ओली सरकारले एमसीसीको सहायक सम्झौता लुकाएको झलनाथ खनालको आरोप

नेता झलनाथ खनालले तत्कालिन ओली सरकारले एमसीसीको सहायक सम्झौता लुकाएको आरोप लगाउनुभएको छ ।

एमसीसी सम्झौताको चौतर्फी बिरोध भएपछी तत्कालिन प्रधानमन्त्री केपी ओलीले एमसीसी सम्झौता अध्ययन कार्यदल गठन गर्नुभएको थियो । भिम रावल र प्रदिप ज्ञावली सहित झलनाथ खनालको संयोजकत्वमा गठित ३ सदस्यीय कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ती दस्तावेज अध्ययनका लागि दिनुस् भनेर दर्जनौँ पटक अनुरोध र अनुनय–विनय गर्दा पनि पुरक सम्झौताका दस्तावेजहरु उपलब्ध नगराएको बताउनुभएको छ ।

तर हालको गठबन्धन सरकारले ति सबै दस्तावेज उपलब्ध गराएको भएपनी गठबन्धन भित्रै एमसीसीको बिषयमा साझा अवधारणा बन्न नसकेपछी देउवा सरकारले झलनाथ खनाल , नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्र बहादुर कार्की सहित गठन गरेको ३ सदस्यीय एमसीसी सम्झौता अध्ययन कार्यदलले कुनै पनि प्रतिवेदन बुझाउन सकेको छैन ।

चितवनको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते

चितवनको सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् ।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३००१००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो भरतपुर महानगरपालिका-१२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई विद्युतको खम्बामा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते ट्रक चालकको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।चितवन को सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् ।

उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । कन्टेनरले ठक्कर दिँदा दुईवटा विद्युतका खम्बाहरु पनि ढलेका छन् ।

जुम्लामा गोठालो भत्ताका लागि २६५ किसानको आवेदन

जुम्लामा गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागी उनीहरुले आवेदन दिएका हुन् ।

पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन भेडापालक किसानलाई आह्वान गरेको थियो । कर्णाली प्रदेशले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको कार्यक्रम अघि बढाएको हो ।

कार्यालय प्रमुख गोविन्द महतका अनुसार छनौट प्रक्रिया अघि बढाइएको छ । सो विषयमा जानकारी लिन कर्मचारी किसानको घरघरमा खटाइएको छ । प्रतिवेदन आएपछि भत्ता वितरण गरिने महतले बताउनुभयो ।

पचासभन्दा बढी भेडा पाल्ने किसानलाई मासिक एक हजार ५०० का दरले वितरण गरिनेछ । जिल्लाका १५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम छ । रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिनेछ । सो कार्यक्रमका लागि ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ । रासस

चितवन राष्ट्रिय निकुञ्जका संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान

चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्वपूर्ण क्षेत्रमा नयाँ सीसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ ।

निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको छ । पुराना २० वटा क्यामेरा मर्मत गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कसरादेखि सौराहासम्मका क्षेत्रमा राखिएका १० वटा क्यामेरा मर्मतको काम भइरहेको छ ।

कसरादेखि ध्रूर्वसम्म ११ वटा क्यामेरा नयाँ जडान र तीन वटा पुराना क्यामेरा मर्मतको काम भइरहेको उहाँले जानकारी दिनुभयो । ध्रूर्वदेखि भिम्लेसम्मका सात वटा क्यामेरा मर्मतका गर्नुपर्ने उहाँको भनाइ छ ।

तिवारीका अनुसार चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका क्षेत्रलाई उच्च प्राथमिकता दिँदै काम गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा थप तथा मर्मत गर्न लागिएका ती क्यामेरा संवेदशीलताअनुसार एक स्थानमा दुई वटासम्म राखिने छ ।

निकुञ्जभित्र गर्ने काम भएकाले निकुञ्जले समन्वय र सहजीकरणको काम गर्ने गरेको भन्दै उहाँले एक साताभित्र पुराना मर्मत र नयाँ जडानको काम सकिने बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको वन्यजन्तु अपराध नियन्त्रण शाखाको समन्वयमा क्यामेरा जडान तथा मर्मतको काम गरिएको हो ।

चालू आवमा दुईवटा गैँडा चोरी शिकारीले मारेसँगै निकुञ्ज र वन्यजन्तुको संरक्षणका लागि क्यामेरा जडानको काम सुरु गरिएको हो । ती क्यामेराको नियमित अनुगमन निकुञ्जले गरिरहेको छ । रासस

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न अपाङ्ग सङ्गठनको माग

स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालले माग गरेको छ ।

सङ्गठनका महासचिव जगदीशप्रसाद अधिकारीले आज विज्ञप्ति जारी गरी संविधान र लोकतन्त्रको रक्षाका लागि आमनागरिकको सेवा सुविधासँग सरोकार रहेको स्थानीय तहको कार्यकाल सकिनै लाग्दासमेत सरकारले निर्वाचन मिति घोषणा नगरेकोप्रति ध्यानाकर्षण गराउनुभएको हो ।

नेपालको संविधानअनुसार आगामी २०७९ जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुँदैछ ।

प्रत्यक्ष वार्तामा बस्न उत्तर कोरियालाई अमेरिकाको आह्वान

अमेरिकाले उत्तरका आणविक र मिसाइल कार्यक्रमबारे विनाशर्त प्रत्यक्ष वार्तामा सहभागी हुन प्योङयाङलाई आह्वान गरेको छ ।

उत्तर कोरियाले मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाले सो आह्वान गरेको हो ।

अमेरिकाले अमेरिकी राष्ट्रपति जोन बाइडेन नेतृत्वमा उत्तर कोरियासँग वार्ता गर्न चाहेको छ । तर, उत्तर कोरियाले यसलाई अस्वीकार गर्दै आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक भेट गरेका थिए । तर, आफ्नो देशमाथि लाग्दै आएको प्रतिबन्ध हटाउने किमको चाहना वार्तामार्फत पुरा हुन सकेको थिएन् ।

चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको छ ।

माघ ८ देखि १० गतेसम्म सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

आयोगले नतिजा सार्वजनिक गर्दै राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०५७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अङ्क प्राप्त गर्ने उम्मेदवारको हकमा सो अङ्क सहित समावेश गरी कायम हुन आएको कूल अङ्कको आधारमा योग्यताक्रम निर्धारण गरिएको जनाएको छ ।

आयोगले प्रकाशित नतिजामा चित्त नबुझको खण्डमा उम्मेद्वारहरुले पुनर्योग गर्नको लागि निवेदन दिन सक्ने जनाएको छ ।

एमसीसी बारे सहमती खोज्दै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज भएको भेटमा स्थानिय निर्वाचन, एमसीसीलगायत समसामयिक राजनैतीक बिषयमा छलफल भएको बताइएको छ । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा साझा निर्णय हुन नसकेपछी प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन सहयोग नगरे गठबन्धन टुट्ने आसयको चेतावनी समेत दिनुभएको छ । तर गठबन्धन भित्रै पनि समाजवादी र माओवादी केन्द्र भने यथास्थितीमा एमसिसी पास गर्न नहुने भन्ने पक्षमा रहेको छ । प्रतिपक्ष एमालेले भने एमसीसी पासा गराउन सभामुखको रजिनामा र गठबन्धन तोड्नु पर्ने शर्त अघी सारेको छ ।

शान्तिसुरक्षाबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग गृहमन्त्री खाँडको टेलिफोन वार्ता

जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग गृहमन्त्री बालकृष्ण खाँणले टेलिफोन वार्ता गर्नुभएको छ । ।

गृहमन्त्री खाँणले सर्लाही, अछाम, पर्सा, मकवानपुर, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो ।

प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरणबारेमा जानकारी लिएको जनाइएको छ ।

मन्त्री खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता शीतलहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिनुभयो ।

आज ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ ।

छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन तोलाको ९१ हजार ३०० सय रुपैयाँ कायम गरिएको छ ।

चाँदी तोलाको १० रुपैयाँले घटेर प्रतितोला १२४० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि आइतबार चाँदी तोलाको १२ सय ५० मा कारोबार भएको थियो।

अनलाइन जुवा खेलाएको आरोपमा ७४ जना पक्राउ

अनलाइन जुवा खेलाएको आरोप ७४ जनालाई पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा यूवाहरु जम्मा अनलाइन बिङ्गो खेलिरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो ।

पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् । प्रहरीको अनुसार मोबाइल, बिङ्गो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको छ ।

सेनेगल अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश

सेनेगल अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा इक्वेटोरियल गिनीलाई ३–१ गोल अन्तरले हराउँदै सेनेगल अन्तिम चारमा पुगेको हो ।
अब सेनेगलले सेमिफाइनलमा बुर्किना फासोसँग खेल्नेछ ।

आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिइने

तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यसअगाडी नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो ।

व्यास नगरपालिकाले आजदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । यसक्रममा हालसम्म एक पटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइने उहाँले बताउनुभयो । १४ वटै वडामा रहेका विद्यालयमा खोप अभियान सञ्चालन गरिनेछ । शुक्लागण्डकी नगरपालिकाले यही माघ १७ र १८ गते स्वास्थ्य संस्थामार्फत् बालबालिकालाई खोप दिन लागेको छ ।

१२ वटै वडामा रहेको विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत् बालबालिकालाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दशवटै स्थानीय तहका ३२ हजार चार सय ३७ बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको छ । भानुका तीन हजार दुई सय २०, व्यासका नौ हजार पाँच सय दुई, म्याग्देका एक हजार चार सय ७१, शुक्लागण्डकीका पाँच हजार सात सय ८८, भिमादका दुई हजार आठ सय ७९, घिरिङका एक हजार तीन सय १८, ऋषिङका दुई हजार ८७, देवघाटका एक हजार पाँच सय ४४, बन्दीपुरका दुई हजार ५३ र आँबुखैरेनीका दुई हजार पाँच सय ७५ ले पहिलो मात्रा लगाएका छन् । रासस

एमसीसी पास नगरे गठबन्धन तोड्ने देउवाको चेतावनी:सभामुख हटाए एमसीसी पास गर्न सघाउने ओलीको प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनी दिनुभएको छ ।

एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा गठबन्धनभित्रै कांग्रेस अल्पमतमा परेपछी प्रधानमन्त्री देउवाले एमसीसी पास गराउन गठबन्धनका नेताहरुलाई गठबन्धन टुट्ने आसयको चेतावनी दिएको बताइएको छ । एमसीसी सम्झौताबारे अध्ययन गर्न सत्ता गठबन्धनले बनाएको तीन सदस्यीय कार्यदलमा रहेका झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पनि यथास्थितिमा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएपछी एमसीसी अध्ययन कार्यदलले पनि साझा धारणा बनाएर प्रतिवेदन बुझाउन असफल भएको छ ।

गठबन्धनमा पनि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तत्काल एमसीसी अघि बढाउन नहुने पक्षमा छन् भने, जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई एमसीसी पास गर्नुपर्ने पक्षमा छन्।

यता एमाले अध्यक्ष ओलीले भने एमसीसी पास गराउन आफुले सहयोग गर्ने भन्दै शर्तहरु अघी सारेको बताइएको छ ।

एमसीसी संसदमा लैजान सहयोग नगरेका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेर राजीनामा दिएपछी एमाले अध्यक्ष ओलीले आफू निकट सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाएर संसद बाट एमसीसी पास गर्न चाहेको भएपनी प्रचण्डको जोडबलमा सभामुख बनेका अग्नि सापकोटाले एमसीसी पास गर्न अवरोध गर्ने ओलीको बुझाई रहेको छ । सभामुखले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त नगरि दल विभाजनमा सहयोग गरेको भन्दै एमालेले सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै लगातार संसद पनि अवरोध गर्दै आएको छ । त्यसैले सभामुखको राजीनामा र गठबन्धन तोड्ने शर्तमा एमालेले एमसीसी पास गराउन सहयोग गर्ने बताएको छ ।

पशुपतिमा अतिक्रमित टहरा १५ दिनभित्र हटाउन मन्त्री आलेको निर्देशन

पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिनुभएको छ ।

आज सो क्षेत्रको निरीक्षण तथा अनुगमनपछि मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिनुभएको हो ।

यस्तै, मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएका र विगतमा सदस्य सचिव भएकाहरूले मनपरी ढङ्गबाट काम गरेका तथा विकास कोषमा कुनै पनि मासिक भाडा नआउने गरी निःशुल्क रूपमा गाईपालनका लागि जमिन दिएको पाइएकाले ती विकृतिको अन्त्य गर्ने बताउनुभयो । अतिक्रमण भएकाले त्यो पनि १५ दिनभित्र हटाइने जानकारी दिनुभयो ।

पशुपति मन्दिर क्षेत्रमा जम्मा हुने फोहोरहरू व्यवस्थापनका लागि काम अगाडि बढाउनसमेत मन्त्री आलेले कोषका पदाधिकारीहरूलाई निर्देशन दिएको बताइएको छ ।

बागमती प्रदेशसभा संसदीय समितिमा एमाले तर्फबाट मात्रै उम्मेदवारी

बागमती प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदमा क्रमशः नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेलले मनोनयन दर्ता गराउनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा उहाँहरू दुवै जना एमालेका तर्फबाट उम्मेदवार हुनुभएको हो । दुवै जना काठमाडौँबाटै निर्वाचित हुनुहुन्छ ।

सचिवालयका अनुसार दुवै समितिको भोलि हुने निर्वाचनमा सत्ता गठबन्धनबाट भने उम्मेदवारी दर्ता भएको छैन । वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन गरिनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन गरिने जनाइएको छ ।

अर्थ तथा विकास समितिमा २० र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना मतदाता रहेका छन् । यी दुवै समितिमा एमालेका १२–१२ जना सदस्य रहेका छन् । अर्थ तथा विकास समितिका सदस्यहरू सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहेका कारण उहाँहरू निर्वाचनमा सहभागी हुने छैनन् । अर्थ तथा विकास समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री भएसँगै उक्त पद रिक्त थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त छ ।

प्रदेशसभा सचिवालयले अर्थ तथा विकास समितिको सभापति पदको निर्वाचन सोमबार मध्याह्न १२ बजेका लागि तय गरेको छ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरिएको प्रदेशसभाका सह प्रवक्ता उमेशराज सोतीले जानकारी दिनुभयो । रासस

राष्ट्रिय प्रजातन्त्र पार्टीमा २४ जना पदाधिकारी र ६ जना विभागीय प्रमुख मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रिय कमिटी विस्तारको क्रममा २४ जना पदाधिकारी र ६ जना विभागीय प्रमुख मनोनित गर्नुभएको छ ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष लिङ्देनले पदाधिकारी र विभागीय प्रमुख मनोनित गरेको सूचना सार्वजनिक गर्नुभएको हो । आजको मनोनयन संगै राप्रपामा पदाधिकारी संख्या ३१ पुगेको छ ।

RPP manonit

आज देशभर ३ हजार ५४० जनामा कोरोना सङ्क्रमण पुष्टि

आज देशभर थप तीन हजार ५४० जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नौ हजार ९१० जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ४९ र तीन हजार २३५ जनामा र दुई हजार ८८३ एन्टिजेन परीक्षण गर्दा ४९१ जना गरी कूल तीन हजार ५४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हाल देशैभरि ८३ हजार ९९९ सक्रिय सङ्क्रमित छन् भने ६ हजार ३५९ जना सङ्क्रमणमुक्त भएका छन् । त्यसैगरी यही माघ १३ देखि आजसम्म सङ्क्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्याङ्कमा छुटेकासमेत गरी मृतकको सङ्ख्या ३२ पुगेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको र माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो ।

थप तीन हजार ५४० जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नौ हजार ९१० जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ४९ र तीन हजार २३५ जनामा र दुई हजार ८८३ एन्टिजेन परीक्षण गर्दा ४९१ जना गरी कूल तीन हजार ५४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हाल देशैभरि ८३ हजार ९९९ सक्रिय सङ्क्रमित छन् भने ६ हजार ३५९ जना सङ्क्रमणमुक्त भएका छन् ।

त्यसैगरी यही माघ १३ देखि आजसम्म सङ्क्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्याङ्कमा छुटेकासमेत गरी मृतकको सङ्ख्या ३२ पुगेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको र माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो ।

हराएको २४ लाख डोज कोरोना खोप खोजी गर्न छानविन समिति गठन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हराएको भनिएको २४ लाख डोज कोरोना खोप खोजी गर्न छानविन समिति गठन गरेको छ ।

खोप हराएको विषयमा छानविनका लागि ५ सदस्यीय समिति बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा गठित छानविन समितिले दुई हप्ताभित्र हराएको खोपबारे प्रतिवेदन सार्वजनिक गर्ने बताएको छ ।

बैतडीमा ७५ हजार बाख्रालाई पीपीआर खोप लगाउने तयारी

बैतडीका ७५ हजार बाख्रालाई पीपीआरविरुद्धको खोप लगाइँदैछ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ पालिकामा यो खोप अभियान सञ्चालन भएको हो ।

शिवनाथ गाउँपालिकाबाहेक अन्य पालिकामा भेडाबाख्रालाई पीपीआरविरुद्धको खोप लगाउने काम भइहरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो । प्रदेश सरकारको कार्यक्रमअन्तर्गत खोप अभियान सञ्चालन गरिएको हो ।

राजमार्ग नजिकका ठाउँ र व्यावसायिक बाख्रापालन गरेका ठाउँलाई प्राथमिकतामा राखेर खोप लगाउने काम भइरहेको छ । प्रत्येक पालिकामा सात हजार डोज खोप पठाइएको छ । गएको वर्ष खोप लगाएका बाख्रालाई यो खोप नदिइने केन्द्रले जनाएको छ । बाख्रालाई पीपीआर रोग लागे ठूलो नोक्सानी हुने भएकाले त्यसबाट जोगाउन खोप अभियान सञ्चालन गरिएको हो ।

बाख्रालाई पीपीआर रोग लागेमा पखाला लाग्ने, र्‍याल र सिँगान बगाउने, उच्च ज्वरो आउने लक्षण देखा परेका छन् ।

कोरोना संक्रमितको संख्या बढेपछि म्याग्दीको भाइरल तोरीबारी घुम्न जान रोक


म्याग्दीको भाइरल तोरीबारीमा घुम्न जान रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका(१ रत्नेचौरमा पिच सडकको दायाँबायाँ रहेको तोरीबारीमा घुम्न जान रोक लगाएको हो।

कोरोनाभाइरसका संक्रमित फेरि बढ्न थालेपछि भीडलाई नियन्त्रण गर्न आइतबारदेखि तोरीबारीमा प्रहरी परिचालन गरिएको बेनी(१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिनुभयो ।

वडाध्यक्ष रावलका अनुसार शनिबार तोरीबारीमा एकदमै भीड बढेपछि आइतबार जिल्ला प्रहरी कार्यालय बेनीबाट तोरीबारीमा प्रहरी टोली परिचालन गरिएको हो।

उहाँले आइतबारदेखि तोरीबारीमा प्रवेश गर्न कडाइ गरिएको र प्रहरीले घुम्न गएकालाई फर्काइरहेको बताउनुभयो ।

पहेँलो तोरीबारीको बीचमा कालोपत्र गरिएको सडकको मनमोहक दृश्य देखिन्छ। यही दृश्य हेर्न मानिसहरू आउने गरेका छन्। तोरीबारीको फोटो, भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका कारण मानिसहरूको भीड बढेको वडाअध्यक्ष रावलले बताउनुभयो ।

फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा रत्नेचौरमा रहेको तोरीबारीको फोटो, भिडियो भाइरल भइरहेका छन्।

