पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको वजिराबादमा भएको विरोध जुलुसमा आक्रमणकारीले उनीमाथि गोलि प्रहार गरेको छ। गोली खानको खुट्टामा लागेको र उनि सामान्य घाइते भएको बताइएको छ ।
वजिराबादमा भएको गोलीबारीमा खानका एक समर्थकको मृत्यु भएको र पीटीआई पार्टीका धेरै पदाधिकारी पनि घाइते भएको बताइएको छ।
बन्दुकधारीले आफू खानलाई मार्न चाहेको र आफु एक्लैले सो योजना बनाएर काम गरेको बताएका छन् । पाकिस्तानी प्रहरीले खानलाई गोली हानेर घटनास्थलमा पक्राउ परेका बन्दुकधारीको भिडियो सार्वजनिक गरेको छ ।
खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका प्रवक्ता फवाद चौधरीले भने, “यदि गोली चलाउनेलाई त्यहाँका मानिसहरूले नरोकिएको भए, सम्पूर्ण पीटीआई नेतृत्वको हत्या गर्ने योजना अनुरुप आक्रमण गरिएको बताएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्