आयात प्रतिबन्ध मंसिरसम्म थप गर्ने सरकारको निर्णय

  • नेपाल राष्ट्रिय दैनिक
  • October 14, 2022
mantralaya ministry

सरकारले सवारी साधन, मोवाइल लगायत विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध मंसिरसम्म कायम राख्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । नेपालको विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि २०७९ वैशाखदेखि विलासिताका सामान अन्तर्गत पर्ने १० वस्तुमा प्रतिबन्ध लगाइएको थियो । तर ती १० वस्तुमध्ये हाल ४ वटा मात्रै प्रतिबन्धित छन् । २०७९ भाद्र १४ गते एम्बुलेन्स बाहेकका निजी सवारी साधन, ३ सय डलरभन्दा माथिका मोबाइल, १५० सीसीभन्दा माथिका मोटरसाइकल र मदिरामा रोक लगाइएको थियो र आज बसेको मन्त्रिपरिषद्को बैठकले सो प्रतिबन्धलाई मंसिरसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि कुरकुरे चिप्स लगायतका समान प्रकारका उत्पादन, मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थ, हिरा, मोबाइल फोन, ३२ इन्चभन्दा माथिको टेलिभिजन, २५० सीसीभन्दा माथिका जीप, कार, भ्यान र मोटरसाइकल, खेलौना र तास आयातमा रोक लगाइएको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५