निजगढ विमानस्थलको मुद्दामा सर्वोच्चको फैसला

सर्वोच्च अदालतले यसअघि निजगढ विमानस्थलको मुद्दामा तत्कालका लागि रोक लगाउन भनि आदेश जारि गरेको भएपनि बुधबार आफ्नो फैसलाको लिखित आदेश (पूर्णपाठ) सार्वजनिक गर्दै,न्यूनतम रुपमा वातावरणीय क्षति हुनेगरी वातावरणीय प्रभाव मुल्यांकन गराएर विमानस्थल निर्माण गर्न परमादेश जारी गरेको छ ।

सर्वोच्चले निम्नलिखित शर्तहरु राखेर निर्माण प्रक्रिया अगाडि बढाउन सकिने भन्दै परमादेश जारि गरेको छ।

क) निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि छनौट भएको बारा जिल्लाको निजगढको प्रस्तावित निर्माण स्थलभन्दा दक्षिणतर्फको सरकारी स्वामित्वको खाली जमीन र सोसँग जोडिएको व्यक्तिगत जग्गाहरू समेतलाई जोडेर वा सो आसपासको वनक्षेत्र कम भएको अन्य स्थान, टाँगिया बस्ती रहेको क्षेत्र वा सोही इलाकाको अन्य उपयुक्त स्थान समेतको सम्भाव्यता अध्ययन गरी विमानस्थलको आधारभूत संरचनाका लागि आवश्यक हुने क्षेत्रफल बराबरको जमीनको पहिचान गरी हाल कायम रहेको वनलाई सम्भव भएसम्म यथावत् रूपमा कायमै राख्नेतर्फ पहिलो प्राथमिकता दिई अध्ययन गर्नू गराउनू।

ख) उल्लिखित विकल्प अनुसारको क्षेत्रमा प्राविधिक वा अन्य कारणबाट विमानस्थल निर्माणको लागि उपयुक्त हुने नदेखिएमा हाल प्रस्तावित क्षेत्रमा विमानस्थलको लागि चाहिने क्षेत्रफल यकिन गरी पुनः कानूनबमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन गरी विमानस्थलको निर्माणको लागि नभई नहुने आधारभूत संरचना निर्माणका लागि न्यूनतम् वन क्षेत्रको जग्गा मात्र समावेश हुने गरी निर्माणस्थल कायम गर्नू गराउनू।

ग) विमानस्थल निर्माणको लागि उपयुक्त स्थान निर्धारण भएपछि सो क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा वातावरणमा पर्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने पर्याप्त व्यवस्था गर्नू र प्रभावित हुने देखिएका आश्रित वन्यजन्तुको वासस्थान, विचरण तथा अन्य गतिविधिलाई असर नपुग्ने गरी उपयुक्त पूर्वाधारको निर्माण र विकास गरी वन्यजन्तु संरक्षणको उचित व्यवस्था गर्नू।

घ) विमानस्थल निर्माणका लागि रूख बिरुवा काट्नु पर्ने अवस्था देखिएमा वनक्षेत्रभित्रका काटिएका रुखहरूको परिपूरणको लागि स्थान पहिचान गरी प्रचलित कानूनबमोजिम र तोकिएको मापदण्ड अनुरूप नयाँ रूख विरुवा रोप्ने, संरक्षण गर्ने र हुर्काउने समेतको व्यवस्था गर्नू।

ङ) विमानस्थल निर्माणको क्रममा प्रस्तावित विमानस्थल शहर (Airport City) को स्थापना तथा विस्तारका लागि वन क्षेत्रको प्रयोग नगर्नू नगराउनु।
फैसलाको पूर्णपाठ:

लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वलीद्वारा पदबाट राजीनामा


लुम्बिनी प्रदेशको विवादित स्वास्थ्य राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन्

उनले मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष आफ्नो राजीनामा बुझाएको र राजीनामा स्वीकृत समेत भइसकेको जानकारी प्राप्त भएको छ।

वलीले दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि सरकारले उक्त घटनाको छानविन गर्न समिति समेत गठन गरेको थियो।

लाज नभएका प्रधानमन्त्री

नेपाली समाजमा एउटा भनाई छ।  लाज सरम र डर नभएपछि मान्छेले जे पनि बोल्छ, जे पनि गर्छ।  ठिक त्यहि भनाइलाई चरितार्थ गर्दै आज प्रधानमन्त्री शेर बहादुर देउवाले असार १५ अर्थात १९औँ  राष्ट्रिय धान दिवसको उपलक्ष्यमा तमाम नेपाली किसानहरुलाई सम्बोधन गर्दै धान दिवसको शुभकामना दिनुभएको छ।

असार १५ लाई सरकारले २०६१ मा राष्ट्रिय धान दिवस घोषणा गर्नुअघि यस दिनलाई दहि चिउरा खाने पर्वको रुपमा मनाउने गरिन्थ्यो।  किसानहरु सो दिनलाई मानो छरेर मुरी उब्जाउने दिनको रुपमा लिन्छन्।  कृषि प्रधान देश नेपालमा पछिल्लो केहि दशक यता कृषि र कृषकको स्थिति भने दयनिय बन्दै गएको छ।  रैथाने जातका धानका बिउ हराउँदै गए भने खितियोग्य जमिन प्लटिङ्गको शिकार बनेको छ।  कुनै समय धान निर्यात गर्ने नेपाल अहिले वर्षेनी अर्बौंको धान र चामल आयात गर्नुपर्ने स्थितिमा पुगेको छ। 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म  सरकारले २७ अर्ब १२ करोड एक लाख २३ हजार रुपैयाँ मूल्य बराबरको चामल,८७ करोड पाँच लाख ७२ हजार  रुपैयाँ बराबरको धानको बिउ र चालु आवको पहिलो ११ महिनामा रु १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको धान आयात भएको छ।

यि तमाम समस्याहरुलाई सम्बोधन गरेर समाधान दिनुको सट्टा प्रधानमन्त्रीले बढो उत्साहका साथ राष्ट्रिय धान दिवसको शुभकामना दिए। धान दिवसको अवसरमा प्रधानमन्त्रीले शुभकामना त दिए तर धान रोप्ने दिनसम्म पनि किसानले मल भने पाएनन्। किसानलाई मल दिन नसक्ने प्रधानमन्त्रीले लाजै नमानी धान दिवसको शुभकामना दिए। मल बिना धान रोप्न खेतमा पुगेका किसान माझ प्रधानमन्त्रीको शुभकामना सन्देश पुग्यो कि पुगेन होला ? दिन भर धान रोपेर साँझ घर आइपुग्दा ति किसानहरु प्रधानमन्त्रीको शुभकामनाले खुसी होलान कि दुखि होलान थाहा छैन, तर यदि कुनै किसानले प्रधानमन्त्रीको शुभकामना सन्देश पढेर त्यसलाई केवल एउटा झुटको पुलिन्दा भन्यो वा लाज नभएका प्रधानमन्त्री भनेर भन्यो भने पनि आश्चार्य नमान्दा हुन्छ । 

तस्विर: अन्नपूर्ण

आगामी ३ दिनको देशभरको मौसमी विवरण

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापिय रेखा औसत भन्दा उत्तर तिर ( नेपालको दक्षिणी भु-भाग नजिक) रहेको छ। हाल देशभर सामान्य देखि पुर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

२०७९ असार १५ गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै मधेश प्रदेश, बाग्मती प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७९ असार १६ गते (बिहिबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ असार १७ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक-दई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित: सयौं घर-परिवार विस्थापित

सोमबार रातिदेखि परेको अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित बनेको छ भने सयौं घर-परिवार विस्थापित हुन पुगेका छन्।

अविरल वर्षापछि देशको पूर्वी क्षेत्रका विभिन्न नदीमा आएको बाढीले दुई हजारभन्दा बढी घर डुबानमा परेको छ भने सयौं घर परिवार विस्थापित हुन पुगेका छन्।झापामा हजारभन्दा बढी घर डुबानमा परेका छन् । लगातारको वर्षाले इटहरी नगरपालिकामा मात्र २ सय घर डुबानमा परेको छ भने अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । राजधानी काठमाडौँ लगायत देशका विभिन्न सहरहरुमा पानीको उचित निकाश नहुँदा सहरका मुख्य क्षेत्र नै डुबानमा परेका छन्। अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारण देशका मुख्य राजमार्ग र सडकहरु अवरुद्ध बनेको छ भने नियमित हुने हवाई सेवाहरु पनि खराब मौसमको कारण प्रभावित भएको छ।

बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको भएपनि अविरल वर्षाको कारण खोलाको सतह बढेकोले खोला किनारका बस्तीहरुलाइ उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

बुल्गेरियाले ७० रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने:अमेरिकी राष्ट्रपति बाइडेनकि श्रीमती र छोरी रुस प्रवेशमा प्रतिबन्ध

बुल्गेरियाले ७० रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने

बुल्गेरियाले ७० रूसी कूटनीतिक कर्मचारीहरूलाई देश निकाला गर्ने भएको छ। बाल्कन राष्ट्रबाट एकै पटकमा यति धेरै संख्यामा कूटनीतिक कर्मचारीहरूलाई देश निकाला गर्न लागिएको यो नै पहिलो घटना हुनेछ।

हाम्रा कुटनीतिक नियोगहरुले उनीहरूलाई हाम्रो हित विरुद्ध काम गर्ने व्यक्तिको रूपमा पहिचान गरेकोले उनीहरुलाई देश निकाला गर्न लागिएको प्रधानमन्त्री किरिल पेटकोभले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।

यता रुसले पनि अमेरिकी राष्ट्रपति बाइडेनकि श्रीमती जिल र छोरी याश्लीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ।
यस भन्दा अघि रुसले अमेरिकी राष्ट्रपति बाइडेन, राज्य सचिव एन्टोनी ब्लिन्केन लगायत सयौं अमेरिकी कुटनीतिज्ञहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

स्कटल्याण्डले स्वतन्त्रताको लागी दोस्रो जनमत संग्रह गर्ने

स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले अर्को वर्ष अक्टोबरमा स्कटल्याण्डको स्वतन्त्रताको लागि दोस्रो जनमत संग्रहको योजना घोषणा गरेकी छिन्।स्टर्जनले,यदि बेलायती सरकारले यसलाई रोक्ने प्रयास गरेमा मतदान सुनिश्चित गर्न कानुनी कारबाही गर्ने चेतावनी समेत दिएकि छिन।

प्रो-स्वतन्त्र स्कटिश नेश्नल पार्टीको नेतृत्वमा रहेको स्कटिश सरकारले अक्टोबर १९ २०२३ मा हुने पृथक भोटको योजनालाई रूपरेखा तयार गर्दै जनमत संग्रहको लागि आवश्यक दस्तावेज सार्वजनिक गर्ने र यसबारे आफुले प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेख्ने पनि स्टर्जनले बताएकी छन्। स्कटिश संसदमा सांसदहरूलाई सम्बोधन गर्दै उनले स्कटल्याण्डको प्रजातन्त्रलाई प्रधानमन्त्री बोरिस जोन्सन वा कुनै पनि बेलायति प्रधानमन्त्रीको कैदीको रुपमा स्वीकार्न नसक्ने र आफुले कहिल्यै पनि त्यस्तो हुन नदिने बताएकी छन्।

स्कटल्याण्डका करिब ५.५ मिलियन मतदाताहरूले सन् २०१४ को जनमतसंग्रहमा स्वतन्त्रतालाई अस्वीकार गरेका थिए। तर स्कटल्याण्डको अर्ध-स्वायत्त सरकारले इयुबाट बेलायतको बहिर्गमनको निर्णयलाई बहुमत स्कटिशहरुले विरोध गर्दा पनि बेलायत सरकारले समर्थन गरेको भन्दै दोश्रो जनमत संग्रह हुनुपर्ने बताएको छ।

यता,स्कटल्याण्डको विपक्षमा रहेका प्रधानमन्त्री जोनसन र उनको सत्तारुढ कन्जरभेटिभ पार्टीले २०१४ को जनमतसंग्रहले नै सबै कुरा निर्क्यौल गरिसकेको भन्दै दोश्रो जनमतसंग्रहको विरोध गरेका छन्।

युक्रेनलाई आवश्यक भएसम्म सहयोग गर्न र रुसलाई एक्लो पार्न जि ७ राष्ट्रहरुबीच सहमति


जी७ राष्ट्रका नेताहरूले युक्रेनलाई आवश्यक भएसम्म समर्थन गर्न एकजुट रहने अडानका साथ जर्मनीमा आफ्नो बैठक समाप्त गरेका छन्।

जी७ राष्ट्रको बैठकले युक्रेन युद्धमा आर्थिक सहायता जुटाउन सहयोग गरिरहेको रुसको तेल बिक्रीबाट हुने आम्दानीलाई सिमित राख्ने योजनाको साथ दिर्घकालिन रणनीति तयार गर्ने विषयमा छलफल अघि बढाएको छ।

तिन दिनसम्म जारि उक्त बैठकमा जी७ राष्ट्रका नेताहरूले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने र ब्ल्याक सी हुँदै युक्रेनको अन्न ढुवानीमा लागेको नाकाबन्दीले खाद्यान्न अभावमा परेका देशहरूलाई सहयोग बढाउने विषयमा पनि सहमति जनाएका छन्।

रुस विरुद्ध सेना परिचालन गर्न बेलायती रक्षा सचिवको आग्रह

बेलायतका रक्षा सचिव बेन वालेस र उच्च पदस्थ सैन्य अधिकारि प्याट्रिक स्यान्डर्सले रुसद्वारा सिर्जित खतराकोको विरुद्ध सैनिक परिचालन गर्नुपर्ने चेतावनी दिएका छन्।

रक्षा सचिव वालेसले, सरकारले बढ्दो खतरालाई मध्यनजर गर्दै सो खतराको सामना गर्न रक्षा खर्च बढाउनु पर्ने सुझाव पनि दिएका छन्।सैन्य थिंक-ट्याङ्क रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटमा उनले भने,”रुसले फराकिलो युरोप विरुद्ध प्रहार गरेमा लामो दूरीको क्षेप्यास्त्रले मात्र सुरक्षाको प्रत्याभूत गराउन सक्ने छैन।”

रक्षा क्षेत्रको लगानी बढाउनुपर्ने र युक्रेनमा सिकेका पाठहरूलाई सम्बोधन गर्न धेरै ढिलो हुनु अघि सेना तयार रहनुपर्ने पनि उनले बताएका छन्।

मङ्गलबार र बुधबार बन्चरेडाँडामा फोहोर नलगिने

सिसडोलदेखि बञ्चरेडाँडासम्मको सडक मर्मत गर्नुपर्ने भएकाले आज र भोलि (मङ्गलबार र बुधबार) काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काम प्रभावित हुने भएको छ ।

नुवाकोटको सिसडोल जाने बाटोमा फोहोर थुप्रिएकाले बञ्चरेडाँडा जाने बाटोमा समस्या आएपछि आज र भोलि फोहोर सङ्कलन बन्द गरिने भएको छ । सिसडोलबाट दुई किलोमिटर टाढा रहेको बञ्चरेडाँडा पुग्न सवारीसाधनले फोहोरको थुप्रो पार गर्नुपर्ने बाध्यता रहेको छ भने लगातारको वर्षाका कारण त्यसमा कठिनाई भएको छ ।

काठमाडौं महानगरपालिकाको वातावरण विभागले उपत्यकाबाट फोहोर ओसारपसार गर्दा दुर्घटना हुने खतरा रहेकाले काम रोकेर सरसफाइ गर्न लागेको जनाएको छ ।

बामदेव गौतमले गठन गरे नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान

नेकपाको फुटपछि ओली र नेपाल कतै पट्टि पनि सक्रिय भूमिकामा नलागी न्युट्रल रुपमा बसेका बामदेव गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि नेपाल कमुनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्।

विघटन भएको नेकपा/नेपाल कम्युनिष्ट पार्टीलाई पुनर्गठन गर्ने र तत्काल एकताको अवस्था सिर्जना हुन नसके आगामी संघिय र प्रदेश निर्वाचनमा कार्यगत एकता गरेर अगाडि बढ्ने वातावरण सिर्जना गर्ने उद्धेश्यको साथ स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानमा ७५ सदस्यीय केन्द्रिय कमिटि रहनेछ।


दैनिक कार्य संचालनको लागि १५ सदस्य नबढ्ने गरि स्थायी कमिटि रहनेछ भने बहुपदिय प्रणालीको अवधारणालाई अङ्गीकार गरेको सो पार्टीमा एक अध्यक्ष र हरेक प्रदेशमा इन्चार्जको जिम्मेवारीको लागि ७ उपाध्यक्ष, महासचिव १ , उप-महासचिव १ ,सचिव १ र कोषाध्यक्ष १ जना रहनेछन।बामदेव गौतम आफै संयोजक रहनुभएको केन्द्रिय सचिवालयमा ८ जना सदस्यहरु रहेका छन्।

bamdev gautam party YQMfIwhq7v
bamdev gautam party 1 oXDpGpx3u3

निरन्तर ओरालो लाग्दै सेयर बजार

लामो समयसम्म ओरालो लाग्दै आएको नेपाली सेयर बजार आइतबार एक्कासी ९४ .९२ अंकले उकालो लागेको भएपनि नेप्से क्रमिक रुपमा ओरालो लाग्ने क्रम भने रोकिएको छैन।
मंगलवार ११. ८२ अंकले ओराले लाग्दै नेप्से १९२१. ३१ अंकमा झरेर रोकिएको छ। ०. ६१ प्रतिशतले ओरालो लागेको आजको सेयर कारोबार १,०५८,२६३,५२२ रुपैयाँमा खुम्चिएको छ। २३० कम्पनीको ३,०३७,६८० कित्ता सेयर कारोबार हुँदा बैंक र जीवन विमा बाहेक अन्य सबै सूचक घटेको छ।

अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने ४६ आप्रवाशिको मृत्यु

अवैध रुपमा अमेरिका प्रवेश गर्ने क्रममा अमेरिका र मेक्सिकोको सीमा अन्तर्गत टेक्सासको सान एन्टोनियोमा ४६ जना मृत आप्रवासीहरूको शव ट्रकको ट्रेलर भित्र फेला परेको छ।

शहरको दक्षिणी बाहिरी भागमा पर्ने दुर्गम क्षेत्रमा रेलमार्गको ट्र्याकको छेउमा रहेको ट्रकको ट्रेलर भित्र उनीहरुको शव फेला परेको स्यान एन्टोनियो फायर डिपार्टमेन्टका एक अधिकारीले जनाएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ट्रकको ट्रेलर भित्र उच्च तापक्रम र पानीको अभावका कारण उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई हिरासतमा राखिएको प्रहरीले बताएको छ। अमेरिकी अध्यागमनले, होमल्याण्ड सेक्युरिटी अनुसन्धान विभागले स्थानीय प्रहरीसँगको समन्वयमा “कथित मानव तस्करी घटना” को अनुसन्धान गरिरहेको पनि जानकारी दिएको छ।