चोरी भएको बालकुमारी मूर्तिबारे सुराकी दिनेलाई पाँच लाख पुरस्कार दिने

ललितपुरको सुनाकोठीको बालकुमारी माईको मूर्ति चोरी भएको एक हप्ता बितेको छ।
गत आइतबार ललितपुर महानगरपालिका(२७ स्थित बालकुमारी मन्दिरबाट मूर्ति हराएको थियो। तर एक हप्ता बित्दा पनि मूर्ति भेटाउन सकेको छैन।

मूर्ति नभेटाएपछि बालकुमारी गुठीले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

ष्लखयतभअज
वडा नम्बर २७का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरेको बताउनुभयो ।

यस्तै सुराकी दिने व्यक्तिको गोपनियता पनि कायम गर्ने उहाँले बताउनुभयो । यसमा अनुसन्धान गर्न हाल महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ।

यद्यपि अहिले केही पत्ता लागि नसकेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताउनुभयो ।

माघ २१ गते देशभर प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीको निर्णय

नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको स्गायी कमिटी बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०, भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्नुपर्जे निर्णय गरेको अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उत्तर कोरियाले गर्यो २०१७ पछिकै सवैभन्दा ठूलो क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र प्रहार गरेको छ । स्थानीय समयअनुसार आइतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सवैभन्दा ठूलो मानिएको छ ।

यो उत्तरको यसै महिना गरिएको सातौं परीक्षण हो । उत्तरले प्रक्षेपण गरेको मिसाइल पूर्वी तटमा पुगेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले आइतबारको परीक्षण मध्यम श्रेणीको व्यालिस्टिक मिसाईल ९आइआरबीएम० भएको जनाएको छ । सो मिसाईल २ हजार किलोमिटर उचाईमा पुगेको थियो । आठ सय किलोमिटरको दूरीमा ३० मिनेट उडेपछि मिसाईल जापानको समुद्रमा खसेको थियो ।

जापान, दक्षिण कोरिया र अमेरिकाले पछिल्लो परीक्षणको निन्दा गरिरहेका छन् । राष्ट्रसंघले उत्तर कोरियालाई व्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ । तर, उत्तरले भने ती प्रतिबन्धको उल्लंघन गर्दै आएको छ ।

नेता किम जोङ उनले देशको रक्षा अवस्था सशक्त बनाउने प्रतिबद्धता जनाउँदै आएका छन् । उत्तर कोरियाका बारम्बारका परीक्षणले राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको भन्दै राष्ट्रसंघले उत्तर कोरियालाई उत्तेजना रोक्न र वार्ता गर्न आह्वान गर्दै आएको छ ।

यसअघिका इतिहासलाई हेर्ने हो भने पनि उत्तर कोरियाले अन्य महिनाको तुलनामा जनवरीमा धेरै मिसाइल प्रहार गर्ने गरेको छ ।

८० वर्षीय म्याटरेल्ला पुन इटालीको राष्ट्रपति नियुक्त

इटालीका राष्ट्रपति सर्जीओ म्याटरेल्ला दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । गठबन्धन पार्टीले साझा उम्मेदवार चयन गर्न नसकेपछि ८० वर्षीय म्याटरेल्ला विकल्पहीन नेता बनेका हुन् ।

यसअघि दोस्रो कार्यलयका लागि राष्ट्रपति नबन्ने उनले घोषणा गरेका थिए । तर, इटालीको स्थिरताका लागि प्रधानमन्त्री मारियो ड्रागीले उम्मेदवारी दिन उनलाई कर गरेका थिए । आठौं चरणको निर्वाचनपछि उनी शनिवार औपचारिक रुपमा नै विजयी भएका थिए ।

राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिनुभएको छ । आइतबार शहीद दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताउनुभयो ।

शहीद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा शहीद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

उहाँले शहीदहरुको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहीदका परिवारलाई सहयोग गर्ने तथा शहीदहरुको बारेमा युवा पुस्तालाई जागरुक बनाउनु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले अबको देशको गन्तव्य आर्थिक रुपान्तरण र सुशासन भएकोले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

उदयपुरमा ट्याक्टर दुर्घटना, छोराको मृत्यु, दाजु र बुबा घाइते

उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह रुपनीमा खेत जोतेर आउँदै गरेको ट्याक्टर पल्टिँदा एक बालकको ज्यान गएको छ । खेत जोतेर घर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको त्रियुगा नगरपालिका १ रुपनीका सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो ।

शनिबार राति ८ बजेतिर खेत जोतेर छोराहरूलाई लिएर आउँदै गरेको ट्याक्टर घर नजिकै पल्टिँदा चालक बुबा सत्यनारायण चौधरी, अर्का छोरा १२ वर्षीय निमिष चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

घाइते निमिष चौधरीको बायाँ कम्मरमा र दुवै खुट्टामा चोट लागेको छ भने ट्याक्टर चालकको दाहिने हातमा चोट पटक लागेको छ । उनीहरू दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।

भारतमा २४ घण्टाभित्र २ लाख ३४ हजार कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आइतबार बिहान भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जनामा कोभिड(१९ को संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८९३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, भारतभर पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ७८४ जना संक्रमित निको भएका छन् । हाल भारतमा १८ लाख ८४ हजार ९३७ जना सक्रिय संक्रमित छन् । यसबाहेक, दैनिक र साप्ताहिक संक्रमण दर क्रमशस् १४।५ र १६।४ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

यसैबीच, भारतका स्वास्थ्य मन्त्री मनसुख मन्डाभियाले ७५ प्रतिशत वयस्कले कोभिड खोपको पूर्ण डोज लगाएको बताएका छन् । पूर्ण खोप लगाउनेको संख्या ७५ प्रतिशत पुगेको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई बधाइ दिएका छन् ।

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपात

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातसँगै भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका हुन् ।

अत्यधिक हिमपातका कारण सडक, विद्युत र हवाई उडानहरु अवरुद्ध भएका छन् । शुक्रबारदेखि आइतबारसम्मको अवधिमा करिब ६ हजार उडानहरु रद्ध भएका बीबीसीले जनाएको छ ।

नोइस्टर भनेर चिनिने हिम आँधीका कारण केही स्थानमा शनिबार साँझदेखि नै ६१ सेन्टिमिटर (दुई फिट)सम्म हिउँ जमेको थियो । साथै म्यासाचुसेट्सका झण्डै एक लाख घरहरुमा विद्युत आपूर्ति बन्द भएको थियो । म्यासाचुसेट्सको सबैभन्दा नराम्रोसँग केप कोड प्रभावित भएको छ ।

यो आँधी क्यारोलिनासदेखि मेनसम्म फैलिने आशंका छ । यो चिसो हावा समुद्रको तातो हावासँग मिसिने र वायुमण्डलमा नयाँ चापीय प्रणाली विकसित हुने अनुमान छ । यसो हुँदा ‘बम्ब साइक्लोन’ आउने बताइएको छ । विज्ञहरुले केही स्थानमा ऐतिहासिक हिमपात हुने र तटीय क्षेत्रमा बाढी आउने चेतावनी दिएका छन् । साथै अधिकांश स्थानमा अत्यधिक चिसो बढ्ने छ ।

गौतमबुद्ध विमानस्थलमा फागुन ९ गतेसम्म परीक्षण उडान गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्ध जयन्ती अगावै संचालनमा आउने बताएका छन् ।

शनिबार विमानस्थल आयोजनाको निरीक्षणपछि बोल्दै मन्त्री आलेले विमानस्थल सञ्चालनमा अब कुनै पनि बिलम्ब नहुने गरी योजना बनाइएको बताए । मौसम अनुकूल भए आउँदो फेब्रअरी २१ अर्थात फागुन ९ गतेसम्म परीक्षण उडानका लागि विमान अवतरण हुने गरी कार्यतालिका तयार पारिएको उनको भनाइ छ ।

परीक्षण उडानका लागि अहिले विमानसहित मौसम, सञ्चार र जडान गरिएका उपकरण एवं ग्राउन्ड चेकको काम भइरहेको छ । परीक्षण उडान सफल भएपछि आउँदो बुद्धजयन्ती अगावै अन्तर्राष्ट्रिय उडान गर्न मन्त्री आलेले निर्देशन दिएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको आईसीबी–२ का व्यवस्थापक प्रविन न्यौपानेले बताए ।

विमानस्थल अनुगमनमा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली आएको थियो ।

आज शहीद दिवस मनाइँदै

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ ।

वि.सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गर्दछ ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

माघ १६ गते आइतबार शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिंदैछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।
कोरोनाको तेस्रो भेरियन्ट सक्रिय रहेकाले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गर्ने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ । यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णय अनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रमको तयारी भइरहेको छ ।

वन तथा वातावरण मन्त्री रामसहाय यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।

विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको जानकारी दिनुभएको हो । कोरोना संक्रमणको जोखिम यथावत रहेकाले बैठक स्थगित गर्नुपरेको सूचनामा उल्लेख गरिएको छ । प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सो निर्णय गरिएको र आगामी बैठक माघ २६ गते दिनको १:०० बजे बस्ने पनि उल्लेख गरिएको छ ।

Sansad.jpg .2022 01 29

निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले स्थानीय निर्वाचनको मिति तोक्ने

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले स्थानीय निर्वाचनको मिति तोक्ने बताउनुभएको छ ।

सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुबिच आज सांझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी जेठ मसान्तभित्र स्थानिय तहको निर्वाचन गर्ने निर्णयमा सहमती गरेपछी, सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय निर्वाचनको मिति तोक्ने भएको छ ।

सत्तारुढ गठबन्धनले आगामी जेठभित्र स्थानीय निर्वाचन गर्न सरकारलाई सुझाव दिएको र त्यसका लागी कुनै कानुनी अफ्ठ्याराहरू हुनगएमा कानुनमा समेत आवश्यक संशोधन गरेर जेठभित्रमा सरकारले स्थानीय निर्वाचन सम्पन्न गर्ने सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने गठबन्धनको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुको उपस्ठितीमा बसेको गठबन्धनको बैठकले आजको निर्णय अनुसार निर्वाचन आयोगसंग परामर्श गरेर स्थानीय तहको निर्वाचनको मिति तोक्ने, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ । जेठभित्रै स्थानीय तह निर्वाचन गर्ने गरी संविधानसँग बाझिएका कानुन संशोधन गर्न पनि गठबन्धनले सुझाव दिने निर्णय गरेको छ।

आज विहान निर्वाचनको मितिबारे भएको छलफल निष्कर्षमा नपुगेपछि कानुनविदसंग परामर्श गरेर दलहरु दोस्रो पटक आन्तरिक छलफलमा बसेका थिए ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगरि निर्वाचन गर्ने प्रधानमन्त्री देउवाको प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव राख्नु भएको छ ।

निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न दवाव दिएको र निर्वाचन सार्न खोजेको भनी चौतर्फी आलोचना भएपछी प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र चाँडै नै स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राख्नु भएको हुनसक्ने बताइएको छ ।

सत्तारुढ दलले संविधानसँग बाँझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउने व्यवस्था गर्ने सहमति गरेको भनिएपनी आजको बैठक विना निष्कर्ष टुँगिएको थियो । कानुन व्यवसायीहरुसँग परामर्श गरेर अपरान्ह ४ बजे बस्ने गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाको प्रस्ताव बारे छलफल हुने बताइएको छ ।

विना निष्कर्ष टुँगियो गठबन्धनको बैठक:अपराह्न पुन बस्ने

स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुबिच प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक विना निष्कर्ष टुँगिएको छ ।

गठबन्धनको बैठक सकिएपछि पनि शीर्ष नेताहरु करिब एक घण्टा छुट्टै बैठक बसेका थिए । शीर्ष नेताहरुको छुट्टै छलफल बाटपनी निष्कर्षमा पुग्न असफल भएपछी ,आज अपराह्न पुन बैठक गर्ने गरी बिहानको बैठक टुँगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मेलम्चीको पानी चैत मसान्तभित्र वितरण गर्ने गरी कार्य गर्न खानेपानी मन्त्रीको निर्देशन

खानेपानी मन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनः स्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौं उपत्यकावासीलाई मेलम्ची वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार आयोजनास्थलको स्थलगत निरिक्षण गर्न मेलम्ची पुगेका मन्त्री चौधरीले आयोजनाका अन्य भौतिक संरचना ठेक्का सम्झौताअनुसार निर्धारित मितिमै द्रुत गतिमा पूरा गर्न निर्देशन दिनुभएको हो ।

आज देशका धेरै ठाउँको मौसम सफा रहने

काठमाडौंको तापक्रम झण्डै १ डिग्रीले घटेको छ। हिजो न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको शनिबार बिहानको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ सम्म झरेको थियो। शनिबार दिउँसो र राति मौसम सफा हुने देखिएकाले न्यूनतम तापक्रम अझै घट्ने सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो
उहाँले अनुसार राति बादल लाग्दा जमिन चिसो हुन पाउँदैन र बिहानको तापक्रम बढ्छ। तर राति आकाश खुल्दा जमिन चिसो भएर बिहानको तापक्रम घट्छ।

यसैबीच अहिले तराईमा हुस्सु र कुहिरो लागेको मौसमविद्ले बताएका छन्। वर्षा र हिमपात गराउने प्रणाली नभएकाले आज दिउँसो देशका धेरै ठाउँको मौसम सफा हुने मौसमविद् पौडेलको भनाइ छ।

पहाडी भेगमा भने आशिंक बदली हुने सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

कोरोनाविरुद्धको दुई फरक खोप मिलाएर दिने सरकारको निर्णय

सरकारले बुस्टर खोपको मात्रा पहिले लगाएको खोपभन्दा फरक खोप दिने निर्णय गरेको छ ।

डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिसअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णयअनुसार बुस्टर खोपको मात्रा फरक खोपको दिने निर्णय गरिएको हो ।

बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिने ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।

पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन भनिएको छ ।

बेइजिङ ओलम्पिकका लागि चीन पुगेका १२ जनामा कोरोना सङ्क्रमण

चीनको सङ्घीय राजधानी बेइजिङमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम तीव्र छ। सहभागी आउने र परीक्षण गर्ने क्रम चलिरहेको र यो सङ्ख्या पछिल्लो २४ घण्टाको मात्रै भएको अधिकारीहरूले जनाएका छन्।

प्रतियोगिताका लागि बिहीबार रातिसम्ममा एक हजार ६८२ जना बेइजिङ आइपुगेका छन्। तीमध्ये एक हजार ४२ जना खेलाडी नै रहेका छन् भने ६४० जना खेल पदाधिकारी तथा अन्य रहेका छन्।

प्रतियोगितामा सहभागी हुन आएका सबैको पीसीआर परीक्षण विमानस्थलमै गर्ने व्यवस्था मिलाइएको अधिकारीहरूले जनाएका छन्।

कोरोना भाइरसको महामारीका बीचमा ठूलो चुनौतीलाई सामना गर्दै आयोजना गरिएको प्रतियोगिता फेब्रुअरी ४ मा सुरु भई फेब्रुअरी २० मा सम्पन्न हुनेछ।

माघ १६ देखि २५ गतेसम्म तुलसीपुर–सल्यान सडक दैनिक ७ घण्टा बन्द हुने

राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर–सल्यान सडक पर्सि आइतवारदेखि दैनिक सात घण्टा बन्द हुने भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएपछि १० दिनसम्म दैनिक सात घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले जानकारी दिनुभएको छ ।

पर्सि माघ १६ देखि २५ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म १० दिन आवागमन बन्द गरिने उहाँले जानकारी दिनुभयो । यस सडक स्तरोन्नतिकोे जिम्मा नान्जिला एण्ड आकांक्षा जेभीले लिएको छ ।

साथै अत्यावश्यक एकतर्फी सवारी साधनका लागि पैयाँखोर–कपुरकोट डाईभर्सन प्रयोग गर्न सकिने इन्जिनियर महर्जनले बताउनुभयो ।

अष्ट्रेलियामा आपतकालीन अवस्था घोषणा

अष्ट्रेलियाली प्रान्त दक्षिण अष्ट्रेलियाले आपतकालीन अवस्थाको घोषणा गरेको छ। केही दिनअघि देखिको भारी वर्षा र आँधीपछि आगामी १४ दिनको लागि आपतकालीन घोषणा गरेको हो ।

केही दिनअघि देखि आएको असिना र वर्षाका कारण मेलबर्न र साउथ अष्ट्रेलियामा बाढी आएको बताइएको छ। अष्ट्रेलियाको विभिन्न भेग र समुद्री तट क्षेत्रमा अझै चट्याङसहितको वर्षा र आँधी आउने त्यहाँको मौसम विभागले जनाएको छ ।

आँधी र वर्षाका कारण सो क्षेत्रका अधिकांश मानिसहरु अन्धकारमा बसिरहेको अन्‍तर्राष्ट्रिय मिडियामा खबर छ । आँधी र वर्षाका कारण सो क्षेत्रमा ठूलो मात्रामा भौतिक क्षति भएको अनुमान गरिएको छ।

नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदै

नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा आज शनिबार अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्नेछ । नेपाल र मरिससबीचको खेल ४-४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गरिसकेका छन् ।

खेलाडीलाई अन्तराष्ट्रिय खेलको अनुभव दिने उदेश्यले दुई टोली बनाएको प्रशिक्षक अल्मुताईरीले बताएका छन् । अल्मुताईरीले खेलाडीबाट राम्रो नतिजा भन्दा उत्कृष्ट प्रदर्शनको आशा गरेको बताएका छन् ।

फिफा वरीयतामा मरिसस नेपाल भन्दा पछाडी रहेको छ । मरिसस १ सय ७२ औं स्थानमा छ । नेपाल फिफा वरियताको १ सय ६९ औं स्थानमा छ ।

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने जनाएको छ ।

एन्फाले सामान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजारको टिकट दर राखेको छ ।

आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै

स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न आज सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुबिचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभएको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगले सरकारलाई दबाब दिइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न बैठक बोलाउनुभएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलका शिर्ष नेताहरुबिच हिजो भएको भेटघाटमा पनि स्थानीय तहको निर्वाचनकै बिषयमा छलफल भएको तर कुनै निष्कर्षमा नपुगी छलफल टुँगिएको थियो ।

स्थानीय निर्वाचनबारे गठबन्धनले अघि सारेको विकल्प संविधान सम्मत छैन : गगन थापा

सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर मात्र निर्वाचनमा जाने भन्ने बिषयमा छलफल गरिरहंदा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनबारे अघि सारेको विकल्प संविधान सम्मत नभएको बताउनुभएको छ ।

अहिले जुन कोण बाट संविधानको व्याख्या गरेर स्थानिय निर्वाचनको सवालमा कानून संशोधन गरेर निर्णय गर्ने भन्ने कुरा आइरहेको छ त्यो संविधानसम्मत नहुने भन्दै महामन्त्री थापाले, कांग्रेसले यस्ता कुराहरु बोक्न नहुने बताउनुभएको छ ।

महामन्त्री थापाले सो कुरा पार्टी सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि जानकारी गराएको र आज प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजे बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठकमा पनि राख्ने बताउनुभएको छ । आज बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफू आशावादी भएको बताउंदै थापाले भन्नुभयो,”गठबन्धनका नेताहरूले पनि यो कुरा बुझ्नु हुन्छ र संविधानसँग बाझिने गरी कुनै पनि काम गठबन्धनले गर्दैन भन्ने कुराको मलाई विश्वास छ ।”

माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन-पाठन सञ्चालन नगर्न सरकारको निर्देशन

माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन-पाठन सञ्चालन नगर्न सीसीएमसीसीले सिफारिस गरेको छ ।

