकले बढ्यो नेप्से : १२ अर्बमाथिको कारोबार

काठमाडौं – साताको चौथो कारोबारको दिन नेप्से परिसूचक ५४.०४ अंकले बढेको छ। केही दिन यता निरन्तर उकालो लागेको नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ७० अंक बढीले बढेको थियो। मंगलबार ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो, भने बुधबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँ बराबरको कारोबार भएको छ।
यसक्रममा आज ३२ लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच भएको छ भने, कारोबारमा आएका २०४ स्टकको मूल्य बढ्दा ३२ वटाको घटेको छ र ६ वटाको मूल्य भने स्थिर रहन पुगेको छ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं – प्रधानमन्त्री ओलीले आइतबार संसदमा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्रीले नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ, तर प्रधानमन्त्रीलाई तुरुन्तै संसदको विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर आइतबार नै विश्वाशको मत लिने तयारीमा लागेको सत्तापक्षका मुख्य सचेतक महेश बर्ताैलाले बताएका छन्।

प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई संसद कै सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको साथ रहेको छ । अघिल्लो पटक सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री गुमाएका ओली, यसपटक पनि प्रधानमन्त्री नियुक्त हुनु अगावै उनको नियुक्तिको खारेजीको माग गर्दै सर्वोच्चमा रिट परेको छ।

अदालतले ७६.३ अन्तर्गत सबैभन्दा ठुलो दलको सरकार गठन गर्न मार्ग प्रशस्त गर्न सक्ने चर्चाका बीच ,ओलीले यी सब कुरालाई किनारा लगाउंदै आइतबार विश्वाशको मत लिन लागेका हुन्।

चितवनमा रेलमार्गको सर्भे गर्न गएको टोलीको गाडीमा आगजनी

चितवन – प्रस्तावित रेलमार्गको सर्भे गर्न चितवन आएको टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्।

प्रस्तावित रेलमार्गको अध्ययन गर्न भरतपुर महानगरपालिका – ७ को नगर प्लटिङमा आएको टोलीमाथि स्थानीयले आक्रमण गरी उनीहरू चढेको बागमती प्रदेश ०१-०३०-च ७१९० नम्बरको गाडीमा समेत आगो लगाइदिएका छन्।

बाक्लो बस्तीमा रेगमार्ग बनाउन थालेको भन्दै विरोधमा उत्रिएका स्थानीयहरूले विगत लामोसमयदेखि रेलमार्ग सार्नुपर्ने माग राख्दै आएका थिए।

न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु

काठमाडौं -उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले सुरु गरेको काममा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले सुरु गरेको फुटपाथ विस्तारको काम रोकिएको थियो।

सडक डिभिजन कार्यालयको हस्तक्षेप लगत्तै काठमाडौँ महानगरपालिकाले उच्च अदालत पाटनमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोड क्षेत्रको फुटपाथ विस्तार रोक्ने गरी सडक डिभिजन कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएपछि महानगरपालिकाले पुन: फुटपाथ विस्तारको कामलाई अगाडी बढाएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मन्त्री चयन गर्ने मापदण्ड देखाउने दाँत मात्रै

पुरानै शैलीमा आफु निकटका व्यक्तिहरुलाई खल्तीबाट झिकेर मन्त्रि बनाइयो

काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको असार २९ गतेको बैठकले योगदान र योग्यताको मुख्य आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिई मन्त्री चयन गर्ने मापदण्ड बनाएको थियो । तर कार्यसम्पादन समितिले बनाएको मापदण्ड नै बिर्सिएर सरकारमा मन्त्री पठाउँदा समावेशिता र क्षेत्रीय सन्तुलनलाई उपेक्षा गरेको भन्दै काँग्रेस नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

कांग्रेस पार्टी भित्रैका नेताहरुले पुरानै शैलीमा आफु निकटका बफादार र अनुकूल व्यक्तिहरुलाई खल्तीबाट झिकेर मन्त्रि बनाएको समेत आरोप लगाएका छन्।

कांग्रेसले पठाएका दस मन्त्रीमा दलितको प्रतिनिधित्व शून्य रहेको र गण्डकी प्रदेशबाट एक जना पनि नपरेपछि, मन्त्री चयन गर्ने मापदण्डलाई ध्यान नदिई समावेशिता र क्षेत्रीय सन्तुलनलाई उपेक्षा गरेको बताइएको छ।

कांग्रेस सांसद राजेन्द्र बजगाईंले कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य शंकर भण्डारी, कमला पन्त, राजु थापा लगायत सांसदहरूको उपस्थिति रहेको भेलामा,प्रदेश र समावेशितालाई कांग्रेस नेतृत्वले उपेक्षा गरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन्।

त्यसैगरी स्काउटको जग्गा हडपेर करोडौं भाडा नदिएको आरोपसमेत लाग्दै आएको र जलबिधुत क्षेत्रमा समेत लगानी गरेका दीपक खड्कालाई स्वार्थ बाझिने गरी मन्त्री बनाइएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको देखिन्छ  ।

आज हरिशयनी एकादशी, तुलसी सार्ने दिन

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा‍. डा. देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडीबुटीले काम गर्ने जनाइएको छ ।

विष्णु मन्दिरमा घुइँचो

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिंडोलगायत फलाहार गर्ने गरिन्छ ।

चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवन समेत गरिन्छ ।

श्रावण महिनाको मासिक राशिफल

Mesh rashi

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो महिनामा मिश्रित फल मिल्नेछ । आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । व्यर्थको हैरानी पनि खेप्नु पर्नेछ । १७ गतेबाट लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

brish rashi

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

साउन महिनामा सूर्यको गोचरले भाग्य वृद्धि र शक्तिशाली बनाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । २२ गतेबाट सामाजिक र राजनैतिक कार्यमा बाधा आउनसक्छ । भ्रमण, स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

mithun

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो महिनामा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आफ्नो विचार विपरित निर्णय हुनेछ । अनावश्यक खर्च पनि बढ्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

karkat

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

साउन महिनामा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

images 1

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो महिनामा नाक तथा घाँटीमा समस्या आउला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । मध्य महिनाबाट प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व शंकर भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

kanya

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो महिना तपाईंको लागि समग्रमा सकारात्मक महिना रहेको छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । महिनाको उत्तरार्धबाट मानसिक चिन्ता बढ्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । शेयर बजारबाट नोक्सानी पनि हुनसक्छ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग खरानी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो पितृदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

tula

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो महिनामा सजिलै अरुको विश्वास जित्न सकिने र लाभ हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । अधुरा या नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । शेयर बजार र व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हरियो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो कूल देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

brischik

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

साउन महिनामा कला र गलाको प्रभाव बढ्दै जानेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । सम्मान समेत पाइनेछ । नयाँ वस्त्र, उपहार र अलङ्कारको प्राप्ति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग हरियो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

dhanu

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

साउन महिनामा धनु राशिलाई त्यति राम्रो फल मिल्नेछैन । सरकारी निकायको भय रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । मध्य महिनाबाट सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारबाट राम्रो सफलता मिल्नेछ । वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन् । यो महिनाको लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

makar

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

मकर राशिलाई यो महिनामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । आत्मबल बढाएर काम गरेमा असफल भने भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । यो महिनाको लागि शुभ अङ्क १,३ र शुभ रङ्गे कालो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि महालक्ष्मीजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

kumbha

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो महिनामा विद्यार्थीहरूको सफलताको राम्रो सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मी नारायणको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

min

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

साउन महिनामा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । लामो यात्रा सुखद् र सफल हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

नदीकिनारका बस्ती हटाउन सर्वोच्चको आदेश

काठमाडौँ- लामो समय देखि विवादित बनेको काठमाडौँ उपत्यकाको नदी किनारका सुकुम्बासी बस्तीको विषयलाई लिएर सर्वोच्च अदालतले फैसला गर्दै, नदीकिनारका सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका बस्ती हटाउन आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले नदीकिनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउने फैसला दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यसचिव, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, भौतिक योजना तथा निर्माण मन्त्रालय, स्थानीय विकास मन्त्रालय तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलगायतलाई विपक्षी बनाई जनहित संरक्षण मञ्चको तर्फबाट अधिवक्ताहरू प्रकाशमणि शर्मा, नारायणप्रसाद बेल्बासे, रमा पन्त खरेल, कविता पाँडे, शर्मिला श्रेष्ठ र आलोक पोखरेलले ०६८ वैशाख ९ गते दायर गरेको रिटमाथि गत पुस ३ गते सर्वाेच्चले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ

