जसपाका ३ मन्त्री फेरिए: नव नियुक्त मन्त्रीहरुको सपथ दिउँसो ४ बजे

  • नेपाल राष्ट्रिय दैनिक
  • July 4, 2022
jasapa mantri

जनता समाजवादी पार्टीले सरकारमा रहेका आफ्नो पार्टीको पुराना मन्त्रीहरु फिर्ता गर्नेगरी नयाँ मन्त्रीहरुको नाम सिफारिश गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ।

राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ अन्तर्गत प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा मन्त्रिपरिषदमा भएको हेरफेरको जानकारी गराएको छ। साथै नव नियुक्त मन्त्रीहरुको सपथ आज दिउँसो ४ बजे हुने पनि राष्ट्रपति कार्यालयले जनाएको छ।

जसपाले आफ्ना मन्त्रीहरु रेणु यादव,महिन्द्रराय यादव र रामसहाय यादवलाई फिर्ता बोलाएर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म्द इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्र कुमार सिंह यादव र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरिएको छ।

deuba cabineta
deuba cabinet 3
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५