अफगानिस्तानमा भुकम्प: २५० जनाको मृत्यु सयौं घाइते

  • नेपाल राष्ट्रिय दैनिक
  • June 22, 2022
afhan earthquake

अफगानिस्तानको पक्तिका प्रान्तमा गएको भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। 

भूकम्प दक्षिण पूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा गएको बताइएको छ।  अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भुकम्प करिब ५१ किलोमिटर गहिराइमा रहेको र ६.१ म्याग्निच्युडको रहेको जानकारी प्राप्त भएको छ।  अफगानिस्तान, पाकिस्तान र भारतको ५०० किलोमिटरभन्दा बढी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। भूकम्पले घरहरु ध्वस्त बनाएको छ। क्षतीको पूर्ण विवरण आइनसकेकोले मृत्यु हुने र घाइतेहुनेहरुको संख्या थप बढ्न सक्ने  अनुमान गरिएको छ। 

सरकारी प्रवक्ता बिलाल करीमीले ट्वीट गरेका छन्,”दुर्भाग्यवश, हिजो राति पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प आयो, जसले हाम्रा सयौं देशवासीको ज्यान लियो र घाइते बनायो  र दर्जनौं घरहरू ध्वस्त पारे,”  ।”हामी सबै सहायता एजेन्सीहरूलाई थप प्रकोप रोक्नको लागि तुरुन्तै टोली पठाउन आग्रह गर्दछौं।”

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५