फैसलामा, वास्तविक सुकुमवासीहरूको पहिचान गरी चरणबद्ध रूपमा अतिक्रमण गरी बनाइएका बस्ती हटाउन निर्देशन दिइएको छ । बाध्यतामा परी विकल्प नभई बसेका वास्तविक सुकुमवासीहरूको पहिचान गरी स्थानान्तरणको लागि हाल इचंगुनारायणमा बनेको आवासमा स्थानान्तरण गर्ने,त्यसमा व्यवस्थापन गर्न नसकिने भए अन्यत्र व्यवस्था गर्ने र तत्काल वैकल्पिक व्यवस्था नभएका वास्तविक सुकुमवासी परिवारको हकमा नेपालको संविधानको धारा ३७(१)ले प्रत्याभूत गरेको बसोबासको हकलाई समेत मध्यनजर गरी स्थानान्तरणको सहजीकरणको लागि तत्काल राहतस्वरूप नगद प्रदान गरी अतिक्रमण हटाउन सर्वोच्चले आदेश जारी गरेको छ ।

त्यस्तै नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायतका उपत्यकाका ठूला नदी तथा खोलाहरुका हकमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको छ । यसअघि २०६५ सालमा मन्त्रिपरिषदले ठूला नदीहरुमा मात्र २० मिटर क्षेत्र छाड्ने निर्णय गरेको थियो । पहिले २० मिटर छाड्नुपर्ने भनिएका खोलामा थप २० मिटर छाड्न भनिएको छ ।

यसअघि सीमा नतोकिएको नदी तथा खोलामा २० मिटर छाड्ने पनि सर्वोच्चको आदेश छ । नदी सीमाभित्र पर्ने जग्गामा कुनै पनि संरचना निर्माणको अनुमति नदिन पनि आदेश दिएको छ ।

प्रचण्ड सरकारको बहिरगमन पछि समाजवादी मोर्चाको बैठक

काठमाडौँ- समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने मुख्य एजेण्डा सहित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक चलिरहेको छ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विपल्व) सहभागी छन्।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी गरी चार दल रहेको समाजवादी मोर्चाले प्रचण्ड सरकारको बहिरगमन पछि पहिलो पटक बैठक बसेको हो।

जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि जसपा नेपालले भने यसअघि नै मोर्चा छाडेको छ ।

राष्ट्रपतिबाट अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ पारित गरेका हुन् । योसँगै यी तीन विधेयकले कानुनी रूप लिएर कार्यान्वयनमा गएका छन् ।

यसअघि यी विधेयक संसद्को दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गरिएको थियो ।

आगामी ३ दिनको देशभरको मौसमी विवरण :मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ। हाल देशभर साधारणतया बदली रहि मधेश, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

२०८१ साउन ०१ गते (मंगलबार)

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ साउन ०२ गते (वुधबार)

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ साउन ०३ गते (विहिबार)

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी,बागमती,कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती र कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश र बाग्मती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श: देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशभरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

विवादका बीच श्रम मन्त्रालय छाडेका शरतसिंह भण्डारीको पुनः श्रम मन्त्रालयमा कम्ब्याक

काठमाडौं – अघिल्लो सरकारमा रहँदा विवादै विवादको कारण करिब ११ महिने कार्यकाल पछि श्रम मन्त्रालय छाडेका लोसपाका नेता शरतसिंह भण्डारीको पुनः श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा फर्किएका छन्।

सपथ ग्रहण गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । यधपी उनको विगतको क्रियाकलापले गर्दा उनको प्रतिबद्धतामा प्रश्न उठाउने र शंका गर्ने प्रशस्त आधारहरु देखिन्छ। पछिल्लो ११ महिने कार्यकालमा उनले श्रम मन्त्रि छँदा गरेका कतिपय निर्णयहरु त त्यसपछि बनेका मन्त्रिले खारेज नै गरिदिए।

यसअघी, उनले खाडी जाने श्रमिकले अनिवार्य अंग्रेजी भाषा परीक्षा दिनुपर्ने र न्युनतम् ५० अंक ल्याउनुपर्नेदेखि पूर्वाप्रस्थान अभिमुखिकरण तालिम शुल्कलाई ७०० बाट २८०० पुर्‍याउने निर्णय गरेका थिए ।

विदेशिने युवासँग भाषा परीक्षा लिने नाममा आफू निकटको एक विचौलिया समूहलाई प्रतिव्यक्ति ७०० रुपैयाँ शुल्क उठाउन दिने र फेल हुनेहरुसँग अपारदर्शी लेनदेन गर्दै पास गराउनेसम्मका योजनामा यस्तो निर्णय भएको निष्कर्ष यसअघिका श्रममन्त्री डोलप्रसाद आर्यालको टिमले निकालेको थियो ।

त्यसैगरी , वैदेशिक रोजगारी सम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृतसम्बन्धी कार्यविधि २०८०’ जारी गर्दै १५ दिनभित्र सम्बन्धित दूतावास र नियोगले प्रमाणीकरण नगरेमा मन्त्रालयको एक समितिले उक्त माग पत्र प्रमाणीकरण गर्ने विवादास्पद व्यवस्था समेत गरेका थिए ।उक्त कार्यविधि ल्याएसँगै अवैध किसिमका भिसाहरु मन्त्रालयबाटै प्रमाणीकरण गराएर श्रमिक पठाउन चलखेल सुरु भएको थियो ।

श्रमिकलाई भार पार्ने र म्यानपावर व्यवसायीको पक्षमा एकपछि अर्काे विवादास्पद निर्णय गर्न थालेपछि तत्कालीन प्रधानमन्त्रीले प्रचण्डले उनको कार्यशैली र निर्णयमाथि प्रश्न गर्दै श्रम मन्त्रालयलाई १७ बुँदे निर्देशन सम्म दिएका थिए।

कोरियामा ई-७ भिसा (दक्ष श्रमिक भिसा) मा जाने श्रमिकलाई म्यानपावर कम्पनीबाट पठाउने गरी कार्यविधि जारी गरेको, जापानमा सरकारी तवरबाट श्रमिक पठाउने गरी भएको सहकार्यको समझदारी विपरीत अर्को कार्यविधि जारि गरेर श्रमिक भर्ना र आपूर्ति पनि म्यानपावरमार्फत नै गर्ने निर्णय गरेको, रुस र युक्रेनमा जान अपरादर्शी ढंगले श्रम स्वीकृति समेत खुला गरेको, फ्रि भिसा र टिकट’को नीति उल्ट्याउने प्रयास गरेको, वैदेशिक रोजगार कल्याणकारी कोषको रकमको दुरुपयोग गरेको लगायत थुप्रै विवादास्पद निर्णय रा कामहरु गरेको उनीमाथि आरोप लागेको छ। उनले गरेका धेरै निर्णयहरु बदर समेत अरिएको थियो।

नेपाली राजनीतिमा अवसरवादी मनत्रीका रुपमा चिनिएका र पटक-पटक पार्टी बदल्दै १७ पटकमन्त्री बन्दासमेत उनले प्रभावकारी काम गरेको रेकर्ड भने छैन । उनले यसपटक श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने प्रतिबद्धता दोहोर्‍याएका त छन् , यधपी उनको कार्यशैली प्रति प्रश्न गर्ने र शंका गर्ने ठाउँ भने प्रशस्त रहेको छ।

ओली सरकारको पहिलो मन्त्रिपरिषद बैठकको निर्णयहरू

काठमाडौं : सपथ ग्रहणकै दिन २२ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेको ओली सरकारको पहिलो मन्त्रिपरिषद बैठकले सरकार र राज्य संचालनका लागि विभिन्न निर्णयहरु गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रिपरिषद बैठकका निर्णयहरू अब २४ घन्टा गोप्य राखिने निर्णय गरिएको छ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार कतिपय निर्णय सच्याउनुपर्ने अवस्था आउनसक्ने भएकाले २४ घन्टासम्म निर्णय गोप्य राख्न निर्णय गरिएको हो।

सरकारले बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकले मन्त्रीपरिषद तथा मन्त्रिपरिषदका विभिन्न समितिहरूमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रस्तावहरू, सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, २०८२ असार मसान्त सम्म नेपाललाई सडक बालबालिका मुक्त बनाउने बैठकले निर्णय गरेको छ।

कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लडलाइट जडान र प्याराफिट निर्माण कार्य तीन सय दिन भित्र सम्पन्न गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै जाजरकोट भूकम्प प्रभावितहरूलाई दोस्रो र तेस्रो किस्ता उपलब्ध गराउने निर्णय गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव लिलादेवी गर्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवादी दिने निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रालयबीच समन्वयका साथ अघि बढ्न निर्देशन दिँदै एक महिनाभित्र परिणाममुखी काम गरेर देखाउन पनि मन्त्रीहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता गुरुङले बताएका छन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछी गरिएको मूल्य समायोजन अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको निगमले बताएको छ।

