चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपालमा

  • नेपाल राष्ट्रिय दैनिक
  • September 12, 2022
li zhanshu in nepal

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपाल आइपुग्नुभएको छ। आज ३ बजे त्रिभुवन विमानस्थलमा आइपुग्नुभएका लि र उनको टोलीलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटासहितको नेपाली टोली विमानस्थलमा पुगेको थियो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र ,चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली हान्शुको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ ।

रुस, मंगोलिया हुँदै नेपाल आउने लागेका लि, नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको छ । मन्त्रीस्तरका ६ नेतासमेत रहेको लीको १०० जनाको जम्बो भ्रमण टोली विशेष विमानमा नेपाल आएको हो । ली चिनियाँ संविधानअनुसार दोस्रो वरीयता र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को तेस्रो वरीयतामा पर्छन् ।

अध्यक्ष लीले आज सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय भेट वार्ता गर्नेछन् । द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद् र चीनको राष्ट्रिय जनकंग्रेसबीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदानप्रदानका सम्बन्धमा सम्झौता हुने संसद् सचिवालयले जानकारी दिएको छ । सभामुख सापकोटाले लीको सम्मानमा आज रात्रिभोज आयोजना गर्नेछन् । अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा , राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम समेत रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार ली बिहीबार नेपालबाट फर्कने कार्यक्रम तय भएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५