काठमाडौं – कांग्रेस संसदीय दलको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा गएका मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।
दुई ठूला दल मिलेर बनेको सरकारले पनि जनतालाई ‘डेलिभरी’ दिन नसकेको र जनतामा निराशा बढ्दै गएको भनेर सांसदहरूले प्रश्न गरेका छन्। अधिकांश मन्त्रीहरू मन्त्रालयको जिम्मेवारीमा भन्दा उद्घाटन र समापनका कार्यक्रममा व्यस्त हुने गरेको भन्दै उनीहरुको कार्यको आलोचना समेत भएको छ।
बैठकमा सांसदहरूले सरकारले ल्याएको अध्यादेशका विषयमा पूर्वजानकारी र पर्याप्त छलफल हुन नपाएको र अध्यादेश ल्याउनुअघि आफ्नै पार्टीका मन्त्रीहरूले पनि सांसद्हरूसँग किन छलफल नगरेको भन्दै यसबारे मन्त्रीहरूले जवाफ दिनुपर्ने भन्दै अध्यादेशको औचित्य प्रस्ट पार्न माग समेत गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्