मूल्य समायोजन अनुसार अब पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ ।

निगमका अनुसार मूल्य वृद्धि भएपछि काठमाडौंमा अब पेट्रोलको मूल्य प्रति लिटर १७१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ ।

petrol price

ओली सरकारको २२ सदस्यीय नयाँ मन्त्रिपरिषद गठन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुले प्रधानमन्त्रीको सपथ लगत्तै पद तथा गोपनियताको शपथ लिएका छन् ।

ओली सरकारको २२ सदस्यीय नयाँ मन्त्रिपरिषदमा मन्त्रीहरुको कार्यविभाजन यसप्रकार रहेको छ-

१‍. केपी शर्मा ओली, प्रधानमन्त्री

२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास

३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ

४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय

५. रमेश लेखक, गृह

६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार

७. आरजु राणा देउवा, परराष्ट्र

८. नवलकिशोर साह सुडी, महिला बालबालिका

९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात

१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद

१३. प्रदीप यादव, खानेपानी

१४. प्रदीप पौडेल, स्वास्थ्य

१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला

१६. बद्री प्रसाद पाण्डे, पर्यटन

१७. रामनाथ अधिकारी, कृषि

१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि

१९. मानवीर राई, रक्षा

२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा

२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य

२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघी राष्ट्रपति पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए ।प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

यता, केहि कानुन व्यावसायीहरुले भने ओलीको नियुक्ति कानुन सम्मत नभएको भन्दै उनको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च पुगेका छन्।

प्रधानमन्त्री ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं – केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै कानुन व्यवसायीहरु सर्वोच्च पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेपछी अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता प्रधानमन्त्री ओलीको नियुक्ति बदरको माग गर्दै रिट दायर गर्न सर्वोच्च पुगेका छन्।

यसअघि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएकाले अब धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने जिकीर रिट निवेदकले गरेका छन् ।

रिटमा भनिएको छ, ‘एउटा धारा फेल भएपछि अर्को धारामा जाने संविधानको व्यवस्था हो, संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभा सदस्यको रुपमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको र उनले विश्वासको मत नपाए ७६ (३) को सरकार बन्नु पर्ने संवैधानिक व्यवस्था हो, यसबाट बाहिर जान मिल्दैन ।’

दुई पार्टी मिल्दैमा संविधानविपरीत जान नमिल्ने र संविधानतः राष्ट्रपतिले ७६ (३) बमोजिम संसदको ठूलो दलबाट सरकार गठन प्रक्रियामा जानुपर्ने रिटमा उल्लेख गरिएको छ।

गाजा नरसंहार: शरणार्थी शिविरमा भएको मिसाइल आक्रमणमा १७ जनाको मृत्यु

गाजाका अधिकारीहरूका अनुसार प्यालेस्टिन लक्षित इजरायली मिसाइलहरूले नुसेरात शरणार्थी शिविरमा विस्थापित मानिसहरूका लागि एउटा विद्यालयमा आश्रय लिइरहेका १७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्।

यसअघि पनि इजरायलले अल-मावासी शिविरमा आश्रय लिइरहेका ९० जनाको ज्यान जानेगरि आक्रमण गरेको थियो।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले गाजामा “अन्तहीन नरसंहार” को निन्दा गर्दै तथाकथित “सुरक्षित क्षेत्रहरू” मा इजरायलको “लगातार आक्रमण” को निन्दा गरेका छन्।

इजरायली पक्षले युद्धविरामको लागी हमासले वार्ता अस्विकार गरेको आरोप लगाइरहेको बेला, हमासको राजनीतिक कार्यालयका सदस्य इज्जत अल-रिशेकले भने युद्धविराम वार्ता अस्विकार गरेको कुरा इजरायलको गलत प्रचार भएको बताएको छ।

अक्टोबर ७ देखि गाजामा इजरायलको युद्धमा कम्तिमा ३८,४४३ व्यक्तिको मृत्यु भएको छ भने ८८,४८१ घाइते भएका छन्। अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा इजरायलमा मर्नेको संख्या १,१३९ रहेको अनुमान गरिएको छ, र दर्जनौं व्यक्ति अझै पनि गाजामा बन्दी छन्।

युरो कप २०२४ को उपाधि स्पेनलाई

स्पेनको राष्ट्रिय फुटबल टोलीले बर्लिनमा भएको प्रतिष्ठित युरोपेली फुटबल प्रतियोगिताको फाइनल खेलमा टिम इङ्ल्यान्डलाई २-१ गोल ​​अन्तरले पराजित गर्दै २०२४ को युइएफए युरो कपको उपाधि जितेको छ ।

स्पेनका लागि निको विलियम्स (४७औं मिनेट) र मिकेल ओयार्जबालले ८६औं मिनेटमा गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा इंग्ल्याण्डका लागि कोल पाल्मरले गोल गरेका थिए ।

स्पेन अहिले युइएफए यूरो कपको सबैभन्दा धेरै उपाधि जित्ने राष्ट्रिय टोली बन्न पुगेको छ जसले सन् १९६४, २००८, २०१२ र २०२४ मा उपाधि जित्न सफल भएको हो । त्यसपछि जर्मनीले १९७२, १९८० र १९९६ मा युरो कप जितेको थियो। ।

युरो कपको फाइनलमा इंग्ल्याण्डको यो लगातार दोस्रो हार हो । अघिल्लो युरो कप २०२० मा इंग्ल्याण्ड पनि फाइनलमा पुगेको थियो, जहाँ इटालीसँग पेनाल्टी सुटआउटमा (१-१; २-३) पराजित भएको थियो। इंग्ल्यान्डको टोलीले अहिलेसम्म युइएफए युरो कप जित्न सकेको छैन ।

समूह बी मा रहेको स्पेनले क्रोएसियालाई ३–०, इटालीलाई १–० र अल्बानियालाई १–० ले हराउँदै तीनवटै खेल जितेको थियो । प्लेअफ खेलमा टोलीले जर्जिया (४-१), जर्मनी (अतिरिक्त समयमा २-१) र फ्रान्सलाई (२-१) ले पराजित गर्दै विजयी यात्रा जारी राख्यो।

२०२४ को यूरो कप जुन १४ र जुलाई १४ को बीचमा जर्मनीमा खेलिएको थियो। खेलहरू जर्मन शहरहरू बर्लिन, डर्टमन्ड, म्युनिख, कोलोन, स्टटगार्ट, ह्याम्बर्ग, लाइपजिग, फ्रान्कफर्ट, गेल्सेनकिर्चेन र डसेलडोर्फमा आयोजित गरियो।

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त : सपथ ग्रहण सोमबार बिहान ११ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलको आहवानमा ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

राष्ट्रपति कार्यालयको अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण समारोह सोमबार बिहान ११ बजेको लागि तय गरिएको छ।

मधेसको बजेट छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

जनकपुर – मधेस प्रदेश सरकारको बजेटमा भएको त्रुटि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।

आइतबार बसेको मधेस प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

मुख्यमन्त्री सतीशकुमार सिंह र निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई उच्चस्तरीय छानबिन समिति गठन गरी जिम्मेवारी तोक्ने जिम्मा दिइएको बताइएको छ।

यसअघी,जसपा नेपालले उच्चस्तरीय छानबिन समिति गठनका साथै बजेट परिमार्जन र सबै क्षेत्रमा सन्तुलित बजेट विनियोजनको माग गर्दै आएको थियो ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हत्याको प्रयास

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोलि प्रहार भएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्सिल्भेनियामा आफ्ना समर्थकहरूसमक्ष सार्वजनिक सम्बोधन गर्ने क्रममा उनीमाथी गोली चलाइएको थियो।

आफ्नो ट्रुथ सोशल नेटवर्कमा गरेको पोस्टमा ट्रम्पले आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताउँदै सेक्रेट सर्भिसलाई धन्यवाद दिएका छन् । उनी उपचारपछि केही समयमै अस्पतालबाट निस्किएका थिए ।

बन्दुकधारीलाई सेक्रेट सर्भिस एजेन्टहरूले गोली हानेर मारेका छन्। पत्रकार सम्मेलनमा बोल्दै एफबीआईले बन्दुकधारीको डिएनए परिक्षण पछि मात्र उनको पहिचान सार्वजनिक गर्ने बताएको छ ।
गोली प्रहारबाट एक जना ट्रंप समर्थकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।

राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको कडा निन्दा गर्दै “अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ नभएको बताएका छन् । उनले ट्रम्पसँग पनि कुराकानी गरेका छन्