यसअघि सरकारले माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठन-पाठन सञ्चालन नगर्ने भनी दिएको निर्देशन आज समाप्त हुने भएसंगै सरकारले नयाँं निर्णय कार्यन्वयन गर्दै अर्को निर्देशन जारी नभएसम्मका लागि माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन-पाठन सञ्चालन नगर्न निर्देशन जारी गरेको हो । कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सो निर्णय गरेको बताइएको छ ।
पठन-पाठन सञ्चालन नहुने भएपनी बालबालिकालाई खोप लगाउनका लागि माघ २० गतेसम्म विद्यालयहरु भने खुल्ला रहनेछ ।

गैँडा मर्दा पक्राउ पुर्जी जारी गरेकोमा निर्माण व्यवसायी महासंघको आपत्ति

सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैँडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ।

निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

सडक विस्तारको काम भइरहेको महेन्द्र राजमार्गको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको खण्डमा आइतबार खाल्डोमा परेर गैँडा मरेको थियो । सो खण्डको काम गरिरहेको इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध चितवन निकुञ्ज कार्यालयले बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएको भए पनि अझै कोही पक्राउ परेका छैनन् ।

सडक विस्तार गर्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीतका कुनै पनि कामकारबाही नभएको महासंघको विज्ञप्तिमा उल्लेख छ । निर्माण सम्झौताबमोजिम नै निर्माण कम्पनीले सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको पनि महासंघले दाबी गरेको छ ।

भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज कोभिशिल्ड दिइने

नेपालमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएकालाई बुस्टर डोजको रुपमा कोभिशिल्ड खोप दिइने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेका हुन् ।

कोरोना भाइरसविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने भएको छ ।

मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने पनि निर्णय गरेको छ ।

विदेशमा पहिलो मात्रा कोभिशिल्ड, अस्ट्राजेनेका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकालाई पनि दोस्रो डोज कोभिशिल्ड दिइने मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।

विश्वभर कोरोना संक्रमण हुनेको सङ्ख्या ३७ करोडबढी पुग्यो

विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड पुगेको छ । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म ३२ लाख ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ ।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३७ करोड ४३ हजार नाघेको छ । योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३६ करोड ९९ लाख ९१ हजार नाघेको छ। जसमध्ये २९ करोड २२ लाख निको भएका छन्। २४ घण्टामा मात्रै २१ लाख ९२ हजार कोरोना मुक्त भएका छन्।

यसैगरी ९ हजार ६ सय सङ्क्रमितको २४ घण्टाभित्र मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ६६ हजार नाघेको छ।

अहिलेसम्म यूरोपमा मात्रै १२ करोड २२ लाखमा सङ्क्रमण पुष्टि हुँदा ९ करोड १६ लाख निको भएका छन्। १६ लाखको भने मृत्यु भएको छ।

यस्तै १ करोड ९ लाखमा कोरोना पुष्टि भएको अफ्रिकामा ९७ लाख निको हुँदा २ लाख ३८ हजारले भने ज्यान गु्माएका छन्।

यसैगरी एसियामा ९ करोड ८४ लाखमा सङ्क्रमण पुष्टि हुँदा ९ करोड ८ लाख सङ्क्रमण मुक्त भएका छन्। १२ लाखको भने मृत्यु भएको छ।

उत्तर अमेरिकामा ८ करोड ७९ लाखमा सङ्क्रमण पुष्टि हुँदा ५ करोड ६४ लाख निको भएका छन्। १३ लाख १३ हजारको भने मृत्यु भएको छ। दक्षिण अमेरिकामा भने ४ करोड ७७ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड १३ लाख निको भएका छन्। १२ लाख ११ हजारको भने मृत्यु भएको छ।

महासागरमा भने २६ लाखमा कोरो्ना पुष्टि हुँदा २२ लाख ५० हजार निको भएका छन्। ५ हजार ९ सयको भने मृत्यु भएको छ।

अझै पनि विश्वभर ७ करोड २० लाख सक्रिय सङ्क्रमित रहेकामा ९५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

रारा गोल्डकपको उपाधिका लागि आज मनाङ र एपीएफ भिड्दै


२० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज र मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् ।एपीएफलले उद्घाटन खेलमा आयोजक सहारालाई २–० तथा पहिलो क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा युएसएलाई ३–१ र सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै उपाधिका लागि १४ वर्षपछि फाइनलमा मनाङ संगको भेट पक्क गरेको हो ।त्यस्तै मनाङले भने नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै तथा बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै १२ औं पल्ट फाइनलमा प्रवेश गरेको हो ।

६ पटक उपाधि जितिसकेको मनाङ ७ औं पटक उपाधि आफ्नो पोल्टामा पार्ने योजनामा छ भने एपीएफ पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने दाउमा रहेको छ ।

दुवै टिमका क्यापटेनले आफूहरु उपाधिको दाबेदार रहेको बताएका छन् । मनाङका क्याप्टेन विमल रानाले आफ्नो कप्तानीमा आहा रारा गोल्डकपको उपाधि जित्न आफू आतुर रहेको बताए । उनले एपीएफले राम्रो पदर्शन गरेको बताउँदै उपाधि चुम्नेगरी खेल्ने आफूहरुको रणनीति रहेको उल्लेख गरे ।

एपीएफका क्याप्टेन नवीन लामा पनि १४ वर्षपछि फाइनलमा पुग्नुलाई महत्वपूर्ण उपलब्धि ठान्दै उपाधि जित्ने गरी खेल प्रदर्शन गर्ने आफुहरुको योजना रहेको बताउँछन् ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

उपत्यकामा जारी सवारी साधनको जोर बिजोर प्रणालीमा परिमार्जन

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले उपत्यकामा जारी सवारी साधनको जोर बिजोर प्रणाली परिमार्जन गरेको छ ।
सीसीएमसीसीले सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सीसीएमसीसीले भाडाका ट्याक्सी र निजी सवारी बाहेकका सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागु गर्दा झनै भिड बढेको र यसले झन जोखिम बढाउन सक्ने भन्दै यस अघी सार्वजनिक सवारीमा लागु गरेको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

विमोचन इभेन्टद्धारा सञ्चालित उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको सात दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम आज समापन भएको छ ।

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालि को सभाहलमा माघ ८ गते देखि सञ्चालित उद्घोषण तथा व्यक्तित्व विकास तालिम आज एक औपचारिक कार्यक्रम बिच समापन गरिएको छ । कोभिड १९ को सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरिएको तालिममा चितवन र नवलपुरको विभिन्न स्थानबाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले उद्घोषण तथा व्यक्तित्व विकास तालिमले समाजमा निकै सकारात्मक प्रभाव पार्ने र बोल्ने कलाको बिकास गर्न थप उर्जा प्रदान गर्ने बताउनुभयो । साथै, उहांले यस्ता सामाजिक कार्यक्रमहरुमा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस सहकार्य गर्न सदैव अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

aabimochan

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालि र सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेनिङको सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्जे कुमार कायस्था लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

७ दिन सम्म संचालन भएको प्रशिक्षणमा चितवनका चर्चित सञ्चारकर्मीद्धय मनोज घिमिरे र प्रवेश अधिकारीले प्रशिक्षण दिनुभएको थियो । यस्तै, कार्यक्रममा सहभागिहरुलाई समापनको अवसरमा सफलताको शुभकामनासहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष विमोचन आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा उहाँले उद्घोषण तथा व्यक्तित्व विकास तालिम कार्यक्रम आगामी दिनमा पनि नियमित रुपमा संचालन गर्ने बताउनुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकबाट कार्यसम्पादन समिति गठन

आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति ठूलो भएपछि आज बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकबाट कार्यसम्पादन समिति गठन गर्नुभएको छ । नेपाली कांग्रेसको पार्टीको बिधानमा पनि ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको प्रावधान रहेको भएपनी आजको बैठकबाट ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो । समितिमा पार्टीका पदाधिकारी र ३१ केन्द्रीय सदस्यका साथै पार्टी प्रवक्ता र संसदीय दलको नेता पदेन सदस्य हुने विधानको व्यवस्था छ ।

कार्यसम्पादन समितिमा सभापति शेरबहादुरसहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ,सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार रहेका छन् ।

केन्द्रीय सदस्यहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना रहेका छन् ।

भारतमा २४ घण्टामा २ लाख ५१ हजार कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार २०९ जना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बिहीबार कोभिड–१९ का कारण भारतमा ६२७ जनाको ज्यान गएको छ ।

भारतमा हालसम्म चार करोड चार लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोभिड–१९ बाट ४९ हजार भन्दा धेरैको ज्यान गएको छ ।
अहिले भारतमा कोरोना संक्रमण दर १५.८८ प्रतिशत रहेको छ ।

निर्वाचन आयोग र कानुन मन्त्रालय आगामी चुनावबारे छलफल गर्दै

निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानुन मन्त्रालयलाई बोलाएको छ । निर्वाचन कानुनका विषयमा आयोगले मन्त्रालयसँग आज छलफल गर्न लागेको हो ।

कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले निर्वाचन आयोगले छलफलका लागि बोलाएको जानकारी दिनुभयो । निर्वाचन आयोग स्थानीय तहको निर्वाचन आगामी बैशाखमै गर्नुपर्ने अडानमा छ । उसले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई दबाव दिंदै आएको छ ।

तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेकाले मिति तोकिएको छैन । बरु सरकारले केही कानु संविधानसँग बाझिएको भन्दै संशोधन गर्ने तयारी गरिरहेको छ ।

त्यसबारे कानून मन्त्रालयले महान्यायाधिवक्तालगायतसँग छलफल गरिसकेको छ ।

आज एकैदिन ९०० रुपैयाँले घट्यो सुनको मूल्य

सुनको भाउ आज शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

संघीय संसद्को बैठक आगामी आइतबारदेखि बस्ने

संघीय संसद्को बैठक आगामी साता बोलाइको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै पटक पटक स्थगित भएको बैठक आइतबारबाट पुनः सञ्चालन हुने भएको हो ।

प्रतिनिधि सभाको बैठक आइतबार र राष्ट्रिय सभाको बैठक सोमबारका लागि बोलाइएको छ । कोरोना संक्रमण दर उच्च बिन्दुमा पुग्ने क्रममा रहेकै बेला संसद् बैठक बस्न लागेको हो ।

यद्यपि बैठक बस्ने नबस्नेबारे यकिन भइसकेको छैन । दलहरुबीच स‌ंसद सञ्चालन गर्नेबारे कुनै समझदारी भइ नसकेका कारण बैठक अन्यौलमा परेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टी फुटाउन सभामुखले भूमिका खेलेको भन्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । आगामी बैठकमा पनि अवरोध कायमै रहने एमालेका नेताहरूले बताएका छन् ।

उपत्यकाका सिडीओहरुको बैठक आज बस्दै

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । शुक्रवार मध्यान्ह जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक राखिएको छ ।

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल गरेर निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताउनुभयो ।

शनिवार नेपाल र मौरिसस बीचको फुटबल हुँदैछ । सो प्रतियोगितामा दर्शक पनि उपस्थित गराउने गरी अनुमति दिन अखिल नेपाल फुटबल संघले स्थानीय प्रशासनलाई आग्रह गरेको छ । प्रजिअ हरुको बैठकमा त्यसबारे पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शिर्ष नेताहरुबिच भेटघाट

प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनका तीन शिर्ष नेताहरुबिच भेटघाट भएको छ ।

प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

भेटमा शिर्ष नेताहरुबिच निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधान अनुसार बनाउने विषयमा छलफल भएको बताइएको छ । साथै समसामयिक राजनीतिक बिषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको छ।

विमानस्थल स्रोतका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको र २०७९ जेठ २ गते बुद्धजयन्तीका दिन अन्तर्राष्ट्रिय उडानको तयारी गर्नेगरि काम भइरहेको बताईएको छ।

विमानस्थल सञ्चालनका लागि १०० दिने योजनासहित ‘मिसन भैरहवा’ अभियान शुरु गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले माघ १२ बाट सुरु भएको अभियानअन्तर्गत फागुन १० गतेसम्म क्यालिब्रेसन उडान गरिने जानकारी दिनुभयो ।उहाँले बुद्ध जयन्तीको शुभ दिन पारेर उडान सुरु गर्ने कार्यक्रम रहेको बताउनु भएको छ ।

क्यालिब्रेसन उडान योजनाले विमानस्थलमा जडान भएका सञ्चार उपकरणहरूको परीक्षण गर्ने, क्यालिब्रेसन उडान सुरु गर्ने, उडेको विमानको दूरी जाँच गर्ने, उडेको विमानले प्रयोग गरेको रुट जाँच गर्ने र उडान भर्ने क्रममा धावनमार्गमा जडान गरिएको प्रकाशको जाँच गर्ने काम गर्नेछ । त्यसैगरी, एयरलाइन्स, भन्सार, प्रहरी, अध्यागमन लगायतलाई विमानस्थलमा सञ्चालनको लक्ष्य मितिको जानकारी गराई ग्राउन्ड ह्यान्डलिङ, फुड क्याटरिङ, कार्गो एजेन्सी आदिलाई आवश्यक तयारीका लागि निर्देशन दिई जनशक्ति परिचालन गरिने बताइएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक आज :कार्यसम्पादन समिति गठन गरिने

केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल गर्न आज अपराह्न ३ बजे भर्चुअल माध्यमबाट नेपाली कांग्रेसको केन्द्रिय समितीको बैठक बस्दै छ ।

केन्द्रिय समिती जम्बो भएपछी नेपाली कांग्रेसले कार्यसम्पादन समिति गठन गर्न लागेको हो । नेपाली कांग्रेसको पार्टीको बिधानमा पनि ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको प्रावधान रहेको छ । जसअनुसार समितिमा १४ जना पदाधिकारी र ३१ जना सदस्य रहने व्यवस्था छ । बिधानमा पनि केन्द्रीय समितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्न सक्ने प्रावधान रहेकोले केन्द्रिय पार्टीको कामकार्वाही र राष्ट्रिय महत्वको बिषयमा छलफल गर्न कार्यसम्पादन समिति गठन गर्न लागिएको हो । आजको बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

राष्ट्रपतिद्वारा समयमै निर्वाचन गरेर अघि बढ्न प्रधानमन्त्री देउवालाई आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानको भावना र मर्म बमोजिम यथाशिघ्र निर्वाचन प्रकृया अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच शितल निवासमा आज भएको नियमित भेटघाटको क्रममा राष्ट्रपति भण्डारीले समयमै निर्वाचन गरेर अघि बढ्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले सबै दलहरुसँग परामर्श गरेर समयमै स्थानीय निर्वाचन गर्ने प्रतिवद्दता ब्यक्त गर्नुभएको छ । आज भएको नियमित भेटघाटको क्रममा हिजो सम्पन्न राष्ट्रिय सभा निर्वाचन, संसदको गतिरोध अन्त्य गर्ने लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

जोर–बिजोर प्रणालीबारे काठमाडौं उपत्यकाका सिडिओले समीक्षा गर्ने

काठमाडौं उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयले जारी गरेको जोर–बिजोर प्रणालीको आदेशबारे समीक्षा गर्ने भएका छन् ।

शुक्रबार प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दै यसबारे समीक्षा गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जारी गरेको जोर–बिजोर प्रणालीले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेका थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले यसबारे मिश्रित प्रतिक्रियाहरू आएका बताउनुभयो ।

यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षले पनि भोलिसम्ममा अर्को आदेश जारी गर्ने जानकारी दिनुभयो ।

माघ १८ देखि चितवनमा भूमि आयोगले लालपुर्जा वितरण गर्दै

माघ १३, काठमाडौं । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो । आयोगले भरतपुर महानगरपालिका–१४ सहित ६ वटा वडाबाट काम सुरु गर्न लागेको हो ।
सबै वडामा ६ जनाका दरले प्राविधिकसहित आवश्यक जनशक्ति परिचालन हुने अध्यक्ष तिमल्सिनाको भनाइ छ । स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा सेटेलाइटसहितका आवश्यक प्रविधि जुटाएर कामलाई तीव्रता दिइने उहाँले जानकारी दिनुभयो । । भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।
महानगरबाट काम थालेसँगै कालिका नगरपालिका र माडी नगरपालिकाले सरकारसँग सम्झौता गरिसकेकाले ती पालिकामा पनि तत्काल काम अघि बढ्ने उहाँले बताउनुभयो । काम सुरु गर्नुअघि सम्बन्धित वडामा सहजीकरण समितिमार्फत सार्वजनिक सुनुवाइसमेत गर्ने तिमिल्सिनाले बताउनुभयो ।

स्थानीय चुनावबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्वाचन आयोगको तयारी

माघ १३, काठमाडौं । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने अडान राख्दै आएको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ ।
यसअघि आयोगले दुई चोटि प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ भने यसै साता विज्ञप्तिसमेत जारी गरेर वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न दबाब दिइसकेको छ ।
निर्वाचन आयोगले यसअघि वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको चुनाव गर्ने मिति सरकारलाई प्रस्ताव गरेको थियो । त्यसपछि जारी विज्ञप्तिमा १२० दिन अगावै मिति तोकिनुपर्ने भन्दै वैशाखभित्रै गर्ने गरी मिति तोक्न भनिएको छ ।

स्थानीय तह निर्वाचन ऐन र स्थानीय सरकार सञ्चालन ऐनका प्रावधान संशोधनको तयारी

सरकारले स्थानीय तह निर्वाचन ऐन र स्थानीय सरकार सञ्चालन ऐनका प्रावधान संशोधनको तयारी गरेको छ । संविधानसँग बाझिएको र संविधान प्रतिकूल भएको भन्दै ऐन संशोधन गर्न लागिएको हो ।

स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ३ (१) खारेज गरिने महान्यायाधिवक्ता खम्मबहादुर खातीले बताउनुभएको छ। ‘संविधानमा स्थानीय तहका नप्रतिनिधिको कार्यकाल निर्वाचित भएको मितिले ५ वर्ष हुने भनिएको तर ऐनमा २ महिनाअगाडि निर्वाचन हुनुपर्ने प्रावधानको कारण संविधानको धारा २२५ का साथै २१५ (६), २१६ (६) र २२० (५) सँग बाझिएको बताउनुभएको छ। त्यस्तैगरि ऐनको दफा ४ अन्तर्गत सरकारले दुई वा दुईभन्दा बढी चरणमा निर्वाचन गर्न सक्ने तर पहिलो चरणको मितिलाई निर्वाचन सम्पन्न भएको मानिने उल्लेख गरेको र ऐनको व्यवस्थालाई मान्दा तेस्रो चरणमा निर्वाचन भएका जनप्रतिनिधिको कार्यकाल ४ महिनाअगाडि नै समाप्त हुने भएकोले उक्त एन संशोधन गरिने महान्यायाधिवक्ता खातीले जानकारी दिनुभएको छ। सोही ऐनको दफा ५५ पनि संशोधन गर्नुपर्ने खातीले बताउनुभएको छ। कार्यकाल सकिएपछि स्थानीय कार्यपालिका कसरी सञ्चालन गर्ने भन्नेबारे स्पष्ट नभएको र निर्वाचन नहुदासम्म रिक्तता हुन नदिन ऐनमा थप व्यवस्था गर्नुपर्ने भएकोले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ११५ संशोधनको तयारी गरेको जानकारी दिनुभएको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुनविद्हरूको सुझावअनुसार संविधानसँग बाझिएका कानुन संशोधनको प्रक्रियालाई सरकारले अगाडि बढाउने बताउनुभएको छ।

राष्ट्रिय सभामा गठबन्धनको वर्चश्व: १७ सदस्यसहित एमाले पहिलो शक्तिमा कायमै

हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता सत्तागठबन्धनका १८ उम्मेदवार विजयी भएका छन् भने प्रदेश १ मा एक सिट जितेर एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको छ ।