नोभेम्बरमा हुने मध्यावधि काँग्रेस निर्वाचनको संघारमा भएको यो घटनाले,डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिहरू उल्टाउने वाचा गरेका डेमोक्र्याट अमेरिकी राष्ट्रपति जो बाइडेनको सीमा रणनीतिको आलोचना तिब्र रुपमा बढेको छ।

नेपालमा रहेका शरणार्थीहरुलाई परिचयपत्र दिने सरकारको तयारी

सरकारले नेपालमा लामो समयदेखि बस्दै आएका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ ।

राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले विगतमा विभिन्न कारणले परिचयपत्र नपाएका शरणार्थीहरुलाई सरकारले परिचयपत्र दिने तयारी गरेको बताउनुभएको छ। यस सन्दर्भमा सरकारले परिचयपत्र पाउन बाँकी शरणार्थीहरु कति छन् र उनीहरुलाई कहिले देखि परिचयपत्र दिने भन्ने बारेमा गृहकार्य गरिरहेको समेत जानकारी दिनुभयो।

विभिन्न काल खण्डमा बिभिन्न भू-भागबाट नेपालमा आएर बसेका शरणार्थीहरुलाई नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको बताउंदै गृहमन्त्री खाँणले छिट्टै उनीहरुलाई परिचयपत्र उपलब्ध गराउन सरकारले तयारी थालेको बताउनुभएको छ।

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

एकीकृत समाजवादी पार्टीका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। शितल निवासमा राष्ट्रपति बिध्या देवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराउनु भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ , सहरी विकासमन्त्री मेटमणि चौधरी , स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले सपथ ग्रहण पछि आजनै आफ्नो पद तथा कार्यभार सम्हाल्नेछन।

गैर सांसदहरुको मन्त्रिमण्डल

मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्रै आन्तरिक विवाद चुलिएको लामो समयपछि एकीकृत समाजवादीले नयाँ अनुहारहरुलाई मन्त्रीमण्डलमा समावेश गरेको छ । पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री,मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीराचन्द्र केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेको छ ।
पुनर्गठीत मन्त्रिपरिषदमा गैर सांसद शेरबहादुर कुँवरले पनि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्ति पाएका छन्। नेपालको संबिधान अनुसार मन्त्रि बन्नका लागि सांसद हुनुपर्ने भन्ने छ। तर प्रधानमन्त्री देउवाको क्याबिनेटमा गैर सांसदलाई मन्त्रि बनाइएको भने यो पहिलो पटक होइन। यसघि नियुक्त गरिएका कानुन मन्त्रि गोबिन बन्दि पनि गैर सांसद हुन्। यधपी गैर सांसदहरु मन्त्रि भएको खण्डमा उनीहरुले ६ महिनाभित्र संसदबाट विश्वाशको मत लिनुपर्ने भन्ने प्रावधान पनि रहेको छ। तर निर्वाचन आउन ६ महिना भन्दा पनि कम समय रहेको अवस्थामा भागबण्डा मिलाउनकै लागि मात्र पुराना मन्त्रि फिर्ता बोलाएर गैर सांसदलाई नियुक्ति दिएको विषयमा भने सरकारको चर्को आलोचना भएको छ।

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद पुनर्गठन:मन्त्रीमण्डलमा एकीकृत समाजवादीका नयाँ अनुहार

राष्ट्रपति कार्यालयले संबिधानको धारा ७६ को उपधारा ९ र धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नयाँ मन्त्रीहरु नियुक्त गरेको जनाएको छ।
पार्टीबाट पुराना मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्रि नियुक्त गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय कार्यान्वयन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्नु भएको हो।

मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्रै आन्तरिक विवाद चुलिएको लामो समयपछि एकीकृत समाजवादीले नयाँ अनुहारहरुलाई मन्त्रीमण्डलमा समावेश गरेको हो । शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रम मन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाएर एकीकृत समाजवादीकै नयाँ अनुहारहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री,मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरिएको छ।

mantriparishad

लामो समयपछि उकालो लागेको सेयर बजार

निरन्तर रुपमा लामो समयदेखि घटिरहेको सेयर बजार आइतबार भने ९४ .९२ अंकले उकालो लागेको छ।
आइतबार ५.१० प्रतिशतले उकालो लागेको सेयर बजार १९५६. ९८ विन्दुमा पुगेर रोकिएको छ। यो संगै सेन्सेटिभ सूचक पनि ४. ९१ प्रतिशतले वृद्धि भएको छ।
आइतबार ६ ,३६३,५९० कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने २,१९६,१४१,८४९ रुपैयाँ पुगेको छ। २३० कम्पनिको सेयर कारोबार हुँदा २१ कम्पनीले सर्किट ब्रेक गरेको छभने कारोबारका सबै उप-सूचकहरुमा हरियाली छाएको छ।

सार्वजनिक सवारीको भाडा घट्यो

शनिबार राति १२ बजेदेखि लागुहुनेगरि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको छ ।

इन्धनको मुल्यमा ५ प्रतिशत वा सो भन्दा बढीले थपघट भएमा स्वचालित रुपमा भाडा समायोजन गर्ने प्रावधान अन्तर्गत रहेर यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाइएको हो।

देशभर चल्ने सार्वजनिक सवारीको भाडा दर :

प्रतिनिधि सभाको बैठक बस्दै

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभएको छ।
आजको बैठकमा लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन र राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ मा विचार गरियोस् भनी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागीतामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरिने कार्यसूची पनि आजको बैठकमा समावेश गरिएको छ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्नेभएको छ।

निगमले सार्वजनिक गर्ने नयाँ मूल्य अन्तर्गत पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँले घटेर पेट्रोलको नयाँ मूल्य १७९ र डिजेल र मट्टितेलको नयाँ मूल्य १६३ कायम हुनेछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर मूल्य घटाउने सहमति भएपछी डाकिएको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने निर्णय गरेको हो।

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ।

महानगरले अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक साढे ६ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ। महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड(कुल बजेटको ४९.५७%) र कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड(कुल बजेटको २०%) बजेट वनियोजन गरेको छ।

ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ३५ करोड ३५ लाख

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रमपछि सार्वजनिक भएको आगामी बर्षको बजेटले,कालोपत्रे भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने ,महानगरले कल सेन्टर चलाउने , विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने लगायतका नीति समावेश गरिएको छ।

भरतपुर महानगरको बजेट ५ अर्व ७४ करोड ४२ लाख

भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजार रकम बराबरको बजेट विनियोजन गरेको छ ।

महानगरले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ़बाट १ अर्व ५० करोड, वित्तिय हस्तान्तरणबाट १ अर्व ९२ करोड ११ लाख २९ हजार, राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार संकलन गर्ने अनुमान गरेको छ। त्यसैगरी बैंक मौज्दात १ अर्व ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड र जनसहभागिताबाट ३७ करोड संकलन गर्ने अनुमान गरिएको छ।

महानगरले २९ वटा वडालाई सम्वन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन गरेको छ।

बजेटको पूर्णपाठ :

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब १८ करोड ४२ लाख

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि २ अर्ब १८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले चालूखर्चतर्फ १ अर्ब ४२ करोड ८४ लाख ४२ हजार , वित्तीय खर्च तर्फ रु. ४ करोड ६० लाख र पुँजीगत तर्फ रु. ७० करोड ९८ लाख विनियोजनगरेको छ।

नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा विक्रीसमेत गरी आ.ब. २०७९/०८० को लागि कूल रु. २ अर्ब १८ करोड ४२ लाख ४२ हजार आय अनुमान गरेको छ।

त्यसमध्ये बाह्य स्रोतबाट जम्मा रु. १ अर्ब ६४ करोड ७७ लाख २६ हजार ,संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपरूक अनुदान, विशेष अनुदान र अन्य अनुदान शीर्षकमा रु. ६५ करोड ४४ लाख ,सामाजिक सरुक्षा भत्तावापत रु. ५० करोड,प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त
अनुदान, समपरूक अनुदान र विशेष अनुदान शीर्षकमा जम्मा रु. ८ करोड ९ लाख ३२ हजार , मूल्य अभिवृद्धि कर, सवारी कर र मालपोतवापत राजश्व बाँडफाँडबाट रु. १७ करोड २३ लाख ९४ हजार,आन्तरिक आयतर्फ नगरवासीहरूबाट विभिन्न शीर्षकमा कर ४६ करोड ८१ लाख प्राप्त हुने अनुमान गरेको छ।
.

मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन

निर्वाचन आयोगले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी तयारी गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभएको छ।

महिला तथा सामाजिक समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा थपलियाले,स्थानीय तह निर्वाचनमा महिला सहभागिता कम भएको भन्दै , प्रदेश र संघीय संसदको निर्वाचनमा सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह समेत गर्नुभएको छ।

समानुपातिक सहभागिताको विषयमा संविधानको मर्म अनुसार नैकेही कानुनी र व्यवहारिक कुराहरू मिलाउनुपर्ने रहेको पनि उहाँले बताउनुभएको छ। त्यसैगरी, चुनाव खर्चिलो र भड्किलो भएको गुनासोहरु आउन थालेको र आफुहरुले कम खर्चिलो तवरमा चुनाव गराउन पनि तयारि गरिरहेको बताउनुभएको छ।

विमोचन इभेन्टले आयोजना गरेको सात दिने उदघोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

भरतपुर चितवन ,एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालि भरतपुरको सहकार्यमा विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको सात दिने उदघोषण तथा व्यक्तित्व विकास तालिम समापन भएको छ ।

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालिको सभाहलमा असार ४ गते देखि सञ्चालित उद्घोषण तथा व्यक्तित्व विकास तालिम शुक्रबार एक औपचारिक कार्यक्रम बिच समापन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १९ का नवनिर्वाचित वडा अध्यक्ष प्रकाश तमाङ्गले उद्घोषण तथा व्यक्तित्व विकास तालिमले समाजमा निकै सकारात्मक प्रभाव पार्ने र बोल्ने कलाको बिकास गर्न थप उर्जा प्रदान गर्ने बताउनुभयो । साथै, उहांले यस्ता सामाजिक कार्यक्रमहरुमा आफ्नो र वडाको तर्फ़बाट पनि सहकार्य गर्न सदैव अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका किरण पौडेल, अतिथिको रुपमा भरतपुर १९ का नवनिर्वाचित वडा सदस्य राजकुमार गुरुङ ,भरतपुर १ का नवनिर्वाचित वडा सदस्य राजु गुरुङ लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

289051564 750152382844537 7033672927722955612 n

७ दिनसम्म संचालन भएको प्रशिक्षणमा चितवनका चर्चित सञ्चारकर्मीद्धय मनोज घिमिरे र प्रवेश अधिकारीले प्रशिक्षण दिनुभएको थियो । यस्तै, कार्यक्रममा सहभागिहरुलाई समापनको अवसरमा सफलताको शुभकामनासहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष विमोचन आचार्यको अध्यक्षतामा भएको समापन समारोहमा स्थानिय निर्वाचनमा निर्वाचित हुनुभएका भरतपुर १९ का वडा अध्यक्ष प्रकाश तामांग, वडा सदस्य राजकुमार गुरुङ, दिलमाया थापा मगर, सिता विक र भरतपुर १ का नवनिर्वाचित वडा सदस्य राजु गुरुङलाई सम्मान समेत गरिएको छ।

289771172 1447225892357241 5250937823837849096 n

देशभर आगामी ३ दिनको मौसम कस्तो रहनेछ ?

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ ।

हाल देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली देखी पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखी समानाय बदली रहेको छ।प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भइरहेको छ।

२०७९ असार १० गते (शुक्रबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बाग्मती प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बांकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

२०७९ असार ११ गते (शनिबार)

दिउँसो: प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य देखि पुर्ण बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ असार १२ गते (आईतबार)

दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशभर धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशभर धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।वर्षा नभएका स्थानहरुमा तापक्रम बढ्न सक्ने हुनाले त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

युरोपियन युनियन संसदद्वारा युक्रेनलाई ईयू सदस्यता दिने पक्षमा मतदान

युरोपेली संसदले युक्रेन र मोल्डोभा गणतन्त्रलाई “बिना ढिलाइ” ईयू उम्मेद्वारको दर्जा दिन गरेको आह्वानको पक्षमा ५२९ मत परेको छ। प्रस्तावको विपक्षमा भने ४५ मत परेको थियो।

संसदले एक विज्ञप्ति जारि गर्दै,युरोपेली आयोगको प्राथमिकता पुरा गरेको खण्डमा जर्जियालाई पनि ईयू उम्मेद्वारको दर्जा दिनुपर्ने बताएको छ।

युक्रेनी, मोल्डोभान्स र जर्जियनहरू स्वतन्त्र, लोकतान्त्रिक र समृद्ध देशहरूमा बस्न योग्य छन् र यी राष्ट्रहरु युरोपेली परिवारका गर्व र प्रतिबद्ध सदस्यहरू भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

बिमा समितिद्वारा २२ बिमा कम्पनीलाई कारवाही

बिमा समितिले तोकिएको समयमा वार्षिक लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बिमा कम्पनीलाई कारबाही गरेको छ ।

बिमा ऐन २०४९ र बिमा नियमावली, २०४९ बमोजिम कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र लेखापरीक्षण प्रतिवेदन बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ । लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीलाई १० हजार देखि १० हजार ५०० सय रुपैयाँका दरले जरिवाना गर्ने बिमा समितिले निर्णय गरेको छ।

वार्षिक लेखापरीक्षण प्रतिवेदन नबुझाएर कारबाहीमा परेका कम्पनीहरु:

नेपाल पुनर्बीमा कम्पनी
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)
एसियन लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्स
प्राइम लाइफ इन्स्योरेन्स
ज्योति लाइफ इन्स्योरेन्स
रिलायन्स लाइफ इन्स्योरेन्स
सिटिजन लाइफ इन्स्योरेन्स
प्रभु लाइफ इन्स्योरेन्स
महालक्ष्मी लाइफ इन्स्योरेन्स
राष्ट्रिय बीमा संस्थान

नेसनल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्स
गुराँस लाइफ इन्स्योरेन्स
आईएमई लाइफ इन्स्योरेन्स
युनियन लाइफ इन्स्योरेन्स
सन नेपाल लाइफ इन्स्योरेन्स
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
सानिमा लाइफ इन्स्योरेन्स
दि ओरिएण्टल इन्स्योरेन्स
नेसनल इन्स्योरेन्स
राष्ट्रिय बीमा कम्पनी लिमिटेड

अर्थमन्त्रीको राजीनामा माग गर्दै व्यावसायीहरु प्रदर्शनमा

मोरङका उद्योगी व्यावसायी र मजदुरहरुले अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गर्दै प्रदर्शनमा उत्रिएका छन्।

मोरङ व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग परिसंघ , नेपाल ट्रेड युनियन कांग्रेस ,अखिल नेपाल ट्रेड युनियन महासंघ लगायतका औधोगिक संगठन र मजदुरहरुले अर्थमन्त्री शर्माले नीतिगत भ्रष्टाचार गरि व्यापारीहरुसंग कमिसन लिएर सीमित उद्योगलाई संरक्षण गरेको र अन्य उधोगलाई बन्द गर्न बाध्य पार्ने गरि करको दायरा परिवर्तन गरेको भन्दै अर्थमन्त्री शर्मा विरुद्ध प्रदर्शन गरेका हुन् ।

अर्थमन्त्रीको अल्पज्ञानाका कारण धेरै उधोगहरु बन्द हुने अवस्थामा पुगेको र लाखौँ मजदुरहरु बेरोजगार हुने अवस्था सिर्जना भएको भन्दै उनीहरुले नयाँ बजेट व्यवस्थाले सिर्जना गरेको करको दायरा सच्याउन समेत माग गरेका छन्।

अर्थमन्त्रीले राजीनामा नगरेसम्म आन्दोलन जारी राख्ने र शुक्रबार आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको पनि प्रदर्शनकारी संगठनहरुले जनाएका छन्।

काठमाडौँ उपत्यकाको फोहोर वर्गीकरण नगरे ५०० जरिवाना

काठमाडौं महानगरपालिकाले श्रावण १ गतेदेखि कुहिने र नकुहिने फोहोर वर्गीकरण नगरी एकै ठाउँमा मिसाएमा कारबाही गर्ने भएको छ ।महानगरपालिकाले फोहोर वर्गीकरण नगरी कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउने काठमाडौँवासीलाई श्रावण १ गतेदेखि ५०० रुपैयाँ जरिवाना गर्ने जनाएको छ।

काठमाडौँ महानगरले यसघि सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय बासिन्दासंग स्रोतमै फोहोरको वर्गीकरण गर्नेगरि असार मसान्तसम्मको लागि मात्र यथास्थितिमा फोहोर फाल्न दिने सहमति गरेको थियो। तर श्रावण १ गते देखि स्रोतमा वर्गीकरण नगरिएका फोहोर आएमा ल्यान्डफिल साइटका बासिन्दाले फोहोर फाल्न रोक्ने चेतावनी समेत दिएका छन्।

महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) र फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) को प्रावधानमा रहेर स्रोतमै फोहोर वर्गीकरण नगर्नेलाई कारवाही गर्न सकिने महानगरले जनाएको छ।

विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोगका लागि तालिबानको आग्रह

पश्चिमी समर्थित सरकारको पतन पछि सत्तामा पुगेको तालिवानले अफगानिस्तानमा गएको विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ।

तालिबानका एक वरिष्ठ अधिकारी अब्दुल काहर बल्खीले,अफगानिस्तान मानवीय र आर्थिक संकटको बीचमा रहेको र सरकार आवश्यकता अनुसार जनतालाई आर्थिक रूपमा सहयोग गर्न असमर्थ भएकोले अन्तराष्ट्रिय सहयोगको लागि अपिल गरेका छन्।

भूकम्पको कारण हालसम्म त्यहाँ १,००० भन्दा बढीको मृत्यु भएको र १,५०० भन्दा बढी मानिस घाइते भएका छन्। घर र भौतिक संरचनाहरु ध्वस्त भएका छन्। भारी वर्षा र स्रोतको अभावका कारण उद्धार कार्यमा बाधा पुगेको छ ।उद्धारकर्ताहरूका अनुसार मृतकको संख्या थप बढ्ने सक्ने अनुमान गरिएको छ।