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको राजिनामा माग: सरकारलाई दिएको समर्थन फिर्ता

सुदूरपश्चिम — केन्द्रमा सत्तासमीकरण परिवर्तन भएसँगै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो पदबाट राजीनामा दिन नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेताले संयुक्त रुपमा आग्रह गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले, अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित नहुने र तत्काल राजीनामा दिएमा नयाँ सरकार गठनको बाटो खुल्ने र बजेट ल्याउन सहज हुने बताएका छन् ।

नयाँ गठन हुने सरकारले सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नगरेर अध्यादेशमार्फत अर्को बजेट ल्याउने तयारी गरेको समेत कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धाँमीले बताए । त्रिपन्न सदस्यीय सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक रहेकोमा, कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।

कांग्रेसले बनायो मन्त्री छनोटको मापदण्ड

काठमाडौं – नेपाली कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेसंगै नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बाट मन्त्री छनौटको मापदण्ड तय गरेको हो।

कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ। उक्त सरकारमा सहभागी हुने मन्त्री छनोटको मापदण्ड बनाउन शनिबार कांग्रेसको बैठक बसेको हो ।

पुरातात्विक सम्पदा बनाउन संघीय सरकारको बजेट लिदैनौँ : चिरीबाबु महर्जन

ललितपुर — ललितपुर महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा संघीय सरकारसँग आर्थिक सहयोग नलिने महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताएका छन् ।

सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माण गर्न आगामी कात्तिक ६ गतेदेखि १३ गतेसम्म हुने श्रीमद्भागवत् ज्ञान महायज्ञ(आध्यात्मिक महोत्सव)को सङ्कल्पसभाको उद्घाटन गर्दै मेयर महर्जनले मठमन्दिर, देवालय, शिवालयलगायत पुरातात्विक सम्पदा बनाउँदा महानगरको आन्तरिक स्रोतबाट खर्च गरिने बताएका छन् ।

सुनाकोठीमा सञ्चालन हुने महायज्ञले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार गर्नुका साथै आर्थिक सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह हुने उनले बताएका छन्।

महायज्ञका कथा वाचक प्रविण पण्डित दीनबन्दु पोखरेलले आध्यात्मिक साधन गर्न नेपाल सर्वाेच्चस्थल हो भन्दै विश्वलाई आध्यात्मिकवादमार्फत शान्तिको सन्देश दिन यहाँका धार्मिक, ऐतिहासिक स्थलको विश्वमा प्रचारप्रसार गर्नुपर्ने बताएका छन्।

त्यसैगरी,ललितपुर–२७ का वडाध्यक्ष कृष्णहरि महर्जनले सुनाकोठीको महायज्ञ सञ्चालनबाट पहिचान उजागर हुने तथा ऐतिहासिक महत्व अझै बढी प्रचारप्रसार हुने भन्दै, यसका लागि सबैले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्नुपर्ने बताएका छन् ।

प्राचीनकालमा निर्मित भृङ्गारेश्वर विसं १९९० को भूकम्पले भत्काएपछि पुरानो शैलीमा निर्माण भएको थिएन । उक्त मन्दिरलाई पुरानै शैलीमा निर्माण गर्न महानगरको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रक्रिया अघि बढेको छ ।

इजरायली युद्ध अपराधमा अमेरिका संलग्न – नाटो सदस्य

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको प्रशासन गाजामा इजरायली युद्ध अपराधमा संलग्न रहेको बताउँदै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले पश्चिम जेरुसेलम विरुद्ध प्रतिबन्ध लगाउन आह्वान गरेका छन्।

वाशिंगटनमा वार्षिक नाटो शिखर सम्मेलनको क्रममा बिहीबार न्यूजवीकसँगको अन्तर्वार्तामा, एर्डोगानले भने, गाजामा नागरिक पूर्वाधारमा इजरायलको “जानीजानी” आक्रमणहरू युद्ध अपराध हो, जसलाई इजरायलले कडा रूपमा अस्वीकार गरेको छ।

“अस्पतालहरूमा जहाँ उनीहरू उपचारका लागि जान्छन्, एम्बुलेन्सहरूमा, बजारहरूमा, मानवीय सहायता वितरण गर्ने केन्द्रहरूमा र सुरक्षित रूपमा परिभाषित क्षेत्रहरूमा निर्दोष मानिसहरूको निर्मम हत्या मानवअधिकारको गम्भीर उल्लङ्घन हो,” एर्डोगानले भने।

यद्यपि टर्कीका राष्ट्रपतिका अनुसार बाइडेन प्रशासनले “यी उल्लङ्घनहरूलाई बेवास्ता गर्छ र इजरायललाई सबैभन्दा बढी समर्थन प्रदान गर्दछ।”

नाटो सदस्य टर्किएले गाजामा इजरायलको आक्रमणको बारम्बार निन्दा गर्दै इजरायललाई निरन्तर समर्थन गरेकोमा पश्चिमी सरकारहरूको आलोचना गरेका छन्। गत अक्टोबरमा द्वन्द्व सुरु भएलगत्तै अंकाराले पश्चिम जेरुसेलमसँगको व्यापार रोकेको थियो। न्यूजवीकसँग कुरा गर्दै एर्डोगानले इजरायललाई प्रतिबन्ध लगाउने आफ्नो आह्वान पनि दोहोर्याएका छन् ।

“यस अवस्थामा, कसले इजरायल विरुद्ध अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेकोमा कस्तो प्रकारको प्रतिबन्ध लगाउनेछ? यो वास्तविक प्रश्न हो र यसको जवाफ कसैले दिँदैन,’ उनले भने।

गाजामा इजरायलले गरेको आठ महिनाको आक्रमणबाट मृत्यु हुनेको संख्या ३८,००० नाघेको छ, एन्क्लेभको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एर्दोगानले रूस-युक्रेन द्वन्द्वमा आफ्नो अडानलाई पुन: पुष्टि गर्दै भने कि पश्चिमी नेताहरूले दुवै द्वन्द्वहरूमा सम्भावित खतरनाक दृष्टिकोण अपनाइरहेका छन् जुन ठूलो टकरावमा बढ्न सक्छ।

रूसप्रति हाम्रा केही पश्चिमी सहयोगीहरूको मनोवृत्तिले मात्र आगो बालेको र यसले युक्रेनको लागि राम्रो भन्दा बढी हानि गरेको उनले बताएका छन्।

गाजा शहरको छिमेकमा दर्जनौं शव फेला

इजरायली सेनाले गाजा शहरका केही भागहरूबाटआफ्नो सैनिक फिर्ता लिएपछि ताल अल-हवा छिमेकबाट दर्जनौं प्यालेस्टाइनीको शव निकालिएको प्यालेस्टिनी उद्धारकर्मीहरूले बताएका छन्।

“गाजा सिभिल डिफेन्स टोलीहरूले बाँचेकाहरूलाई उद्धार गर्न अन्यन्त्र स्थानान्तरण गरेका छन् ।उद्दारको क्रममा उनीहरुले दर्जनौं प्यालेस्टाइनी नागरिक मारिएको भेट्टाए। मृत्यु हुनेमा अधिकांश परिवार, महिला र बालबालिका रहेका छन् । केही शवहरू कुकुरहरूले खाएका थिए, ”गाजाका नागरिक रक्षा प्रवक्ता महमूद बसालले शुक्रबार भने।

कम्तिमा ६० शव गणना गरिएको थियो। केही शव घटनास्थलमै गाडिएका छन् । उद्दार गरिएका अरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।“धेरै शव अझै पनि भग्नावशेषमुनि छन्। इजरायली सेनाहरू नजिकै तैनाथ छन् र उद्धार प्रयासहरू नियमित रूपमा अवरुद्ध छन्, “बासलले भने।

इजरायली सेना गाजा सहरको शुजाया छिमेकीबाट फिर्ता भएपछि उद्दार कार्य सुरु भएको हो। “कागजात गवाहीहरू” लिइएको छ कि इजरायली सेनाले तोकिएको निकासी मार्गहरूमा अवस्थित भए पनि छिमेकका बासिन्दाहरूलाई गोली हानेको बताइएको छ। युद्धमा गाजाका बासिन्दाहरूको एक चौथाई भन्दा बढीको घर ध्वस्त भएको छ।

गाजामा शासन गर्ने प्यालेस्टिनी समूह हमासले इजरायली सेनालाई “अत्याचार” गरेको आरोप लगाउंदै अन्तर्राष्ट्रिय जवाफदेहिताको लागि आह्वान समेत गरेको छ । एक बयानमा, उक्त समूहले इजरायलले गाजा शहरमा “घृणित दुर्व्यवहार” गरेको आरोप समेत लगाएको छ ।