राष्ट्रिय सभाको १९ पदको लागि सत्ता सत्तागठबन्धन सहितका नौ राजनीतिक दलबाट ४३ जनाले उम्मेद्बारी दिएका थिए । सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने आठ सिट बाँडेर संयुक्त उम्मेदवारी दिएका थिए । मधेस प्रदेशमा भने एमाले र लोसपा गठबन्धन गरेर चुनावमा उत्रिएका थिए ।

कुल तीन पदका लागि आठजनाले उम्मेदवारी दिएका प्रदेश १ मा गठबन्धनका दुई र एमालेका एक उम्मेद्वार विजयी भएका छन् ।महिलातर्फ गठबन्धनबाट एकीकृत समाजवादीकी जयन्ती राई र खुलातर्फ कांग्रेसका गोपाल बस्नेत र अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका हुन् । अन्यतर्फ एमालेका गुरु बराल र कांग्रेसका गोपाल बस्नेतले बराबरी मत प्राप्त गरेपछी निर्वाचन आयोगले गोलाप्रथाबाट कांग्रेसका गोपाल बस्नेतलाई विजयी घोषणा गरेको हो ।

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार मोहम्मद खालिक सिद्दिकी र महिलातर्फ माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएका हुन् ।

त्यसैगरी गण्डकी प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भएका छन् ।तीनजना सदस्यका लागि भएको प्रतिस्पर्धामा महिलातर्फ गठबन्धनकी उम्मेदवार कांग्रेसकी कमला पन्त, अन्यमा माओवादीका सुरेशकुमार आलेमगर र दलिततर्फ माओवादीकै भुवन सुनार विजयी भएका छन् ।

लुम्बिनीमा प्रदेशमा गठबन्धनका तीन उम्मेदवार विजयी भएका छन् । दाङको घोराहीमा भएको निर्वाचनको मतपरिणामअनुसार गठबन्धनअन्तर्गत कांग्रेसबाट बाँकेका युवराज शर्मा, एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राजमोका तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा विजयी भएका हुन् ।

कर्णाली प्रदेशमा पनि गठबन्धनका तीन उम्मेदवार, कांग्रेसकी दुर्गा गुरुङ, एकीकृत समाजवादीका उदयबहादुर बोहरा र माओवादीका नरबहादुर विष्ट विजयी भएका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।सुदूरपश्चिमबाट गठबन्धनका तीनैजना उम्मेदवार, महिला सदस्यमा एकीकृत समाजवादीका गरिमा शाह, दलितमा माओवादीका जगतबहादुर पार्की र अन्य समूहतर्फ सदस्यमा कांग्रेसका नारायणदत्त मिश्र निर्वाचित भएका हुन् ।

हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचनसंगै नेकपा एमाले राष्ट्रिय सभामा ३१ सिटबाट १७ सिटमा खुम्चिएको छ । राष्ट्रिय सभाको आफ्नो वर्चश्व गुमाएको भएपनी १७ सिट सहित एमाले राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल कायम रहन सफल भएको छ । त्यसैगरी १५ सदस्यसहित माओवादी दोस्रो र १० सदस्यसहित कांग्रेस तेस्रो शक्तिको रुपमा रहेको छ । एकीकृत समाजवादी आठ सांसदसहित राष्ट्रिय सभाको चौथो शक्तिको रुपमा रहेको छ भने, राष्ट्रिय सभामा जसपाका तीन, लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक, स्वतन्त्र एक र मनोनीत तीनजना सदस्य रहनेछन् ।

तस्विर : नयाँं पत्रीका

गोला थुतेर कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत राष्ट्रियसभा सदस्य निर्वाचित

राष्ट्रियसभा सदस्यको निम्ती प्रदेश १ मा भएको निर्वाचनमा अन्यतर्फ कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत गोलाप्रथाबाट विजयी हुनुभएको छ ।

आज भएको निर्वाचनको मतगणना अनुसार कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत र एमालेका उम्मेदवार गुरुप्रसाद बरालको मतभार बराबर भएपछि निर्वाचन आयोगले गोलाप्रथाबाट अन्तिम नतिजा सार्वजनिक गरेको हो । दुवै जनाको मतभार ४४८८ आएको थियो र गोलाप्रथा गर्दा कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत विजयी भएको आयोगले बताएको छ ।
त्यस्तै गरी यसअघि सार्वजनिक नतिजा अनुसार प्रदेश १ बाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा विजयी हुनुभएको छ ।

प्रदेश १ मा गठबन्धन र एमालेका १-१ जना उम्मेदवार विजयी

प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)बाट जयन्ती राई ४३६२ मतसहित विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सुमित्रा भण्डारीलाई ३३० मतले पराजित गर्दै राईले गठबन्धनबाट महिलातर्फको उम्मेदवारमा विजय प्राप्त गर्नुभएको छ ।

राईले प्रदेशसभाका सांसदहरुको २४९६ र स्थानीय तहका प्रतिनिधिहरुको २१९६ मत प्राप्त गर्नुभएको छ । राईकी निकटतम प्रतिद्वन्द्वी सुमित्रा भण्डारीले भने प्रदेशसभाको १८२४ मत र स्थानीय तहका प्रतिनिधिहरुको २५३८ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै गरी प्रदेश १ मै भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा अल्पसंख्यकतर्फ एमाले उम्मेदवार सोनाम ग्यालजेन शेर्पाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका छन्। शेर्पाको मतभार ४७५२ र उनका प्रतिस्पर्धी पाँचदलीय गठबन्धनका उम्मेदवार जनता समाजवादीका हेमराज राईको मतभार ४३६८ रहेको छ ।

अन्यतर्फ कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत र एमालेका उम्मेदवार गुरुप्रसाद बरालको मत बराबर .

अख्तियारद्वारा पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

हरि खड्काविरुद्ध अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको आरोपमा मुद्दा दायर गरेको हो ।

खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी २०५५ कात्तिक १ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको आरोपमा मुद्दा दायर गर्दै, अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजारसम्म जरिवाना सजाय माग गरेको छ । सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेल्दै आएका खड्काले शैक्षिक प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।

समायोजन भइ गएका कर्मचारीलाई संघमा फर्काउन नमिल्ने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको छ ।

आफूहरुलाई गलत रुपमा समायोजन गरिएको भनी दावी गर्दै शाखा अधिकृतहरुले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो ।

सर्वोच्चले लोक सेवा आयोगको परीक्षा दिएर बसेका परीक्षार्थीको नतिजा रोकिएको विषयमा भने बाटो खुलाइदिएको छ । अब लोकसेवा आयोगले नतिजाको पर्खाइमा रहेका परीक्षार्थीहरुको नतिजा प्रकाशित गर्नुपर्नेछ भने बाँकी परीक्षार्थीहरुको लिखित परीक्षा लिनुपर्ने सर्वोच्च अदालतको आदेशमा जनाइएको छ ।

मछिन्द्रलाई हराउँदै एपीएफ रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

विभागीय टिम नेपाल एपीएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो । पोखरा रंगशालामा एपीएफलाई जित दिलाउन सनिश श्रेष्ठ, प्रदिप लामा र नविन लामाले एक एक गोल गरे ।

मछिन्द्रका ओमोलाजा करिमले एक गोल फर्काए । खेलको २५ औं मिनेटमा सनिशले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । उनले मणि लामाको फ्रि–किकमा हेडरमार्फत गोल गरेका हुन् ।

तर, खेलको ४० औं मिनेटमा ओमोलाजाले गोल गर्दै मछिन्द्रलाई १–१ को बराबरीमा ल्याएका थिए । उनले कप्तान रंजित धिमालको फ्रि–किकमा हेडरमार्फत गोल गरेका हुन् ।

खेलको ६९ औं मिनेटमा प्रदिपले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए । कप्तान नविन लामाको पासमा उनले उत्कृष्ट गोल गरे ।
यस्तै खेलको ७१ औं मिनेटमा करिमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा मछिन्द्र १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको इन्जुरी समयमा कप्तान नविनले गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए । आवाश लामिछानेले प्रहार गरेको बल मछिन्द्रका गोलकिपर सुर्य अधिकारीले बचाएपछि प्राप्त रिबाउन्डमा उनले सहजै गोल गरेका हुन् ।

एपीएफ १४ वर्षपछि आहा राराको फाइनल पुगेको हो । यस अघि २०६४ मा एपीएफले फाइनल खेलेको थियो । अब एपीएफले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

आज देशभर थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ड हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी हुनुभएको हो ।

एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गर्नुभएको हो ।

आज विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको महिलातर्फको सिटमा पनि एकीकृत समाजवादीकी गरिमा कुमारी शाह विजयी हुनुभएको छ ।

शाह प्रदेश सभातर्फ १ हजार ८७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार पाएर निर्वाचित हुनुभएको हो ।शाहकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १ हजार १५२ मतभार प्राप्त गर्नुभएको थियो ।

भरतपुर महानगरपालिका बन्यो जनसंख्यामा नेपालकै तेस्रो ठूलो शहर

जनसंख्याको हिसाबमा भरतपुर महानगरपालिका नेपालकै तेस्रो ठूलो महानगरपालिका बनेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालका धेरै जनसंख्या भएका पाँच महानगरपालिकाहरुमा तेस्रो बनेको हो ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नगरपालिकाहरुमध्ये सबैभन्दा धेरै जनसंख्या भएका पाँच नगरपालिकाहरुमा क्रमशः काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिका छन् ।

सबैभन्दा कम जनसंख्या भएका पाँच नगरपालिकाहरुमा क्रमशः ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालीगुराँस नगरपालिका र जिरी नगरपालिका पर्छन् ।

सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकाको जनसंख्या आठ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०हजार १८७ जनसंख्या रहेको छ । २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने एक लाख भन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ ।

राष्ट्रिय सभा निर्वाचन अन्तरर्गत कर्णालीमा ११५ मत खस्यो


राष्ट्रिय सभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान सुरु भएको हो ।
तीन सिटका लागि कर्णालीमा भइरहेको मतदानमा हालसम्म ११५ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा भइरहेको मतदानमा खसेको ११५ मत मध्ये ९५ जना स्थानीय तहका जनप्रतिनिधि र २० जना प्रदेशसभाका सांसदले भोट हालेका हुन् ।

कर्णालीमा प्रदेशसभाका सांसदहरु ३५ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १९१ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
१९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि मतदान भइरहेको हो ।

आज चुनाव भएको सबै ठाउँमा गठबन्धनले जित्ने माधव नेपालको दाबी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज निर्वाचन भएको राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने दाबी गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनबाट उठेका उम्मेदवारले जित्ने र यसबाट नयाँ तरंग पैदा हुने बताउनुभयो ।

रिक्त १९ पदमा भागबन्डा गरेर गठबन्धनले उम्मेदवार उठाएका थिए । १९ पदमा नेकपा एमालेले पनि उम्मेदवार उठाएको छ । उहाँले स्थानीय तहलगायत चुनाव अब कहिले गर्ने भन्ने अहिले बहसको विषय भएको भन्दै संविधानअनुसार चुनाव हुनुपर्नेमा पार्टीको धारणा रहेको बताउनुभयो

भारतमा यात्रा नगर्न आफ्ना नागरिकलाई अमेरिकाले दियो चेतावनी

जो बाइडेन प्रशासनले आफ्ना नागरिकहरूलाई भारतको भ्रमण नगर्न चेतावनी जारी गरेको छ ।

कोरोना, बलात्कार र जम्मू–कश्मीरमा बढिरहेको आतङ्कवादलाई मध्यनजर गर्दै भारतको कुनै पनि किसिमको भ्रमणमा पुनर्विचार गर्न आग्रह गरिएको हो ।

यो यात्रा परामर्श यस्तो समयमा आएको छ कि जब अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोरोना मामिलालाई मध्यनजर गर्दै लेभल–३ स्तरको यात्रा र स्वास्थ्य सूचना जारी गरेको थियो । बाइडेन प्रशासनको तर्फबाट यो पनि भनिएको छ कि भारतमा बढ्दो बलात्कार अपराध मध्ये एक हो ।

अमेरिकाले आफ्नो यात्रा परामर्शमा भनेको छ,‘अमेरिकी नागरिक जम्मू कश्मीर राज्यमा आतङ्कवाद र नागरिक अशान्तिलाई मध्य नजर गर्दै यात्रा नगर्न सल्लाह दिएका छन् । भारत–पाकिस्तान सीमाको १० किलोमीटरको क्षेत्रमा नजान समेत आग्रह गरिएको छ । त्यहाँ सशस्त्र सङ्घर्षको आशङ्का व्यक्त गरिएको छ ।

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने

नेपाल र अफ्रिकी राष्ट्र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार दर्शकलाई प्रवेश दिइने जनाएको छ ।

सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने एन्फाले जनाएको छ । नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

दुई खेलको मैत्रीपूर्ण जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ । एन्फाले सामान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजारको टिकट दर राखेको छ । दुबै मैत्रीपूर्ण खेल ४ः४५ बजे सुरु हुनेछ ।

आहा रारा गोल्डकपको पहिलो सेमिफाइनलमा आज मछिन्द्र र एपीएफ भिड्दै

पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार पहिलो सेमिफाइनल खेल हुँदैछ ।
पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

मछिन्द्रले साविक विजेता संकटा क्लबलाई ४–१ गोल अन्तरले हराएर एपीएफसँगको भेट पक्का गरेको हो । मछिन्द्र पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

एपीएफले बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।

मेयरको गाडीमा सिके राउतका कार्यकर्ताद्वारा तोडफोड

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका छन् ।

जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले मधेश विगत एक महिनादेखि आन्दोलित रहे पनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको छ ।

अफगान महिला, बालिकाहरूलाई मानवीय सहायता आवश्यक : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रको कार्यालयले ११ लाखभन्दा बढी अफगान महिला र बालिकाहरूलाई तत्काल मानवीय सहायता आवश्यक रहेको बताएको छ ।

संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले बिहीबार अफगानिस्तानमा महिला र बालिकाहरूको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेको छ । ओसीएचएले अफगान बालिका तथा महिलाहरू आधारभूत अधिकारबाट वञ्चित रहेको बताएको छ। अफगानी महिला र बालिकाहरूको मौलिक अधिकारहरू आक्रमणमा परेको राष्ट्र सङ्घले जनाएको छ।

अफगान महिला र बालिकाहरूलाई पहिलेभन्दा बढी संयुक्त राष्ट्रको समर्थन र एकताको आवश्यकता भएकोसमेत जनाइएको छ । संयुक्त राष्ट्र सङ्घको कार्यालयका अनुसार मानवीय संस्थाहरूले महिला र बालिकाहरूलाई खाद्यान्न, स्वास्थ्य सेवा, शिक्षा, जीविकोपार्जनका अवसरहरू र सुरक्षा सेवाहरू उपलब्ध गराएर सहयोग बढाउने लक्ष्य राख्नुपर्नेसमेत जनाइएको छ ।

ओसीएचएले अफगानिस्तानमा ११.८ मिलियन महिला र बालिकाहरूलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको बताएको छ। बुधबार राति काबुलमा महिला कार्यकर्ताहरूको भेला गर्दै प्रदर्शनको क्रममा मैनबत्ती बालेका थिए। महिलाहरूले उनीहरू रातभर जाग्राम बसे र स्वतन्त्रताको लागि मैनबत्ती बालेको जनाइएको छ ।

इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने संयुक्त राष्ट्र सङ्घको टिप्पणीलाई निराधार भन्दै प्रतिक्रिया दिएका छन् ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

तथ्यांक विभागले आज सार्वजनिक गरेको २०७८को जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

२०६८ मा गरिएको जनगणनाको अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।

२०६८ को तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर रहेको विभागका तथ्यांकमा उल्लेक छ । विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ भने विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको पनि विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार २१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको छ।

त्यस्तै गरी हिमाली क्षेत्रको जनसंख्या १७ लाख ६८ हजार १०८(६.९ प्रतिशत), पहाडमा १ करोड १७ लाख ४८ हजार ४४८ (४०.२५ प्रतिशत) र तराईमा १ करोड ५६ लाख ६५ हजार ८२८(५३.६६ प्रतिशत) रहेको छ।

लाठी र भाटा सहित मतदानस्थल प्रवेशगर्न खोजेपछी जनकपुरमा प्रहरी र सिके राउतका कार्यकर्ताबिच झडप

लाठी र भाटा सहित मतदान स्थलमा प्रवेश गर्न खोजेपछी प्रहरी र जनमत पार्टिका कार्यकर्ताहरुबिच जनकपुरधाममा झडप भएको छ ।

जनमत पार्टी नेपालका नेता कार्यकर्ताहरुले जनकपुरमा आज बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । जनमत पार्टिका कार्यकर्ताहरुले पहिला किसानलाई मल दे अनी भोट ले भन्ने नारा सहित प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरु मतदान स्ठलमा प्रवेश गर्न खोज्ने क्रममा प्रहरीसंग झडप भएको थियो । झडपको क्रममा प्रहरिले पांच राउण्ड अश्रुग्यांस समेत प्रहार गरेको छ । मतदान स्थलबाट प्रहरिले प्रदर्शनकारीहरुको भिडलाई तितरबितर पारेको भए पनि उनिहरुले जनकपुरधामको बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

राष्ट्रिय सभा निर्वाचनको मतदान जारी:मतगणनाको नतिजा आजै सार्वजनिक हुने

रिक्त रहेको राष्ट्रिय सभाको १९ पदको लागि आज सात वटै प्रदेशका बिभिन्न मतादन केन्द्रहरुमा मतदान प्रकृया सुरु भैसकेको छ ।

आज भैरहेको राष्ट्रिय सभा निर्वाचनको लागि विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ वटा केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान प्रकृया जारी रहनेछ । प्रदेश १ मा दुई र अन्य प्रदेशहरुमा १-१ वटा मतदान स्थल रहनेछन। प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुनेछ । कुल १९ पदको लागि ९ वटा राजनीतिक दल बाट ४३ जना उम्मेद्वारहरु रहेका छन् ।

निर्वाचन आयोगले मतदानको अन्तिम नतिजा पनि आजै सार्वजनिक हुने बताएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ ।

थ्री स्टारलाई हराउँदै आर्मी रारा गोल्डकपको सेमिफाइनलमा पुग्यो

विभागीय टिम त्रिभुवन आर्मी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन राजिब गुरुङले निर्णायक गोल गरे ।तर, आर्मीले जित निकाल्न दोस्रो हाफसम्म कुर्नु परेको थियो ।
खेलको ७० औं मिनेटमा राजिबले गोल गरेका थिए । थ्री स्टारका डिफेन्डरको गल्तिमा जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरेका हुन् ।
अब सेमिफाइनलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाँच पटकको च्याम्पियन थ्री स्टार भने बाहिरिएको छ ।
मनाङ नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।

खाडलमा परेर गैंडा मरेपछि सरकारद्धारा छानबिन समिति गठन

वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा खाडलमा परी गैंडाको मृत्यु भएको विषयमा छानविन गर्न कार्यदल गठन गरेको छ ।

मंगलबार मन्त्रीस्तरको निर्णयबाट कार्यदल गठन गरिएको हो ।वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ ।

कार्यदललाई १० दिनको समयावधि दिएर घटनाको छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको हो ।
कार्यदलका सदस्यहरुमा वन तथा वातावरण मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र शर्मा र डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल सदस्य छन् ।

माघ ९ गते वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परेर गैंडाको मृत्यु भएको थियो ।

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्यो

नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।

विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उहाँका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ ।

