रुस विरुद्ध सेना परिचालन गर्न बेलायती रक्षा सचिवको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • June 28, 2022
ben wallace

बेलायतका रक्षा सचिव बेन वालेस र उच्च पदस्थ सैन्य अधिकारि प्याट्रिक स्यान्डर्सले रुसद्वारा सिर्जित खतराकोको विरुद्ध सैनिक परिचालन गर्नुपर्ने चेतावनी दिएका छन्।

रक्षा सचिव वालेसले, सरकारले बढ्दो खतरालाई मध्यनजर गर्दै सो खतराको सामना गर्न रक्षा खर्च बढाउनु पर्ने सुझाव पनि दिएका छन्।सैन्य थिंक-ट्याङ्क रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटमा उनले भने,”रुसले फराकिलो युरोप विरुद्ध प्रहार गरेमा लामो दूरीको क्षेप्यास्त्रले मात्र सुरक्षाको प्रत्याभूत गराउन सक्ने छैन।”

रक्षा क्षेत्रको लगानी बढाउनुपर्ने र युक्रेनमा सिकेका पाठहरूलाई सम्बोधन गर्न धेरै ढिलो हुनु अघि सेना तयार रहनुपर्ने पनि उनले बताएका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५