खोस्ट सहरबाट ४४ किलोमिटर टाढा गएको भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो।

नागरिकता विधेयक अगाडि बढाउन प्रधानमन्त्रीको प्रस्ताव

सत्तारुढ गठबन्धनको आजको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले संसदमा विचाराधीन रहेको नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ ।

प्रधानमन्त्री देउवाको प्रस्तावलाई समर्थन गर्दै बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदीय प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले,बैठकमा नागरिकता विधेयकलाई अघि बढाउने र शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडै निष्कर्षमा पुर्‍याउने बारेमा छलफल केन्द्रित भएको जानकारी दिनुभएको छ।

खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन

स्थानीय तह निर्वाचनका उम्मेदवारले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न निर्वाचन आयोगले सम्बन्धित सबै निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोग ऐन २०७३,स्थानीय तह निर्वाचन ऐन २०७३ र स्थानीय तह निर्वाचन नियमावली २०७३ अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयहरुमा खर्च विवरण बुझाउनु पर्ने व्यवस्था रहेको र सो व्यवस्था अनुरुप उम्मेदवारहरुले खर्चको विवरण बुझाए नबुझाएको यकिन गरि, विवरण नबुझाउने उम्मेदवारलाई आवश्यक कारवाहीको लागि सिफारिस सहित आयोगमा पठाउन निर्वाचन आयोगले सम्बन्धित सबै निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ।

nirwachan aayog suchana

चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जना पक्राउ

काठमाडौं, लागूऔषध दूर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौं तारकेश्‍वर नगरपालिका-५ लोलाङस्थित गंगाजमुना फार्मेसी संचालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका-१ स्थायी वतन भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्‍वर नगरपालिका-५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार रहेका छन् ।

गंगाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधिहरु वेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै फार्मेसीबाट स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रमा २ सय ४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको छ ।

नेपाल प्रहरी

क्रसर उद्योगको नयाँ मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

वातावरण कानुन समाजले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले सरकारले हालै जारि गरेको क्रसर उद्योगको नयाँ मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले घनावस्ती र वन क्षेत्रको दुई किलोमिटर र राजमार्गको ५०० मिटर दूरीभित्र क्रसर सञ्चालन गर्न नपाउने व्यवस्था खारेज गर्दै नयाँ मापदण्ड लागु गरेपछि, क्रसर उधोगीलाई फाइदा पुग्ने गरि मापदण्ड संसोधन गरेको भन्दै सरकारको सो निर्णयको चर्को विरोध भएको थियो।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीचको घुस प्रकरण अध्ययन गर्न छानविन समिति गठन

न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको घुस लेनदेनको अडियो सार्वजनिक भएपछी दिउँसो १ बजे बसेको न्यायपरिषदको बैठकले रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।छानविन समिति गठन गरे लगत्तै जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाको जिम्मेवारी पनि खोसिएको छ।

सिभिल सहकारीका पूर्व अध्यक्ष एवं व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउने सवालमा भएको घुस लेनदेनको अडियो सार्वजनिक भएपछी कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले दिउँसो १ बजेको लागि आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका थिए।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाले सार्वजनिक भएको अडियो रेकर्ड र समाचारप्रति ध्यानाकर्षण भएको र आफूले कुनैपनि प्रकारको अनुचित कार्य नगरेको दाबी सहित छानिबनको माग गर्दै,छानविनमा आफ्नो पूर्ण सहयोग रहने बताएका छन्।

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a7%e0%a5%80%e0%a4%b6-%e0%a4%b0-%e0%a4%b5%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a4%ac%e0%a5%80%e0%a4%9a-%e0%a5%a7%e0%a5%a6-%e0%a4%95%e0%a4%b0/

मन्त्रिपरिषद हेरफेर गर्न एकीकृत समाजवादीको दबाव

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पार्टीको निर्णय अनुसार तत्काल मन्त्री हेरफेर गर्नुपर्ने बताएको छ।

आज बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने बताएको छ। मन्त्रिमण्डल हेरफेरकै विषयमा आज प्रधानमन्त्री देउवासंग छलफल गर्ने नेता झलनाथ खनालले बताउनुभएको छ।

एकीकृत समाजवादी पार्टीले यसअघि पनि सरकारमा रहेका आफ्ना मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र उनीहरुको सट्टा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई नयाँ मन्त्रीको रुपमा प्रस्ताव गर्ने निर्णय गरेको थियो।

हैजाको प्रकोप फैलन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह:काठमाडौँका ४ जनामा हैजाको पुष्टि

काठमाडौंका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारैजनाको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिए । उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक–एकजनामा हैजा देखिएको छ । उनले भने, ‘फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुन सक्छ । काठमाडौं हैजाको जोखिममा रहेको देखियो । ’

विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उनले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका बिरामी खोजिरहेको बताए । बागबजारका दुईजना १८ र २३ वर्षीय युवतीमा यही असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एक–एकजनामा मंगलबार देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउन जनस्वास्थ्य अधिकृत रामकृष्ण फुँयालको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरेको छ । महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सनसमेत रहेका फुँयालले फोहोरको प्रकोप बढेर खानेपानीका प्रदूषण भएर हैजा रोग देखिएको बताए । उनले बागबजारको पानीको तीनवटा नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिए ।

उनका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र ट्युबवेलको पानीको नमुना परीक्षण गरिएको छ । उनले पानीको कारणले हैजा भएको आफूले शंका गरे पनि परीक्षणको रिपाेर्ट नआएकन केही भन्न नसकिने बताए । उनले बागबजारका दुईजना युवतीले जार र धाराको पानी नउमालीकन खाने गरेको पाइएको बताए । असार २ गते चटपटे खाएपछि ती युवतीलाई उल्टी गर्नुको साथै पखाला लागेको थियो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने हुँदा सबैलाई सजग र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ । मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुन अनुरोध गरिएको छ । रासस

बरु जेल हालोस तर इम्बोस्ड नम्बर प्लेट हाल्दिन:भिम रावल

नेकपा एमालेका सांसद भीम रावलले बरु सरकारले आफुलाई जेल हालोस तर आफ्नो सवारीमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताउनुभएको छ ।

संसदको राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्ने क्रममा नेता रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताउनुभएको हो। नेपालको संबिधान विपरित अंग्रेजीमा नम्बर प्लेट राख्ने चलखेल गरेको र आर्थिक अनियमितता गरेर बढी शुल्कमा इम्बोस्ड नम्बर प्लेट वितरण गरिएको भन्दै नेता रावलले सरकारको आलोचना गर्नुभएको छ।

यातायात व्यवस्था विभागले साउन १ देखि इम्बोस्ड प्लेट अनिवार्य जडान नगरे कारबाही गर्ने चेतावनी दिएपछि, सो निर्णयको चर्को विरोध गर्दै संसदमै आवाज उठ्न थालेपछि विभाग आफ्नो निर्णयमा लचिलो बन्दै कारवाही गर्ने र श्रावण १ गतेदेखि अनिवार्य जडान गर्नुपर्ने भन्ने निर्णयबाट पछि हटेको थियो।

अफगानिस्तानमा भुकम्प: २५० जनाको मृत्यु सयौं घाइते

अफगानिस्तानको पक्तिका प्रान्तमा गएको भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। 

भूकम्प दक्षिण पूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा गएको बताइएको छ।  अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भुकम्प करिब ५१ किलोमिटर गहिराइमा रहेको र ६.१ म्याग्निच्युडको रहेको जानकारी प्राप्त भएको छ।  अफगानिस्तान, पाकिस्तान र भारतको ५०० किलोमिटरभन्दा बढी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। भूकम्पले घरहरु ध्वस्त बनाएको छ। क्षतीको पूर्ण विवरण आइनसकेकोले मृत्यु हुने र घाइतेहुनेहरुको संख्या थप बढ्न सक्ने  अनुमान गरिएको छ। 

सरकारी प्रवक्ता बिलाल करीमीले ट्वीट गरेका छन्,”दुर्भाग्यवश, हिजो राति पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प आयो, जसले हाम्रा सयौं देशवासीको ज्यान लियो र घाइते बनायो  र दर्जनौं घरहरू ध्वस्त पारे,”  ।”हामी सबै सहायता एजेन्सीहरूलाई थप प्रकोप रोक्नको लागि तुरुन्तै टोली पठाउन आग्रह गर्दछौं।”

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा स्वस्तिक चिन्हको प्रदर्शन प्रतिबन्ध

भिक्टोरिया राज्यले जारि गरेको नयाँ ऐन अन्तर्गत कसैले स्वस्तिक चिन्हको प्रदर्शन गरेको पाइएमा सो व्यक्तिलाई एक वर्ष जेल वा अस्ट्रेलियन डलर २२ हजार जरिवाना हुनेछ।

नाजी प्रतीकले इतिहासको सबैभन्दा घृणित विचारधाराको महिमा दर्शाउने र विरोध प्रदर्शनको क्रममा यसको सार्वजनिक प्रदर्शनले थप पीडा र विभाजन सिर्जना गर्ने भन्दै स्वस्तिक चिन्ह प्रदर्शनमा प्रतिबन्ध लगाएको भिक्टोरियन महान्यायाधिवक्ता ज्याक्लिन साइम्सले बताएका छन्। तर,हिन्दू, बौद्ध र जैन धर्महरुमा यो एक आस्थाको प्रतिक भएकोले ऐतिहासिक, शैक्षिक र कलात्मकताको सन्दर्भमा स्वस्तिक चिन्हको प्रतीक देखाउन छुट भएको पनि उनले बताएका छन्।

2020 मा, अष्ट्रेलियाको गुप्तचर प्रमुखले पनि नव-नाजीहरूबाट देशको सुरक्षामा वास्तविक खतरा भएको चेतावनी समेत दिएका थिए ।

न्यायाधीश र वकिलबीच १० करोड घुस लेनदेनको अडियो सार्वजनिक

न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच १० करोड रुपैयाँ घुस लेनदेनको अडियो सार्वजनिक भएको छ।

सिभिल सहकारीका पूर्व अध्यक्ष एवं व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउने सवालमा भएको घुस लेनदेनको अडियो सार्वजनिक भएपछी कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले दिउँसो १ बजेको लागि आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका छन् ।
दिउँसो १ बजे बस्ने भनिएको बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने भएको छ ।

जर्मनीले सोभियत संघमाथि आक्रमण गरेको दिनको सम्झनामा मस्कोमा शोक स्मृति दिवस

जर्मनीले विश्वयुद्ध २ मा सोभियत संघमा आक्रमणमा गर्दा ज्यान गुमाएका मृतकहरुको सम्झनामा, रुसले शोक स्मृति दिवस मनाएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकहरूको सम्मान र सम्झनामा फूलहरू अर्पण गर्नुभएको छ।

अपरेशन बारबारोसा अन्तर्गत, जुन २२ १९४१ मा जर्मनीले सोभियत संघमाथि अप्रत्याशित आक्रमण सुरु गरेको थियो। आजकै दिनको सम्झनामा युक्रेन र तत्कालीन सोभियत संघको भाग बेलारुसमा पनि शोक स्मृति दिवस मनाउने गरिन्छ। यधपी आजको रुस युक्रेन द्वन्दकोबीच युक्रेनले शोक स्मृति दिवसलाई विगतका दिनहरुमा जस्तै मनाउला त,भन्ने कुरामा भने कुनै यकिन छैन।

जर्मनीले तत्कालिन समयमा आफ्नो आक्रमणको औचित्य प्रमाणित गर्न, सोभियत सेनाले गिर्जाघर र चिहानहरूमा बम विष्फोट गरिरहेको दाबी गर्न खोजेको देखाउने अभिप्रायका कागजातहरू पनि शोक स्मृति दिवसकै क्रममा रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ।
जर्मनीको तत्कालिन आक्रमणलाई लक्षीत गर्दै, रुसी रक्षा मन्त्रालयले १९४१ मा जस्तै नाजीहरूले हाम्रो राज्यलाई बदनाम गर्न अहिले पनि उत्तेजक स्थितिको सिर्जना गरेको बताएको छ।

२४ घण्टा नबित्दै आफ्नो अडान बाट पछि हट्यो वायुसेवा सञ्चालक संघ

वायुसेवा सञ्चालक संघले ५ बुंदे माग राख्दै आजदेखि नियमित र आकस्मिक तर्फका सम्पूर्ण उडान बन्दे गर्ने चेतावनी दिएको २४ घण्टा नबित्दै आफ्नो अडान बाट पछि हट्न बाध्य भएको छ।

नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालक संघलाई कारवाही गर्ने र उडान अनुमति समेत खारेज गर्ने चेतावनी दिएपछि वायुसेवा सञ्चालक संघ र नागरिक उड्डयन प्राधिकरणबीच हिजो रात अबेरसम्म भएको वार्तामा हवाई सेवा नियमित रुपमा अघि बढाउने सहमति भएको थियो। सहमति अनुसार आज बिहान ११ बजेदेखि नियमित उडान सेवा सुचारु रहनेछ।

त्रिभुवन विमानस्थलमा बढ्दो चापका कारण उडान, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ, नेभिगेसनलगायतका समस्या बढेको भन्दै प्राधिकरणले रातिको समयमा ३८ हेलिकोप्टरमध्ये २१ वटा काठमाडौं र १७ वटा बाहिर तथा ५२ हवाईजहाजमध्ये १७ वटा काठमाडौं र ३५ वटा काठमाडौँ बाहिरका विमानस्थलमा राख्न निर्देशन दिएको थियो । हेलिकोप्टर कम्पनीलाई ७ असार र हवाईजहाज कम्पनीलाई १३ असारदेखि सो नियम लागुहुने गरि प्राधिकरणले उपत्यकाबाहिर १० वटा विमानस्थलमा तयारि समेत अगाडि बढाएको छ।

प्राधिकरणको यहि नियमले असन्तुष्ट बनेको वायुसेवा सञ्चालक संघले ५ बुंदे माग राख्दै आजदेखि नियमित र आकस्मिक तर्फका सम्पूर्ण उडान बन्दे गर्ने चेतावनी दिएको थियो। जब कि अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ दफा (३) को उपदफा (१) अनुसार हवाई सेवालाई अत्यावश्यक सेवामा समावेश गरेर हडताल गर्न निषेध गरेको छ ।

आगामी ३ दिनको देशभरको मौसमी विवरण

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

हाल कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकीका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

२०७९ असार ०८ गते (बुधबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ असार ०९ गते (बिहिबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ ।प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ का एक वा दूई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

२०७९ असार १० गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाकी प्रदेशका कही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, गण्डकी प्रदेश का एक वा दूई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

हवाइ सेवा बन्द गर्न मिल्दैन:नागरिक उड्डयन प्राधिकरण

वायुसेवा सञ्चालक संघ नेपालले ५ बुंदे माग राख्दै भोलिदेखि आकस्मिक र नियमित तर्फका सबै उडान सेवा बन्द गर्ने चेतावनी दिएको केहि घण्टा बित्न नपाउंदै नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गरेर हवाइ सेवा बन्द गर्न नमिल्ने जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणले भने,वायुसेवा सञ्चालक संघले भोलिबाट उडान अवरुद्ध गरे प्राधिकरण हेरेर नबस्ने भन्दै कारवाही गर्ने बताएको छ। जनताले दुख पाउने अवस्थाको सिर्जना भएमा आफुहरु हेरर नबस्ने प्राधिकरणले जानकारी गराएको हो ।

नक्कली लाइसेन्स बनाएको आरोपमा यातायातका तत्कालिन कार्यालय प्रमुख सहित १७ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा यातायात व्यवस्था कार्यालयका तत्कालिन कार्यालय प्रमुख सम्बर बहादुर कार्की र राजुभाइ कुस्मा सहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुना र ललितपुरका १२ जना कर्मचारी र ५ जना विचौलियालाई विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। नवीकरण नगरिएका र स्वत: रद्ध भएका सवारी चालक अनुमति पत्रमा किर्ते गरि गैरकानुनी ढंगले ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर वितरण गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम अदालतमा मुद्दा दायर गरेको हो।

तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्यामसुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठ को विरुद्धमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल ७ विकेटले पराजित

एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत मलेसियाको किनरारा मैदानमा भएको आजको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन जोड्न सफल भएको थियो।
११० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ रङ जोड्दै जित हाँसिल गरेको हो।
आजको खेलमा पराजित भएपनि समूह ‘बी’ अन्तरगत रहेको नेपालले यसअघिको ३ खेलमा ६ अंक जोड्न सफल रहेकोले सेमिफाइनलमा भने आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

भोलिदेखि सबै उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

वायुसेवा सञ्चालक संघले ५ बुँदे माग राख्दै भोलिदेखि देशभरका सम्पूर्ण उडान बन्द गर्ने चेतावनी दिएको छ।

नागरिक उड्डयन प्राधिकरणले सिर्जना गरेको समस्याप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत उदासिन रहेको र यी सबै सिर्जित सम्स्याहरुबिच आफुहरुले सेवा दिन नसक्ने भन्दै वायुसेवा सञ्चालक संघले आफ्नो नियमित र आकस्मिक उद्दार तर्फको सबै उडान सेवा बन्द गर्ने बताएको छ।

संघले, प्राधिकरणले हालै वृद्धि गरेका सेवा शुल्क,पार्किङ्ग न्याभिगेसन लगायत सम्पूर्ण शुल्क फिर्ता गर्नुपर्ने , विमानस्थलमा दिर्घकालिन हेलिप्याड र ह्यांगर लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने,अपरेसन बेसका प्रावधानहरु खारेज गरि हालसम्म भैरहेकै व्यवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विना अवरोध सबै सेवाहरु संचालन गर्न पाउनुपर्ने लगायतका माग राखेको छ।

release1 2162022102501 1000x0 1
release 2162022102511 1000x0 1

सञ्चारकर्मी रवि लामिछानेको “राष्ट्रिय स्वतन्त्र पार्टी “

केहिदिन अघि सामाजिक सञ्जालमार्फत आफुले सञ्चार कर्म छोडेर राजनीतिमा लाग्ने घोषणा गर्नुभएका चर्चित सञ्चारकर्मी रवि लामिछानेले आज एक औपचारिक कार्यक्रमकाबिच राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको छ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सञ्चारकर्मी लामिछानेले आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको र अहिले भएका कुनै पनि राजनीतिक दलमा नलाग्ने बताउंदै नयाँ पार्टी “राष्ट्रिय स्वतन्त्र पार्टी ” घोषणा गर्नुभएको हो।

सञ्चारकर्मी लामिछानेले आफु ठुला ठुला कुरा नभई, आम मान्छेको ससाना समस्या समाधानका लागि राजनीतिमा आएको पनि बताउनुभएको छ।

