एमालेसँग एकता वा चुनावी तालमेलको कुनै सम्भावना छैन:माधव नेपाल

  • नेपाल राष्ट्रिय दैनिक
  • June 2, 2022
Madhav Kumar Nepal1624737832 1200 e1640442940904

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताउनुभएको छ।

सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले बाम एकता वा एमालेसँगको चुनावी तालमेलको हल्ला निराधार र सत्य नभएको बताउनुभएको हो। सम्बोधनको क्रममा नेता नेपालले भन्नुभयो ‘गठबन्धन भाँड्न खोज्ने अहंकारी र षड्यन्त्रकारीहरूले यस्ता हल्ला फैलाएका हुन् र नेकपा एमालेसंग कुनै पनि किसिमको एकता वा चुनावी तालमेलको सम्भावना छैन।’

नेपालले ,आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म पनि अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने बताउनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५