नेप्सेमा ५ अंकको गिरावट, २६ करोडभन्दा बढीको सेयर कारोबार

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५ अंकको गिरावट आएको छ । २८ सय २० अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म २८ सय १४ अंकमा आइपुगेको हो । यसक्रममा आज ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार सुरु भएको ३० मिनेटको समयमा बजार घटेर २७ सय ८४ अंकमा आइपुगेको थियो । तर, परिसूचक सुधारिँदै २८ सय ५६ अंकसम्म पुगेको थियो । त्यसपछि निरन्तर घट्दै कारोबार बन्द हुने समयमा ५ अंक घटेको हो ।

आज नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँले बढेर ११ सय ६ रुपैयाँ पुगेको हो । यस्तै, आज एसियन लाइन इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको सेयर २६ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

यसैगरी, अपि पावर कम्पनीको २२ करोडको सेयर किनबेच हुँदा एनबआईसी एसियाको १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

यसअघि सर्वदलीय बैठक डाकेर निर्वाचनबारे छलफल गरेको आयोगले सरकारले वैशाखका निर्वाचन नगर्ने तयारी गरेपछि फेरि एक विज्ञप्तिमार्फत तत्काल चुनावको मिति घोषणा गर्न दबाब दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोश्रो चरण र असोज २ गते तेश्रो चरणमा सम्पन्न भएकोेमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मान्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त उल्लेख गरिएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै आयोगले तत्काल मिति घोषणा गन सरकारलाई आग्रह गरेको हो ।

यसबारे आयोगले कार्तिक ८ गते र पुस ९ गते भेटेर जानकारी गराएको पनि उल्लेख गरेको छ । सो भेटमा वैशाख १४ गते बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको र यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरणमा वैशाख १४ गते बुधबार र दोश्रो चरण वैशाख २२ गते विहिबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने प्रस्ताव गरिएको आयोगको भनाइ छ ।

केएमसी र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग

सत्तारुढ दल निकटका विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियु, जनता समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चाको अखिल छैठौंसहित ८ विद्यार्थी संगठनका प्रतिनिधिले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई भेट गरी केएमसी र नोबेलविरुद्ध ठगी मुद्दा चलाउन माग गरेका हुन् ।

‘नियम विपरित अतिरिक्त शुल्क लिएका, विद्यार्थीलाई अवैध करारनामा गर्न बाध्य पारेका र चर्को मूल्यमा नियम विपरीत छात्राबासलाई अनिवार्य बनाई विद्यार्थीलाई लुटिरहेका यी मेडिकल कलेजहरुलाई तत्काल ठगी मुद्दामा कारबाही अगाडि बढाउन विशेष माग गर्दछौं’ विद्यार्थी संगठनको ज्ञापनपत्रमा भनिएको छ ।

केएमसी र नोबेलले विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेबमोजिमको शुल्क बुझाउँदा पनि एमबीबीएस, बीडीएस र बीएनएसका सन् २०२१ ब्याचका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको विद्यार्थी संगठनहरुले बताएका छन् ।

सीटीईभिटीको सम्पूर्ण परीक्षा स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ ।

कोभिड संक्रमण तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरुको संख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक कृष्ण केसीले जानकारी दिनुभयो ।

परिषदले यहि १५ गते बायोमेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।

परिषदले आउँदो २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्र्तगतका नियमित तथा पुरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

तत्कालको लागि अर्को निर्णय नभएसम्म परीक्षा स्थगित गरिएको परिषदको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । परिस्थिति सहज हुनासाथ एक हप्ता अथवा दश दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने परीक्षा नियन्त्रक केसीले जानकारी दिनुभएको छ ।

कोरोना संक्रमित एमाले अध्यक्ष ओलीको अवस्था सामान्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमण पुष्टि भएपछि बालकोटस्थित निवासमै आरामरत रहेको पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

४ दिनअघि संक्रमण पुष्टि भएका उहाँको अवस्था सामान्य रहेको केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिनुभयो ।

ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्ने सबैमा पार्टीले विज्ञप्तिमार्फत धन्यवाद ज्ञापन गरेको छ ।

नतिजा प्रकाशन समयमै गर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन

शिक्षान्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमै निकाल्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिनुभएको छ । मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपति पौडेलले यो अथवा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिनुभएको हो ।

सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन । अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन प्रशासनसँग मन्त्रीले आग्रह गर्नुभयो ।

विश्वविद्यालय सिस्टममा नभएको भन्दै भौतिक संरचना एवम् विद्यार्थीलाई दिने सेवा प्रविधिमन्त्री हुनपर्नेमा जोड दिए । सोही क्रममा परीक्षा नियन्त्रक जोशीले प्रर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र रिजल्ट निकाल्ने बताउनुभयो ।

उनले पुराना कर्मचारी रिटायर हुँदा नयाँ कर्मचारीले सिस्टम सिक्ने एक वर्ष लाग्ने जोशीको भनाइ छ । उहाँले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गर्नुभयो ।

स्थानीय तहको चुनाव सार्न मिल्दैन : एमाले नेता खरेल

नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताउनुभएको छ ।

आज झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताउनुभयो ।

चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको उहाँको आरोप थियो । स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने नेता खरेलको धारणा छ ।

मौसममा सुधार आउन अझै केही दिन लाग्छ : महाशाखा

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
राजधानी काठमाडौँमा बिहान अबेर आकाश केही खुलेर घाम लागेको भए पनि अहिले आंशिक बदली रहेको छ ।

हाशाखाका मौसमविद्को भनाइमा मौसम हिजोका दिनमा भन्दा आज तुलनात्मक सुधार आएको छ । पूर्णरुपमा सुधार हुन अझै केही दिन लाग्नेछ । विगतको तुलनामा आज मध्याह्नपछि बदली हुनुका साथै थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले अबका केही दिन बिहानीपख मौसम केही खुले पनि मध्याह्नपछि पुनः बदली र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ । भोलि बुधबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ ।

राष्ट्रिय सभाको निर्वाचन भोली: बिहान ९ बजेदेखी मतदान

निर्वाचन आयोगको अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि भोली बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने भएको छ । मतदान प्रकृयाको लागि आयोगले सम्पूर्ण तयारी पनि पुरा गरिसकेको जानकारी दिएको छ ।

केही मतदान केन्द्रहरुमा बुथ निर्माणको काम अझै पनि जारी रहेको र सो काम पनि आजै सकिने आयोगले बताएको छ ।मतदानको लागि सात प्रदेशको आठ मतदान स्थलमा १४ वटा मतदान केन्द्र रहने छ । प्रदेश १ मा दुई र अन्य प्रदेशहरुमा १-१ वटा मतदान स्थल रहनेछन। प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुनेछ । कुल १९ पदको लागि ९ वटा राजनीतिक दल बाट ४३ जना उम्मेद्वारहरु रहेका छन् ।

निर्वाचन आयोगद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पार्टीको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्देशन

निर्वाचन आयोगले पत्र जारी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पार्टीको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने जस्ता शव्द र प्रावधानहरु हटाउन निर्देशन दिएको छ ।

संविधानको मर्म र भावना विपरित भएको भन्दै निर्वाचन आयोगले राप्रपालाई विधानमा राजसंस्था र सनातन हिन्दू राष्ट्रभन्ने शब्दावलिहरु नराख्न निर्देशन दिएको हो । त्यस्तै गरी पार्टिको झण्डामा गाईको चिन्ह पनि राख्न नपाउने भने आयोगले राप्रपालाई निर्देशन दिएको छ । बिभिन्न ८ वटा बुंदाहरु उल्लेख गरेर आयोगले पठाएको पत्रमा अध्यक्ष लिङ्देनले असहमती र आक्रोश जनाउंदै त्यसको जवाफमा आफुहरुले निर्वाचन आयोगलाई स्पष्टिकरण पत्र लेख्ने बताउनु भएको छ । संविधानमा सशस्त्र गतिविधि गर्ने राजनीतिक दल खोल्ने बाहेक वैचारिक आधारमा कुनै पनि दलहरुलाई प्रतिबन्ध लगाइने छैन भन्ने व्यवस्था भएकोले आयोगले पठाएको पत्र र निदेशन नै गैर संबैधानिक र संविधानको मर्म विपरित भएको अध्य्क्ष लिङ्देनले बताउनुभएको छ ।

raprapa letter 1
raprapa letter 2

सर्वदलिय बैठक बारे ढाकछोप गर्दै सतारुढ दल

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सर्वदलीय बैठक नबोलाइएको बताउनु भएको छ ।

प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएकै छैन तर कसरी समाचार मिडियामा आयो भन्ने बिषयमा कुनै जानकारी नभएको कार्कीले बताउनुभएको छ । आज बिहान ९:३० बजेका लागि सर्वदलीय बैठक बोलाइएको समाचार सार्वजनिक भएपछी प्रमुख प्रतिपक्ष एमालेले आफुहरुलाई प्रधानमन्त्रीको सचिवालयले सर्वदलीय बैठकबारे कुनै पनि जानकारी नगराएको र आफुहरु बैठकमा सामेल हुन नसक्ने भनेपछी सतापक्षले सर्वदलिय बैठकको बारे कुनै निर्णय नगरेको बताएको हुन सक्ने सत्तारुढ दलकै नेताहरुले बताएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सर्वदलिय बैठक बस्दै

प्रधानमन्त्री निवास बालुवाटारमा आज सर्वदलिय बैठक बस्दै छ ।

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ९ बजेको लागि सर्वदलीय बैठक बोलाउनु भएको छ ।

सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचनका साथ-साथै एमसीसी र संसद अवरोधको बिषयमा छलफल हुने बताइएको छ । यस अघीको सर्वदलिय बैठक भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गर्दै आएको छ र आज हुने भनिएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहभागिता जनाउने या नजनाउने भन्ने बिषयमा कुनै आधीकारीक जानकारी भने प्राप्त भएको छैन ।

नेपालीलाई भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान रोक

सरकारले नेपालीहरुलाई भिजिट भिसामा मलेसिया र खाडी मुलुकहरुमा जान रोक लगाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछी सरकारले आगामी माघ १० गतेबाट नेपालीहरुलाई भिजिट भिसामा मलेसिया र अन्य खाडी मुलुकहरुमा जान रोक लगाउने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोख्रेलले आज एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी गराउनु भएको छ । खाडीका देश र मलेसियामा गएका नेपालीहरु विचल्लीमा परेको गुनासो आएपछि सरकारले भिजिट भिसामा नेपालीहरुलाई रोक लगाउने निर्णय गरेको बताइएको छ । अर्को सुचना जारी नहुंदा सम्म भिजिट भिसामा लगाइएको प्रतिवन्ध कायमै रहने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

griha notice22 68oIKBXjim

बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सत्तागठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिले संघीय चुनाव गरिनुपर्ने प्रस्ताव राखेपछी आजको बैठकमा स्थानीय, संघीय र प्रदेशमध्ये कुन चुनाव पहिला गर्ने भन्ने बिषयमा छलफल गरिने बताइएको छ । साथै कोरोना महामारी,एमसिसी र संसद अवरोधका बिषयमा पनि छलफल गरिने सत्ता साझेदार दलका नेताहरुले बताएका छन ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा माओवादी केन्द्रबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल लगायतका ११ जना नेताहरुको उपस्थिती रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीले आज दिउंसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कोरोना महामारी र समसामयिक राजनीतिक विषयहरूको बारेमा सम्बोधन हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ । प्रधानमन्त्री भएपछि राष्ट्रका नाममा प्रधानमन्त्री देउवाले गर्न लाग्नुभएको यो पहिलो सम्बोधन हुनेछ ।

निर्वाचन आयोगद्वारा ३ राजनीतिक दलको दर्ता खारेज

निर्वाचन आयोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ।

निर्वाचन आयोगले तिन वटै दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आग्रह गरेपनी दलहरुले प्रतिवेदन नबुझाएको भन्दै आयोगले ति तिनै दलको दर्ता खारेज गरेको जानकारी दिएको छ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४१ बमोजिम लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको छ र गत श्रावण २० मा आयोगले ति दलहरुलाई लेखापरीक्षण प्रतिवेदन बुझाउन सूचना जारी गरेको थियो ।

उपत्यकाका ३ वटै जिल्लामा सञ्चालन हुने सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने

कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछी उपत्यकाका ३ वटै जिल्लाले भोली शुक्रबार राती १२ बजे देखी लागुहुने गरी सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले स्मार्ट लकडाउनको कार्यविधि अनुसार भोलि राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गरिने पनि बताएको छ । साथै बैठकले आमसभा , जुलुस , कुनै पनि किसिमको भेला वा भिडभाडा हुने हाटबजार, जात्रा, महोत्सव नगर्न नगराउन पनि आदेश जारी गरेको छ । सिनेमाहल, क्लब , दोहोरी लगायत भिडभाड हुने रात्रीकालिन ब्यवसाय बन्द गर्न र बिद्यालयहरुमा भौतिक रुपमा पठनपाठन नगराउन पनि निर्देशन जारी गरेको छ ।त्यसै गरी जनस्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गर्न पनि आग्रह गरिएको छ ।

jor bijor
2 2012022035901 1000x0 1
3 2012022035914 1000x0 1
1 2012022035849 1000x0 1

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवद्वारा सीके राउतलाई ज्यान मार्ने धम्की

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने मनासयको अभिव्यक्ति दिनुभएको छ ।

बलिदानी दिवस मनाउन गौर पुग्नुभएकी यादवलाई सिके राउतका कार्यकर्ताले सडकमा अवरोध गरेपछी आक्रोशित मन्त्री यादवले सिके रावतलाई गौरमा फणा देखाउने प्रयास गरे राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिनुभएको हो । राइस मिल अझै पनि उस्तै छ र गौरका मान्छे तिम्रा लाठी भांच्न सक्षम छन्,फणा देखाउने प्रयास नगर नत्र तिमी र तिम्रा कार्यकर्ता घेराबन्दीमा मारिन सक्छौ भन्ने जस्ता अभिव्यक्ति दिंदै हिम्मत भए सिंहदरबार घेरेर देखाउने चुनौती समेत दिनुभएको हो ।
२०६३ सालमा तत्कालिन मधेसी जनअधिकार फोरम र माओवादीले गौरमा आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रमले हिंसात्मक रुप लिंदा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।

क्यानद्वारा आईसीसी ट्वान्टी-२० विश्वकपका लागि १६ खेलाडी छनौट

आईसीसी ट्वान्टी-२० विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ(क्यान) ले १६ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

आगामी फेब्रुअरी १५ देखि ओमानमा आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।
नेपालले विश्वकप छनोटको समूह चरणमा ओमान, क्यानडा र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । यस पटक सन्दिप लामिछानेको नेतृत्वमा नेपालले विश्वकप छनोटको लागि प्रतिस्पर्धा गर्नेछ । टिममा पर्न सफल खेलाडिहरुमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम रहेका छन् । नेपाली टोलीका चर्चित भनिएका सोमपाल कामी भने यस पटक टिमबाट बाहिरिएका छन् ।

मौसमको कारण आकाशमै होल्ड भएको बुद्ध एयरमा सवार यात्रु बेहोस

बुद्ध एयरको काठमाडौंबाट नेपालगञ्ज आउंदै गरेको जहाज अवतरण हुन नसकेपछी आत्तिएर एक यात्रु बेहोस भएका छन् ।

बुद्ध एयरको नं ४५१ को काठमाडौंबाट ७:४४ मा नेपालगञ्जको लागि उडेको जहाज मौसमको खराबीको कारण निर्धारित समयमा अवतरण हुन नसकेपछी एक जना महिला यात्रु आत्तिएर बेहोस हुन पुगेको बुद्ध एयरले जानकारी दिएको छ । बेहोस भएकी महिलालाई उपचारको लागि सैनिक अस्पातल लगिएको र स्वास्थ्य अवस्था सामान्य भए लगत्तै उनी घर फर्किसकेको पनि जानकारी प्राप्त भएको छ ।६९ जना सवार सो जहाज मौसममा आएको खराबीको कारण ८:४४ मा अवतरण हुनु पर्नेमा ९:१८ मा मात्र अवतरण गर्न सफल भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम विवरण

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भु-भागहरुमा आन्शिक देखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तीन दिनको मौसम निम्नानुसार रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ माघ ०६ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

२०७८ माघ ०७ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

२०७८ माघ ०८ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधी एपीएफलाई

प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधी जित्न सफल भएको छ ।

टस हारेर पहिलो ब्याटिङमा उत्रिएको एपीएफ क्लबले, नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै, प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधी जित्न सफल भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा १५८ रनको विजयी लक्ष्य पाएको पुलिस क्लब २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो ।

कोरोना संक्रमणको बढ्दो जोखिमसंगै सर्वोच्च अदालतको सेवामा कटौती

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछी सर्वोच्च अदालतले आफ्नो सेवामा कटौती गरेको छ । सेवा कटौती गर्दै सर्वोच्च अदालतले अति आवश्यक मुद्दामा मात्र सुनुवाइ गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको मंगलबार बसेको पूर्ण बैठकले आज बाट माघ १८ गते सम्मका लागि अत्यावश्यक मुद्दामा मात्र सुनुवाइ गर्ने भएको छ ।बन्दी प्रत्यक्षीकरण तथा अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिटमा मात्र सुनुवाइ गर्ने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी गराउनु भएको छ ।तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही ,मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिहरूको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ भने सेवा कटौतीको अवधीभरी पनि जारी रहनेछ । जिल्ला अदालत र अन्य न्यायाधिकरणको हकमा भने स्थानिय परिस्थिती एवं जोखिमको अवस्था हेरेर काम कारबाही अगाडि बढाउन पनि सर्वोच्चले निर्णय गरेको छ ।

बैशाखमा स्थानिय तहको निर्वाचन गर्ने सहमती

प्रधानमन्त्री निवास बालुवाटारमा, सत्तागठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज बसेको बैठकले बैशाखमा स्थानिय तहको निर्वाचन गर्ने सहमती गरेको छ ।

वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने भनी निर्वाचन आयोगले सरकारलाई रायसुझाव सहितको प्रतिवेदन बुझाइसकेको भएपनी आज बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले भने सोही मितिमा निर्वाचन गर्ने वा अघीपछीको कुनै मितिमा निर्वाचन गर्ने भन्ने बिषयमा भने कुनै निर्णय नभैसकेको बताएको छ । यधपी बैशाखमै स्थानिय तहको निर्वाचन गर्ने सहमतीमा आजको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक टुँगिएको छ ।

यस बिषयमा बिहीबार बस्ने मन्त्रिपरिषदको नियमित बैठकले थप छलफल गरेर निर्वाचनको मिति तय गर्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सत्तागठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा चलिरहेको छ ।

यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको बिषयमा छलफल भैरहेको जानकारी प्राप्त भएको छ । साथै कोरोना महामारी,स्थानीय तह निर्वाचन र संसद अवरोधका बिषयमा पनि छलफल गरिने सत्ता साझेदार दलका नेताहरुले बताएका छन ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसबाटै कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्यको रुपमा रहेका छन् ।

प्रदेश २ को नाम मधेश

लामो समयको प्रयासपछी प्रदेश २ सरकारले प्रदेशको नाम टुंगो लगाएको छ ।

प्रदेश २ सरकारले प्रदेश २ को नाम मधेश कायम गरेको छ । मधेस प्रदेश,मध्य मधेश,जानकी र मिथिला भोजपुरा गरी चार वटा नामहरुबिच सहमती जुटाउन नसकेपछी मतदान प्रकृया मार्फत आज प्रदेश २ को नाम मधेश कायम गरिएको हो । उपस्थित ९९ जना सांसद मध्य ८० जनाले मधेस प्रदेशको लागि मतदान गरेका थिए । मतदानको नतिजा सार्वजनिक गर्दै सभामुख सरोजकुमार यादवले प्रदेश २ को नाम मधेश कायम भएको घोषणा गर्नु भएको थियो ।
आजै यसअघी भएको मतदान प्रकृया बाट जनकपुरलाई प्रदेश २ को राजधानी कायम गरिएको थियो ।