सञ्चारकर्मी लामिछानेले अहिलेका राजनीतिक दल र तिनका नेताहरुले नागरिकको जनमत गुमाउँदा पनि गठबन्धन गरेर सत्तामा बसिरहने प्रपञ्च गरिरहेको आरोप समेत लगाउनुभएको छ।

अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने सरकारको निर्णय

सरकारले अमेरिकी सैन्य रणनीति अन्तर्गतको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल सहभागी नहुने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले नेपाल एसपीपीमा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई पत्र लेख्ने निर्णय गरेको छ ।सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदहरुले नै विरोध गरेपछि, यसघि गृहमन्त्री, परराष्ट्रमन्त्री र सेना प्रमुखले नै नेपाल अमेरिकी सैन्य रणनीति अन्तर्गतको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुनेछैन भनेर स्पष्टीकरण दिएका थिए ।

प्रधानसेनापति र प्रधानमन्त्रीको अमेरिका भ्रमणको चर्चा चलिरहेका बेला अमेरिकी सैन्य रणनीति अन्तर्गत स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को १० बुंदे सम्झौता सार्वजनिक भएपछी, सो सम्झौता नेपालको असंलग्न परराष्ट्र नीति विपरित भएको भन्दै सरकारको चर्को आलोचना समेत भएको थियो।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने एमालेको माग: संसदमा सभामुखको रुलिङ

आयल निगमले गए राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि,सरकारले यसको जवाफ दिनुपर्ने भन्दै एमाले सांसदहरुले संसद अवरोध गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ माग्दै संसद अवरोध गरेपछि, सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। सभामुख सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनसमक्ष सरकारलाई सत्य तथ्य पेश गर्न निर्देश दिनुभएको छ।

आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध देशभरका विभिन्न शहरहरुमा प्रदर्शन सुरु भएको छ।

आकाशिएको इन्धनको मूल्यसंगै सार्वजनिक यातायातको भाडा वृद्धि

नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागु हुने गरि इन्धनको मूल्य बढायसंगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले वृद्धि भएको छ ।

इन्धनको मूल्यमा आउने परिवर्तनसंगै स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्था अनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ७.७ प्रतिशतसम्म भाडा बढाएको छ ।

त्यसैगरी अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा वृद्धि भएको छ भने , पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत वृद्धि भएको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ ।

नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गतको तेश्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै नेपालले जित हाँसिल गरेको छ।

किनरारा एकेडेमी ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रनमा समेटिएको थियो। १५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाउँदै जित हाँसिल गरेको थियो।
समूह चरणको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको नेपालले दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो।

यो जितसँगै समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै नेपाल प्रतियोगिताको शीर्षस्थानमा उक्लिँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

इन्धनको मुल्यमा उच्च वृद्धि :पेट्रोल प्रतिलिटर १९९ र डिजेल प्रतिलिटर १९२

नेपाल आयल निगमले आइतबार रातको १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य पुन वृद्धी गरेको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।निगमले जारि गरेको नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर रु. १९९ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर रु. १९२ पर्नेछ।

त्यसैगरी निगमले हवाई इन्धनमा आन्तरिक तर्फ १९ रुपैयाँ र बाह्यतर्फ १०० अमेरिकी डलरले मूल्यवृद्धि गरेको छ ।खाना पकाउने ग्याँसको मूल्य भने यथावत रहेको छ।

मूल्य वृद्धि पश्चात पनि निगमलाई मासिक करिब ४ अर्ब ७० करोड घाटा हुने निगमले जनाएको छ।

aayal nigam

काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा के छ ?

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

महानगरले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रमकै आधारमा आगामी आर्थिक वर्षका लागी असार १० गते बजेट प्रस्तुत गर्ने तयारि गरेको छ।

महानगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रमामा दरबार हाइस्कुललाई देशकै नमुना विद्यालय बनाउने ,अनौपचारिक शिक्षा र सिप विकासका कार्यक्रमहरु अघि बढाउने,महानगर जनस्वास्थ्य ऐन जारि गर्ने,जेष्ठ नागरिकको स्वास्थ्य तथा सुबिधा लगायतका विषयवस्तु समेटिएको छ। त्यसैगरी काठमाडौँको पुरातात्विक सम्पदाको संरक्षण गर्ने, पूर्वाधार एम्बुलेन्स सञ्चालनलाई विस्तार गर्ने लगायतका विषयहरु पनि महानगरको नीति तथा कार्यक्रममा समेटिएको छ।

नीति तथा कार्यक्रममा के छ ? पूर्णपाठ :

नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर जग्गा किर्ते गरी बिक्री गर्ने गिरोह पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जग्गा किर्ते गरी बिक्री गर्ने गिरोहको पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

ठगि कार्यमा संलग्न उक्त गिरोहले जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गरेको खुलेको छ ।

पक्राउ पर्नेमा दार्चुला घर भइ हाल काठमाडौंको टोखा नगरपालिका– बस्ने वर्ष ५६ को महावीर चन्द (नक्कली तारानिधी लोहनी), सिन्धुपाल्चोकको थकनी गाविस–३, हाल मेलम्ची नगरपालिका–४ घर भई हाल ललितपुर सुनाकोटी बस्ने वर्ष ४१ को गणेश बहादुर खनाल, सोलुखुम्बुको साविक नेले गाविस–४ हाल परिवर्तित थुलुङ दुधकोशी गाउँपालिका–१ घर भइ बूढानीलकण्ठ–२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्की, नुवाकोटको साविक दाङसिङ गाविस–८ हाल परिवर्तित तारकेश्वर गाउँपालिका–१ घर भइ हाल काठमाडौं बनस्थली बोहराटार बस्ने वर्ष ४६ को प्रेम प्रसाद खनाल र काठमाडौंको साविक काभ्रेस्थली गाविस–२,घर भइ हाल बनस्थली बस्ने ममता भन्ने वर्ष ५८ की डासी माया श्रेष्ठ रहेका छन्।

संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित

संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ।

अमेरिकी सैन्य योजना स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न बोलाइएको बैठकमा प्रधानमन्त्री देउवा आउन नभ्याउने भनी प्रधानमत्रीको सचिवालयले जानकारी गराएको थियो।
यता समितिको बैठकमा प्रधानमन्त्री देउवाको उपस्थिति नदेखेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि समितिको बैठक सुरु नहुँदै बैठकबाट बाहिरिनुभएको छ।

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

काठमाडौं महानगरपालिकाको आज दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को लागि बजेट तर्जुमा गर्न महानगरले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बिहान महानगरले कार्यपालिकाको बैठक समेत सम्पन्न गरेको छ।

स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका बालेन्द्र साहको नेतृत्वमा आउन लागेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सबैको चासोको विषय बनेको छ। यो बिचमा स्वतन्त्र रुपमा मेयर जितेर अल्पमतमा रहेका शाहलाई नीति तथा कार्यक्रम पास गराउन राजनीतिक दलबाट चुनिएर आएका जनप्रतिनिधिहरुले अवरोध गर्छन या समर्थन गर्नेछन भन्ने पनि आम चासोको विषय बनेको छ।

अमेरिकालाई एसपीपी अस्वीकारको पत्र पठाउन र  श्वेतपत्र जारी गर्न प्रधानमन्त्रीलाई सुझाव

अमेरिकी सैन्य योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी)बारे स्पष्ट संदेश दिनको लागि एसपिपी अस्वीकारको पत्र अमेरिकालाई पठाउन र श्वेतपत्र जारी गर्न सत्तारुढ दल माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले  प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन्। 

जनतामा गलत सन्देश प्रवाह भैरहेको भन्दै   विकसित घटनाक्रमहरुलाई सम्बोधन गर्ने गरि अमेरिका भ्रमणमा जानुपूर्व नै प्रधानमन्त्रीले  एसपिपी अस्वीकारको पत्र अमेरिकालाई पठाउनुपर्ने  र श्वेतपत्र जारी गर्नुपर्ने सत्तारुढ दलकाशिर्ष  नेताहरुले बताएका छन्। 

यता,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने विकसित घटनाक्रमहरुबारे  छलफल गरेर जनतामाझ सत्य–तथ्य प्रस्तुत गरिने बताउनुभएको छ। 

भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालले रोक्यो स्वास्थ्य बिमा कार्यक्रम

स्वास्थ्य बिमा कार्यक्रमको आठ करोडभन्दा बढी रकम भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालले अनिश्चितकालका स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ ।

स्वास्थ्य बिमा बोर्डले बिमितको उपचारबापतको करिब आठ करोड रकम उपलब्ध नगराएको भन्दै शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगन गरेको छ। बोर्डले रकम भुक्तानी नगर्दा औषधि खरिद गर्न, उपकरण मर्मतसम्भार गर्न र कर्मचारीको सेवा–सुविधामा समस्या आएको भन्दै दैनिक करिब चार सय विरामीको उपचारमा प्रभाव पर्नेगरी अस्पतालले स्वास्थ्य विमा कार्यक्रम स्थगित गर्नुपरेको बताएको छ।

यता स्वास्थ्य बिमा बोर्डले भने सरकारबाट पैसा नआएको भन्दै रकम भुक्तानी हुन नसकेको बताएको छ। स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार हाल देशभर ४४० स्वास्थ्य संस्थाले बिमा कार्यक्रम लागू गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै संसद अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै संसद अवरोध गरेको छ।

बजेटमाथि उठेका प्रश्नको जवाफका लागि अर्थमन्त्री शर्मा रोस्टममा उक्लिएपछि एमालेका सांसदहरुले उठेर अवरोध गरेका छन्। विचौलियाको बिचमा बसेर बजेट तय गरेकोले शर्माको जवाफ आफुहरुलाई नचाहिने भन्दै संसदको बैठकबाट अर्थमन्त्रीको कार्यसूची नहटेसम्म संसद अवरोध गर्ने नेकपा एमालेले जनाएको छ।

यसअघि पनि बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग सहित प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक अवरुद्ध गरेको थियो ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौताका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्दै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीचको मर्जर सम्झौतालाई अगाडि बढाएका छन्।

सम्झौताअनुसार मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बीओके बैंक लिमिडेट रहने बताइएको छ । हालको लागि १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएपनि यसबारेमा थप अध्ययन र छलफल हुने पनि बताइएको छ। मर्जरपछि बन्ने ग्लोबल आईएमई बीओके बैंकको अध्यक्ष र सीईओ भने ग्लोबल आईएमई बैंककै रहनेगरि प्रारम्भिक सम्झौता भएको छ ।

मर्जरपछि बैंकको कूल पूँजी रु. ५२.२९ अर्ब र चुक्ता पूँजी रु. ३४.४१ अर्ब हुनेछ।
चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले ग्लोबल आईएमई बीओके बैंक नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।

स्टेट पार्टनरसिप प्रोग्राम सम्बन्धी कुनै सम्झौता गरेको छैनौँ :नेपाली सेना

नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै सम्झौता नगरेको जानकारी गराएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति सार्वजनिक गर्दै एसपीपीबारे सञ्चार माध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिमा नेपालि सेनाले एसपीपी सम्बन्धि कुनै पनि सम्झौता वा समझदारी अमेरिकी सेना वा अमेरिकी सरकार कसैसंग पनि नगरेको र आगामी दिनमा पनि त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको उल्लेख गरिएको छ।

साथै ,नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक समझदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुनेमा सेना सदैव प्रष्ट र सचेत रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

यता अमेरिकी दुतावासले भने सन् २०१५ र सन् २०१७ मा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रिले एसपीपी मा सहभागी हुन दुई पटक निवेदन दिएको र २०१९ मा उक्त प्रस्ताव स्वीकार गरिएको बताएको छ।

Nepal Army 3mCecH83tp
https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%9f-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%a8%e0%a4%b0%e0%a4%b8%e0%a4%bf%e0%a4%aa-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%97%e0%a4%be%e0%a4%ae/
https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%80-%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/

स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) स्वीकृत भैसक्यो

नेपालस्थित अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी हुने नेपालको प्रस्ताव अमेरिकाले स्वीकृत गरिसकेको बताएको छ।

बुधबार पत्रकारहरुसँग कुरा गर्दै नेपालस्थित अमेरिकी दूतावासका सहायक राजदूत म्यानुअल पी मिकलरले, नेपालले सन् २०१५ र २०१७ मा गरी दुईपटक एसपीपीमा सहभागिताका लागि पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरिसकेको जानकारी दिएका हुन्।

अमेरिकी दूतावासले एसपीपीमा सहभागी हुनका लागि कुनै सम्झौता पत्र आवश्यक नपर्ने पनि बताएको छ। नेपाली सेनाका तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर सन् २०१५ र २०१७ मा गरी दुई पटक निवेदन दिएको पनि दुतावासले जानकारी दिएको छ । उक्त निवेदन बोधार्थ रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई समेत बुझाइएको बताउंदै , २०१९ मा नै अमेरिकाले उक्त प्रस्ताव स्वीकृत गरेर इन्डो प्यासेफक स्ट्राटेजीको प्रतिवेदनमा समेत समेटेको जनाएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%80-%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/

लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत चालू खर्चतर्फ १३ अर्ब ३२ करोड अर्थात ३१.२६ प्रतिशत र पुँजीगत खर्च २४ अर्ब ४७ करोड अर्थात ५७.५१ प्रतिशत रकम विनियोजन गरिएको छ । वित्तिय हस्तान्तरणतर्फ भने ४ अर्ब ८३ करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले आन्तरिक राजस्वबाट ३ अर्ब १० करोड, राजस्व बाँडफाँडबाट १५ अर्ब ३५ करोड र रोयल्टीबाट ७० करोड संकलन हुने अनुमान गरेको छ भने
संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान ८ अर्ब ५४ करोड, सशर्त अनुदानबाट ८ अर्ब ७१ करोड, समपूरक अनुदानबाट ७३ करोड र विशेषअनुदानबाट ४८ करोड खर्च व्यहोर्ने अनुमान गरेको छ।

सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३६ अर्ब ७४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत चालु खर्चतर्फ १२ अर्ब २९ करोड अर्थात ३३.४६ प्रतिशत र पुँजीगत खर्चतर्फ २४ अर्ब १४ करोड ४७ लाख अर्थात ६५.७४ प्रतिशत रकम विनियोजन गरिएको छ । वित्तिय हस्तान्तरणतर्फ भने एक अर्ब ३६ करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले आन्तरिक राजश्वबाट २ अर्ब, चालु आर्थिक बर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ७ अर्ब, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब ६० करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब २० करोड, सशर्त अनुदानबाट ६ अर्ब र संघीय रोयल्टीबाट ४ करोड २८ लाख खर्च व्यहोर्ने अनुमान गरेको छ।

प्रदेश १ सरकारको बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्तातर्फ २ अर्ब रहेको छ।
प्रदेश सरकारले सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख खर्च व्योहोर्ने जनाएको छ।
बजेटको पूर्णपाठ :

बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ७० अर्ब ९३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामाी आर्थिक वर्षको लागि १३ अर्ब बढी रकमको बजेट विनियोजन गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत चालूतर्फ १९ अर्ब २ करोड १४ लाख रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख र वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटको पूर्णपाठ :

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ

आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत चालूतर्फ ९ अर्ब १६ करोड ९९ लाख तथा पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार विनियोजन गरिएको छ।
बजेटको पूर्णपाठ :

गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ

अर्थमन्त्री रामजी प्रसाद बरालले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत
चालुतर्फ १३ अर्ब २६ करोड अर्थात ३६ प्रतिशत र पुँजीगततर्फ २२ अर्ब १४ करोड आर्थत ६१ प्रतिशत विनियोजन गरिएको छ। वितीय व्यवस्थापनतर्फ भने ५० करोड अर्थात् १.३९ प्रतिशत रकम विनियोजन गरिएको छ।

मधेश प्रदेशको बजेट ४६ अर्ब ८८ करोड


मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ

अर्थमन्त्री शैलेन्द्र साहले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६.४४ प्रतिशत र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ (५३.२१) प्रतिशत विनियोजन गरिएको छ। वितीय व्यवस्थापनतर्फ भने १६ करोड २४ लाख ५६ हजार २०० (०.३५ प्रतिशत) रकम विनियोजन गरिएको छ।

राष्ट्रिय हितविपरीतका कुनै पनि विषयमा सम्झौता नगर्ने :प्रधानमन्त्री देउवा

अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सरकार सकारात्मक रहेको समाचारहरु सार्वजनिक भएपछी प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय हितविपरित कुनै पनि सम्झौता नगर्ने बताउनुभएको छ।

अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सरकार सकारात्मक रहेको भन्ने कुराप्रति नागरिक स्तरबाटै सरकारको चर्को आलोचना भएपछी सत्ता गठबन्धनका शीर्ष नेताहरुसंगको छलफलमा प्रधानमन्त्री देउवाले राष्ट्रिय हितविपरित कुनै पनि सम्झौता नगर्ने आश्वाशन दिनुभएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी सो छलफलमा आफुले कुनै पनि सम्झौतामा हस्ताक्षर गर्ने कुराको तयारि नगरेको बताउनुभएको हो।

गत साता नेपाल भ्रमणमा रहेका अमेरिकी सेना प्यासिफिक कमान्डका कमान्डीङ्ग जनरल चार्ल्स ए फ्लिनले उच्चस्तरीय कुटनीतिक भेटवार्ताका क्रममा अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर गर्नुपर्ने र प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको क्रममा सो विषय टुंगो लगाउने कुराको चर्चाले सरकारको आलोचना समेत भएको थियो।

आजदेखि मतदाता नामावली संकलन सुरु

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली सङ्कलन कार्य सुरु गर्दैछ ।

निर्वाचन आयोगले ७७ वटै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्य सुरु गरिने जनाएको छ।

यो अवधिमा आफ्नो मतदाता नामावलीमा कुनै त्रुटी भएको खण्डमा सच्याउन सकिने र आफुलाई पायक पर्ने स्थानमा मतदाता नामावली स्थानान्तरण गर्न सकिने पनि आयोगले बताएको छ। काम वा अन्य कुनै कारण आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरुले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने आयोगले जनाएको छ।

आगामी ३ दिनको देशभरको मौसमी विवरण

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश का थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

२०७९ असार ०१ गते (बुधबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ असार ०२ गते (विहीबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , मधेश प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ असार ०३ गते (शुक्रबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही लुम्बिनी प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसद अवरुद्ध

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने विषयमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै सो विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग सहित प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभाको आजको संसद बैठक अवरुद्ध गरेको छ ।

