प्रधानमन्त्री दाहाल भारत जाँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • May 31, 2023
prachanda

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चारदिने भारत यात्रामा निस्कँदै छन् । पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विधुत व्यापार, प्रसारण लाइन, हवाई रुट, कनेक्टिभिटी र कृषिमा सहयोगलगायत विषयमा सम्झौता र सहकार्यका लागि गृहकार्य गरिएको छ ।

नेपालमा उत्पादित विधुत बिक्रीको सुनिश्चितता नेपालको प्राथमिकता रहेको र सोहि अनुसार विधुत क्षेत्रमा लगानी अभिवृद्धि र बजार सुनिश्चितताका लागि भारतसँग दीर्घकालीन सम्झौताको प्रयास हुने साउदले बताएका छन्  ।

त्यसैगरी, प्रधानमन्त्रीको भारत भ्रमणमा, नेपालले हवाई कनेक्टिभिटीलाई पनि महत्त्व दिइएको र सिमराको रुट बाहेक पायक पर्ने अन्य महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र विराटनगर लगायतका रुटबारे छलफल गरिने बताएका छन्।

त्यसैगरी, प्रधानमन्त्री तहमा सीमा समस्याका सवालमा छलफल गरिने,लगानी, व्यापार, प्रविधि विकास, विकास आयोजनाको निर्माण, अपराध अनुसन्धानमा सहकार्यलगायत विषयमा डेलिगेसन लेभलमा सहमति हुने परराष्ट्रले जनाएको छ।

प्रधानमन्त्री दाहाल बुधबार अपराह्न २ बजेर ५० मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छन् । सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, मिडिया प्रतिनिधि, ५ मन्त्री, डेढ दर्जन सचिव तथा सहसचिव टोलीमा सहभागी हुनेछन् ।

भ्रमणको चौथो दिन शनिबार प्रधानमन्त्री दाहाल अपराह्न ४ बजेर २० मिनेटमा नेपाल एयरलाइन्सको विमानबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यसूची रहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५