यो सरकार धेरै दिन टिक्न सक्दैन : शेखर कोइराला

  • नेपाल राष्ट्रिय दैनिक
  • August 13, 2023
6048775fe2a3d 604867dad1e35 dr sekhar koirala 1 1

श्रावण २८,काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन्।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा (ख) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘सुशासन आजैदेखि यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईंहरुको माझमा राख्न चाहन्छु। यो अत्यन्त गम्भीर विषय छ’।

नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि राजनीतिक अस्थिरता र भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यक्ता रहेको कोइरालाले बताएका छन् । अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औंल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने उनले बताएका छन्।

वैदेशिक लगानीका लागि राजनीतिक अस्थिरता , भ्रष्टाचार र इन्कन्फिडेन्ट ब्युरोक्रेसी र कानुनी लचकता समस्या रहेको भन्दै ति कुराहरुलाई सरकारले सम्बोधन गर्नुपर्ने उनले बताएका छन्। साथै, उनले पार्टीको भातृ संस्थाहरु तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको समेत बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५