प्रदेश २ को राजधानी जनकपुर

दोस्रो पटकको प्रयासपछी प्रदेश २ को राजधानी जनकपुर कायम भएको छ ।

प्रदेशको राजधानी टुंगो लगाउनको निम्ती आज भएको मतदानले जनकपुरलाई प्रदेशको राजधानीको रुपमा टुंगो लगाएको छ । आज उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले जनकपुरको पक्षमा मतदान गरेका थिए । मतगणनाको अन्तिम नतिजा सुनाउंदै सभामुख सरोजकुमार यादवले प्रदेश २ को राजधानी जनकपुर कायम रहने घोषणा गर्नुभएको थियो ।

प्रदेशको नाम टुंगो लगाउने प्रस्ताव पनि केही समय पश्चात अगाडि बढ्न सक्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश २ को राजधानी छनौटका लागि मतदान: प्रदेशको नाममा असहमती कायमै

प्रदेश २ को नाम टुंग्याउन दलहरुलाई गाह्रो भैरहेको बेला प्रदेशको राजधानी टुंग्याउने सवालमा भने अहिले प्रदेशसभामा मतदान भइरहेको छ।

जनकपुरलाई प्रदेशको राजधानी बनाउने सवालमा लगभग सबै दलहरुबिच सहमती भएको भए पनि बारा र पर्साका केही सांसदहरुले बिरगंजलाई प्रदेशको राजधानीको रुपमा नाम प्रस्ताव गरेपछी प्रदेश राजधानी टुंग्याउन अहिले प्रदेश २ मा मतदान भैरहेको छ ।

दलहरुका अनुसार पहिला राजधानी टुँगो लागाउने र फेरी सहमतीको आधारमा प्रदेशको नाममा पनि निर्वाचन गर्ने जानकारी प्राप्त भएको छ । मधेस प्रदेश,मध्य मधेश,जानकी र मिथिला भोजपुरा गरी चार वटा नामहरुमा पनि आज नै मतदान हुन सक्ने बताइएको छ ।

भारतले लिपुलेकमा एकतर्फी रुपमा बनाइरहेको सडक निर्माण तत्काल रोक्न सरकारको आग्रह

भारतले लिपुलेकमा एकतर्फी रुपमा बनाइरहेको सडक निर्माण तत्काल रोक्न सरकारले आग्रह गरेको छ ।


लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको र सो भुभागमा भारतले जबर्जस्ती एकतर्फी रुपमा गरिरहेको सडक निर्माण कार्य तत्काल रोक्न आग्रह गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभएको छ । सोही क्रममा मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सिमाविवाद एतिहासिक तथ्यको आधारमा छलफल गरेर टुङो लगाउने पनि बताइएको छ ।

माघ १५ गतेसम्मका लागि सिनेमा हलसहितका सबै मनोरञ्जन क्षेत्र बन्द

कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले आगामी माघ १५ गतेसम्मका लागि सिनेमा हलसहितका सबै मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै माघ १५ गतेसम्म फिल्म हल, फुटसल,स्विमिङ पुल, जिमखाना, लगायत रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ ।

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहदेव

ललिता निवास घटनामा प्रयाप्त अनुसन्धानको कमी : सरकारी वकिल कार्यालय

पर्याप्त अनुसन्धान नभएको भन्दै सरकारी वकिल कार्यालयले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसनधान व्यूरोलाई नै फिर्ता पठाउने तयारी गरेको छ ।

ललिता निवास प्रकरणका आरोपीहरुलाई केन्द्रीय अनुसनधान व्यूरो (सीआईबी) ले कीर्तेको आरोपमा मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन पेश गरेको थियो । तर सरकारी वकिल कार्यालयले पर्याप्त अनुसन्धान नभएको भन्दै प्रतिवेदन फिर्ता गर्ने निर्णय गरेको छ । जग्गा किर्ते गर्नेलाई मात्र मुद्दा चलाऊनुको सट्टा प्रकरणमा कुनै पनि रुपमा जोडिएका सबैलाई मुद्दा चलाउने राय दिएर प्रतिवादीको संख्या बढाउन खोजिएको भन्दै सरकारी वकिल कार्यालयले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसनधान व्यूरोलाई नै फिर्ता पठाउने तयारी गरेको हो ।

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

सिसिएमसिसीको सिफारिस कार्यान्वयन गर्दै शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म देशभरका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणदर बढ्दै गपछी सिसिएमसिसीले आईतवार शिक्षा मन्त्रालयलाई बिद्यालयहरु बन्दगर्नुपर्ने सुझाब सहितको सिफारिस पत्र पेश गरेको थियो । सोही सिफारिस पत्र कार्यन्वयन गर्दै शिक्षा मन्त्रालयले भोली पौष २७ गतेदेखी माघ १५ गते सम्म देशभरका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सो अवधीमा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित कक्षा र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।

संसद चलाउने हो भने गठबन्धनले माफि माग्नुपर्ने र सभामुखले रजिनामा दिनुपर्ने:शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद चलाउन हो भने पाँच दलीय गठबन्धनले माफी माग्नुपर्ने बताएका छन्।

संसद चलाऊने हो भने गठबन्धन सरकारली माफि माग्नुपर्ने नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताउनुभएको छ । एमालेको ६३ जिल्लाको अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गरेपछी महासचिब पोख्रेलले दल विभाजनका लागि ल्याएको असंवैधानिक अध्यादेशबारे गठबन्धनले क्षमा माग्नुपर्ने बताउनुभएको छ ।

सत्ता गठबन्धन आँफैंले संसद चलाऊन नचाहेको तर एमालेलाई आरोप लगाएर भ्रम छरिरहेको पनि महासचिब पोख्रेलले बताउनुभएको छ । पत्रकारहरुसंग बोल्दै,महासचिब पोख्रेलले, संसद चलाउने हो भने गठबन्धनले माफि माग्नुपर्ने र सभामुखले रजिनामा दिनुपर्ने धारणा ब्यक्त गर्नुभएको हो ।

तनहुँको मानहुँकोट कब्जाको तयारी गर्दै बतास समुह

देशभरिकै पुरातात्विक, सांस्कृतिक र प्राकृतिक सम्पदा माथि राजनीति र आर्थिक प्रभावको आडमा गैर कानुनी रुपमा कब्जा जमाउंदै आएको बतास समुहको अर्को गैरकानुनी धन्दा पनि पर्दाफास भएको छ । बतास समूहको व्यास हिल्स प्रालिले तनहुँ मानहुँकोटको ४० रोपनी सार्वजनिक जग्गा ५० वर्षका लागि लिजमा लिने तयारी गरेको थाहाहुन आएको छ ।

बतास समुहको सो प्रस्ताव प्रदेश सरकारको सिफारिसमा संघीय मन्त्रिपरिषदबाट निर्णय गर्ने गरी प्रक्रिया अगाडि बढेको र व्यास नगरपालिकाको बोर्ड बैठकले समेत स्वीकृति दिइसकेको छ । व्यास नगरपालिकासंग सम्झौताको ड्राफ्टसमेत तयार गरिसकेको बतासले प्रदेश र संघीय सरकारबाट प्रस्ताव सिफारिस गराउने जिम्मा पनि आँफैंले लिएको थियो ।

ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बतासकै प्रस्ताव आएपछी मात्र सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार ऐन निर्माण गर्न लगाएको र बतासकै योजनालाई बल पुग्ने गरी ऐन बनाएको पनि थाहाहुन आएको छ । बतासले राजनीति र आर्थिक प्रलोभनमा देशका यस्ता पुरातात्विक, सांस्कृतिक र प्राकृतिक सम्पदा माथि कब्जा जमाउंदै आएको छ ।

काठमाडौंको टंगालस्थित लक्ष्मीनारायण मन्दिरको घरजग्गा र पोखराको गण्डकी संग्राहलय पनि बतासकै कब्जामा: लिन्क क्लिक गरेर पुरा पढ्नुहोस्https://nepalrastriyadainik.com/trending/809/

काठमाडौंको टंगालस्थित लक्ष्मीनारायण मन्दिरको घरजग्गा र पोखराको गण्डकी संग्राहलय पनि बतासकै कब्जामा

राजनीतिक शक्ति र आर्थिक प्रभावको आडमा बतास समुहले देशको सांस्कृतिक र पुरातात्विक महत्वका संरचनामा कब्जा जमाउंदै आएक छ । नारायणहिटी दरबार क्षेत्रभित्रको गैर कानुनी रेस्टुरेन्ट काण्ड बाहिर आएपछी, एक पछी अर्को गर्दै बतास समुहले राजनीतिक शक्ति र आर्थिक प्रभावको आडमा चलाऊंदै आएको धन्दाको पर्दाफस हुंदैछ । नारायणहिटी दरबार परिसरमा होटेल सन्चालन गर्न लागेको बिषय बाहिर आउने बित्तिकै त्यस बिषयमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको छ ।

सो घट्ना लगत्तै बतास समुहले पाटन संग्रहालय विकास समितिको भवन र केही सटर पनि १५ बर्ष सम्मको लागि लिजमा लिएको र सेती नदी थुनेर ३५ वर्षसम्म रामघाटबाट ढुंगा–गिट्टी, बालुवा निकाल्ने तयारीको लागि पोखरा महानगरसंग मिलेमतोमा प्रकृया अगाडि बढाएको तथ्य बाहिर आएको थियो ।

त्यस्तै गरी बतास समुहले काठमाडौंको टंगालस्थित लक्ष्मीनारायण मन्दिरको २४ हजार स्क्वायर वर्गफिटको चारतले घर र पाँच रोपनी १० आना जग्गा ३५ वर्षका लागि विनाप्रतिस्पर्धा लिजमा लिएर ब्यापारिक प्रायोजनको लागि प्रयोग गर्दै आएको थाहाहुन आएको छ ।
भिम शमशेरकी नातिनी बुहारी बिद्या देवीले लक्ष्मीनारायणको मन्दिर स्थापना गरी, आफुहरूले कुलपूजा गर्ने गरी गुठीको नाममा दान गरेको जग्गा, मन्दिर सञ्चालक समितिले त्यही व्यापारीलाई बुझाएका हुन् । मन्दिर परिसरको जग्गा र भवन प्रतिमहिना १२ लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी ३५ वर्षका लागि बतास समुहले लिजमा लिएको हो । विधानविपरीत त्यो पनि विना प्रतिस्पर्धा आर्थिक प्रलोभनमा परेर मन्दिर सञ्चालन समितिले मिलेमतोमा सो क्षेत्र बतासलाई बुझाएको खुल्न आएको छ ।

त्यतीमात्रै नभएर बतास समूहले पोखराको गण्डकी संग्रहालयको जग्गा र भवन पनि कब्जा गरेर बसेको छ । गण्डकी संग्रहालयसंगको १० वर्षको म्याद सकिएपछि संग्रहालयले पटक–पटक ताकेता गर्दा पनि बतासले छोड्न नमानेको र अहिले आएर राजनीतिक शक्ति र आर्थिक प्रभावको आडमा थप २५ बर्षको लागि म्याद थप्ने तयारी गरिरहेको थाहाहुन आएको छ ।

नाराणहिटी दरबार र पशुपतीको धर्मशाला देखी सेती नदी सम्म बतास समुहको कब्जा : लिन्क क्लिक गरेर यो पनि पढ्नुहोस् ।https://nepalrastriyadainik.com/trending/769/

भारतीय अवरोधका कारण अनिस्चित बन्दै सार्क शिखर सम्मेलन

नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यथास्थितिमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन आयोजना हुन नसक्ने बताएका छन् ।

भारत-पाकिस्तान टकरावले सार्क अस्तब्यस्त बनिरहेको लामो समयपछी केहीदिन अगाडि पाकिस्तानको ईस्लामाबादमा गरिएको पत्रकार सम्मेलनमा पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरेसीले १९ औं सार्क शिखर सम्मेलन गर्न पाकिस्तान तयार रहेको बताएका थिए । कुरेसीले सार्क शिखर सम्मेलन आयोजना गर्न भारतले अवरोध गरिरहेको आरोप समेत लगाएका थिए। पाकिस्तानी विदेश मन्त्रीले, भौतिक रुपमा सम्मेलनमा सहभागी हुन नचाहे भर्चुअल माध्यमबाट भए पनि सहभागी हुन भारतलाई आग्रह गरेका थिए। यता भारतीय पक्षले भने सार्क शिखर सम्मेलन गरिहाल्ने विषयमा कुनैपनि नयाँ सहमति निर्माण नभएको जनाएको छ ।

भारतकै अवरोधको कारण प्रत्येक २ वर्षमा हुने सार्क शिखर सम्मेलन सन् २०१४ यता हुनसकिरहेको छैन ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई जोगाउने खेल भइरहेको छ: राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका काण्डहरुमा राजनीतिक दलका शीर्ष नेताहरुको मिलेमतो रहेको टिप्पणी गर्नुभएको छ ।

राप्रपाले धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै लिङ्देनले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई जोगाउने खेल भइरहेको बताउनुभएको छ ।

नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले मुुलुकमा शासन गरेर देशलाई बर्बादीतिर धकेलेको बताउंदै वाइडवडी काण्ड देखी अन्य ठुला भ्रष्टचारमा पनि राजनीतिक दलहरुको नाइटो एक ठाउँ जोडिएको टिप्पणी गर्नुभएको छ । साथै,राप्रपाले हिन्दु राज्यसहितको राजतन्त्रको एजेण्डा बोकेको देखेर ठूला राजनीतिक दलको टाउको दुखेको पनि उहांले बताउनुभएको छ ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका आरोपी २ लाख धरौटी बुझाएर रिहा

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी चुणामणि उप्रेती गोरेका भाइ रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङले दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

सुन तस्करीमा संलग्न भएकाहरुलाई अदालतले निर्दोष करार गर्दै धरौटीमा छोड्न थालेपछी फरार अभियुक्तको सूचीमा रहेका उप्रेती मंगलबार यूएइबाट नेपाल आएका थिए । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका आरोपी उप्रेतीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरिले पक्राउ गरेपछी आज भएको थुनछेक बहसमा न्यायाधीश भरत लम्सालको इजलासले उनलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

यस प्रकरण अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएका ७७ जना आरोपी मध्य ५६ जनाले सफाई पाइसकेका छन् ।

नतिजा प्रकाशनको माग गर्दै लोकसेवा आयोगमा प्रदर्शन

विगत २ बर्ष अगाडि दिएको परीक्षाको नतिजा प्रकाशन नगरेको भन्दै आज लोकसेवा आयोगको कार्यालय अगाडी परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।

लोकसेवा आयोगले २ बर्ष अगाडि लिएको शाखा अधिकृत तहको परीक्षाको नतिजा आजसम्म प्रकाशन गरेको छैन । दुई बर्ष देखी परीक्षाको नतिजा कुरेर बसेका परीक्षार्थीहरुले आज लोकसेवा आयोगको कार्यालयमा प्रदर्शन गरेका हुन् । यता लोकसेवा आयोगले भने सर्वोच्च अदालतको अन्तरिम आदेशको कारण नतिजा प्रकाशन नगरेको बताएको छ । प्रदेश र स्थानीय तहमा समायोजन भएका शाखा अधिकृतले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल नतिजा प्रकाशन नगर्न भनी आदेश दिएको लोकसेवा आयोगले जानकारी दिएको छ ।

नेप्से परिसूचक बढेपनी कारोबार रकम भने घट्यो

बुधवार ३०.७७ अंकले ओरालो लागेको सेयर बजार आज भने ४३.२९ अंकले उकालो लागेको छ । नेप्से परिसूचक २६९२.४७ बिन्दुमा पुगेर रोकिएको छ । त्यसैगरी सेन्सेटिभ इन्डेक्स पनि ९.१६ अंकले बढेको छ।

२३८ कम्पनिको ७३,३६,३३४ कित्ता सेयर कारोबार हुंदा ३,६७,६८,४६,३४९ रुपैयाँं रकम बराबरको कारोबार भएको छ । नेप्से परिसूचक बढेको भएपनी बुधवारको तुलनामा कारोबार रकममा भने घटेको छ । बुधवार ४,५२१,५९८,५८३ रुपैयाँं रकम बराबरको कारोबार भएको थियो । आज नेपाल फाइनान्स र तेराथुम पावर कम्पनीको सेयर सर्किट मुल्यमा कारोबार भएको छ ।

नारायणहिटीको विवादित रेस्टुरेन्टबारे छानबीन गर्न समिती गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको विवादित रेष्टुरेन्टबारे छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने सहसचिव लुइँटेलले जानकारी दिनुभएको छ । लुइँटेलका अनुसार समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र शाखा सचिव टंकबहादुर नेगीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

ललिता निवास प्रकरणको प्रतिवेदन आज सरकारी वकिल कार्यलयमा पेश

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पश्चात तयार गरेको प्रतिवेदन आज सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले ३५० भन्दा बढीलाई प्रतिवादी बनाएर बुझाएको प्रतिवेदनमा पूर्वसचिव,पूर्वमन्त्रीहरू देखी उच्च राजनीतिक पौंच भएका ब्यक्तीहरुको संलग्नता रहेको बताएको छ । ललिता निवास प्रकरणमा हालसम्म प्रहरिले २ जनालाई मात्र पक्राउ गरेको छ भने अन्य सबैलाई फरार प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर गर्ने बताएको छ ।

भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित:प्रधानमन्त्रीको भ्रमण अनिश्चित

भारतमा कोरोना भाईरसको ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या दिनप्रतिदिन उच्च हुंदै गएपछी गुजरात सरकारले यही जनवरी १० देखी १२ सम्म हुने भनिएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित गरेको छ ।

नेपालको तर्फबाट प्रधानमन्त्री शेर बहादुर देउवा सहितको २५ सदस्यीय टोली सो समिटमा सहभागी हुन यही २५ गते भारत जाने तयारी गरेको थियो । कार्यक्रम स्थगित गरिएपछी प्रधानमन्त्रीको भारत भ्रमण हुने वा नहुने भन्ने बिषयमा भने कुनै औपचारिक निर्णय भैसकेको छैन ।

नाराणहिटी दरबार र पशुपतीको धर्मशाला देखी सेती नदी सम्म बतास समुहको कब्जा

बतास समुहले गैर कानुनी ढंगबाट नारायणहिटी दरबार परिसरमा होटेल सन्चालन गर्न लागेको खबर संचारमाध्यमहरुले लेख्न थालेपछी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा अर्को आदेश नहुंदा सम्मको लागि निर्माण कार्य स्थगित गरिएको छ । साथै सो बिषयमा थप अध्ययनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा छानबिन समिति समेत गठन गर्ने भएको छ ।

पशुपतीको धर्मशालामा पनि बतास समुहले कब्जा जमाएर बसेको छ । पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर भारत सरकारको सहयोगमा बनेको पशुपतीको धर्मशालामा पनि बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा.प्रदीप ढकालले मिलेमतोमा १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला,मासिक ८ लाख ७८ हजार ४१६ रुपैयाँ तिर्ने गरी २०७६ साल वैशाख ३० गते सम्झौता गरेका थिए । तत्कालीन सदस्य सचिव डा. ढकालले कार्यविधि सञ्चालक परिषदबाट पारित नै नगरी गैरकानूनी रुपमा बताससँग सम्झौता गरेका थिए । प्रत्येक महीनाको सात गतेभित्र भाडा बुझाउनुपर्ने र त्यसरी नबुझाए जरिवाना लाग्ने व्यवस्था भएपनी होटेलले सम्यमै भाडा नतिरेको र  समयमै भाडा नबुझाउँदा समेत कोषले छुट दिंदै आएको छ । त्यती मात्रै नभएर अहिले अनुमती बिना नै धर्मशाला परीसरमा संरचना थप्ने र अन्य निर्माणका कामहरु भैरहेको छ । तर पनि पशुपति क्षेत्र विकास कोष भने थाहा नभए जसरी मौन बसेको छ ।

