प्रधानमन्त्री रनिल विक्रमासिङ्घेद्वारा श्रीलंकाको कार्यवाहक राष्ट्रपतिको रूपमा सपथ ग्रहण

  • नेपाल राष्ट्रिय दैनिक
  • July 15, 2022
Sri lankan president Ranil Wickremesinghe

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकाको अन्तरिम राष्ट्रपतिको रुपमा सपथ लिएका छन्। विक्रमासिङ्घेले संवैधानिक प्रक्रियालाई पछ्याएर संकटग्रस्त मुलुकमा शान्तिसुरक्षा कायम गर्ने बताएका छन् ।

संसदका सभामुखले राष्ट्रपति गोताबाया राजापाक्षेले देश छाडेर पठाएको राजीनामा स्वीकृत गरेपछि, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रूपमा सपथ लिएका हुन्।

विक्रमासिङ्घेले शुक्रबार विधायकहरूलाई सर्वदलीय सरकार स्थापना गर्न सहमतिको दिशामा काम गर्न आग्रह गर्दै संवैधानिक प्रक्रियालाई पछ्याउने र महिनौंसम्म इन्धनको अभाव र आधारभूत मूल्यको भाउको चपेटामा परेको देशमा शान्ति स्थापना गर्ने बताएका छन्।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५