हमासले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई प्यालेस्टाइनीहरू विरुद्ध इजरायलले गरिरहेको “नरसंहारको युद्ध” अन्त्य गर्न तत्काल कदम चाल्न आह्वान गरेको छ।

आज भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती

काठमाडौं : नेपाली साहित्यका प्रथम कवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

आफ्नो प्रसिद्ध ‘रामायण’ मा अयोध्याका राजा रामको जीवनीलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर नेपाली घरघरमा सुमधुर लयमा सुनाइएका भानुभक्तलाई आज पनि निकै श्रद्दाभावका साथ् सम्झिने गरिन्छ । पृथ्वी नारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपालललाई भाषा, साहित्य र संस्कृतिका माध्यमबाट भानुभक्तले एकीकरण गरेका हुन् भनेर भन्ने गरिन्छ ।

१८७१ असार २१ गते तनहुँको चुंदि रम्घा गाउँमा जन्मेका भानुभक्तले एक जना घांसि बाट प्रेरित भएर नेपालीमा रामायण उल्था गरेका थिए । रामायण’ बाहेक उनका अन्य प्रसिद्ध कृतिहरूमा ‘बधुशिक्षा ‘, ‘प्रश्नोत्तर’, ‘भक्तमाला ‘, ‘राम गीता’ लगायत अन्य विभिन्न कृतिहरु रहेका छन्।

ओलीलाई नयाँ प्रधानमन्त्री बनाउने कांग्रेस र एमालेको प्रस्ताव

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनको दाबी पेश गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले शुक्रबार साँझ शीतलनिवासमा राष्ट्रपति पौडेलसँगको भेटमा ओलीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्न दुवै दलका सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । राष्ट्रपति पौडेलले आवश्यक प्रक्रिया पूरा गरी आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने बताइएको छ ।

यसअघि शुक्रबार साँझ राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको दाबी गर्न दलहरुलाई आमन्त्रण गरेका थिए ।

यसअघि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मतको प्रस्ताव पेस गरेका थिए । तर, उनको पक्षमा ६३ र विपक्षमा १९४ मत पाएर आवश्यक समर्थन जुटाउन असफल भएका थिए । विश्वासको मत जुटाउन नसकेपछि दाहाल नेतृत्व सरकारबाट बाहिरिएको हो ।

pradhanmantriko dabi

दाहालले विश्वासको मत पाएनन् : प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौं – प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । आफूले नेतृत्व गरेको १८ महिनाको सरकारको अवधिमा दाहालले शुक्रबार पाँचौं पटक संसदबाट विश्वासको मत लिएका हुन् ।

१८ महिनामा दुई पटक एमाले र तीन पटक कांग्रेससँग गठबन्धन परिवर्तन गरेका प्रधानमन्त्री दाहाल शुक्रबार विश्वासको मत लिन प्रतिनिधिसभामा उपस्थित भएका थिए । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा जम्मा ६३ मत परेको थियो । प्रधानमन्त्री बन्न आवश्यक १३८ मत नपाएपछि उनी बर्खास्त भएका हुन् । उनको विपक्षमा १९४ मत परेको थियो । मतदान नगर्नेमा १ मत परेको थियो ।

असार १७ गते संसदमा दुई ठूला दलबीच संविधान संशोधनसहित पालैपालो सरकारको नेतृत्व गर्न सातबुँदे सहमति भएपछि सरकारमा सहभागी एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिएको थियो । । त्यसपछि अल्पमतमा रहेका दाहालले राजीनामा नदिई संवैधानिक सुविधा बमोजिम विश्वासको मत लिएका थिए ।यसअघि कांग्रेस र एमालेको समर्थनमा दाहाल चार पटक विश्वासको मत प्राप्त गर्न सफल भए पनि यसपटक असफल भएका थिए ।

संविधानको धारा १०० (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल फुटेमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि ३० दिन भित्र प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभामा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले विश्वासको मत दिएनन् । विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाबमोजिम उनी पदमुक्त भएका हुन् ।

संविधान संशोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔं : प्रधानमन्त्री

काठमाडौँ — प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश गर्नेक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान नै संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान प्रस्ताव गरेका छन् ।

संविधानका उपलब्धीहरू उल्टाउने प्रयास भइरहेको उल्लेख गर्दै, स्थिरताका नाममा समावेशी र समानुपातिक अस्तित्व समाप्त पार्न खोजेको र साना दलको अस्तित्व समाप्त गर्ने बाटोमा अघि बढेकाे र आफुले त्यसको प्रतिकार गर्ने बताएका छन्।

“तपाईंहरूलाई अहिले २०४७ सालको बाडुल्की लागिरहेको होला । के अब त्यतै फर्किने हो ?” भन्दै उनले संविधान संशोधनजस्तो जटिल र संवेदनशील कुरामा खेलाँची नगर्न आग्रहसमेत गरे ।

सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ

काठमाडौं : सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । साताको अन्तिम कारोबार दिन आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ ८ सय रुपैयाँले बढेको हो ।

यस्तै चाँदीको भाउ तोलामा १७ रुपैयाँले केही बढेर बिहीबार तोलाको एक हजार ८ सय ८५ रुपैयाँको तुलनामा शुक्रबार प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दा स्थानीय स्तरमा पनि त्यसको असर परेको छ । सुनको भाउ बिहीबार २ हजार ३ सय ८१ दशमलव ४४ डलर प्रति औंस रहेकोमा शुक्रबार २ हजार ४०९.७६ डलर प्रति औंस पुगेको छ ।

शुक्रबार चाँदीको मूल्य प्रति औंस ३१ दशमलव २१ डलरमा कारोबार भएसँगै अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

एफ १६ लडाकु विमान युक्रेनमा तैनाथ गरिने – व्हाइट हाउस

वासिङ्टन- एफ-१६ लडाकू विमानहरू पश्चिमले कीभमा हस्तान्तरण गर्ने र युक्रेनभित्रै रहने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।

युक्रेनको स्वामित्वमा रहेको एफ १६ जहाजहरू रुसी सेनाहरू विरुद्ध सञ्चालन गर्दा नाटो अड्डाहरूबाट उड्ने हो या युक्रेनबाटै भन्ने पत्रकारहरुको प्रश्नमा भने उनले कुनै प्रतिक्रिया दिएनन्।

सुलिभानले कुल कतिवटा लडाकु विमानहरू कीभमा हस्तान्तरण गरिनेछ, र तिनीहरूले लडाई अभियानहरू कहिले सुरु गर्न सक्छन् भनेर भन्नसमेत अस्वीकार गरेका छन् ।

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई एफ–१६ लगायतका नयाँ हतियारको वितरणले युद्धभूमिको अवस्थालाई परिवर्तन नगर्ने , तर यसले स्थितिलाई लम्ब्याउने बताएका छन् । यसअघि पनि उनले जुन देशको भूभागबाट ति जहाजहरु रुस विरुद्ध प्रयोग गरिनेछन ति देशहरु विरुद्ध पनि रुसले समानान्तर प्रतिक्रिया जनाउने चेतावनी दिएको छ।

कास्कीमा पहिरोमा परी एकै घरका ७ जनासहित ११ जनाको मृत्यु

पोखरा – बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीमा एकै घरका ७सहित ११ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१९ तल्लाकोटमा पहिरोले घरभित्रै पुरिएर एकै परिवारका ७ जनाको मृत्यु भएको छ भने पोखरा–३२ चैनपुरमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।

पोखरा–१९ पुरुनचौर तल्लाकोटमा घर माथिबाट आएको पहिरोले बिहीबार राति साढे १० बजेतिर माटो र टिनको छानासहितको एकतले घर भत्काएको छ । ४७ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मानकुमारी, ८५ वर्षीया आमा लक्ष्मी, १५ वर्षीया छोरी प्रसन्ना, २० वर्षीया छोरी प्रभा, र ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त राधिका परियारको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकालाई उद्धार गर्न जाँदा छिमेकी राधिका परियारको मृत्यु भएको थियो ।

पोखरा–३२ चैनपुरस्थित आरती ओझाको घर पहिरोले बगाउँदा १८ वर्षीया छोरी अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै माडी गाउँपालिका वडा नम्बर ११ तल्लो सापलेमा पहिरोले पुरिएर ८० वर्षीया मैतीकुमारी गुरुङको मृत्यु भएको छ । ५५ वर्षीय छोरा ओमबहादुर गुरुङको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । मृतक सबैको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

नारायणगढ-मुग्लिन सडक खण्डको पहिरोले बगायो दुई यात्रुबहाक बस

चितवन — नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने सिमलतालमा शुक्रबार बिहान करिब साढे तीन बजे तिर आएको पहिरोले दुईवटा यात्रुवाहक बस बगाएको छ।

