‘नो केबलकार समूह’ ले बनायो वार्ता समिति

  • नेपाल राष्ट्रिय दैनिक
  • February 3, 2025
pathibhara

ताप्लेजुङ — गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँगवार्ता गर्नका लागि ‘नो केबलकार समूह’ ले चार सदस्यीय वार्ता सहजीकरण समिति गठन गरेको छ ।

अमर तुम्याहाङको संयोजकत्वमा नो केबलकार समूहले बनाएको वार्ता समितिमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक गरि चार जना सदस्य रहेका छन् ।

केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बू लिम्बूले यो समितिबाट वार्ताका लागि समन्वयको वातावरण बन्ने तर सरकारले बनाएको सहसचिवको तहबाट निर्णय भएर कार्यान्वय हुन नसक्ने पनि उनीहरुले बताएका छन् ।

समूहले वार्तामा बस्नुअघि निर्माण कार्य स्थगित हुनुपर्ने, पक्राउ परेका प्रदीप मादेनसहितका तीन जनालाई रिहा गर्नुपर्ने, निर्माणाधीन क्षेत्रबाट सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने अडान लिएका छन् ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५