कोभिड–१९ खोपको ४० लाख डोज डिस्पोज गर्न स्वास्थ्य मन्त्रालयद्वारा विज्ञको सुझाव माग

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वर्ष डिसेम्बरमा म्याद सकिएको सिनोभ्याक–कोरोनाभ्याक कोभिड–१९ भ्याक्सिनको ४० लाख डोज डिस्पोज गर्न भ्याक्सिन विज्ञहरूसँग परामर्श सुरु गरेको अधिकारीहरूले बताएका छन् ।

उक्त भ्याक्सिन दुई वर्षअघि चीनले सहयोग स्वरुप प्रदान गरेको थियो। चीनले उक्त भ्याक्सिन सहयोगको रुपमा पठाउँदा नेपालमा अन्य भ्याक्सिनहरु पनि उपलब्ध भैसकेको साथै खोपको पहिलो मात्रा र बुष्टर डोज लगाउने नेपालीको संख्या पनि कम भैसकेकोले उक्त भ्याक्सिन प्रयोगमा नआउँदा भ्याक्सिनको म्याद सकिएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोरोनाविरुद्धको खोपको ४० लाख डोज डिस्पोजका लागि विज्ञको सल्लाह लिन थालेको बताएका छन् । “हामीले विश्व स्वास्थ्य संगठनका विज्ञहरू, देश भित्रका खोप विशेषज्ञहरू र राष्ट्रिय खोप सल्लाहकार समितिसँग भ्याक्सिनको डोज डिस्पोज गर्ने लागत-प्रभावी र सजिलो तरिकाहरू बारे परामर्श गरिसकेका छौं।”अधिकारीहरूले खोपको डोजको डिस्पोजलका लागि चीनका भ्याक्सिन उत्पादन गर्ने कम्पनीहरूका विज्ञहरूसँग पनि सल्लाह लिएको बताएका छन्।

नेपालले एस्ट्राजेनेका, भेरो सेल, फाइजर-बायोटेक, र मोडर्ना जस्ता ब्रान्डहरू सहित चीन, भारत, जापान, युरोप र संयुक्त राज्य अमेरिकाका धेरै देशहरूमा निर्मित कोरोनाभाइरस खोपहरू प्रयोग गरेको थियो।

२४ घण्टामा नेपालमा थपिए २१३ कोरोना संक्रमित, २८३ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १८० परीक्षणमा आईतवार २१३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि पछील्लो २४ घण्टामा २८३ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टाको अवधिमा कोभिडबाट २ जनाको ज्यान गएको छ । सक्रिय संक्रमित संख्या ४ हजार ९०६ जना छन् भने २४ घण्टामा ७६ हजार ३३० जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

देश्भर शुक्रबार २६० जना कोरोना संक्रमित थपिए, ३४९ जना संक्रमणमुक्त

शुक्रबार देशभरमा २६० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा कुल ११ हजार ८९८ नमुना परीक्षण भएको छ । जसमध्ये ८ हजार ६० पीसीआर परीक्षण गर्दा २३७ जना र ३ हजार ८३८ एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३४९ जना कोरोनामुक्त भएका छन् । सोहि अवधिमा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।काठमाडौंमा भने पछिल्लाे एक दिनमा १०६ जना, ललितपुरका ३५ जना र भक्तपुरका १० जनामा संक्रमण पुष्टि भएको छ । हाल नेपालमा ५ हजार ४८ जना सक्रिय संक्रमित र क्वारेनिटनमा ९९ जना छन् ।

२४ घण्टा नबित्दै उल्टियो नियम:बिदेश बाट आउनेले क्वारेन्टिन बस्नु नपर्ने ।

सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित गरेको छ ।

अध्यागमन विभागले शुक्रबारमात्रै मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार भन्दै सूचना जारी गरेर विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो । तर, २४ घण्टा नबित्दै शनिबार अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

प्राप्त जानकारी अनुसार, अब भने विदेशबाट आउने यात्रुहरूले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने छैन ।