त्यस्तै, पाटन संग्रहालय विकास समितिका सटर पनि बतास समुहले भाडामा लिएर तेस्रो पक्षलाई भाडामा लगाउँदै आएको छ । बतासको बिपिएस लिजिङ एन्ड अर्गनाइजेसनले नै सो लिजको ठेक्का पाएको थियो । २०७३ साल देखि १५ बर्ष सम्मको लागि उक्त भवन बतास समुहले लिजमा लिएको हो । 

त्यतीमात्रै नभएर बतास समुहले सेती नदी थुनेर ३५ वर्षसम्म रामघाटबाट ढुंगा–गिट्टी, बालुवा निकाल्ने तयारी गर्दैछ । पोखरा महानगरले वार्षिक जम्मा ७ करोडका लागि सेती नदी बतास समुहकै ‘बी रिभर माइनिङ’ कम्पनीलाई जिम्मा लगाउने तयारी गरेको छ । बी रिभर माइनिङले मोरेखरे घाटमा पनि बाँध बनाएर  ढुंगा, गिट्टी दोहनका लागि तयारी गरेको छ । यसका लागि महानगरले सम्झौताको तयारी गरिसकेको छ । जसको  लागि मोरेखरे रिभर माइनिङ प्रालि नामक कम्पनी खडा गरिएको छ । मोरेखरेमा वार्षिक ३ करोड रुपैयाँ रोयल्टी बुझाउने प्रस्ताव गरिएको छ ।

बतास समूहकै योजनामा निजी कम्पनीबाट तयार भएको प्रस्तावअनुसार महानगरले सार्वजनिक–निजी साझेदारी ऐन र नियमावली २०७५ बनाएर त्यसकै आधारमा पोखराका सबै  प्रमुख प्राकृतिक सम्पदा निजी कम्पनीको जिम्मा लगाउने तयारी गर्दैछ । जसअनुसार सेती खोच र डेभिज फल्स ४० वर्षका लागि कर्केनकुमार गुरुङको सेती क्यान्योन प्रालिलाई भाडामा दिने सम्झौता गरिसकेको छ । 

निनियम मिचेर नारायणहिटी भित्र होटेल निर्माण गरिंदै : लिन्क क्लिक गरेर यो पनि पढ्नुहोस् ।https://nepalrastriyadainik.com/trending/729/

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र:संघिय सरकारले निर्माण गर्ने आश्वासन

भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनबीच गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि २०७५ साल माघ १६ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । शिलान्यास भएको मितिले दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरी महानगरपालिकालाई रंगशाला हस्तान्तरण गर्ने भनी सम्झौता गरेको झण्डै ३ बर्ष बितिसक्दा पनि रंगशाला निर्माणको काम अलपत्र परेपछी रंगशालाको स्वामित्व ग्रहणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले पौष २ गते महानगरलाई पत्राचार गरिसकेको छ ।

फाउन्डेसनले १७ करोड रुपैयाँभन्दा बढी ऋण रहेको जानकारीसहित स्वामित्व ग्रहणका लागि महानगरलाई पत्र लेखेपछी, भरतपुर महानगरपालिकाले अब बांकी निर्माणको काम संघिय सरकारले अगाडि बढाउने जानकारी दिएको छ । महानगरले भवन निर्माण आयोजना कार्यालय भरतपुरलाई भौतिक निर्माणको प्रगति विवरण अध्ययनको लागि निर्देशन दीइसकेको र अहिलेसम्म भएको खर्च र ऋणको विवरण पनि पौष २५ गते सम्म तयार हुने र सोही अनुसार पौष २६ गते खेल्कुद मन्त्रालयमा जाने महानगरले जानकारी दिएको छ । ऋण तिर्ने र रंगशाला निर्माणको बाँकी काम संघीय खेलकुद मन्त्रालयले अगाडि बढाउने आश्वासन दिएको पनि महानगर श्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाने

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेपछी,प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी आइतबार छिमेकी राष्ट्र भारत भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको हो । चार दिने भ्रमणका क्रममा नयाँदिल्लीमा देउवा र मोदीबीच द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीसहितको टोली नेपाल एयरलाइन्सको विमानमार्फत आइतबार दिल्ली हुँदै अहमदावाद प्रस्थान गर्नेछ ।

सभापतिको लाइक र डिस्लाइकबाट पार्टीमा दुर्घटना हुन सक्ने:शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज एक कार्यक्रमकाबिच, सभापति देउवाले गर्नुभएको केन्द्रिय सदस्य नियुक्तीको बिषयलाई लिएर असन्तुष्टी ब्यक्त गर्नुभएको छ ।

आफु निकटका नेताहरुको भेलामा नेता कोइरालले सभापतिको कृयाकलापप्रती असन्तुष्टी ब्यक्त गर्दै, सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने बताउनु भएको छ । पार्टीमा न्यायोचति अवसरको वितरण र व्यवस्थापन हुन जरुरी भएको भन्दै कोइरालाले कुन मापदण्ड अपनाएर सदस्यहरू नियुक्त गरेको भने प्रश्‍न समेत गर्नुभएको थियो । कोइरालाले विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न सबै एकढिक्का भएर प्रयत्न गर्नुपर्ने बताउनु भएको छ ।

shekhar koirala page 0001

भोली हुने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित

संसद सचिवालयले सूचना प्रकाशन गरी भोली हुने भनिएको संसद बैठक स्थगित गरिएको छ ।

पुस २२ गते बस्ने भनिएको प्रतिनिधिसभाको बैठक २८ गते १ बजेसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवालयका अनुसार नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन पुस २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठक पछि सार्न माग गरेकोले २८ गतेको लागि बैठक सारीएको जानकारी गराइएको छ ।

यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो ।

कांग्रेसले फेरी सार्‍यो बाँकी १६ जिल्लाको जिल्ला अधिवेशन

नेपाली कांग्रेसले बाँकी १६ जिल्लामा गर्नुपर्ने अधिवेशनको मिती फेरी सारेको छ ।

यसअघि पुस २७ गते बाँकी १६ जिल्लामा, गर्ने भनिएको जिल्ला अधिवेशन आज बिहान बसेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठकले माघ १५ गतेको लागी सार्ने निर्णय गरेको छ ।

माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिती सारीएको निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी गराउनुभएको छ ।

congress bi vjV3XoH1Zo

सरकार र नेपालगञ्जका आन्दोलनरत पक्षबीच चार बुँदे सहमति

नेपालगञ्जकी निर्मला कुर्मी र बाँकेको नन्कुन्नी धोबीको बेपत्ता र मृत्युबारे छानविनको लागि धर्ना बस्दै आएका अधिकारकर्मी र रुबी खानसंग सरकारले चार बुंदे सहमती गरेको छ ।

नेपालगन्जकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाका दोषीमाथि कारबाहीको माग गर्दै माइतीघर मण्डलामा ४१ दिनदेखि भएको आन्दोलन सहमतीमा आएर टुङिएको छ ।यसअघी पनि न्यायका लागि दबाव दिन रुबी खान नेपालगञ्जबाट २० दिन पैदलयात्रा गरेर काठमाडौं आएकी थीइन भने १२ दिन अनशन पनि बसेकी थीइन ।

निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा औंल्याइएका विषयमा केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत अनुसन्धान गर्ने,साक्षी तथा अभियन्ताहरुको सुरक्षाको प्रत्याभूति गर्ने, सरकारी प्रतिवेदन कार्यान्वयनमा प्रशासनिक सहजीकरण गर्ने र सत्याग्रहसहितका आन्दोलन रोक्ने गरी चार वटा विषयमा सहमति भएपछी धर्नासहितका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको हो ।

कराते च्याम्पियनसिपमा नेपाललाई चार स्वर्ण

बंगलादेश गोजुरियो कराते महासङ्घको सहयोग तथा बंगलादेश बशप सङ्घको आयोजनामा भएको बि-जी कराते च्याम्पियनसिपमा नेपालले चार स्वर्ण पदक जितेको छ।

नेपालका डिजेन डोल्मा लामाले दुई तथा पासाङ तामाङ र ग्याल्मो सोमिका लामाले एक एक स्वर्ण प्राप्त जितेका छन् भने डिजेनले कुमिते र कातामा गरी दुई स्वर्ण जित्न सफल भएका हुन् ।

नेपालले थप दुई रजत र पाँच कास्य पदकसमेत प्राप्त गरेको छ। ।

राष्ट्रिय सभाको १९ पदको लागि ४३ जनाको उमेद्वारी

माघ १२ गते हुने भनिएको राष्ट्रिय सभा निर्वाचनको १९ सिटका लागि ४३ जनाले उम्मेदवारी दिएका छन्।

राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनका साझा उम्मेदवार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उम्मेद्वारबिच चुनावी प्रतिस्पर्धा हुनेछ ।
गठबन्धन सरकार अन्तर्गत कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५-५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले एक सिटका लागि चुनावमा प्रतिस्पर्धा गर्दैछ ।
प्रदेशसभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जना मतदाताहरुले निर्वाचनमा मत हाल्नेछन । पौष २५ गते उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माण कार्य रोक्न मन्त्री आलेको निर्देशन

नारायणहिटी दरबार संग्रहालय परिसरमा भइरहेको रेस्टुरेन्ट निर्माण कार्य तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौखिक आदेश जारी गर्नुभको छ ।

मन्त्री आलेले निर्माण कार्य रोकन र त्यससँग सम्बन्धित कागजात मन्त्रालयमा बुझाउन निर्देशन दिएपछी,नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बि म्यानेजमेन्ट प्रा लि लाई पत्र लेखेर अर्को आदेश नहुंदा सम्मको लागि निर्माण कार्य रोक्न निर्देशन जारी गरेको छ ।

नेप्से परिसूचक ६३.0१ अंकले बृद्धी

आईतबारदेखी उकालो लागेको नेप्से परिसूचक आज पनि ६३.0१ अंकले बढेर दुई हजार ६ सय ७९.९५ बिन्दुमा पुगेको रोकिएको छ । त्यसैगरी सेन्सेटिभ इन्डेक्स पनि १५.८५ अंकले बढेको छ।

२३४ कम्पनीको ९१,१०,७५८ कित्ता सेयर कारोबार हुंदा चार अर्ब ३२ करोड २६ लाख ९ हजार आठ सय २८ रुपैयाँं रकम बराबरको कारोबार भएको छ ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर १०% सर्किट मूल्यमा र मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर ९.९९% सर्किट मूल्यमा कारोबार भएको छ ।

नियम मिचेर नारायणहिटी भित्र होटेल निर्माण गरिंदै

बतास अर्गनाइजेसन अन्तरगतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नारायणहिटी दरबार संग्रहालयभित्र गैरकानुनी रुपमा होटेल निर्माण प्रकृया अगाडि बढाएको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले दरबारभित्र संरचना थप गर्न काठमाडौं महानगरपालिकासँग अनुमति लिनुपर्दछ । तर त्यस्तो कुनै अनुमती बेगर नै बतास अर्गनाइजेसन अन्तरगतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले होटेल सन्चालनको निम्ती धमाधम गैरकानूनी ढंगले विभिन्न पक्की संरचना बनाउने र थप्ने काम गरिरहेको छ ।

बतासले नारायणहिटी परिसरभित्रको के कती जमिन उपभोग गर्न पाउने हो भन्ने पूर्णरुपमा तय नै नगरि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले मासिक दुई लाख २० हजार रुपैयाँ उठाउने गरी खरिद सम्झौता गरेको छ

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको पालामा नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक भित्रको जग्गा भाडामा लगाउने निर्णय भएको थियो ।

त्यस्तै बतास अर्गनाइजेसन अन्तरगतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले पशुपति क्षेत्र विकास कोष अन्तरगतको धर्मशालाभित्र पनि होटल चलाइरहेको छ । धर्मशाला भाडामा दिन पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदको स्वीकृति बेगर तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालले लिज कार्यविधि, २०७५ स्वीकृत गरेर २०७५ माघ २९ गते धर्मशाला भाडामा लगाउन सूचना प्रकाशन गराएका थिए ।

उखु किसानको पैसा नतिरेका उधोगको जग्गा र बैंक खाता रोक्का गरिने

उखु किसानको पैसा नतिरेका ५ उधोगको जग्गा र बैंक खाता रोक्का गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रकृया अगाडि बढाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानलाई उखुको पैसा नतिरेका ५ (हिमालय, श्रीराम, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा) चिनी मिलको जग्गा र बैंक खाता रोक्का गर्न गृह, अर्थ र भूमी ब्यवस्था मन्त्रालयलाई पत्राचार गरेको छ ।

उखु किसानहरुले पटक पटकको आन्दोलन र सहमतीपछी पनि उखुको पैसा नपाएको गुनासो बढेपछी मन्त्रालयले सम्बन्धित उधोगहरुलाई भुक्तानीमा प्रतिबद्ध गराउनको निम्ती सो कदम चालेको हो । पछील्लो समय उखुको उचित मुल्य नपाएको र समयमा भुक्तानी नहुने समस्याले उखु किसान हरु बिस्थापित हुंदै गएपछी उखु खेतीमा पनि परनीर्भर हुनु नपरोस भन्नेतर्फ मन्त्रालयले सचेत हुंदै उखु किसानहरुको समस्याको समाधान तर्फ लागेको वाणिज्य सचिव भट्टराईले बताउनुभएको छ ।

माओवादी अध्यक्षमा प्रचण्ड सर्वसम्मत : अनुमोदित केन्द्रिय समिती सदस्यहरुद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड पुनः निर्वाचित हुनुभएको छ । नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्ण बहादुर महराको समर्थनमा निर्बिरोध निर्वाचित प्रचण्ड, ४० औं वर्षको लागि नेतृत्वमा चुनिनु भएको छ ।

यसैबिच माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनले अनुमोदन गरेको केन्द्रिय समिती सदस्यहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। केन्द्रीय समितिको पहिलो बैठकमा नवनिर्वाचित सदस्य र आयोगका पदाधिकारीहरुलाई निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

बाँकी केन्द्रीय सदस्य र पदाधिकारी भने पौष २५ गते बस्ने अर्को बैठकले टुङ्ग्याउने सहमती भएको बताइएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता साझेदारहरुको भागवण्डा

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरुबिच सम्पन्न बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति गरेको छ ।

आज भएको सहमती अनुसार कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५-५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याइएको तर मनोनीततर्फको एक जनाको लागि भने सहमती गर्न बांकी रहेको बताइएको छ ।

राष्ट्रपतिबाट मनोनीत हुने एक जना बाहेक १९ अन्य सिटका लागि ७ वटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन हुने छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि भोली उम्मेदवारी दर्ताको मिती तोकिएको छ भने माघ १२ गते मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।प्रदेशसभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जना मतदाता छन् ।

एक साता देखी हिउंमा फसे १४ मज्दुर, आज उद्दार गरिने

सडक निर्माणमा खटिएका १४ जना मजदुर रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका– २ पेल्माको घुसदुङमा हिउँमा फसेका छन् ।

मौसममा आएको परिवर्तनसँगै भारी मात्रामा हिउँ परेपछि सडक निर्माणमा खटिएका मज्दुरहरु आफु बसेकै ठाउंमा फसेका हुन। गत मंगलवार देखी उनिहरु सो स्थानमा फसेको भएपनी सूचनाको पहुंच भन्दा बाहिरको विकट भौगोलिक परिवेशको कारण समयमै सूचना प्राप्त हुन नसकेको बताइएको छ । जानकारी प्राप्त हुने बित्तिकै प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयलाई खबर गरेको र आजै उनिहरुको स्थान पहिचान गरी हेलिकप्टर बाट उद्दार गरिने प्रमुख जिल्ला अधिकारीले बताउनु भएको छ ।

सवारी ज्यान मुद्दामा फरार मन्त्रीका छोरा पक्राउ

सवारी ज्यान मुुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका २३ वर्षीय छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट घाइते भएकी ९९ वर्षीया पैदल यात्री दुर्गादेवी न्यौपानेको उपचारको क्रममा पुस ११ गते मृत्युु भएपछी फरार रहेका बबी सोडारीलाई प्रहरिले सवारी ज्यान मुद्दा अन्तर्गत पक्राउ गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरुबिच बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरुबिच बैठक जारी छ । बैठकमा आसन्न राष्ट्रिय सभा चुनावमा कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल चलिरहेको बताइएको छ ।

आसन्न राष्ट्रिय सभा चुनावको लागि सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबिच गठबन्धन बनाएर चुनावमा जाने तयारी भैरहेको छ । राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक फागुन बाट रिक्त हुने १९ अन्य सिटका लागि ७ वटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन हुने छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि भोली उम्मेदवारी दर्ताको मिती तोकिएको छ भने माघ १२ गते मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

क्यानद्वारा खेलाडिहरुको कारबाही फिर्ता, आजबाट बन्द प्रशिक्षणमा सहभागी हुने ।

अनुशासन उलंघन गरेको आरोपमा कारबाहीमा परेका खेलाडीहरू र नेपाल क्रिकेट संघ (क्यान)बिच सहमति भएसँगै आजबाट खेलाडिहरु प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

सहमती पछी पूर्वकप्तानज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी विरुद्ध सेन्ट्रल कन्ट्रयाक्टमा लगाइएको ६ महिने प्रतिबन्ध पनि फुकुवा गरिएको छ । क्यानका अनुसार खेलाडिहरु आज १० बजे सुरु हुने बन्द प्रशिक्षणमा पनी सहभागी हुनेछन ।
बन्द प्रशिक्षणमा खेलाडिहरु नआइदिएपछी दबाबमा परेको क्यानले सहमतीमा खेलाडीहरुको कारबाही फुकुवा गरेको हो ।

आर्क डे ट्रियोम्फमा प्रदर्शन गरिएको युरोपेली संघको विशाल झण्डा हटाइयो

आलोचना र दक्षिणपन्थी आक्रोश पछि, आर्क डे ट्रियोम्फमा प्रदर्शन गरिएको युरोपेली संघको विशाल झण्डा हटाइएको छ।

फ्रान्सले ब्लकको अध्यक्षता लिएपछि त्यहाँ विशाल युरोपेली झण्डा राखिएको थियो। फ्रान्सले आगामी छ महिनाका लागि ईयूको अध्यक्षताको जिम्मेवारी सम्हालेको छ । अति दक्षिणपन्थी नेता मारिन ले पेनले स्मारकमा फ्रान्सेली झण्डालाई “बदल्नु” देशको पहिचानमाथि आक्रमण भएको बताएकी छन् ।

कन्जरभेटिभ उम्मेदवार भ्यालेरी पेक्रेसेले पनि यस विषयमा आपत्ति जनाउंदै आफ्नो ट्वीटमा लेखेकी छिन्, “युरोपको अध्यक्षता गर्दै हो, फ्रान्सेली पहिचान मेटाउँदै, होइन! म इमानुएल म्याक्रोनलाई आर्क डे ट्रियोम्फ अन्तर्गत युरोपको झण्डासंगै हाम्रो झण्डा पनि पुनर्स्थापना गर्न आग्रह गर्दछु। हामी हाम्रा सबै लडाकुहरूप्रति ऋणी छौं जसले उहाँको लागि आफ्नो रगत बगाए।”

269795930 716460812659899 4228270749372180220 n

एएफसी कप छनोटमा मछिन्द्र क्लब

जारी सहिद स्मारक ए डिभिजन लिग को सातौं चरणको समाप्तीमा शीर्ष स्थान ओगट्न सफल मछिन्द्र क्लबले पहिलोपटक एएफसी कप छनोट खेल्ने भएको छ ।

