भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु‚ ८ घाइते

  • नेपाल राष्ट्रिय दैनिक
  • April 20, 2023
bheri khola belibridge

वैशाख ७-सुर्खेत — जाजरकोट-डोल्पा सडक खण्ड अन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

उक्त बेलिब्रिज भाँचिएपछि सोही निर्माणाधीन बेलिब्रिजमा काम गर्ने मजदुर दुई जनाको मृत्यु भएको र पुलमा हिँडिरहेका तीन जना नदीमा खसेर बेपत्ता भएको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पुल भाचिंदा घाइते भएका अन्य ८ जनाको उपचार चलिरहेको छ भने, बेपत्ता भएका तिन जनाको खोजि कार्य जारि रहेको पनि प्रहरीले जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५