सिमलतालमा पहिरोले दुईवटा बस बगाएको बसबाट हाम फालेका ३ यात्रुले बताएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारीका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका थिए । पहिरोले बगाएका दुईवटै बस नारायणी नदीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको लाग्दा बसका चालकको निधन भएको छ ।

पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक अबरुद्ध छ। घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

जेलेन्स्कीको प्रतिस्थापन खोज्दै पश्चिमा राष्ट्र – रूसी इंटेल

युक्रेनका पश्चिमी समर्थकहरूले भ्लादिमिर जेलेन्स्कीको प्रतिस्थापन खोज्ने प्रयासहरू तीव्र पारेको रुसको विदेशी खुफिया एजेन्सी एसभीआरले दावी गरेको छ।

‘स्टोन’ उपनाम प्रयोग गर्ने एक एसभीआर अपरेटिभका अनुसार, संयुक्त राज्य अमेरिका र ईयू “अत्यधिक चिन्तित” रहेको र युक्रेनमा लामो समयदेखि जारी द्वन्द्व र यसलाई अन्त्य गर्न वर्तमान नेतृत्वको असक्षमता, विशेष गरी जेलेन्स्कीको राष्ट्रपतिको कार्यकाल समाप्त भएपछि “बढ्दो असन्तुष्टि” देखिएको हो।

उनीहरूले उपयुक्त प्रतिस्थापन खोज्ने प्रयासहरू बढाए पनि पश्चिमी हतियार निर्माता कम्पनीहरुलाई युक्रेन युद्दले ठुलो आम्दानि दिइरहेको कारण पश्चिमी शक्तिहरूले जेलेन्स्कीलाई हालसम्म समर्थन गरिरहेको बताइएको छ।

स्टोनका अनुसार, पश्चिमले पहिले नै युक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोसेन्को र कीभ मेयर भिटाली क्लिट्स्को, साथै जेलेन्स्कीका चीफ अफ स्टाफ एन्ड्री यर्माकलाई सम्पर्क गरिसकेको छ, जसलाई टाइम्सले युक्रेनको वास्तविक शासकको रूपमा वर्णन गरेको थियो। देशका पूर्व शीर्ष सैन्य कमाण्डर जनरल भ्यालेरी जालुज्नी र युक्रेनी संसदका पूर्व अध्यक्ष दिमित्री रजुम्कोभ पनि सम्भावित जेलेन्स्की प्रतिस्थापनको सूचीमा रहेको स्टोनले बताएका छन् ।

“अग्रपंक्तिमा स्थिति तीव्र रूपमा बिग्रँदै गएको र तत्काल नेतृत्व परिवर्तनको आवश्यकता पर्दा यी व्यक्तिहरूको माग हुन सक्ने अनुमान गरिएको छ। त्यसपछि सबै असफलताहरू जेलेन्स्कीलाई दोष दिँदै तिनीहरूमध्ये एउटा छान्न सम्भव हुनेछ, “उनले भने।

जेलेन्स्कीको कार्यालयमा कानुनी दाबी मेको अन्त्यदेखि विवादमा रहेको छ, उनले मार्शल कानूनको हवाला दिँदै राष्ट्रपति चुनाव गराउन अस्वीकार गरेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना भविष्यवाणी गरेका थिए कि युक्रेनका पश्चिमी समर्थकहरूले जेलेन्स्कीलाई सबै आवश्यक “अलोकप्रिय निर्णयहरू” मार्फत धक्का दिएपछि सत्ताबाट हटाउनेछन्, जुन अर्को वर्षको सुरुमै हुन सक्छ।

११ महिनामा २५० अर्बभन्दा बढीको लगानी प्रतिबद्धता प्राप्त :३ सय ८३ उद्योग दर्ता

काठमाडौं – उद्योग विभागले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब ५० अर्बभन्दा बढी लगानी गर्ने प्रतिबद्धता पुष्टि गरेको छ ।

यस अवधिमा ३ सय ८३ उद्योग दर्ता भएका छन् । विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ दर्ता भएका उद्योगमध्ये ४९ ठूला उद्योग, ५० मध्यम उद्योग र २८४ साना उद्योग रहेका छन् ।

११ महिनाको अवधिमा दर्ता भएका उद्योगहरूले दुई खर्ब १७ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त गरेका छन् ।

डिओआईका अनुसार जेठ मसान्तदेखि मध्य असार सम्ममा मात्रै ३२ अर्ब २० करोडको लगानी प्रतिबद्धतासहित ५९ उद्योग दर्ता भएका छन् ।

स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यले सरकारले गरेको लगानी सम्मेलनपछि वैशाखदेखि असार मसान्तसम्ममा नौ ठूला उद्योग दर्ता भएको विभागले जनाएको छ ।

त्यसैगरी यस वर्ष कुल ३ सय ५५ कम्पनीलाई प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गरिएको छ । ।

विभागका अनुसार नयाँ दर्ता भएका उद्योग र सरकारले स्वीकृत गरेको स्वदेशी लगानीले २६ हजार २७ जनालाई रोजगारी दिनेछ । त्यसैगरी विदेशी लगानीमा दर्ता भएका उद्योगले १७ हजार ६ सय ४२ जनालाई रोजगारी दिने अपेक्षा गरिएको छ ।

यस अवधिमा दुई वटा प्याटेन्ट दर्ता, ५ हजार ४९४ ट्रेडमार्क दर्ता, ४५ वटा प्रारम्भिक वातावरणीय मूल्याङ्कन र ८९ वटा ट्रेडमार्क सम्बन्धी मुद्दा दर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ ।

आगामी ३ दिनको मौसमी विवरण: मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना

हाल देशभरको मौसम साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

२०८१ असार २७ गते (बिहीबार)

दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ असार २८ गते (शुक्रबार)

दिउँसोːदेशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ असार २९ गते (शनिबार)

दिउँसोːदेशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

मापदण्ड नपुगेका २५० म्यानपावर नवीकरण गर्दै रास्वपाका श्रममन्त्री डोलप्रसाद अर्याल

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्यालले तोकिएको मापदण्ड पूरा नगर्ने दुई सय पचास म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेका छन् ।

तोकिएको मापदण्ड पूरा नगरेका कारण कम्तीमा दुई सय ५० वटा म्यानपावर कम्पनीको इजाजतपत्र रद्द हुने भएपछि कामचलाउ सरकारका श्रममन्त्री अर्यालले वैदेशिक रोजगार ऐन र नियमावलीमा रहेको कानुनी छिद्र ‘बाधा अड्काउ फुकाउने’ व्यवस्थालाई टेक्दै नीतिगत निर्णयका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेका हुन् ।

वैदेशिक रोजगार ऐनको दफा १३ को घ (२) मा ‘लगातार दुई वर्षसम्म वार्षिक एक सय जना पनि श्रमिक पठाउन नसकेमा’ इजाजतपत्र रद्द गरिने व्यवस्था गरेको छ । वैदेशिक रोजगार नियमावलीको दफा ८ मा भने ‘पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा सय जना श्रमिक वैदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात’ पेस भएमा मात्रै वैदेशिक रोजगार विभागले इजाजतपत्र नवीकरण गर्न पाइनेछ ।

व्यवस्थापिका संसद्ले वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने भन्दै २०७५ चैत १९ मा केही नेपाल ऐन संशोधन गर्नेक्रममा म्यानपावर कम्पनीलाई श्रमिक पठाउनुपर्ने कोटा तोकेको थियो । तर, उक्त ऐन कार्यान्वयनमा आएदेखि नै सयभन्दा कम श्रमिक पठाउने म्यानपावर कम्पनीलाई बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गर्दै सरकारले हरेक वर्ष त्यस्ता म्यानपावर कम्पनीको इजाजत नवीकरण गर्दै आएको छ । सोहि विषयलाई लिएर नेपाल सरकारका पूर्वसचिव पूर्णचन्द्र भट्टराईले दीर्घकालीन असर गर्ने विषय अल्पमतमा परेको सरकारले निर्णय गर्ने/नगर्ने भन्ने विषय नैतिकतामा भर पर्ने र चार वर्षदेखि एउटै विषयमा पटकपटक बाधा अड्काउ फुकाउने अधिकार प्रयोग उचित नहुने बताएका छन्।