अर्थमन्त्री शर्माले भने,बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित रहेको भन्दै समाचार आएका विषयको खण्डन गर्नुभएको थियो। अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयका सचिव र राजस्व सचिव नेतृत्वका समितिले नै बजेट तर्जुमा गरेको र आफुले पनि प्राप्त जिम्मेवारीअनुसार काम गरेको भन्दै स्पष्टिकरण दिनुभएको थियो।

यता एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने,अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिनुभएको छ।

बुधबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित

बुधबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

संसद सचिवालयले राष्ट्रियसभाको बैठक असार २ गते १ बजे सम्मको लागि सारिएको जनाएको छ ।यसअघि बैठक असार १ गते बस्ने भनिएको थियो ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा बैठक सारिएको व्यहोरा उल्लेख गरिएको छ।

Rastriya sbha Release5

गोलाप्रथाबाट जिसस चितवनको प्रमुखमा एमालेका अधिकारी विजयी

जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायणप्रसाद अधिकारी विजयी हुनुभएको छ।

सत्ता गठबन्धन र एमालेबीच भएको निर्वाचनमा ७/७ मत आएर बराबरी भएपछी अन्तिम नतिजाको लागि गोलाप्रथा गरिएको थियो। गठबन्धनका पूर्णबहादुर रानाभाट र एमालेका नारायणप्रसाद अधिकारीबीच भएको गोलाप्रथाबाट अधिकारी विजयी हुनुभएको हो।

उपप्रमुखमा एमालेको तर्फ़बाट कुनै उम्मेदवारी नपरेपछि गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार कल्पना काफ्ले सापकोटा उपप्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो।

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा


लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका-५ बस्ने एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

स्थानीय बासिन्दाको घरमा छिरेर हातपात गरेको भन्दै स्थानीयले उनलाई कालो मोसो दल्न खोजेपछि प्रहरीले वलीलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

विगतमा पनि राज्यमन्त्री विमला विभिन्न विवादमा पर्दै आएकी छिन् । यसअघि पनि वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफू सँगै रहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछी पुरुषसँगको फोटो जोडजाड पारेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै वलीले आपत्ती जनाएकी थिइन।

त्रिचन्द्र कलेज पुनर्निर्माणको माग गर्दै काठमाडौंमा प्रदर्शन

भूकम्पले क्षतिग्रस्त काठमाडौंको त्रिचन्द्र कलेज पुनर्निर्माणको माग गर्दै कलेजका विद्यार्थीहरु आज कलेज अगाडिको सडकमा प्रदर्शनमा उत्रिएका छन् ।

लामो समयदेखि जीर्ण कलेजको भवन पुनर्निर्माण र स्तरोन्नति हुन नसकेको विरोधमा मंगलबार कलेज अगाडि विद्यार्थीहरु जम्मा भएर सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन्। ठाउँ-ठाउँमा भिउ टावर बनाउन सक्नेले एतिहासिक महत्व बोकेको कलेज जस्तो संवेदनशील क्षेत्रलाई वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले सरकारको आलोचना गरेका छन्।

विद्यार्थीले कलेज अगाडिको सडकमा आधा घण्टासम्म किताब पढेर विरोध गरेका थिए । विरोध प्रदर्शनको क्रममा उनीहरुले ‘त्रिचन्द्र बचाउ, घण्टाघर बचाउ’, ‘इतिहास ढल्दै छ, सरकार मौन’ जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।

trichandra student

आजको मौसम कस्तो रहनेछ ?


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

आज २०७९ जेठ ३१ गते (मंगलबार)को मौसम :

दिउँसो : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली वाँकी भू-भागहरुमा आंशिक देखि मौसम सफा रहनेछ । प्रदेश नं १ का धेरै, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा वाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

अमेरिकी सेना नेपाल भित्र्याउने १० बुंदे (एसपीपी) सम्झौता

प्रधानमन्त्री र प्रधानसेनापतीको अमेरिका भ्रमणबारे केहिदिन यता संसदमा प्रश्न उठिरहेको बेला युएस आर्मी प्यासेफिक कमाण्डका कमान्डीङ्ग जनरल चार्ल्स ए फ्लिनको नेपाल भ्रमणले नेपालको राजनीति झनै तरंगित बनाइदिएको छ। त्यसो त एमसीसी अनुमोदन भए यता अमेरिकी कुटनीतिज्ञहरुको नेपालमा बाक्लो उपस्थिति देखिने गरेको छ। तिब्बती मामिलाको संयोजक उज्रा जेयाको भ्रमणको विवाद नसकिंदै जनरल फ्लिनको भ्रमणले, नेपालले स्वतन्त्र परराष्ट्र नीति बिर्सिएर सैन्य नीति तर्फ अग्रसर भएको देखाउंदैछ भन्ने आवाज संसद भवनभित्रै सुनिन थालेको छ। स्टेट पार्टनरसीप कार्यक्रममा नेपालमा अमेरिकी सेना भित्र्याउने सम्झौता भएको र अमेरिका भ्रमणको क्रममा सरकारले गोप्य रुपमा स्टेट पार्टनरसीप कार्यक्रममा सम्झौता गर्ने तयारि गरेको भन्दै प्रतिपक्षी दलले यसको विरोध गरिरहेको छ।

सन् २०१५ देखि पटक पटक अमेरिकाले स्टेट पार्टनरसीप कार्यक्रममा सभागी हुन नेपाललाई पत्राचार गरेको भएपनि आजको मितिसम्म यसमा कुनै सम्झौता भएको छैन। तर जनरल फ्लिनको भ्रमणमा सरकारले आफु यसप्रति सकारात्मक रहेको भन्ने बताउंदै गर्दा आगामी अमेरिका भ्रमणको क्रममा सरकारले सो सम्झौतामा गोप्य रुपमा सहमति गर्न सक्ने शङ्का गर्दै प्रतिपक्ष दलले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको विषयको आलोचना समेत गरेको छ। अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटीजीको हिस्सा भएको भन्दै प्रतिपक्ष र गठबन्धन दल भित्रकै केहि नेताहरुले यसको विरोध गरेका छन्।

के छ त स्टेट पार्टनरसीप सम्झौतामा ?

कृषकलाई मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना

एमालेले संसदमा दर्ता गराएको रासायनिक मल उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्तावमा बोल्दै एमालेका सांसद नारायणप्रसाद खतिवडाले मल उपलब्ध नभएका कारण गाउँ गाउँमा किसान ठूलो मर्कामा परेको बताउनुभएको छ। सरकारकै कारण किसान कालोबजारीमा मल किन्न बाध्य भएको भन्दै उहाँले कृषिमन्त्री र प्रधानमन्त्रीलाई किसानले रासायनिक मल कहिले पाउँछन भनि प्रश्न समेत गर्नुभएको छ।

त्यस्तै,नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले तत्काल किसानका लागि आवश्यक मलको व्यवस्था गर्न नसके सरकारको औचित्य समाप्त हुने बताउनुभएको छ।

एमालेका सांसद खगराज अधिकारीले पनि भारतबाट ल्याउने भनिएको जीटूजीको मल आइपुग्ने सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ। नेपाललाई वार्षिक १० लाख मेट्रिक टन खाद्यान्न अभाव भएको भन्दै अधिकारीले यस पटकको मल अभावले उत्पादन घट्ने झनै सम्भावना बढेको बताउनुभएको छ ।

सांसद शक्तिबहादुर बस्नेतले मलको समस्या हल गर्न प्रधानमन्त्रीले भारतसँग उच्च राजनीतिक स्तरमा वार्ता गर्नुपर्ने बताउनुभएको छ।

यता नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले भने समयमै मल नआउनुमा वर्तमान सरकार मात्रै नभएर पूर्ववर्ती सरकार पनि दोषी रहेको बताउनुभएको छ।

मल ल्याउने कृषि सामग्री कम्पनीका माथिल्ला कर्मचारीलाई अख्तियारले कारबाही गरेको बताउंदै,‘अख्तियारले मल ल्याउने कर्मचारी समाउनु भनेको पहिलेको सरकारको पालामा यहाँ समस्या थियो भन्ने हो नि,’ ‘भन्दै सांसद विश्वकर्माले सरकारको बचाउ गर्नुभएको छ।

स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी: भिम रावल

प्रमुख प्रतिपक्षी एमालेका सांसद डा. भीम रावलले सरकारले अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी गरिरहेको आरोप लगाउनुभएको छ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता रावलले सरकारले नेपालको असंग्लन परराष्ट्र नीतिलाई उल्लंघन गरेको बताउनुभएको छ। परराष्ट्र मन्त्रालयले तय गर्नुपर्ने प्रधानमन्त्रीको भ्रमण रक्षा मन्त्रालयले गरेको भन्दै,प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन समेत उहाँले माग गर्नुभएको छ।

सांसद रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको समेत दावी गर्नुभएको छ।

नेकपा एमालेको सचिवालय बैठक सुरु

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

केहीबेर अघि मात्र पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ । बैठकमा आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावको कार्ययोजनाको विषयमा पनि छलफल गरिनेछ।

त्यस्तै स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिने विषयमा पनि छलफल हुने बताइएको छ।

अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउन पार्टीभित्रै आन्तरिक छलफल

अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउने विषयमा नेकपा माओवादी केन्द्रभित्रै आन्तरिक छलफल सुरु भएको छ।

पटक पटक विवादमा तानिएका अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउने विषयमा अहिले माओवादी केन्द्रका प्रतिनिधिहरु आन्तरिक छलफलमा जुटेका छन्। अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर माओवादी केन्द्रनै विवादमा तानिने र पार्टीको छवि बिग्रने अवस्थामा पुगेपछि अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई निजि निवास खुमलटार बोलाएर करिब २ घण्टा भन्दा बढी समय यस विषयमा छलफल गरिएको जानकारी प्राप्त भएको छ।

त्यसो त गर्भर्नर निलम्बन प्रकरण र आफ्ना विवादित अभिव्यक्तीका कारण पटक पटक आलोचित बन्दै आएका शर्मालाई यस अघि पनि हटाउनुपर्ने माग उठेको थियो। तर बजेट सार्वजनिक गर्ने समयमा अर्थमन्त्री हटाउँदा यसले नराम्रो संदेश जाने भन्दै यो विषय यतिकै ओझेलमा पर्यो। तर पछिलो समय सिमित व्यक्ति र संस्थालाई लाभ पुग्ने गरि बजेट तयार गरिएको विषयलाई लिएर सरकारको आलोचना सुरु भएपछी अहिले उनलाई हटाउनेबारे आन्तरिक छलफल सुरु भएको हो।

इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरेको छ।

इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको सहमति भएसँगै दुवै बैंकको सेयर कारोबार रोक्का भएको छ । यसघिनै मर्जर प्रयोजनका लागि दुवै बैंकले आफ्नो सेयर कारोबार रोक्का गरी त्यसको जानकारी गराउन नेप्सेलाई पत्राचार गरेका थिए।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि सो बैंक नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ । असोजको अन्तिमसम्म एकीकृत रुपमा कारोबार सुरु गर्ने गरि मर्जरको कामलाई अगाडि बढाइएको छ।

संसद बैठक स्थगित गर्न एमालेको प्रस्ताव

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद स्थगनको प्रस्ताव दर्ता गराएको छ ।

संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्ने माग सहित नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई सहित एमालेका अन्य १५ जना सांसदहरुले संसद स्थगनको प्रस्ताव दर्ता गराएका हुन्।

किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले संसद सचिवालयमा बुझाएको उक्त प्रस्तावमाथि संसदमा छलफल हुने भएको छ ।

uml 1362022072622 1000x0 1
नेकपा एमालेले दर्ता गराएको संसद स्थगनको प्रस्ताव
parliament d 1362022072736 1000x0 1
संसदको कार्यसूचीमा समेटिएको एमालेको प्रस्ताव सहितको कार्यसूची

प्रशारण लाइनको तारमा चढेका विकलाई हेलिकप्टरबाट उद्धार गर्न मन्त्रीको आग्रह

शनिबार दिउँसो ककनी गाउँपालिका– ७ अन्तर्गत पर्ने त्रिशुली मातातीर्थ प्रशारण लाइनको तारमा चढेका नुवाकोट बेलकोटगढी नगरपालिका–१२ का माइला विकलाई उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गर्नुभएको छ।

माइला विक प्रशारण लाइनमा चढेपछि प्राधिकरणले त्रिशुली थ्री ए र नजिकका अरु विधुत गृहबाट उत्पादन बन्द गर्दै सो प्रशारण लाइनमा विधुत प्रवाह रोकेको थियो ।

प्रहरी र स्थानीय वासिन्दाले प्रयास गर्दा पनि उनी तल ओर्लन नमानेपछि हेलिकप्टरबाट भएपनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई निर्देशन दिइएको हो।

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन माग


प्रतिनिधिसभाको बैठकमा एमाले सांसद सूर्यप्रसाद पाठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको विषय सदनमा जानकारी गराउन माग गर्नुभएको छ।

पाठकले,प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणले नेपाल कतै इन्डो प्यासिफिक स्ट्र्याटीजीमा सहभागी हुन लागेको हो कि भन्ने आशंका भएको समेत बताउनुभएको छ।

सत्ताधारी दलका प्रमुख सचेतकले राष्ट्रिय सुरक्षा संवेदनशिलताका सम्बन्धमा राखेको अभिव्यक्तीले राष्ट्रिय स्वाधिनता, सार्वभौकिमता र भौगोलिक अखण्डताको विषयमा चिन्तित बनाएको भन्दै पाठकले, यस विषयमा प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन सभामुखले रुलिङ गर्नुपर्ने माग गर्नुभएको हो।

त्यसो त माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पनि प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण स्थगित गर्न माग गर्नुभएको थियो। गुरुङले अहिलेको परराष्ट्र नीति सैन्य नीतिमा गइरहेको समेत टिप्पणी गर्नुभएको थियो।

३६४ मेगावाट विधुत भारत निर्यात

नेपाल विधुत प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको करिब १ सातापछि आजबाट ३६४ मेगावाट विधुत भारत निर्यात भएको छ।

३६४ मेगावाटसम्म मात्र बिजुली निर्यातको अनुमति पाएको प्राधिकरणले यसघि त्रिशुली जलविधुत आयोजनाको २३ , देवीघाट जलविधुत आयोजनाको १४.३९ , कालिगण्डकी जलविधुत आयोजनाको १४० , मर्स्याङ्दी जलविधुत आयोजनाको ६७ र मध्यमर्स्याङ्दी जलविधुत आयोजनाको ६८ मेगावाट बिजुली भारतीय बजारमा निर्यात गरिरहेको थियो। शुक्रबारबाट निजी क्षेत्र अन्तर्गत ग्रिन भेन्चर्सकोे लिखु-४बाट उत्पादित ५१ मेगावाट विधुत पनि थपिएसंगै नेपालले सम्झौता अनुरुपको पूर्ण क्षमतामा बिजुली निर्यात गरेको छ।

वर्षायाममा बढी भएको विधुत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।

भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ९६ वटा ब्लकमा बिजुलीको मूल्य बोलकबोलमा बिक्री हुन्छ । भारत सरकारले ती ब्लकमा अधिकतम् भारु १२ रुपैयाँसम्ममा किनबेच गर्न पाउने व्यवस्था छ । प्रत्येक ब्लकमा माग र आपूर्तिको दर अनुसार मूल्य फरक–फरक तय हुनेछ ।

माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले ०७८ चैत २१ गते सञ्चालन गरेको माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले जारी गरेको सूचना अनुसार लिखित परीक्षाको नतिजामा नाम निकाल्न सफल भएकाहरुको अन्तर्वार्ता असार २१ गते हुनेछ ।

आईसीसी क्रिकेट (लिग टू)मा नेपाल पराजित

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ ।

अमेरिकाको पर्ल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभर खेल्दै ८ विकेटको क्षतीमा २११ रन जोड्न सफल भएको थियो। २१२ रनको लक्ष्य पछ्याएको नेपाल १९८ रनमा नै अलआउट हुन पुगेको थियो ।

नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले शनिवार घरेलु टोली अमेरिकासँग प्रतिष्पर्धा गर्नेछ ।

उपत्यकाको फोहोर उठाउन १८ बुँदे सहमति

काठमाडौं महानगरपालिका र सिसडोल तथा बन्चरे डाँडाका स्थानीयबीच शुक्रबार मध्यराति फोहोर व्यवस्थापन सम्बन्धि विषयमा १८ बुंदे सहमति भएको छ।

गएराती भएको सहमति लगत्तै उपत्यकाको फोहोर उठ्ने भएको छ।
ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र महानगरबीचको सहमतिअनुसार आगामी दिनबाट फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । स्थानीयवासीका लागि महानगरले प्रभावित स्थानीयलाई क्षतिपुर्ती दिनुपर्ने, नियमित बजेट छुट्टाउनुपर्ने देखि पूर्वाधार निर्माणसम्मको सहमति भएको छ ।

महानगरपालिका र स्थानीय बासिन्दाबीच भएको सहमति अनुसार तीन महिनाभित्र ल्यान्डफिल साइट पुग्ने सडक खण्डको निर्माण तथा आवश्यक बत्ती लगायतका पूर्वाधार निर्माण गरिने जनाइएको छ।

fohor 1062022024534 1000x
fohor2 1062022024651 1000x0 1

आयल निगमले फेरी बढायो इन्धनको मूल्य

पूर्वाधार कर समायोजन गर्ने निर्णय गर्दै सरकारले प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ ।
पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगमको सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो ।

अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ ।मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजेलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमको दाबी छ ।

oil price

थाइल्याण्डमा गाँजा तथा भाङ उत्पादनलाई कानुनी मान्यता

थाइल्याण्ड ,गाँजा तथा भाङ उत्पादनलाई कानुनी मान्यता दिने एसियाकै पहिलो देश बनेको छ।

थाई स्वास्थ्य मन्त्री अनुटिन चार्नविराकुलले अर्थतन्त्रलाई बढावा दिने अपेक्षा अनुरुप गाँजा तथा भाङ उत्पादनलाई कानुनी मान्यता दिएको बताएका छन् । यधपी मनोरञ्जनका लागि नशाको रुपमा प्रयोग भने गैरकानूनी रहेको उनले बताएका छन्।

गाँजा र गाँजाजन्य उत्पादनहरू उब्जाउन र व्यापार गर्नु , वा रोगहरूको उपचार गर्न बोटको अंशहरू प्रयोग गर्नु अब उपरान्त कुनै अपराध वा गैरकानुनी नहुने बताइएको छ । क्याफे र रेस्टुरेन्टहरूले गाँजा प्रयोग गरिएका खाना र पेय पदार्थहरू पनि उपलब्ध गराउन सक्छन्, तर उत्पादनहरूमा ०.२% भन्दा कम टेट्राहाइड्रोकानाबिनोल (THC-बोटको मुख्य साइकोएक्टिभ कम्पाउन्ड) ,हुनेपर्ने बताइएको छ।