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रङ्गशालामा आज भएको खेलमा १-० को गोल अन्तरले नेपाल पुलिस क्लब बिरुद्द जित हांसिल गरेको मछिन्द्र क्लब १७ अंकको साथ प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । यसअघि पहिलो स्थानमा रहेको मनाङ मर्स्याङ्दी १६ अंकको साथ प्रतियोगिताको दोस्रो स्थानमा झरेको छ । नेपाल पुलिस क्लब भने  ६अंकमै सिमित रहन पुगेको छ ।

माओवादी महाधिवेशन सकियो,भोली बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने

सहमती जुटाउने भन्दै तेस्रो पटक सम्म निर्वाचन तालिका सार्दै आएको नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन आज सकिएको छ । आज सांझ अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा प्रस्ताव गर्नुभएको केन्द्रीय सदस्यहरुको नामावली पारित भएसंगै नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन सकिएको हो ।

२९९ सदस्यीय नवनिर्वाचित केन्द्रीय समितिको बैठक भोली सोमबार बस्ने छ । पदाधिकारीमा करिब सहमति जुटिसकेको र भोली बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने अध्यक्ष दाहालले बताउनुभएको छ ।

काठमाडौं मेडिकल कलेजमा तालाबन्दी,भोली बाट विद्यार्थीको रिले अनसन

विद्यार्थीहरुले अतिरिक्त शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरेका छन् ।अतिरिक्त शुल्क उठाउन बन्द गर्नु पर्ने भन्दै कलेज प्रशासनलाई पटकपटक आग्रह गर्दापनि अतिरीक्त शुल्क लिन बन्द नगरेपछी आज विद्यार्थीहरुले कलेजमा तालाबन्दी गर्न वाध्य भएको बताएका छन् । कलेजले प्रती विद्यार्थी २० लाखसम्म अतिरिक्त शुल्क असुल्ने गरेको विद्यार्थीहरुको गुनासो रहेको छ ।

केही विद्यार्थीहरुले दवाबमा आएर अतिरिक्त शुल्क तिरेका र अतिरिक्त शुल्क तिरेका विद्यार्थीलाई छुट्टै राखेर कक्षा संचालन गरेको कलेज प्रशासनले विद्यार्थीहरुलाई अतिरिक्त शुल्क बुझाउन चर्को दवाब दिंदै आएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले भोली बाट कलेज परिसरमा रिले अनसन बस्ने पनि जानकारी गरएका छन् ।

यसैबिच आज गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासनहरुलाई अतिरिक्त शुल्क लिने मेडिकल कलेजहरुलाई कारबाही गर्न निर्देशन जारी गरेको छ ।

डिएपी मल खरिद प्रकृयामा १ अर्ब भन्दा बढीको भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित कर्मचारी र ठेकेदारविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।

कृषि तथा पशुपंछी मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी मल खरिद प्रकृयामा १ अर्ब भन्दा बढीको भ्रष्टाचार गरेको कसुरमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

TKU0Sw page 0001
TKU0Sw page 0002

सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

सीके राउतका कार्यकर्ताहरुले मुढा तेर्साएर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने प्रयास गरेपछी सडक खुलाउने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ गोदार चोकमा सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

झडपमा ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । झडपमा रबरको गोली लागेर ३ जना प्रदर्शनकारीहरु पनि घाइते भएका छन् ।

प्रहरीले ११ राउन्ड रबर गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरेपनि स्थिती नियन्त्रणमा आउन सकेको छैन । अहिले गदार चोक तनावग्रस्त बनेको छ । राउतका कार्यकर्ताहरु भाटा लिएर सडकमा उत्रिएका छन् ।

माथि देखाइएको तस्विर घटनाको वास्तविक तस्विर नभएर सांकेतिक तस्विर मात्र हो । तस्विर गुगल बाट सभार गरिएको छ ।

चर्को शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा अतिरिक्त शुल्क माग्ने मेडिकल कलेजहरूलाई कारबाही गर्न गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले जिल्लामा मेडिकल कलेजहरुले विद्यार्थीसंग चर्को शुल्क लिए- नलिएको अध्ययन गर्न र चर्को शुल्क लिने कलेजहरुलाई कारबाहीको दायरामा ल्याएर मन्त्रालयमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

पछील्लो समय मेडिकल कलेजहरूले विद्यार्थीसँग चर्को शुल्क लिने र शुल्क नतिरे पठनपाठन गर्न रोक लगाउने कार्य गर्दै आएको छ । केही दिन अगीमात्र बिराटनगरको नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका एमबीबीएसका विद्यार्थीहरुलाई कलेज प्रवेशमा रोक लगाएको थियो ।

महाधिवेशनमा पराजित तीन नेता कांग्रेस केन्द्रिय सदस्यमा मनोनित ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पराजित तीन नेतालाई केन्द्रिय सदस्यमा मनोनित गर्नुभएको छ ।
१४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा पराजित कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, सभापतिमा पराजित कल्याण कुमार गुरुङ र महामन्त्रीमा पराजित प्रदीप पौडेल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा १० बमोजिम तिनै जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरिएको कांग्रेस प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

शनिबार मात्रै सभापति देउवाले १० जनालाई केन्द्रिय सदस्यमा मनोनित गर्नुभएको थियो ।

दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

दक्षिण अफ्रिकाको केपटाउनस्थित संसद भवनमा आइतबार बिहान ठूलो आगलागी भएको छ ।

स्थानीय समय अनुसार बिहान ७:३० बजे ठूला आगो र धुवाँको मुस्लो देखिएपछि अग्निनियन्त्रकहरू आगो निभाउन पुगेका थिए ।
तेस्रो तल्लाको कार्यालयबाट सुरु भएको आगो नेशनल एसेम्बली चेम्बरसम्मा फैलिएको भए पनि आगलागीबाट कुनै पनि मानविय क्षती नभएको बताइएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

मलामी जांदै गरेको बस दुर्घटना हुंदा ७ जनाको मृत्‍यु।

बुटवलबाट शव बोकेर मलामी सहित दाहसंस्कारका लागि रिडीतर्फ जांदै गरेको बस दुर्घटना हुंदा ७ जनाको मृत्‍यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा दुर्घटना भएको प्रहरिले जनाएको छ । करिब ३५ जना सवार उक्त बस के कारणले दुर्घटना भएको भन्ने बिषयमा प्रारम्भिक अनुसन्धान भैरहेको र घाइतेहरुलाई उपचारको लागि सदरमुकाम तानसेन पठाइएको प्रहरिले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक स्थगित ।

आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय गरिएको बैठक आगामी २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा बैठक स्थगित भएको र अर्को बैठक यही २२ गते बस्ने निर्णय तय भएको उल्लेख गरिएको छ ।

काठमाडौंमा जारी माओवादी केन्द्रको महाधिवेशनको कारण माओवादीकै आग्रहमा आजको बैठक बिहीबारका लागि सारिएको जानकारी प्राप्त भएको छ ।

भारतद्वारा अतिक्रमित नेपाली भूमिमा उच्चपदस्थ भारतीय अधिकारीको भ्रमण

भारतीय राज्य उत्तराखण्डका गभर्नर एवंम भारतीय सेनाका पूर्व लेफ्टिनेन्ट जनरल गुर्मित सिंहले भारतद्वारा अतिक्रमित नेपाली भूमि नाबी र गुन्जीको भ्रमण गरेका छन्। आफ्नो ट्विटमा नाबी र गुन्जी लगायत सीमा क्षेत्रको भ्रमण गरेको तस्वीर सार्वजनिक गरेका सिंहले ती क्षेत्रका भारतीय सुरक्षाकर्मी र स्थानीय बासिन्दासँग अन्तर्कृया समेत गरेको बताइएको छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण तय भैसकेको अवस्थामा भारतीय राज्य उत्तराखण्डका गभर्नर एवंम भारतीय सेनाका पूर्व लेफ्टिनेन्ट जनरलको यो भ्रमणले के संकेत गर्न खोज्दैछ भन्ने आम चासोको विषय बनेको छ । दशकौंदेखि भारतीय कब्जामा रहेको यो क्षेत्र, सुगौली सन्धि र ऐतिहासिक तथ्य एवं प्रमाण अनुसार काली (महाकाली) नदी र सोपूर्वका लिम्पियाधुरा, कुटी, नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्र नेपाली भूमि हुन्।

नेपालले कालापानी क्षेत्र समेटेर राजनीतिक नक्सा जारी गरेपछीको यो पहिलो प्रधानमन्त्रीस्तरीय भ्रमण हुनेछ । तर भ्रमणमा देउवाले भारतद्वारा अतिक्रमित भुमी लिपुलेक, कालापानी र लिम्पियाधुराको बिषयमा बहस गर्लान कि नगर्लान त्यो आम चासोको विषय बनेको छ ।

नेपाली सेनामा २२९ जना क्याडेट अधिकृतको माग ।

नेपाली सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको छ।छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज एक सूचना जारी गर्दै २२९ जना अधिकृत क्याडेटको आवेदन खुल्ला गरेको छ ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन माग गर्दै,खुलातर्फ १२६ ,महिलातर्फ २१, आदिवासी जनजातिमा ३३, मधेशीमा २९, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ ५ जनाको माग गरिएको सैनिक निर्दशनालयले जानकारी गराएको छ । आवेदनको अन्तिम मिती २०७८ माघ १७ गते सम्म रहेको छ भने १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका इच्छुक व्यक्तीले नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np बाट पनि आवेदन दिन सक्नेछन् । स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएकाहरुको हकमा भने २४ बर्षे उमेर हद लागु हुनेछ ।पुरूषका लागि उचाइ ५ फिट ३ इन्च र महिलाक लागि ५ फिट हुनुपर्नेछ ।

015420493sena

माओवादी केन्द्रको निर्वाचन प्रकृया स्थगित

नेकपा माओवादी केन्द्रको निर्वाचन प्रकृया स्थगित भएको छ । निर्वाचन समितीले राती ८ बजेदेखी उम्मेद्बारी दर्ता गर्ने गरी निर्वाचन प्रकृयालाई अगाडि बढाईसकेको अवस्थामा, पुन: केन्द्रिय कार्यसमितीमा सहमतीको प्रयास गरेर अगाडि बढ्ने भन्दै तत्कालको लागि निर्वाचनका सबै प्रकृया स्थगित गरिएको जनाएको छ ।
यसअघी निर्वाचन समितिले भोली ११:३० बजे बाट मतदान गर्ने कार्यतालिक प्रस्तुत गरेको भएपनी भोली दिउंसो आईतवारसम्मको लागि निर्वाचनको सबै प्रकृया स्थगित गरिएको छ । भोली तोकिएको समयसम्म सहमती गर्न नसकेमा पुन: निर्वाचन प्रकृयामा जाने पनि बताइएको छ ।

ए डिभिजन लिगको शीर्ष स्थानमा मनाङ मर्स्याङदी ।

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई हराउँदै मनाङ मर्स्याङदी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

पोखरा रगंशालामा भएको खेलमा बीबीसीलाई १–० गोलअन्तरले हराउँदै मनाङले जित हांसिल गरेको छ । १६ अंकको साथ मनाङ लिगको शीर्ष स्थानमा छ भने एक खुड्किला तल झर्दै १४ अंकको साथ मच्छिन्द्र फुटबल क्लब लिगको दोश्रो स्थानमा रहेको छ ।

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रंगशालामा आजै भएको अर्को खेलमा जावलाखेल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब १० अंकको साथ लिगको पाचौं स्थानमा उक्लिएको छ भने जावलाखेल ७ अंकको साथ ९ औं स्थानमा रहेको छ ।

यो चरणमा अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले एफसी कप छनोट खेल्न पाउनेछ।

केन्द्रीय समिति र पदाधिकारी छनौटमा सहमति नभएपछी निर्वाचन प्रकृयामा नेकपा माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत केन्द्रीय समिति र पदाधिकारी छनौटमा सहमति नभएपछी निर्वाचन प्रकृयामा जाने भएको छ ।

निर्वाचन समितीले निर्वाचनको कार्यतालिका प्रस्तुत गर्दै राति ८ बजेदेखि साढे १०:३० बजेसम्म उम्मेद्बारी दर्ता गर्ने समय निर्धारण गरेको छ ।
निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी र २९९ जनाको केन्द्रीय कमिटी निर्वाचित गर्ने छ ।

उम्मेद्वारहरुको अन्तिम नामावली भोली बिहान ११:१५ बजे प्रकाशन गरिने र ११:३० देखी ४ बजेसम्म मतदान गरिने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

elections 0112022124750 1000x0 1

रामचन्द्र पौडेलसहित १० जना नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा मनोनित ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमा जारी गर्दै नेपाली कांग्रेसको विधान अनुसार सभापति शेरबहादुर देउवाद्वारा मनोनयन गरिएका केन्द्रिय सदस्यहरुको नामावली सार्वजनिक गर्नुभएको छ ।

मनोनीत हुने केन्द्रिय सदस्यहरुमा राम्चन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीन विश्वकर्मा रहेका छन्। कांग्रेसको विधानअनुसार पार्टी सभापतिले ३३ केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ।

pressreleasecongress.png .2022 01 01

सहमति नभए निर्वाचनमा जाने: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारी छनौटमा सहमति नभए लोकतान्त्रिक प्रकृया अवलम्बन गर्दै निर्वाचनमा जाने बताउनुभएको छ ।
बन्दसत्रमा बोल्दै प्रचण्डले आफुहरुले सहमतीको लागि प्रयास गरिरहेको तर सहमतीमा पदाधिकारी छनौट गर्न नसक्ने अवस्था आएमा आफुहरु निर्वाचनको लागि पनि तयारी रहेको बताउनु भएको छ ।

केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि ५ बजेसम्मको समय दिइएको छ । तोकिएको समयसिमाभित्र पनि सहमति नभए निर्वाचन समितिले प्रक्रिया अघि बढाउने र निर्वाचनमा जाने तय भएको छ ।

नेकपा (माओवादी केन्द्र)को विधान पारित

नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौं महाधिवेशनले विधान मस्यौदामाथि उठेका प्रश्नको जवाफ सहितका सुझावहरु समेटेर विधान पारित गरेको छ ।

विधान अनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ, जसमा ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व रहने जनाइएको छ । २९९ जनको केन्द्रिय कमिटिमा १५ प्रतिशत मनोनित सदस्य रहने ब्यवस्था गरिएको छ ।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने र पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी रुपमा चयन गर्ने बताइएको छ ।

न्युक्लियर पावर प्लान्ट बन्द गर्दै जर्मनी

जर्मनीले मुलुकमा सञ्चालनमा रहेका आधा न्युक्लियर प्लान्ट बन्द गरेको छ।न्युक्लियर ऊर्जा र जैविक ऊर्जा हटाउँदै नवीकरणीय ऊर्जाको प्रयोग बढाउने क्रममा अगाडी बढीरहेको जर्मनीले आफ्नो देशमा रहेको आधा न्युक्लियर पावर प्लान्ट बन्द गरेको छ ।

आणविक ऊर्जाबाट त्यति धेरै मात्रामा कार्बन उत्सर्जन नहुने भएकाले न्युक्लियर पावर प्लान्ट बन्द गर्ने योजनाको बिरोधमा चर्को आवाज उठेको भएपनी, सो निर्णयले उर्जा क्षेत्रमा कुनै पनि असर नपर्ने भन्दै जर्मनीले अहिले देशमा रहेको ६ वटा मध्य ३ वटा न्युक्लियर पावर प्लान्ट बन्द गरेको छ ।
जर्मनीले सन् २०३० सम्ममा जैविक ऊर्जा पनि विस्थापित गर्ने र न्युक्लियर प्लान्ट पनि हटाउने निर्णय गरेको अघी सारेको छ ।

राप्रपासँग पार्टी एकीकरण नगर्न रवीन्द्र मिश्रलाई चेतावनी:पाण्डे मिश्र टकराव उत्कर्षमा

विवेकशील साझा पार्टिका प्रवक्ता हरिशप्रशाद भट्टले रवीन्द्र मिश्रलाई विवेकशील साझा पार्टीको नाम दुरुपयोग नगर्न भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

शुक्रबार राप्रपा अध्यक्ष लिङ्देन र मिश्रबिच भएको पार्टी एकताको बिषय सञ्चारमाध्यममा आएपछी मिलन पाण्डे समुहले उनको सो कदमको बिरोध गर्दै विज्ञप्ति निकालेको छ । साथै राप्रपासंग पार्टी एकिकरणको प्रस्ताव बैधानिक रुपमा विवेकशील साझा पार्टिको नभएर मिश्रको निजी स्वार्थ मात्र बताइएको छ ।
साथै पार्टीलाई व्यवस्थाविरोधी बनाउने र पार्टीका नेताहरूलाई वैकल्पिक राजनीतिको मर्मविपरीत धारमा उभिन बाध्य बनाउने मिश्रको कदममा सहभागी नहुन पनि पार्टी सदस्यहरूलाई विज्ञप्तिमार्फत अपिल गरिएको छ। किर्ते दस्तावेज बनाएर निर्वाचन आयोगलाई प्रभावित गरेको आरोप लगाउंदै सो विषयलाई लिएर आफुहरु अदालत जाने सम्मको चेतावनीपूर्ण भाषामा लेखिएको विज्ञप्तिमा कानुनी लडाई लड्दै गर्दा पार्टी आन्तरिक रुपमा दुई धारमा बिभाजन भइसकेको र आफुहरु संयोजक पाण्डेको अगुवाईमा पार्टी सुदृढीकरणमा अगाडि बढ्ने पनि उल्लेख गरिएको छ ।

केही समय अगाडि मात्रै मिश्रले पाण्डेलाई पार्टिको साधारण सदस्य समेटा नरहने गरी निस्कासन गरेको घोषणा गरेका थिए भने पाण्डेले मिश्रको घोषणा नमान्ने बताएका थिए ।

abbbbb
aaabbbb
abbaba

ललिता निवास प्रकरणका हाइप्रोफाइल विरुद्ध पक्राउ पुर्जी

जिल्ला अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा २२० जना उच्च पदस्थ अधिकारीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानको क्रममा २२० जनालाई पक्राउ गरी मुद्दा चलाउने अन्तिम तयारी गरेसंगै जिल्ला अदालतमा पक्राउ पुर्जीका लागि आग्रह गरेको र सोही आधारमा जिल्ला अदालतले २२० जना उच्च पदस्थ अधिकारीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो .ललिता निवासको जग्गा प्रकरणमा राजनीतिज्ञ देखी ठुला ब्यापारीसम्मको नाम मुछिएको भएपनी पक्राउ पुर्जी क-कसको नाममा जारी गरिएको हो भन्ने बिषय भने गोप्य राखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको, जसमध्ये १ सय ३६ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको निष्कर्षसहित प्रतिवेदन तयार गरेको छ । पक्राउ पुर्जी जारी भएको खबरपछी प्रकरणमा आरोपी भनिएका तत्कालीन भौतिक योजना मन्त्रालयका सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात भूमिगत भएको बताइएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको अनुसार २०६६/०६७ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला विशिष्ट व्यक्तिको निवास बनाउने नाममा समरजंग कम्पनीको जग्गा, बाटो, कुलोसमेत नक्कली मोही खडा गरेर व्यक्तिको नाममा जग्गा दर्ता गराइएको छ भने डा. बाबुराम भट्टराईको पालामा नक्कली टिकिन्छा पशुपति गुठी कायम गरेर मोही बनाई ३ रोपनी १२ आना जग्गा व्यक्तिको नाम दर्ता गराइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दा अझैपनी बिचराधिन अव्स्थामा रहेको छ ।