राष्ट्रपतिद्वारा रेशम चौधरीको कैद मिनाहा: ५०१ जनाले पाए आम माफी

  • नेपाल राष्ट्रिय दैनिक
  • May 28, 2023
aam maafi resham chaudhary

जेठ १४ ,काठमाडौँ — गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले, जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी गरेका छन्।

टीकापुर घटनामा सर्वोच्चले दोषी ठहर गरेको पूर्वसांसद रेशम चौधरीसहित १९ जनाको कैद सजाय मिनाहा गर्न मन्त्रिपरिषदले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

नेपालको संविधानको धारा २७६ तथा फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम उनीहरुलाई माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

त्यसैगरी,संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा ज्येष्ठ नागरिक ऐनको दफा १२ बमोजिम अन्य ४८२ जनाको पनि बाँकी कैद सजाय मिनाह गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५