अनुटिनले गाँजा उद्योगले कृषिलाई बढावा दिएर अरबौं डलर आम्दानी गर्ने भन्दै
कृषि मन्त्रालयसँग मिलेर देशभरका घरपरिवारमा १० लाख नि:शुल्क गाँजाका बिरुवाहरू वितरण गर्ने पनि बताएका छन्।

चिनियाँ सेनाको विमान आवासीय क्षेत्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु

बिहीबार मध्य चीनको एक आवासीय क्षेत्रमा चिनियाँ सेनाको विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको चीनको सरकारी राष्ट्रिय प्रसारण संस्था सीसीटीभीले जनाएको छ।

तालिमको दौरान पिपुल्स लिबरेसन आर्मी एयर फोर्सको जे-७ विमान हुबेई प्रान्तमा दुर्घटना हुँदा धेरै घरमा क्षति पुगेको सीसीटीभीले जनाएको छ।दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको बताइएको छ।
सामान्य चोटपटक लागेका पाइलटले विमान दुर्घटना हुनुअघि नै प्यारासुटको प्रयोग गरेर विमानबाट सफलतापूर्वक बाहिर निस्किएको मिडिया एजेन्सी सिन्ह्वाले जनाएको छ।

पाइलट र घाइते नागरिकहरूलाई उपचारको लागि अस्पताल पठाइएको छ।
सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा हुबेई प्रान्तको सियानग्याङको लाओहेकोउ एयरपोर्ट नजिकै भएको दुर्घटनाका कारण केही घरहरूमा आगो लागेको देखाइएको छ। दुर्घटनाको कारण र सम्बन्धित क्षतीको अनुसन्धान भइरहेको जनाइएको छ।

अमेरिकी सेना इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल नेपालमा

अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन नेपाल आइपुगेका छन्।

चारदिने भारत भ्रमण सकेर नेपाल आएका फ्लिनलाई नेपाली सेनाका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

फ्लिनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यस लगत्तै नेपालस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयको समन्वयमा उनले अन्य राजनीतिक उच्चस्तरीय भेटवार्ता गर्ने पनि बताइएको छ।

२८ गते शनिबार फ्लिन हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा जाने र त्यहाँबाट फर्किएपछि दूतावास र परराष्ट्र मन्त्रालयले तय गरेका कार्यक्रममा सहभागी हुनेछन्।

जेठ २९ गते आइतबार फ्लिन काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जाने र त्यसपछि उनि नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा रहेका विद्यार्थीलाई सम्वोधन गर्ने कार्यक्रममा सभागी हुनेछन।

शिवपुरीको भ्रमणपछि २९ गते बेलुका नै उनी स्वदेश फर्किने छन्।

https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%80-%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%ab%e0%a4%bf%e0%a4%95/

काठमाडौं-मुग्लिन सडक खण्ड सुचारु

अविरल वर्षाको कारण आएको पहिरोले अवरुद्ध भएको काठमाडौं-मुग्लिन सडक खण्ड सुचारु भएको छ।
सो सडक खण्डमा वर्षा कम भएसँगै पहिरो हटाउन सुरु गरिएको थियो। पहिरोले थुपारेको ढुंगा र माटो हटाइएकाले अहिले दुईतर्फी नै सवारी सुचारु गरिएको छ।

पहिरो पन्छाइएको भएपनि रातिदेखि नै सडकमा रोकिएका सयौं गाडीको चापले सहज रूपमा यातायात चल्न भने केही समय लाग्ने प्रहरीले जनाएको छ।

गए रातिदेखिको अविरल वर्षाले पहिरो गएपछि सडक अवरुद्ध हुँदा सो सडक खण्डमा यातायात सेवा बन्द भएको थियो।

दैनिक साढे ७ करोडको बिजुली भारत निर्यात

नेपाल विधुत प्राधिकरणले दैनिक करिब साढे ७ करोडको बिजुली भारत निर्यात गर्न थालेको छ।

प्राधिकरणका अनुसार मर्स्याङ्दी र मध्यमर्स्याङ्दीबाट उत्पादित बिजुलीले भारतीय ऊर्जा एक्स्चेन्ज बजारमा प्रवेश पाए लगत्तै रातको समयमा खपत हुन नसकेको बिजुली निर्यातको आंकडा बढेको हो।

३६४ मेगावाटसम्म बिजुली निर्यातको अनुमति पाएको प्राधिकरणले त्रिशुली जलविधुत आयोजनाको २३, देवीघाट जलविधुत आयोजनाको १४.३९ , कालिगण्डकी जलविधुत आयोजनाको १३८.९१, मर्स्याङ्दी जलविधुत आयोजनाको ६६.१४ र मध्यमर्स्याङ्दी जलविधुत आयोजनाको ४१.८१ मेगावाट गरि करिब २८४ मेगावाट बिजुली भारतीय बजारमा निर्यात गरिरहेको छ। यसबाट नेपालले एक दिनमै करिब ७ करोड ५२ लाखसम्म आम्दानी गर्नेछ ।

भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ९६ वटा ब्लकमा बिजुलीको मूल्य बोलकबोलमा बिक्री हुन्छ । भारत सरकारले ती ब्लकमा अधिकतम् भारु १२ रुपैयाँसम्ममा किनबेच गर्न पाउने व्यवस्था छ । प्रत्येक ब्लकमा माग र आपूर्तिको दर अनुसार मूल्य फरक–फरक तय हुनेछ ।

एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित

कुवेतस्थित जावेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपाल २–० को गोल अन्तरले जोर्डनसँग पराजित भएको छ।

प्रशिक्षक र खेलाडीबीच विवाद भएपछि ११ जना सिनियर खेलाडी बिना नै कुवेत पुगेको नेपाली टोलीको कप्तानी नवयुग श्रेष्ठले सम्हालेका थिए।

टोलीका नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, अन्जन विष्ट, विमल घर्तीमगर, सुजल श्रेष्ठ लगायतका अनुभवी खेलाडीलाई टोलीभन्दा बाहिर राखिएको छ।

नेपालले शनिबारको अर्को खेलमा घरेलु टोली कुवेतको सामना गर्नेछ।

आईसीसी यू-१९ महिला विश्वकप छनौटबाट बाहिरियो नेपाल

आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको छ ।

मलेसियाको बाँगीस्थित युकेएम वाईएसडी क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतीमा ८६ रन जोड्न सफल भएको थियो। ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र जोड्न सफल भएको थियो।

प्रतियोगिताको पाँच खेलमा नेपालले तीन खेल जित्दै ७ अंक सहित तेस्रो स्थान हाँसिल गरेको छ। युएई र थाइल्याण्डसँग पराजित भएपछी विश्वकप बाट बाहिरिएको नेपालले यसअघिका खेलमा कतार र भुटानलाई भने पराजित गरेको थियो ।

आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोट अन्तर्गत प्रतिस्पर्धी कुल ६ राष्ट्रमध्ये विजेता राष्ट्र मात्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ महिला विश्वकपमा सहभागी हुनेछन।

अविरल वर्षासंगै आएको बाढी र पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

लगातार परेको पानीको कारण पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिनबाट करिब दुई किलोमिटर काठमाडौंतर्फको सडक खण्डमा पर्ने घोप्टे भीरमा गए राति करिब ११ बजे तिर खसेको पहिरोले सडक अवरुद्ध भएको छ।

पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखेको भएपनि,अविरल वर्षाको कारण ठूलाठूला ढुंगासहितको पहिरो निरन्तर खसिरहेकाले पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पानी पर्न रोकिए पनि ठूलाठूला ढुङ्गासहित खसेको पहिरो सडकमा थुप्रिएकाले पहिरो हटाउन समय लाग्ने देखिन्छ।

त्यस्तै चितवनको इच्छाकामना गाउँपालिका–६ अन्तर्गत पर्ने तोपेखोलास्थित नाम्सी पुलमा पनि पहिरो खसेको कारण मुग्लिन नारायणगढ सडक खण्ड पनि अबरुद्ध भएको छ।
त्यसैगरी हिजो रातिदेखि परेको अविरल वर्षाको कारण आएको बाढि र पहिरोले मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–गलकोट सडकखण्डको दर्जन भन्दा बढि स्थानमा सडक अवरुद्ध भएको छ । काठखोला गाउँपालिका–५ को घोडाबाँधे देखी गलकोट नगरपालिका–१ दुदिलाभाटी र वडा नं. २ नरेठाँटी क्षेत्रमा पर्ने लोकमार्ग खण्डमा दर्जन बढि स्थानमा आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हाे ।

मलेसिया पठाउने म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागको छापा

वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका श्रमिकसँग बढी शुल्क लिएको भन्दै बत्तिसपुतलीस्थित गल्फ एसिया म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ।

निशुल्क रुपमा मलेसिया पठाउन विभागबाट पूर्व श्रम स्वीकृति लिएको म्यानपावरले श्रमिकहरुबाट साढे २ लाख रुपैयाँसम्म उठाएको उजुरीपछि विभागले बुधबार साँझ छापा मारेको हो।
म्यानपावर कम्पनीका सञ्चालक राजेश यादवले आफुले श्रमिकहरुसंग बढी रकम लिएको स्वीकार समेत गरेका छन्। सरकारले तोकेभन्दा बढी सेवा शुल्क लिएमा म्यानपावर सञ्चालकलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ५३ अनुसार कारबाही गरिने कानुनी व्यवस्था रहेको छ।

काठमाडौंको मौसम खराब भएपछि दुई अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट

भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई विमान काठमाडौंको त्रिभुवन विमानस्थलमा देखिएको खराब मौसमका कारण डाइभर्ट गरिएका छन् ।

नयाँ दिल्लीबाट आएको विस्तारा एयरको उडान लखनउ डाइभर्ट गरिएको छ भने दिल्लीबाट आएको इन्डिगो एयरको उडान दिल्लीतर्फ नै फर्किएको छ ।

जापानको टोकियोबाट आएको नेपाल एयरलाइन्सको उडान र कोरियाबाट आएको कोरियन एयरको उडान मौसम खराबीका कारण केही समय आकाशमै होल्ड गरेर अवतरणको प्रक्रियामा छन् ।

बुधबार साँझ परेको अविरल वर्षापछि काठमाडौंको मौसम बिग्रिएको थियो ।

फोहोर फ्याँक्ने विषयलाई लिएर बञ्चरेडाँडा तनावग्रस्त: प्रहरीद्वारा अश्रुग्यास प्रहार

नुवाकोटको बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्ने विषयलाई लिएर स्थानीय बासिन्दाले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।

उपत्यकाको फोहोर सिस्डोल र बञ्चरेडाँडामा फाल्ने विषयमा विभिन्न मागहरु सम्बोधन गर्नेगरी काठमाडौँमा सहमति भएपनि स्थानीय बासिन्दाले अवरोध गरेपछि मंगलबारबाट प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो। तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरी र स्थानिय बासिन्दाबीच झडपको स्थिति सिर्जना भएको हो।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ।

भारतविरुद्ध बदला लिने अल-कायदाको चेतावनी

भारतीय जनता पार्टी (भाजपा)की प्रवक्ता नुपुर शर्माले पैगम्बर मुहम्मदको बारेमा गरेको टिप्पणीको जवाफमा आतंकवादी समूह अल-कायदाले आत्मघाती हमला गर्ने धम्की दिएको छ।

एक पत्र जारी गर्दै अल-कायदाले दिल्ली, मुम्बई, उत्तर प्रदेश र गुजरात राज्यहरूलाई निशाना बनाइने जनाएको छ । समूहले आत्मघाती बम प्रयोग गर्ने र हिन्दू राजनीतिज्ञहरूलाई आक्रमण गर्ने बताएको छ।

मे २६ मा शर्माले एक टिभि बहसमा पैगम्बर मुहम्मदको बारेमा व्यक्त गरेको कुराहरु भाइरल बनेपछि धेरै मुस्लिम देशहरूले उनको निन्दा गरेका छन् ।शर्माले पछि ट्विटरमा माफी माग्दै आफूले कहिल्यै कसैको धार्मिक आस्थाको अपमान गर्न नचाहेको बताएकी थीइन।

यद्यपि, उनको माफीले मुस्लिम क्रोधलाई शान्त पार्न असफल भयो, जुन आज भारतभन्दा बाहिर समेत फैलिएको छ। आज सम्म, इन्डोनेसिया, यूएई, माल्दिभ्स, जोर्डन, बहराइन, लिबिया, कतार, कुवेत, इरान, साउदी अरेबिया, ओमान र अफगानिस्तान सबैले शर्माको टिप्पणीको बारेमा आधिकारिक गुनासो दर्ता गरेका छन्।

RT बाट अनुवादित अंश

९८ दिन सुत्केरी विदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन

सुत्केरी महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलव सहितको प्रसूति विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै प्रसूति बिदा कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी सरकारी गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने प्रावधान रहेको छ।

सेयर बजारको समस्या अध्ययन गर्न समिति गठन

सेयर बजार नियमित रुपमा ओरालो लाग्दै गएपछि अर्थ मन्त्रालयले सेयर बजारका समस्याबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले धितोपत्र बोर्डका कार्यकारी निर्देशकलाई संयोजक तोकेर समाधानका उपाय सहित प्रतिवेदन पेश गर्न आग्रह गरेको छ । अध्ययनकालागि धितोपत्र बोर्डकै प्रतिनिधिलाई सदस्य सचिव बनाउँदै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट एक/एक जना प्रतिनिधि रहने गरी समिति गठन गरिएको छ।

सेयर बजारलाई वेवास्ता गरेको र सेयर बजार सुधारको लागि सरकार गम्भीर नभएको भन्दै अर्थमन्त्री शर्माको आलोचना समेत हुँदै आएको छ।

उपसभामुख पद खारेज गर्न काँग्रेस सांसदको माग

प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गर्नुभएको छ।

२०७६ माघ देखि खाली रहेको उपसभामुख पद आवश्यक नभए र उपसभामुख राख्दा राज्यको धेरै खर्च हुने टिप्पणी गर्दै उक्त पद खारेज गर्नु उपयुक्त हुने उहाँले बताउनुभएको हो ।

उपसभामुख पद लामो समयदेखि रिक्त हुँदा समेत राजनीतिक दलहरु उपसभामुख चयनका विषयमा मौन रहेका छन्। संविधानको धारा ९१ को उपधारा (२) १ बमोजिम सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

अछाम घटनाका दोषीमाथि कारबाही गर्न सभामुखको निर्देशन

अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न सभामुख अग्नि सापकोटाले सरकारलाई निर्देशन दिनुभएको छ।

प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले किशोर विनोद शाहीको मृत्यु भएको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको र लासको पोष्टमार्टम समेत नगरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको हो।

स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको विषयमा कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा जेठ १७ गते घटनामा संलग्न एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न खोज्दा झडपको स्थिति सिर्जना भएको र सो घटना लगत्तै शाही बेपत्ता भएको बताइएको थियो । नेकपा एमाले समर्थक परिवारको सदस्य रहेका शाही पछि मृत अवस्थामा भेटिएका थिए। शाही मृत अवस्थामा फेला परेपछि स्थिति तनावग्रस्त बन्दै गएकोले घटनाको अनुसन्धानको लागि सीआईबीको टोली समेत परिचालन गरिएको थियो ।

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन रोक

सडक विभागले आगामी असार १ गते देखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन रोक लगाएको छ ।

संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय काठमाडौंले सूचना जारी गर्दै असार १ गते देखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन अनुमति नदिइने बताएको छ ।वर्षायाममा सडक खन्दा तत्काल मर्मत गर्न नसकिने र सडक पनि थप बिग्रिंदै जाने भएकाले यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागको निर्देशन अवज्ञा गरेर जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि विभाले जनाएको छ।

आगो लगाएर एकल महिलाको हत्या

दार्चुलाको शैल्यशिखर नगरपालिका १ मा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ।

प्रहरीका अनुसार ४० वर्षीया अनिभा खडायतको शव डढेको अवस्थामा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा घर नजिकै रहेको खरको थुप्रोमा आगो लगाएर उनको हत्या गरिएको पुष्टि भएको छ।
करिब ८ वर्ष पहिले श्रीमानको निधन भएको खडायतको २ छोरी र १ छोरा छन् । प्रहरीले अनुसन्धानको लागि गाउँकै बीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ।

अमेरिकी सेनाका प्यासिफिक कमान्डिंग जनरल नेपाल आउँदै

अमेरिकी सेनाका प्यासिफिक कमान्डिंग जनरल चार्ल्स ए फ्लिन भोलिदेखि चार दिने नेपाल भ्रमणमा आउने भएका छन्।

नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले जनरल फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने बाहेकको अन्य कार्यतालिका स्वीकृत भइनसकेको बताउनुभएको छ। जनरल चार्ल्स ए फ्लिन अमेरिकी सेनाको विशेष विमानबाट जेठ २६ गते बिहीबार नेपाल आउने तय भएको छ ।

यस प्रकारको भ्रमणले नेपाली र अमेरिकी सेना लगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यको क्षेत्रलाई थप प्रभावकारी बनाउने बताइएको छ। यधपी प्रधानमन्त्री शेरबहादुर र प्रधान सेनापतिको अमेरिका भ्रमण तय भइसकेको अवस्थामा जनरल फ्लिनको नेपाल भ्रमणलाई नेपाली राजनीतिमा चिन विरुद्ध अमेरिकी इन्डो प्यासेफिक स्ट्र्याटीजीको भूराजनितिक कडीको रुपमा विश्लेषण गरिएको छ।

राप्ती हाइड्रोको आइपीओ खुला

राप्ती हाइड्रोको एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित दरमा छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको हो।

आयोजनाले प्रभाव पार्ने रुकुमपूर्व र रुकुमपश्चिम जिल्लाका स्थानीय बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम छ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ।

कम्पनीले रुकुमपूर्व जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

त्यस्तै ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा, सिद्धार्थ बैंकको पुथा उत्तरगङ्गा र मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ। रासस

नेपाल प्रहरीका ५ र सशस्त्रका १ जना डीआईजी एआईजीमा बढुवा

सरकारले सशस्त्र प्रहरी बलका एक र नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम र नेपाल प्रहरीका उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयको बढुवा समितिको सिफारिस अनुसार आज बसेको मन्त्रिपरिषद बैठकले आईजी बढुवाको निर्णय गरेको हो ।

