नेटो र ईयू विरुद्ध फ्रान्समा विरोध प्रदर्शन

  • नेपाल राष्ट्रिय दैनिक
  • October 9, 2022
protest in france against nato and eu

फ्रान्सले नेटो र ईयू सम्बन्धी आफ्नो अडान परिवर्तन गर्नुपर्ने माग गर्दै प्रदर्शनकारीहरूको ठूलो भीडले फ्रान्सको पेरिसमा विरोध र्‍याली गरेको छ ।

प्रदर्शनकारीहरूले ‘प्रतिरोध’ र ‘फ्रेक्सिट’(फ्रान्सले युरोपियन युनियन छोड्नुपर्ने माग) लेखिएको ठूला ब्यानर बोकेर र्‍यालीमा सहभागी भएका थिए।

सामाजिक सञ्जालमा प्रकाशित भिडियोका अनुसार प्रदर्शनकारीहरुले “नाटो र युरोपियन युनियनबाट बाहिर निस्कौं” भन्ने नारा समेत लगाएका थिए।
उनीहरुले संसद भवन नजिक जुलुस निकाल्दै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई पदच्युत गर्न पनि माग गरेका छन् ।

प्रदर्शनकारीहरूले नाटोको “युद्धअपराध ” को निन्दा गर्दै, हाल भइरहेको आर्थिक संकट र उर्जा लगायत स्वास्थ्यमा देखिएका प्रतिबन्धहरु, युक्रेनको द्वन्द्वमा रूसमा युरोपियन युनियन र नेटोले लगाएको प्रतिबन्धको कारण भएको भन्दै सो कदमको निन्दा समेत गरेका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५