व्यवस्थापकीय लापर्वाहीका कारण नेपाल वायुसेवा निगमको दुईवटा न्यारोबडी विमान एकैसाथ ग्राउन्डेड

  • नेपाल राष्ट्रिय दैनिक
  • July 16, 2023
nepal airlines

व्यवस्थापकीय लापर्वाहीका कारण नेपाल वायुसेवा निगमको दुईवटा न्यारोबडी विमान एकैसाथ ग्राउन्डेड भएका छन् ।समयमै मर्मतसम्भार नगर्दा निगमको 9N-AKH सगरमाथा र 9N-AKX लुम्बिनी कल साइन भएको दुईवटै न्यारोबडी विमान एकैसाथ ग्राउन्डेड भएका हुन्।

आइतबार बिहान दुबईबाट काठमाडौं फर्केपछि प्राविधिक कारण देखाउंदै निगमको इन्जिनियरीङ विभागले उक्त जहाज उडाउन नमिल्ने बताएको छ भने, अर्को विमान सगरमाथा मंगलबार बैंग्लोरबाट फर्केपछि इन्जिनभित्र समस्या देखिएका कारण उडाउन नमिल्ने बताइएको हो ।

निगमको दुवै विमान ग्राउन्डेड भएपछि दिल्ली, बैंग्लोर, मुम्बई, दोहा, दुबई, साउदी अरब , बैंकक, हङकङ र मलेसियाको उडान प्रभावित भएका छन्। निगमले उक्त देशहरुमा निगमको विमानको टिकट लिएका यात्रुहरुलाई टिकट सार्न अनुरोध गरेको र अत्यावश्यक यात्रुहरुको खण्डमा भने निगमकै वाइडबडी र अन्य वायुसेवाको विमान मार्फत उडान भराउने तयारी गरेको बताएको छ।

निगमले ६ दिनदेखि ग्राउन्डेड गरिएको न्यारोबडी (सगरमाथा) मा दैनिक ६ लाख रुपैयाँ हाराहारी रकम तिरेर भाडाको इन्जिन हालेर जहाज उडाउँदै आएको थियो । विमानको इन्जिन भाडामा मात्रै निगमले हालसम्म कम्तीमा २५ करोड रुपैयाँ अतिरिक्त आर्थिक भार बेहोरिसकेको छ ।

निगमले हाल काठमाडौंबाट १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा सातामा एक देखि सातवटासम्म उडान भर्ने गरेको छ ।अन्तर्राष्ट्रिय उडानमा दुईवटा एयरबसका ए–३२० (न्यारोबडी र दुईटा ए–३३० (वाइडबडी) विमान रहेका छन् ।निगमले ५ घन्टा हाराहारी दूरी भएका रुटमा न्यरोबडी विमान उडाउँछ । यस्तै ५ घन्टाभन्दा बढी समय लाग्ने जापानको नारितामा वाइडबडी विमान पठाउने गरेका छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५