एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

  • नेपाल राष्ट्रिय दैनिक
  • September 12, 2023
subash nemwang

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ ।

आफ्नै निवासमा रहेका नेम्बाङलाई राती करिब १ बजे हृदयघात भएपछि परिवारका सदस्यहरुले उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याएका थिए । अस्पतालमा पुर्‍याउने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भैसकेको बताएका थिए।

उनको निधन भएको खबर पश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतका नेताहरु अस्पताल पुगेका थिए । अहिले अस्पताल परिसरमा नेताहरुको बाक्लो उपस्थिति रहेको छ।

नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ ।

नेम्वाङ इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५