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज


आज बसेको मन्त्रिपरिषद बैठकले यसघि आइतबारको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज गरेको छ। उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुनेछ।

इन्धन खपत कम गर्न भन्दै वैशाख २६ गतेको मन्त्रिपरिषद बैठकले आइतबार पनि सार्वजनिक बिदा दिने भनि गरेको निर्णय आजको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ । जेठ १ गतेदेखि कार्यान्वयनमा आएको उक्त निर्णय जेठको अन्तिम दिन खारेज हुने भएको छ। । हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै सरकारको आलोचना भइरहेको बेला आजको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।

यसैबीच हप्तामा दुई दिन बिदा दिने निर्णयको विरुद्ध अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आज नै सर्वोच्चमा रिट समेत दायर गरेका थिए ।

निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने

निर्वाचन आयोगले असार १ गते देखि मतदाता नामावली संकलन गर्ने भएको छ ।

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ गते देखि सञ्चालन गर्ने जानकारी दिएको छ ।१८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम छुट भएका नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा फोटो सहितको नामावली दर्ता गराउन सकिने आयोगले जनाएको छ।

यसैबीच निर्वाचन आयोगले मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न पनि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।

पश्चिम सेती र एसआर-६ परियोजना निर्माण गर्ने जिम्मा भारतीय कम्पनीलाई

लगानी बोर्डले सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण गर्ने गरी पश्चिम सेती र एसआर-६ परियोजना निर्माण गर्ने जिम्मा भारतीय कम्पनी एनएचपीसीलाई दिएको छ।

२०५४ सालमा अस्ट्रेलियाको स्मेक कम्पनिसंग गरिएको निर्माण सम्झौता २०६६ मा तोडिएपछि २०६८ मा चीनको थ्रि गर्जेजसँग निर्माण सम्झौता गरेपनि लामो समयदेखि निर्माण प्रक्रिया रोकिएको पश्चिम सेती परियोजना प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय कम्पनीलाई निर्माण गर्न दिने प्रस्ताव गर्नुभएको हो ।

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनको प्रचारप्रसार अभियान अन्तर्गत डडेल्धुराको सदरमुकाममा आयोजित चुनावी सभामा पनि चीनले निर्माण गरेको आयोजनाबाट भारतले बिजुली नकिन्ने र नेपाल एक्लैले निर्माण गर्न नसक्ने भन्दै निर्माण सम्झौता भारतीय कम्पनीलाई दिनुपर्ने बताउनुभएको थियो।

यसैबीच सरकारले पश्चिम सेतीसंगै एसआर-६ परियोजना पनि भारतीय कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको छ।
लगानी बोर्डले पश्चिम सेती र एसआर-६ परियोजना सँगै बनाउँदा पानी थुन्ने, विधुत निकाल्ने र पानी छाड्ने समयको व्यवस्थापन गरि एसआर-६ लाई ४५० मेगावाटमा र पश्चिम सेतीलाई ७५० मेगावाटमै बनाउन सकिने बोर्डले जनाएको छ।
पश्चिम सेती र एसआर-६ दुवै गरि कुल १२ सय मेगावाटको परियोजनाको लागत ३ खर्ब अनुमान गरिएको छ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु


बर्दियाको मधुवन नगरपालिका क्षेत्रमा निरन्तर बाघको आक्रमण बढेपछि वन्यजन्तु पीडितप्रति सरकार उदासिन भएको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ ।

निरन्तर बाघको आक्रमण बढेपछि मधुवन—२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा गुलरिया–राजापुर सडक खण्डमा चक्काजाम गरिएको थियो। सोहि क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको हो भने अन्य केहि व्यक्ति र प्रहरी पनि घाइते भएका छन् ।

घटनास्थलमा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् । आज बिहानैदेखि मधुवनको ओराली बजारमा प्रदर्शन भएको छ ।

नवलपरासीको जिल्ला अदालत परिसरमा गोली चल्यो

अंश मुद्दाको झगडाको विषयलाई लिएर नवलपरासीको जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

अंश मुद्दा सम्बन्धि झगडाको मिलापत्र गर्न जिल्ला अदालत पुगेका डिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको प्रहरीले जनाएको छ।

हर्षरामले हानेको गोलि कसैलाई नलागेपनि गोलि प्रहार गरेर उनि फरार भएका छन्। उनको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।

हप्ताको दुई दिन सार्वजनिक विदाको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट

जेठ १ देखि लागु गरिएको शनिबार र आइतबार सार्वजनिक विदा दिने मन्त्रिपरिषदको वैशाख २६ गतेको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको छ।

आवश्यक कुनै पनि विचार विमर्श नै नगरी मन्त्रिपरिषदले हप्तामा दुई दिन सार्वजनिक विदा दिने भनि गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
नेपाल सरकार,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालय र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको रिटमा वैशाख २६ को सरकारको निर्णय खारेज गर्न माग गरिएको छ।

आईसीसी यू–१९ महिला टि–२० विश्वकप छनोटमा नेपालको यू-टर्न

आईसीसी यू–१९ महिला टि–२० विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा युएईसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको नेपालले आज भएको खेलमा भने भुटानलाई ४ विकेटले पराजित गर्दै विश्वकप छनोट खेलमा यू-टर्न लिएको छ।

विश्वकप छनोट अन्तर्गत कतार विरुद्धको पहिलो खेलमा ७९ रनको सानदार जित निकालेको नेपाली टोलीले दोस्रो खेलमा युएईसँग लज्जास्पद हार व्यहोरेपछि नेपाली समर्थकहरु चिन्तित बनेका थिए।

तर आजको खेलमा ६७ रनको सामान्य लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाली खेलाडीको टोलीले १३.१ ओभरमा ६ विकेट गुमाउंदै जित हाँसिल गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ६६ रन जोड्न सफल भएको थियो।

लुटपाटको घटनामा प्रहरीकै संलग्नता

व्यवसायीको ३५ लाख रुपैयाँ लुटपाटको घटनामा प्रहरीकै संलग्नता रहेको भेटिएको छ ।


जेठ ८ गते एक समूहले सस्तोमा एक किलो सुन मिलाइदिने भन्दै ,सुन किन्न पैसा लिएर गएका व्यावसायीलाई लुटपाट गरेको थियो । अनुसन्धानका क्रममा लुटपाट गर्ने समूहमा प्रहरीको समेत संलग्नता भेटिएको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त मालिगाउँका हवल्दार सालिकराम नेपाली पक्राउ परेका छन् भने थप दुईजना प्रहरी अधिकारी फरार रहेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले लुटपाटमा संलग्नता देखिएपछि नेपाली र नुवाकोटका पेम्बा तामाङलाई पक्राउ गरेको हो।पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा अवैध सुनसहित ७ जना पक्राउ

त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलबाट अवैध सुनसहित ७ जना पक्राउ परेका छन्।

नेपाल वायुसेवा निगमको फ्लाइट नं आरए २३० को जहाजमा दुबईबाट काठमाडौं आएका व्यक्तिहरुले सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुपन्देहीका ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तुका २९ वर्षीय सन्दीप चन्द ठकुरी, बाराका २२ वर्षीय निर्मला घलान, काठमाडौंका ४१ वर्षीय राहुल भन्ने बरुणभक्त माथेमा, र नवलपरासी पश्चिमका ४१ वर्षीय युवराज भुसाल सहित २७ वर्षीय चिनियाँ नागरिक लोप्सन ग्याल्सेन र ५१ वर्षीय भारतीय नागरिक अमन राजपुत रहेको प्रहरीले बताएको छ।

अनुसन्धानको क्रममा उनीहरुले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरमा सुन लुकाएर ल्याएको प्रहरीले फेला पारेको थियो। प्रहरीले उनीहरुको साथबाट ८८६ ग्राम सुन बरामद बरामद गरेको छ।

लेखांकन नभएका विदेशी लगानीलाई वैधानिक बनाउँदै सरकार


नेपालमा आएर उद्योग व्यवसायमा लगानी भइसकेको तर लेखांकन नभएको विदेशी लगानीलाई सरकारले वैधानिक बनाउने निर्णय गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अध्यक्षतामा बसेको औद्योगिक प्रवर्द्धन बोर्डले लेखांकन नभएको लगानी रहेका उद्योगहरुलाई वैधानिक बनाउने र त्यस्ता लगानीमा सञ्चालित उद्योग व्यवसायबाट उठेको लाभांश नेपालबाट बाहिर लैजान दिने निर्णय समेत गरिएको छ।

केहि समय अघि मात्र सरकारले राष्ट्रिय महत्वका जलविधुत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगत मार्ग, सडक तथा रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग र पर्यटन सेवासँग सम्बन्धित उद्योगका क्षेत्रमा स्रोत नखुलेको पैसा लगानी गर्न पाउने र सरकारले लगानीको स्रोत नखोज्ने प्रावधान समेत जारि गरेको थियो।
बैठकले म्याद थप नभएका केही क्रसर उद्योगहरुलाई समेत अनुमति दिने निर्णय गरेको तर माइन्युट नभएकोले यो निर्णय आधिकारिक हुन बाँकी रहेको बताइएको छ।

यौन हिंसाविरुद्धको ऐन संशोधन गर्ने विधेयक सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।उक्त प्रस्ताव उपर सामान्य छलफल गरि यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै हदम्यादको प्रावधानलाई आवश्यक सुधार गरिने बताइएको छ ।

छलफलको क्रममा हदम्यादको कारण न्यायबाट वञ्चित नहोस् भन्ने विषयमा पनि सरकार गम्भीर भएको बताइएको थियो ।

नयाँ मन्त्रि नियुक्ति प्रक्रिया स्थगित: पुरानैलाई थमौती

नेकपा एकीकृत समाजवादी पार्टीबाट पुराना मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्रि नियुक्त गर्ने निर्णय कार्यान्वयन नहुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले छोटो समयका लागि मन्त्री हेरफेर गर्न नहुने बताएपछि तत्कालका लागि नयाँ मन्त्रीहरु नियुक्ति गर्ने एकीकृत समाजवादीको निर्णय कार्यन्वयन हुन सकेन।

नेकपा एकीकृत समाजवादीको हिजो बसेको सचिवालय बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीको रुपमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्री हेरफेरको विषयमा आन्तरिक विवाद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो।आज नै नयाँ मन्त्रीहरुको सपथ ग्रहण गराउने हल्ला चलिरहेको बेला प्रधानमन्त्री देउवाले भने केही समयका लागि मन्त्रिमण्डल हेरफेर गर्न नहुने बताएपछि प्रक्रिया अगाडी नबढाइएको जानकारी प्राप्त भएको छ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रम मन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई बालुवाटारमा बोलाएर उच्च मनोबलका साथ काम गर्न निर्देशन समेत दिनुभएको छ।

विश्व वातावरण दिवसको अवसरमा भरतपुरका २ विद्यालयमा बगैंचा निर्माण तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न

विश्व वातावरण दिवस २०२२ आज देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ। विश्व वातावरण दिवसकै अवसर पारेर भरतपुर महानगरपालिका २८ अन्तर्गत पर्ने श्री आधारभूत विद्यालय अन्द्र्यौली र श्री आधारभूत विद्यालय सिसाबासमा बगैंचा निर्माण तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम गरिएको छ।

भरतपुर महानगपालिकाको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बेटर चितवनको नेतृत्वमा गरिएको सो कार्यक्रममा विधार्थीहरु आँफैले विद्यालय परिसरमा विभिन्न प्रजातिका फूलका बिरुवाहरू रोपेर वातावरण दिवस मनाएका थिए ।

कार्यक्रममा नेपाल विकास समाजको तर्फबाट कार्यक्रम संयोजक ई. सागर कार्कीले विद्यार्थीहरुलाई वातावरण दिवस र फोहोर व्यवस्थापन विषयमा बालमैत्री अभ्यास समेत गराउनुभएको थियो । ‘पृथ्वीको संरक्षण: दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नाराका साथ देश भरी नै मनाइएको विश्व वातावरण दिवस २०२२ को विश्वब्यापी नारा भने ‘केवल एउटै पृथ्वी’ रहेको छ, जसले पृथ्वीलाई सुरक्षित राख्न सबैजना सहकार्य गरेर अघि बढ्नुपर्ने संदेश दिएको छ।

bishwo watawaran diwas
wataran diwas
watawaran diwas 1

टेकुको पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी विस्फोट हुँदा दुई जना घाइते

काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

पम्पमा रहेको पुरानो इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा बिस्फोट हुँदा पर्सा जगन्नाथपुर- ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएका हुन् । घाइते दुबैजना वेल्डिङको काम गरिरहेका मिस्त्रीहरु भएको जानकारी प्राप्त भएको छ।

किशोरीकाे दुबै खुट्टा, हात र अनुहारको केही भाग जलेको छ भने दिपक कुमारकाे बायाँ गालामा थोरै पोलेको प्रहरीले जनाएको छ। दुवै जनालाई उपचारका लागि वीर अस्पताल ट्रमा सेन्टर लगिएको छ।

पुराना मन्त्रि फिर्ता बोलाएर नयाँ मन्त्रि नियुक्त गर्दै एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई नियुक्ति गरि सरकारमा पठाउने निर्णय गरेको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँ मन्त्रि नियुक्ति गरेर सरकारमा पठाउने निर्णय गरेको हो।

एकीकृत समाजवादीका सचिवालय सदस्यका अनुसार नयाँ नियुक्तिको लागि जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा ,मेटमणि चौधरीलाई सहरी विकासमा र शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा सिफारिस गर्ने निर्णय भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले पर्यटनमन्त्री प्रेमबहादुर आले, स्वास्थ्य मन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मुग्लिङ–पोखरा सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने


मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।

मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो।बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ।

‘नियमितरूपमा यातायात सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्द गरी काम गर्न लागिएको हो। आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्शनले पाएको छ । सडक विस्तारका लागि राजमार्ग आसपासका रुख काटिएका छन् । हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन्।

मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत पश्चिम खण्डबाट पनि काम सुरु भइसकेको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्शन कम्पनीले पाएको छ। विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।

पूर्वी खण्डको लागत रु ६ अर्ब २१ करोड ३१ लाखमा र पश्चिम खण्डको लागत रु सात अर्ब ४० करोड ४६ लाख छ । सडक चार लेनको बन्दा नयाँ पुल बनाउनुपर्ने छ । आँबुखैरेनीबाट पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछन्।

सुदूरपश्चिम र मधेश प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

सुदूरपश्चिम र मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।

आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न दुवै प्रदेशले आज अपराह्न चार बजे प्रदेश सभाको बैठक आह्वान गरेका छन्। दुवै प्रदेशका प्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याउने सन्दर्भमा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर दुवै प्रदेशले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ। प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट प्रस्तुत गर्ने प्रावधान रहेको छ।

विनोद शाही मृत्यु प्रकरणमा सीआईबी अनुसन्धान

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत्यु प्रकरणमा अनुसन्धानका लागि सीआईबीको टोली परिचालन गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको विषयमा कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा जेठ १७ गते घटनामा संलग्न एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न खोज्दा झडपको स्थिति सिर्जना भएको र सो घटना लगत्तै शाही बेपत्ता भएको बताइएको थियो । नेकपा एमाले समर्थक परिवारको सदस्य रहेका शाही पछि मृत अवस्थामा भेटिएका थिए। शाही मृत अवस्थामा फेला परेपछि स्थिति तनावग्रस्त बन्दै गएकोले घटनाको अनुसन्धानको लागि सीआईबीको टोली परिचालन गरिएको हो।

सीआईबीको टोली तालिम प्राप्त कुकुरसहित अनुसन्धानमा खटिएपछि आन्दोलित भएका स्थानीयले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिने जानकारी दिएका छन् । घटनाको अनुसन्धानका लागि सीआईबीका अतिरिक्त छिमेकी बाजुरा र डोटीबाट समेत प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भैरहवा-परासी सडक खण्डमा रात्रिबस दुर्घटना हुँदा ९ जनाको मृत्यु

जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक रात्रि बस भैरहवा-परासी सडक खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने करिब ३ दर्जन यात्रु घाइते भएका छन् ।

आइतबार बिहान पौने ५ बजेको समयमा बस रोहिणी खोलाको पुलबाट तल खोलामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका यात्रुलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्दार गरि उपचारका लागी अस्पताल पुर्‍याएका छन्। उपचारकै क्रममा अस्पताल पुर्‍याइएका ९ जना घाइते यात्रुहरुको मृत्यु भएको हो।

नेपालको भूमि चिनको खिलाफ प्रयोग हुँदैन


प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको भूमि चिनको खिलाफ प्रयोग गर्न नदिने बताउनुभएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले, छिमेकी देश चिनसँगको सम्बन्धमा सरकारले आफ्नो एक चिन नितिप्रतिको सन्तुलन गुमाएको आलोचना गरिरहेको बेला प्रधानमन्त्री शेर बहादुर देउवाले चीनबारे नेपालको धारणामा कुनै बदलाव नआएको र नेपालको भूमि चिनको खिलाफमा प्रयोग हुन नदिने बताउनु भएको छ।

तिब्बती मामिलाको संयोजक तथा अमेरिकी उपसचिव उज्रा जियाले तिब्बती शरणार्थी शिविर पुगेर तिब्बती शरणार्थीहरुलाई भेटेको घटनाप्रति नेकपा एमालेले सरकार एक चिन नीतिप्रति स्पष्ट नभएको भन्दै आलोचना गरेको थियो। एमालेको आरोपको प्रतिवाद गर्दै प्रधानमन्त्री देउवाले आफ़ुलेनै नेपालमा रहेको दलाइ लामाको कार्यालय बन्द गराएको स्मरण गराउंदै चिन नेपाल सम्बन्धमा सरकारको धारणा स्पष्ट रहेको बताउनुभएको हो।

सार्वजनिक सवारीसाधनको भाडा घट्यो

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ ।
स्वचालित मूल्य प्रणालीअनुसार सार्वजनिक इन्धनको मूल्यमा ५ प्रतिशतभन्दा बढी थपघटसँगै सवारीको भाडा समायोजन हुने प्रावधान अनुसार भाडा समायोजन गरिएको हो।

सो अनुरुप अब यात्रुबाहक सवारीसाधनको भाडा २ प्रतिशत घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा २.६ र तराईको बाटोमा चल्ने मालबाहकमा २.९ प्रतिशत घटेको छ । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ ।

यसअघि विभागले चैत २०, जेठ ४ र जेठ १० गते भाडा समायोजन गरेको थियो ।

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले वृद्धि

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।आज छापावाल सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारीलाई कारवाही गरिने