त्यसैगरी , आप्रवासन मामिलाका कानुन विज्ञ सोम लुइँटेल, सरकारले हरेक वर्ष बाधा अड्काउ फुकाउने निर्णय गर्नु गलत भएको बताउँछन् । कानुनमा त्रुटी भए सच्याइनुपर्ने, तर यसरी पटक–पटक कार्यकारी अधिकार प्रयोग गर्न नमिल्ने उनले बताएका छन्।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले पहिलो पटक २०७५ म्यानपावरलाई प्रभावकारी अनुगमन र नियमन गर्न संख्या घटाउनका लागि धरौटीमा वृद्धि गरी वार्षिक सय जना पठाउनैपर्ने प्रावधान ल्याएका थिए । त्यस्तै म्यानपावरलाई मर्ज गर्ने सुविधा दिई धरौटी बढाएपछि १५ सय वटा म्यानपावरबाट झारेर ८ सय ५५ मा ल्याइएको थियो । हाल म्यानपावरको संख्या १६ सय नाघिसकेको छ ।

चालु आर्थिक वर्षको असारको तेस्रो सातासम्म ९ सय २२ वटा म्यानपावरले तीन लाख ३५ हजार जना श्रमिक पठाएका छन् । जसमा ३६ हजार महिला श्रमिक छन् ।

यता, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने म्यानपावर व्यवसायीलाई निश्चित श्रमिक पठाउनुपर्ने प्रावधानको खारेज हुनुपर्ने अडान राख्दै आएको छ । संघका अनुसार सरकारको कडा कानुनकै कारण आफ्नो इजाजतपत्र जोगाउनका लागि पनि व्यवसायीहरूले जथाभावी कम्पनीमा श्रमिक पठाउन बाध्य हुनुपरेको बताएको छ  ।

कोलोम्बिया कोपा अमेरिकाको फाइनलमा

उरुग्वेलाई पराजित गर्दै कोलोम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा उरुग्वेलाई १–० ले हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो। पहिलो हाफको ३९ मिनेटमा लेर्माले गरेको गोलनै खेलको निर्णायक गोल बनेको हो।

बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २–० ले पराजित गर्दै अर्जेन्टिले फाइनलमा प्रवेश गरिसकेको छ । अब सेमिफाइनलमा पराजित क्यानडा र उरुग्वेले तेस्रो स्थानका लागि आइतबार बिहान प्रतिष्पर्धा गर्नेछन भने फाइनल खेल सोमबार बिहान हुनेछ।

मिटरब्याज पीडितहरुको उजुरी संकलनको म्याद १० दिन थप

काठमाडौँ – मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले एक सुचना सूचना जारी गर्दै मिटरब्याज पीडितहरुबाट उजुरी संकलन गर्ने म्याद १० दिनको लागि थप गरिएको जनाएको छ । आयोगले जारी गरेको सूचनामा पीडितहरुलाई १० दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गर्न भनेको छ ।

सूचनामा लेखिएका अनुसार पीडितले भर्नुपर्ने पाँच पृष्ठको निवेदन गृह मन्त्रालयको वेभसाइटमा राखिएको छ । त्यसलाई प्रिन्ट गरेर उक्त फारममा उल्लेख भएका विवरणहरु भरेर जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने छ । आयोगले ‘आफूसँग रहे भएसम्मका त्यस्तो ऋण/कर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौता लगायत लिखतहरुको प्रतिलिपी वा फोटोकपीसमेत राखी निवेदन माग गरेको छ ।

सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानको पहल स्वरुप २०७९ सालमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोग गठन भइसकेपछि प्राप्त उजुरी र आयोग गठन हुनुभन्दा अगाडि उजुरी निवेदनहरु उपर गृह मन्त्रालयको स्वीकृत कार्यविधि र वर्तमान कानुनी व्यवस्था अनुसार कारबाही सुरु गर्ने आयोगले जनाएको छ ।

meter byajpidit

१ वर्षको अवधिमा १५ सय २० जना विरुद्ध भ्रष्टाचार मुद्दा : साढे ८ अर्ब बिगो दाबी

काठमाडौँ — सार्वजनिक पदको दुरुपयोग गरी सरकारी सम्पत्ति हानि नोक्सानी देखि गैरकानुनी सम्पत्ति आर्जन गरी अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ वर्षको अवधिमा १ हजार ५ सय २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रदेश सरकारका मन्त्री/सांसद, नेपाल सरकारका मुख्यसचिव, सचिव, स्थानीय तहका प्रमुख/उपप्रमुख, व्यापारी/बिचौलियासहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मुद्दा दायर गरिएका प्रतिवादीहरूविरुद्ध करिब साढे ८ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो कायम गरिएको छ । यो अवधिमा अख्तियारले विशेष अदालतमा २ सय १ वटा अभियोगपत्र दायर गरेको प्रवक्ता घिमिरेले बताए ।

२०८० साउनदेखि २०८१ असार २५ सम्म अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार प्रतिवादीमध्ये प्रदेश सरकारका मन्त्री/सांसद, नगरपालिकाका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित १ सय जना जनप्रतिनिधि छन् । त्यस्तै मनोनीत पदाधिकारी १ सय ८१ जना छन् ।

भ्रष्टाचार मुद्दा दायर भएकामा नगरपालिकाका मेयर १६ जना, उपमेयर ११ जना, गाउँपालिकाका अध्यक्ष ७ जना, उपाध्यक्ष ८ जना, वडाध्यक्ष ४२, कार्यपालिका सदस्य र वडा सदस्य ७/७ जना गरी कुल १ सय १ जना छन् ।

त्यस्तै नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्याल र सचिव मधु मरासिनीसहितका उच्च पदस्थ कर्मचारीदेखि खरिदार तहसम्मका कर्मचारी पनि भ्रष्टाचार मुद्दामा प्रतिवादी बनेका छन् । भ्रष्टाचार मुद्दा दायर भएका मध्ये घूससहित पक्राउ पर्नेमा ४० जना छन् , जसमध्ये २९ जना कर्मचारी रहेका छन् ।

अख्तियारको अभिलेखअनुसार यो अवधिमा मुख्यसचिवसहित विशिष्ट श्रेणीका १२ जना, सहसचिव तहका २५ जना, उपसचिव तहका ७२ जना, शाखा अधिकृत तहका १६७ जना, लेखापाल ५४ जना, नासु तहका १४४ जना, खरिदार तहका ३१ र कार्यालय सहयोगी २ गरी राष्ट्रसेवक कर्मचारीतर्फ ५ सय २० जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियारका अनुसार रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीतादेवीविरुद्ध गैरकानुनी हानिनोक्सानीको मुद्दा परेपछि दुवै जना निलम्बनमा छन् । सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापा र उपमेयर लीलाकुमारी मोक्तान, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी, सिरहाको नवराजपुर गाउँपालिका, सिरहाका अध्यक्ष विश्वमोहनप्रसाद र उपाध्यक्ष शोभाकुमारी यादव, ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी, महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार र उपमेयर रौशन खातुन, हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंलगायत भ्रष्टाचार मुद्दापछि हाल निलम्बनमा छन् ।

भ्रष्टाचार मुद्दा दायर भएकामा अधिकांशले सार्वजनिक पदको दुरुपयोग गरी खरिदमा अनियमितता गरेको, पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको लगायत अभियोग लगाइएको छ । खासगरी स्थानीय तहको भ्रष्टाचारमा नदीजन्य पदार्थको दोहन र कम मूल्यमा बिक्री गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेका, सडक तथा अन्य पूर्वाधार निर्माणमा अनियमितताजस्ता कसुरमा जनप्रतिनिधिहरू प्रतिवादी बनेका छन् । केही साताअघि मात्रै मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध मदिराको स्टिकर खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । मुद्दा दायरसँगै अर्याल निलम्बनमा छन् ।

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

कोपा अमेरिका अन्तर्गत बुधबार भएको खेलमा क्यानडाविरुद्ध २-० को सहज जित हासिल गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ।

पहिलो हाफको २३ औं मिनेटमा जुनियर अल्भारेजको गोलसंगै सुरुवाती अग्रता बनाएको अर्जेन्टिनाको लागी कप्तान मेसीले खेलको ५१ औं मिनेटमा दोस्रो गोल गरेका थिए।

अर्जेन्टिनाले अब उपाधिका लागि उरुग्वे र कोलोम्बियाबिचको विजेतासगँ खेल्नेछ भने दोस्रो सेमिफाइनल खेल बिहीबार बिहान हुनेछ।

यससँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सूचीको दोस्रो स्थानमा उक्लिएका छन् । उनको यो अर्जेन्टिनाका लागि १ सय ९ औं गोल हो । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १ सय ३० गोलसहित शीर्ष स्थानमा छन् ।

नौबिसे–मलेखु सडक खण्ड रातको समय १५ दिनसम्म बन्द हुने

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नौबिसे–मलेखु सडक खण्ड रातको समयमा १५ दिनसम्म बन्द हुने भएको छ।

नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले नौबिसे–मलेखु सडक खण्ड असार २६ गते बाट राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको छ ।
उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्नको लागी सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।

यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) का सवारी साधन भने चल्न सक्नेछन् ।

आयोजनाले यो सडक खण्डमा लेन अनुशासन कायम गरी सवारीसाधन चलाउन अनुरोध गर्दै उक्त सडकको विकल्पको रुपमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने समेत आग्रह गरेको छ।

naubise malekhu

डा. मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताको पदबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताको पदबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो ।

महामन्त्री ढकालका सम्बन्धमा अनुशासन आयोगको प्रतवेदनमाथि छलफल गरेपछि केन्द्रीय समितिले साधारण सदस्यमात्रै रहने गरी अन्य जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो ।

ढकालको समीक्षा यात्रा प्रतिवेदनलाई लिएर पार्टीभित्र सुरु भएको विवादले ढकाललाई पार्टीले कारवाही गरेको भएपनि उनको प्रतिवेदनको स्वामित्व भने पार्टीले नलिने भएको छ । प्रतिवेदन पार्टीमा पेस गरेर छलफल चलाउनुपहिल्यै सार्वजनिक गरेको भन्दै उक्त प्रतिवेदनको स्वामित्व नलिने रास्वपाका एक पदाधिकारीले बताएका छन् ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकल ढकालले भने आफु पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको बताएका छन्।

निरन्तर वर्षाको कारण उत्पन्न प्रकोपबाट ७७ जनाको मृत्यु, ८८ घाइते

काठमाडौं, असार : यस वर्षको मनसुन शुरु भएदेखि हालसम्म देशका विभिन्न स्थानमा मनसुनबाट उत्पन्न हुने बाढी, पहिरो, डुबान जस्ता प्रकोपका कारण ७७ जनाको ज्यान गएको छ भने ८८ जना घाइते भएका छन् ।

काठमाडौं उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, वाग्मती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चार–चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा काठमाडौं उपत्यकाका तीन, कोशी प्रदेशका २१, मधेश प्रदेशका पाँच, वाग्मती प्रदेशका चार, गण्डकी प्रदेशका २६, लुम्बिनी प्रदेशका चार, कर्णाली प्रदेशका १५ र सुदूरपश्चिम प्रदेशका १० जना रहेका छन् ।

कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ जना गरी कुल ५३ जनाको उद्धार गरिएको छ ।साथै विपदका कारण कोशी प्रदेशमा दुई, वाग्मती प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा एक जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीले कुल १६१ घर डुबानमा परेका छन् भने ९४ घर, ५३ झुपडी , ४१ पुल, दुई सरकारी कार्यालय र एक विद्यालयमा क्षति पुगेको छ । साथै यस अवधिमा ३ सय ३५ गाईवस्तु मरेका छन् भने २९६ परिवार विस्थापित भएका छन् ।

बाढी र पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ । प्रहरीले पहिरो पन्छाएर आवश्यक मर्मत सम्भार गरी सवारी आवागमन सुचारु गर्ने काम पनि गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विराटनगरमा एक जना युवकको हत्या : दुई घाइते

असार २५ , विराटनगर – विराटनगरमा सोमबार राति एक जना युवकको हत्या भएको छ भने दुई जना घाइते भएका छन्। मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका-२ स्थित नेपाल टेलिकमनजिक गम्भीर अवस्थामा भेटिएका घाइतेमध्ये कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको छ भने, कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् ।

मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको छ भने घाइतेको शरीरमा पनि धारिलो हतियार प्रहार गरिएको बुझिएको छ। उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन । प्रहरी उपरीक्षक कार्कीले अनुसन्धान गरिरहेको बताए । ‘दिउँसो उनीहरुको कतै झगडा भएको रहेछ, त्यसको रिसमा घटना भएजस्तो देखिन्छ,’ उनले भने, ‘आफैंआफैं झगडा गरेको पनि हुनसक्छ, आज दिनभरीमा सबै पत्ता लग्छ ।’

प्रहरीले घटनास्थलबाट एउटा मोबाइल बरामद गरेपनि घटना कसले गराएको हो भनेर यकिन भइनसकेको प्रहरीले जनाएको छ।

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण विधेयक स्वीकृत

काठमाडौं, असार २५ : राष्ट्रपति रामचन्द्र पौडेलले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ स्वीकृत गर्नुभएको छ ।

संविधानको धारा ११३ (२) बमोजिम संघीय संसदका दुवै सदनबाट पारित भएको उक्त विधेयक राष्ट्रपति पौडेलले सोमबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

rashtrapati karyalaya

आगामी तीन दिनको मौसम पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।हाल देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी,मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागको एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ।

२०८१ असार २५ गते (मंगलबार)

दिउँसोː देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।। कोशी,मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।साथै कोशी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ असार २६ गते (बुधबार)

दिउँसोː देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशका एक -दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातीː देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,बाग्मति,लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ असार २७ गते (बिहिबार)

दिउँसोː देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै र कर्णाली प्रदेशको एक-दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,बाग्मति र गण्डकी एक-दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श: देशका केही स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको र कोशी, मधेश, बागमती, गण्डकी,लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

युक्रेन संकटको विषयलाई लिएर सी र ओर्बानबीच भेटवार्ता

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले चिनियाँ राष्ट्रपति सी जीनपिंगसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन्। सो भेटमा दुवै नेताले युक्रेन संकटबारे छलफल गरेका छन्।

ओर्बानको मस्को र किभ यात्रा पछिको बेइजिङको यात्रालाई “अचानक” र “आश्चर्यजनक” यात्रा, भनेर विभिन्न राजनीतिक विज्ञहरुले व्याख्या गरिरहेको बेला उनले भने यी यात्राहरूलाई “शान्ति अभियान” को रूपमा वर्णन गरेका छन् ।

केही चिनियाँ विज्ञहरूले भने ओर्बानको कूटनीतिले युरोपेली युनियन भित्र केही व्यावहारिक आवाजहरू विस्तार गर्न मद्दत गर्नसक्ने बताएका छन्।

हंगेरीले ईयूको ध्यक्षता ग्रहण गरेपछि ओर्बनको चीन भ्रमण भएको हो। विधुतिय सवारीसाधन जस्ता क्षेत्रमा चीन र ईयूबीच विद्यमान भिन्नताका बीचमा यो भ्रमणले युरोपमा तर्कसंगत र व्यावहारिक आवाज झल्काउँछ, विज्ञहरूले उल्लेख गरे।

ओर्बानले सीलाई हालै युक्रेन र रुसको भ्रमणको बारेमा जानकारी गराए। राष्ट्राध्यक्ष सीले युक्रेन संकटको राजनीतिक समाधानलाई प्रवर्द्धन गर्न ओर्बानको प्रयासको प्रशंसा गर्नुका साथै चीनको सान्दर्भिक विचार र प्रस्तावहरू विस्तारमा व्यक्त गरेका थिए ।

सिले युद्धविराम र राजनीतिक समाधान सबै पक्षको हितमा रहेको कुरामा जोड दिँदै युद्धक्षेत्र विस्तार नगर्ने, लडाइँ नबढाउने सिद्धान्तलाई ध्यानमा राखेर परिस्थितिलाई शान्त पार्ने प्राथमिकता रहेको बताएका छन्

सीले अन्तर्राष्ट्रिय समुदायलाई सहज परिस्थिति सिर्जना गर्न र दुई पक्षबीच प्रत्यक्ष वार्ता र वार्ताको पुन: थालनीका लागि सहयोग गर्न आह्वान गर्दै सबै प्रमुख देशहरूले नकारात्मक ऊर्जाको सट्टा सकारात्मक ऊर्जा ल्याएमा मात्र यो द्वन्द्वमा यथाशीघ्र युद्धविराम हुनसक्ने बताए।

“चीनले सक्रिय रूपमा शान्ति वार्तालाई आफ्नै तरिकाले बढावा दिइरहेको छ र संकटको शान्तिपूर्ण समाधानका लागि सबै प्रयासहरूलाई प्रोत्साहन र समर्थन गरिरहेको छ,” सीले भने, चीन र हंगेरीका आधारभूत प्रस्तावहरू र उनीहरूको प्रयासको दिशा एउटै छ र चीन हंगेरी सबै सम्बन्धित पक्षहरूसँग सम्पर्कमा रहन इच्छुक छ।

हंगेरीको ईयु र नेटो दुबैको दोहोरो सदस्यताको बावजुद, ओर्बानले युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने र युक्रेनलाई नाटो र ईयूमा समावेश गर्ने प्रस्तावको बिरूद्धमा आफुलाई उभ्याएको छ।