भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालले रोक्यो स्वास्थ्य बिमा कार्यक्रम

  • नेपाल राष्ट्रिय दैनिक
  • June 19, 2022
tu teaching hospital 1

स्वास्थ्य बिमा कार्यक्रमको आठ करोडभन्दा बढी रकम भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालले अनिश्चितकालका स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ ।

स्वास्थ्य बिमा बोर्डले बिमितको उपचारबापतको करिब आठ करोड रकम उपलब्ध नगराएको भन्दै शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगन गरेको छ। बोर्डले रकम भुक्तानी नगर्दा औषधि खरिद गर्न, उपकरण मर्मतसम्भार गर्न र कर्मचारीको सेवा–सुविधामा समस्या आएको भन्दै दैनिक करिब चार सय विरामीको उपचारमा प्रभाव पर्नेगरी अस्पतालले स्वास्थ्य विमा कार्यक्रम स्थगित गर्नुपरेको बताएको छ।

यता स्वास्थ्य बिमा बोर्डले भने सरकारबाट पैसा नआएको भन्दै रकम भुक्तानी हुन नसकेको बताएको छ। स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार हाल देशभर ४४० स्वास्थ्य संस्थाले बिमा कार्यक्रम लागू गरेका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५