यातायात व्यवस्था विभागले श्रावण १ गतेसम्म बागमती र गण्डकी प्रदेशमा दर्ता रहेका सवारीहरुमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरेमा कारवाही गरिने बताएको छ।

यातायात व्यवस्था विभागले एकान्तकुना र गुर्जुधारा र पोखरामा रहेको यातायात कार्यालयमा पूर्वाधार तयार गरिएकाले इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना जारी गरेको छ। इम्बोस्ड नम्बर प्लेट जडान भए- नभएको सम्बन्धमा २०७९ श्रावण १ पछि ट्राफिक प्रहरीले सडक अनुगमन गर्ने र इम्बोस्ड नम्बर प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने जनाएको छ

आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपाल विजयी

आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेल अन्तर्गत मलेसियामा भएको खेलमा नेपाल विजयी भएको छ।


कतार विरुद्ध मैदानमा उत्रिएको नेपाली महिला खेलाडीको टोलीले कतार विरुद्ध ७९ रनको जित निकाल्न सफल भएको हो। नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५.४ बलमा ३८ रनमा समेटिएको थियो ।


पहिले व्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ११७ रन बनाउन सफल भएको थियो ।नेपालको तर्फबाट श्रृष्टि जैसीले ३ विकेट,स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले २–२ विकेट लिएका थिए ।

मुग्लिङ–पोखरा सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने

यही जेठ २२ गतेदेखि मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ।

मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो।
बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ।

‘नियमितरूपमा यातायात सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्द गरी काम गर्न लागिएको हो। आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्शनले पाएको छ । सडक विस्तारका लागि राजमार्ग आसपासका रुख काटिएका छन् । हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन्।

मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत पश्चिम खण्डबाट पनि काम सुरु भइसकेको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्शन कम्पनीले पाएको छ। विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।

पूर्वी खण्डको लागत रु ६ अर्ब २१ करोड ३१ लाखमा र पश्चिम खण्डको लागत रु सात अर्ब ४० करोड ४६ लाख छ । सडक चार लेनको बन्दा नयाँ पुल बनाउनुपर्ने छ । आँबुखैरेनीबाट पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछन्।

देशभरको तिन दिनको मौसमी विवरण

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली भई प्रदेश १ को एक वा दूई स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको तिन दिनको मौसमी विवरण :

२०७९ जेठ २० गते (शुक्रवार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ २१ गते (शनिवार)

दिउँसो : प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ २२ गते (आईतवार)

दिउँसो : देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका एक वा दूई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशहरुका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्थाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग गरेको छ ।

धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको विषयमा छलफल गरिएको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक सांसद , जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था माग गरेको बताउनुभएको छ।

त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा नेविसंघको ताला

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा ताला लगाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संगठनले त्रिवि केन्द्रिय कार्यालयमा ताला लगाएको जनाएको छ। आफ्ना मागहरु सम्बोधन नगरिएको भन्दै नेविसंघले कार्यालयमा ताला लगाएको र आफ्ना मागहरु सम्बोधन नगरीएमा आफुहरु प्रतिवादमा उत्रिने चेतावनी पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल विद्यार्थी संघले यसअघि पनि त्रिवि केन्द्रिय कार्यालयमा ताला लगाएको र सो ताला नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी) मध्ये केन्द्रीय कमाण्डको लेटर प्याडमा इन्चार्ज सफलको हस्ताक्षर सहित नक्कली विज्ञप्ति टाँस गरी फुटाउनु खेदजनक भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

एमालेसँग एकता वा चुनावी तालमेलको कुनै सम्भावना छैन:माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताउनुभएको छ।

सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले बाम एकता वा एमालेसँगको चुनावी तालमेलको हल्ला निराधार र सत्य नभएको बताउनुभएको हो। सम्बोधनको क्रममा नेता नेपालले भन्नुभयो ‘गठबन्धन भाँड्न खोज्ने अहंकारी र षड्यन्त्रकारीहरूले यस्ता हल्ला फैलाएका हुन् र नेकपा एमालेसंग कुनै पनि किसिमको एकता वा चुनावी तालमेलको सम्भावना छैन।’

नेपालले ,आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म पनि अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने बताउनुभएको छ।

भारतमा बिजुली निर्यात सुरु

नेपाल विधुत प्राधिकरणले त्रिशूली र देवीघाट जलविधुत केन्द्रको बिजुली भारत निर्यात गर्न सुरु गरेको छ । भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार (आईईएक्स)मा प्रत्येक १५ मिनेटको ‘ब्लक’मा नेपालले आफ्नो बिजुली विक्रीका लागि राखेको छ ।

प्रत्येक ब्लकका बिजुली फरक-फरक मूल्यमा बिक्री हुनेभएपनि भारतले प्रतियुनिट अधिकतम् भारु १२ मा खरिद-विक्री गर्न सक्ने गरी सीमा तोकेको छ । सो अनुअसार नेपाल विधुत प्राधिकरणले अधिकतम् भारू १२ सम्म मूल्य पाउने भएपनि औसत रुपमा प्रतियुनिट ६.२८ भारतीय रूपैयाँ (१० रूपैयाँ ४ पैसा नेपाली रूपैयाँ) सम्ममा बिजुली बिक्री हुने देखिएको छ। प्राधिकरणले कालीगण्डकी ए जलविधुत आयोजनाको बिजुली पनि विक्रीका लागि तयारी गरिरहेको छ।

नेपालले भारतीय बजारमा ३६४ मेगावाटसम्म विधुत बिक्रीका लागि स्वीकृति पाएकोमा २०० मेगावाट विधुत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको थियो । प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विधुत भारतमा बिक्री गर्न टेन्डर पनि आह्वान गरेको छ । बढी भएको विधुत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइन मार्फत निर्यात गर्ने गरि प्राधिकरणले तयारि गरेको छ।

स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने क्रममा प्रहरी हस्तक्षेप

बाँके जिल्लाको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) मा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने क्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि प्रहरी र स्थानियहरुबीच झडप भएको छ ।

२०६२/६३ को जनआन्दोलनमा चोकमा रहेको स्वर्गीय राजा वीरेन्द्रको सालिक तोडफोड भएको थियो । लामो समयसम्म राष्ट्रिय झण्डा मात्र राखिएको सो स्थानमा आज दरबार हत्याकाण्ड भएको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरुले वीरेन्द्रको सालिक पुनःस्थापना गरेका थिए।

सालिक राखेको घटना प्रति प्रहरीले हस्तक्षेप गरेर सालिक निकालेपछि प्रहरी र स्थानीयहरूबीच झडप सुरु भएको हो। झडप भएपछी स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ ।दुई पक्षबीच झडप हुँदा केही युवा घाइतेसमेत भएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभएको छ।
यसअघि नेपालगन्जको त्रिभुवन चोकमा पनि सोही समुहले पूर्व राजा त्रिभुवनको सालिक राखेको थियो । प्रहरी र प्रशासनले उक्त सालिक हटाउने प्रयास गरे पनि सर्वसाधारणले चर्को विरोध गरेपछि प्रशासन पछाडी हटेको थियो ।

मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। छलफलका लागि दिउँसो १ बजे बैठक आहवान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त नवौँ अधिबेशन आह्वानसम्बन्धी पत्र सभामुखले बाचन गरी सुनाउने, विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने, प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव पेश गर्ने र आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सम्बन्धि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभामा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

रासायनिक मलको अभाव बढेसँगै तस्करीको जालो मौलाउँदै

कृषकहरुको माग बमोजिम सरकारले रासायनिक मल उपलब्ध गराउन नसक्दा रासायनिक मल तस्करी गर्नेहरुको जालो भने मौलाउंदै गएको छ।

विगतका वर्षहरुमा जस्तै गरि यो पटक पनि धान रोप्ने समयमा रासायनिक मलको चरम अभाव हुने सम्भावना बढेको छ। सरकारले आवश्यक मात्रामा रासायनिक मल आपूर्ति गर्न नसक्दा किसानहरु चिन्तित बनेका छन्। मल आयात गर्ने सरकारको पुर्ण स्वामित्व रहेको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्गले भारतसंग समन्वय गरेर जीटुजी प्रक्रियामा मल भित्र्याउने सम्झौता गरेको भएपनि समयमा नै कृषकले मल पाउने सम्भावना भने न्युन बन्दै गएको छ।

rasayanik mal 1


सरकारले आफु पनि मल आपूर्ति गर्न नसक्ने र निजि कम्पनिहरुलाई पनि आयातमा प्रतिबन्ध लगाउंदै गर्दा भारतबाट तस्करी गरेर अवैध रुपमा मल भित्र्याउने गिरोह भने सक्रिय हुन थालेको छ। यसैबीच आज साँझ करिब ५ बजेको समयमा युवा पुनर्जागरण संगठन नेपाल चितवनले ६४ बोरा अवैध रासायनिक मल पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएको छ। अवैध रुपमा भित्रिएको रासायनिक मलको तस्करी हुने गरेको शंका लागेपछि, प्रहरी चौकी रामनगरसँग समनव्य गरि युवा पुनर्जागरण संगठन नेपाल चितवनले नारायणगढको कृष्ण सप्लायर्सबाट संयोग खेति पसल फिस्लिंग लाँदै गरेको ५० किलो तौलको ६४ बोरा अवैध रासायनिक मल सहितको बोलेरो जिप रामनगर क्षेत्रबाट पक्राउ गरेको हो। यसरि अवैध रुपमा भित्र्याइएको रासायनिक मल कृषकले बोराको ३ हजार देखि ३५ सय तिरेर खरिद गर्ने गरेको पाइन्छ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख र चितवनका प्रमुख जिल्ला अधिकारिले पक्राउ गरिएको अवैध मलको विषयमा थप अध्ययन अनुसन्धान गरि कानुनि रुपमा प्रक्रिया अघि बढाएर कारवाही गरिने जानकारी दिनुभएको छ।


नेपाल सरकारको विधमान कानुन अनुसार नेपालमा सरकारको पूर्ण स्वामित्व रहेको कृषि सामाग्री कम्पनि लिमिटेड र साल्ट ट्रेडिङ्गले बाहेक अन्य कुनै पनि निजि संस्था वा व्यक्तिले रासायनिक मलको आयात गरि व्यापार गरिएमा गैरकानुनी ठहरगरि कारवाही गरिने प्रावधान रहेको छ। व्यक्तिगत रुपमा भने किसानले आफ्नो निजि उपयोगको लागि आफुले खेति गर्ने जग्गाको क्षेत्रफल अनुसार सिमित रुपमा एक पटकमा ३-४ बोरा भने खरिद गरेर उपभोग गर्न सक्नेछन।

c

संसदीय निर्वाचनको तयारी : प्रस्तावित मिति कात्तिक २७ र मंसिर ४

स्थानीय निर्वाचनको समीक्षा गर्न बसेको सत्तारुढ पाँच दलका शीर्ष नेताबीचको बैठकमा संसदीय निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल भएको छ ।

स्थानीय तहको निर्वाचनपछि पहिलोपटक बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा गठबन्धनका शीर्ष नेताहरुले संसदीय निर्वाचनका विषयमा अनौपचारिक छलफल भएको पुष्टि गरेका छन् ।

बैठकमा आगामी कात्तिक २७ वा मंसिर ४ गते संसदीय निर्वाचन गर्ने भन्नेबारे पनि छलफल भएको र यसका लागि निर्वाचन आयोगसँग पनि परामर्श गर्ने निर्णय भएको गठबन्धनका शिर्ष नेताहरुले बताएका छन्।

सेयर बजारमा निरन्तर गिरावट


आर्थिक वर्ष २०७९/८० को बजेट पछि लगातार तेस्रो दिन पनि नेपाली सेयर बजार घटेको छ । हिजोको तुलनामा थोरै अङ्कले मात्र गिरावट आएको भएपनि नेपाली सेयर बजार दिनानुदिन ओरालो लाग्दै गएको छ। हिजो ३५.५३ अंकले घटेको बजार आज ७ .२१ अङ्कले घट्दै २१३०. ७१ विन्दुमा पुगेर रोकिएको छ।

हिजोको तुलनामा सेयर कारोबारको संख्या र कुल कारोंबार रकम पनि घटेको छ। २२७ कम्पनीको ३,०२०,०६७ कित्ता सेयर कारोबार हुँदा सेयर रकम भने १,०७८,४८४,१८२ मा खुम्चिएको छ।

कांग्रेसलाई ठेगान लगाउने प्रचण्डको चेतावनी

स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेसँगै नेपाली कांग्रेसमा दम्भ र अहंकार चुलिएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई ठेगान लगाउने चेतावनी दिनुभएको छ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भन्नुभयो,”वाम गठबन्धन र एकता गरेको एमालेलाई अहंकारकै कारण ठेगान लगायौं। एमालेजस्तै कांग्रेसलाई ठेगान लगाउने अवस्था नआओस् म कांग्रेसका साथीहरुलाई भन्न चाहन्छु।” कांग्रेसमा पनि एमालेजस्तै दम्भ र अहंकार चुलिएको रिपोर्ट देशभरीबाट आइरहेको बताउँदै गठबन्धनको भर पर्दा माओवादीलाई सोचेजस्तो नतिजा नआएको बताउनुभएको थियो।

आफूहरुले संविधान, लोकतन्त्र र राष्ट्रिय रक्षाका लागि गठबन्धन कायमै राखेर अघि जान खोजेको भन्दै प्रचण्डले कांग्रेसबाट अहंकार र दम्भ आयो भने त्यसविरुद्ध पनि प्रतिकार गर्ने चेतावनी दिनुभएको छ।

अमेरिकाले युक्रेनमा लामो दुरीका रकेट पठाउने

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा थप उन्नत र लामो दुरीसम्म प्रहार गर्नसक्ने रकेट पठाउने घोषणा गरेका छन्। यो सहायताले रूस बिरूद्ध कीभको वार्ताको स्थितिलाई बलियो बनाउने र कूटनीतिक समाधानको सम्भावनालाई अझ बलियो बनाउने राष्ट्रपति बाइडेनले बताएका छन्।

अमेरिकाले अहिले उपलब्ध गराउने हतियारहरूले लामो दूरीबाट शत्रु सेनाहरूलाई अझ सटीक रूपमा प्रहार गर्न मद्दत गर्ने बताइएको छ। नयाँ हतियारहरूमा एम१४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली (HIMARS) समावेश हुनेछ। यो रकेटले ७० किलोमिटर टाढाको लक्ष्यमा धेरै सटीक-निर्देशित मिसाइलहरू प्रक्षेपण गर्न सक्नेछन्
फेब्रुअरीमा आक्रमण सुरु भएदेखि युक्रेनका लागि अमेरिकाले स्वीकृत गरेको ११औं सैन्य सहायता प्याकेजमा हेलिकप्टर, एन्टी ट्याङ्क मिसाइल , रणनीतिक सवारी साधन र स्पेयर पार्ट्स समेत समावेश गरिने छ।
यता, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमले युक्रेनी राष्ट्रवादीहरूलाई रसिया विरुद्ध हतियारहरू सहयोग गरेको आरोप लगाउंदै, यो रुस विरुद्धको अमेरिकी रणनीति भएको बताएका छन्।

डेनमार्क र जर्मनीका दुई ऊर्जा फर्महरूमा रूसी ग्यास आपूर्ति बन्द

रुसको प्राकृतिक ग्यास उत्पादन कम्पनि ग्याज्प्रोमले डेनमार्कको सबैभन्दा ठुलो ग्यासको थोक विक्रेता कम्पनि ओरस्टेडलाई ग्यास आपूर्ति बन्द गरिदिएको छ। ओरस्टेडले रुबलमा भुक्तान गर्न अस्वीकार गरेपछि ग्याज्प्रोमले ग्यास आपूर्ति बन्द गरिदिएको हो। ग्याज्प्रोमले जर्मनीको शेल इनर्जी यूरोप लिमिटेडलाई पनि यही कारणले ग्यासको आपूर्ति बन्द गरिदिएको छ।

रूसको नयाँ भुक्तानी प्रणाली अन्तर्गत रूसको मित्र राष्ट्र बाहेकका देशहरुले रुसी ग्यासको खरिदमा रुबलमा भुक्तान गर्नुपर्नेछ। रुस युक्रेन युद्धकोबिच पश्चिमी राष्ट्रहरुले रुसप्रति लगाएको आर्थिक नाकाबन्दीको प्रतिकृया स्वरुप रुसले यो कदम चालेको थियो।
रुबलमा भुक्तान गर्न नमानेपछि रुसी उर्जा कम्पनीले केहि समय अघि मात्रै बुल्गेरिया, पोल्याण्ड, फिनल्याण्ड र नेदरल्याण्डमा पनि ग्यास आपूर्ति बन्द गरिदिएको थियो। यो बीच करिब दुई दर्जन युरोपेली कम्पनीहरुले भने रुबल भुक्तानी गरेर ग्यास आयात गरिरहेका छन्

दुई महिनाको कोभिड प्रतिबन्धलाई सहज बनाउँदै चीन

दुई महिनाको लक डाउनपछि चीनले विश्व व्यापरिक एवं आर्थिक केन्द्र संघाईमा लगाएको कोभिड प्रतिबन्धलाई सहज बनाएको छ। चीनले यसघि लगाइएको प्रतिबन्धहरू खुकुलो पार्दै लगभग २५ मिलियन मानिसहरूलाई शहर वरिपरि स्वतन्त्र रूपमा आवतजावत गर्न अनुमति दिइएको छ।

चीनले प्रतिबन्धहरु खुकुलो पारे पनि चीनको “शून्य कोविड” को समग्र नीति भने कायमै छ। कोभिडको आशंका गरिएकाहरुले भने अझै पनि क्वारेन्टिन वा अस्पतालमा बस्नुपर्ने छ। त्यहाँका बासिन्दाहरूले आफ्नो आवासीय कम्पाउन्डहरू छोड्न र अन्य बाहिरी ठाउँहरूमा प्रवेश गर्न उनीहरूको स्मार्टफोनमा हरियो स्वास्थ्य कोड देखाउनु पर्नेछ। सार्वजनिक यातायात प्रयोग गर्न वा बैंक वा मलहरूमा प्रवेश गर्न चाहनेहरूले पछिल्लो ७२ घण्टाको नेगेटिभ पीसीआर परीक्षण प्रमाणपत्र देखाउनु पर्नेछ। यद्धपि उनीहरुले सांघाई छोड्ने भने पाउने छैनन र जो कोही पनि अर्को शहरमा यात्रा गरेर फर्किएपछि सात देखि १४ दिनको क्वारेन्टाइन बस्नुपर्नेछ।

सिनेमा हल, संग्रहालय र जिम र विद्यालयहरु भएन बन्द नै रहनेछन।