साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय

  • नेपाल राष्ट्रिय दैनिक
  • April 29, 2022
nirwachan

स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दिएका उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिने समय सकिएलगत्तै आयोगले उम्मेदवारको अन्तिम नामावली पनि सार्वजनिक गर्नेछ ।

स्थानीय तहको निर्वाचनका लागि देशभरबाट १ लाख ४१ हजारभन्दा बढी उम्मेदवारहरुले आफ्नो उम्म्द्वारी दर्ता गराएका थिए ।

आयोगले बिहीबार साँझ उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । आज साँझसम्म उम्मेदवारले नाम फिर्ता लिएपछि अन्तिम नामावली प्रकाशित गर्नेछ ।

आयोगका अनुसार आज साँझसम्म अन्तिम नामावली प्रकाशन गरेपछि भोलि सम्पूर्ण उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५