काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको संसदीय दलको बैठकमा हिन्दुराष्ट्रको माग उठाएका छन् ।
अध्यादेशमा रहेका विषयवस्तु बारे जानकारी गराउने उद्देश्यले बोलाइएको बैठकमा सांसदहरुले आज धारणा राख्ने कार्यतालिका नरहेको भएपनि, सांसद भण्डारीले आफूले बोल्न समय माग गरेपछि सभापति शेरबहादुर देउवाले धारणा राख्न समय दिएका थिए ।
संविधान संसोधनको विषय चलिरहेको वर्तमान अवस्थामा हिन्दुराष्ट्रको मुद्दालाई संविधान संशोधनका बेला बेवास्ता गरियो भने पार्टी ठिक ठाउँमा नरहने उनको धारणा रहेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्