संसदीय विशेष छानविन समितिले आज जनार्दन शर्माको बयान लिने

  • नेपाल राष्ट्रिय दैनिक
  • July 20, 2022
janardan

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता भएको कुरा सार्वजनिक भएपछी राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभाको विशेष छानविन समितिले आज बयान लिने भएको छ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले यस अघि नै अर्थ मन्त्रालय अन्तर्गतका १० जना अधिकारीहरुसँग बयान लिएको छ। बयानका क्रममा मन्त्रालयका अधिकारीहरुले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषयको प्रतिवाद गरेका थिए। बयान अघि समितिले जेठ १४ गते मध्यान्ह १२ बजेदेखि १५ गते मध्यान्ह १२ बजेसम्मको सीसीटीभी फुटेज उपलब्ध गराउन गरेको आग्रहमा अर्थमन्त्रालयले भने १३ दिनको मात्र फुटेज रहने र अरु क्रमशः मेटिँदै जाने भन्दै असारको मात्र फुटेज उपलब्ध गराएको थियो।
प्रमाण नष्ट गराउन सिसिटिभी फुटेज मेटाएको हुनसक्ने विभिन्न चर्चा र बहसकोबीच छानविन समितिले सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ । यधपी प्रहरीले भने सीसीटीभी फुटेज रिकभर गर्न सकिने वा नसकिने भन्ने कुरा हार्डडिक्सको अवस्थामा भरपर्ने बताएको छ।

यी तमाम घटनाहरुकोबीच छानविन समितिले आज जनार्दन शर्मासंग बयान लिनेछ। घटनाक्रम अनुसार अहिलेसम्म अर्थ मन्त्रालयका अधिकारीहरुसंग लिएको बयानलाई मात्र आधार मान्ने हो भने पनि समितिले शर्मा विरुद्द कुनै त्यस्तो ठोस प्रमाण जुटाउन सकेको छैन। यधपी आज शर्माको बयानमा उनले के भन्नेछन भन्ने कुरा भने चासोको विषय बनेको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५