फ्रेन्च राष्ट्रपति म्याक्रोन र रुसी राष्ट्रपति पुटिनबीचको गोप्य फोन वार्ता लिक

  • नेपाल राष्ट्रिय दैनिक
  • July 6, 2022
putin and macron

फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता लिक भएको छ।

रुसका परराष्ट्र मन्त्रि सर्गे लाभरोभले फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता लिक गर्नु “कूटनीतिक शिष्टाचार” को उल्लंघन भएको बताएका छन्।

कूटनीतिक मर्यादाक्रममा त्यस्ता रेकर्डिङ गरिएको वार्ता एकपक्षीय रुपमा सार्वजनिक गर्नुहुन्नथ्यो भन्दै, लाभरोभले दुई नेताबीचको वार्तालापको विषयवस्तुबाट रुसलाई लाज मान्नु पर्ने कुनै पनि कुरा नभएको बताएका छन् ।

फ्रेन्च राष्ट्रपती म्याक्रोनले द्वन्दलाई कसरी व्यवस्थापना गरिरहेछन भन्ने देखाउन ब्रोड्कास्टर फ्रान्स २ ले तयार गरेको डकुमेन्ट्रीमा, मस्कोले युक्रेनमा सैन्य आक्रमण गर्नुभन्दा एक दिन अघिको सो गोप्य फोन वार्ता सार्वजनिक गरेको थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५